संघीय पहिचानप्रति विमति
२३ असोज २०७१
•
१४ मिनेट पाठ
संघीय पहिचानप्रति विमति
संविधानका अकाट्य आयाम धेरै छन्। अर्थतन्त्र, राजनीति, जाति, संस्कृति, भाषा, धर्म र भूगोल आदि। अर्थराजनीतिमा समृद्धि र परिवर्तन नै मुख्य हो। तर बहसमा भावनात्मक जातीय वा नश्लीय चेत गहिरो भयो। जातिमा सवार बहसमा वस्तुगत विशिष्ट ऐतिहासिक सार छैन।आमजीविका जातीय र गैरजातीय स्वार्थमा चेपिएका छन्। व्यष्टि—समष्टि सामाजिक सम्बन्धको अर्थराजनीतिक उत्पादनलाई नकारिएको छ। अभिजातीय विश्लेषणमा तथ्यांक पाच्य हु“दैन। संघीय पहिचानको बहसमा खास जाति वा गैरजातीय खास समूह वा वर्गको अभीष्ट सघनता देखिन्छ। सन् असीको दशकमा ‘हुनेको’सन्तानले सुरु गरेको जातीय/गैरजातीय बहस सन् २०१० को दशकमा पनि सापेक्ष ‘हुनेको’ हरुको का“धमा अडेको छ। जसका लागि विश्लेषणको निरपेक्षता दुर्भिक्ष र प्रतिगामी भयो। असमानताको ‘अन्तरवाद’ले ‘आन्तरिकवाद’ लाई उठ्न दिएको छैन। काठमाडौं र कर्णाली, खस—आर्य र जनजातिबीचको अन्तरलाई अन्तिम भनिएको छ। भिन्नताको परिवर्तनपछिको परिवर्तन अस्वीकृत भयो। काठमाडौं, कर्णाली, खस—आर्य र जनजातिभित्रको आन्तरिक संरचनात्मक चरित्र उल्लेख भएन। जसलाई विशिष्ट ऐतिहासिकताले वस्तुगत मान्दैन। 
तथ्यांकको अर्थराजनीतिको संरचनात्मक चरित्रमा असमानताको ‘अन्तरजातीय’ विश्लेषण अगाडि आयो। सबै खस—ब्राह्मण शासक र जनजाति रैती भन्ने गरिएको छ। ‘अतिवादोन्मुख’ खस—ब्राह्मण र जनजातिबीचको अन्तरले ‘आन्तरिकवाद’ उपेक्षित छ। प्रभुत्वशाली जीविकोपार्जन सूचकांक विशिष्ट ऐतिहासिक कसी भत्किएका छन्। इतिहास सन्दर्भको मनोगत र उपयोगितात्मक विश्लेषण भयो। औसत तथ्यांकका सुविधाजनक प्रयोगले खास जातिभित्रको ‘अन्तरवादी’ विश्लेषण अत्याज्य बनिरहेको छ। भूस्वामित्व, कृषि वा गैरकृषिजन्य आय, वार्षिक खर्च, स्थानीयस्तरको निर्णय पहु“च, जातीय आन्दोलन सहभागिता र स्थानीय राजनीतिक निर्णय पहु“च आदिको निरपेक्ष र निष्पक्ष तलास भएको छैन। विश्लेषणको गहिराईमा खास—खास स्वार्थ सघन हु“दा आग्रहले विश्लेषण बा“गिएका छन्। बा“की अस्तित्वको नकारोक्तिले अन्तरसम्बन्धको चरित्र अजर जस्तो बनेको छ। यसलाई उल्लिखित तथ्यांक तालिकामार्फत यस लेखमा विश्लेषण गरिएको छ।
भू-स्वामित्व 
जातीय सापेक्षमा दलित र अन्यबाहेकको भू—स्वामित्व ‘हुने’ बीचको परिणात्मक भिन्नता खासै फराकिलो छैन। ब्राह्मण—खस, मधेसी, जनजाति वा मुस्लिमहरुमध्ये क्रमशः (४६.६, ४४.४५,४०.४७, ४०.८ प्रतिशत)सँग भू—स्वामित्व छ। अन्तरजातीय संरचनाभित्रको औसत १.५ प्रतिशतभन्दा कम भिन्नताले जातको गैरप्रभाव पुष्टि गरेको देखिन्छ। भूउत्पादन क्षमतामा सापेक्ष विविधता भए तापनि परिमाणात्मक विभेद देखिँदैन। यसको महŒवपूर्ण अर्को पाटो भूस्वामित्व ‘नहुने’ हरु हो। सबै जातिभित्र कमजोर भूस्वामित्ववालाको बाहुल्यता छ। यो वा त्यो जातभन्दा पनि ‘हुने’ र ‘नहुने’ हरुले जातभित्रको आन्तरिक संरचनात्मक भिन्नता ज्यादै लामो छ । औसत ६० प्रतिशत जातिभित्रका आमजीविका जमिनबाट बाहिर छ। ब्राह्मण—क्षत्रीको ४६.६, मुस्लिम समुदायका ४०.८ प्रतिशत भूस्वामित्व ‘हुुने’ भित्र क्रमशः ५३.४ र ५९.२ प्रतिशत ‘नहुने’ हरु छन्। औसत १२ प्रतिशत बाहेकका ८८ प्रतिशत दलित र अन्यको जमिन निर्भरता देखिँदैन। जसमा जातीयभन्दा वर्गीय चरित्रको छिद्र ठूलो देखिन्छ। 
गैरकृषिजन्य आय
उदार बजार अर्थतन्त्रमा जात वा नश्लभन्दा वैतनिक सिप तथा श्रम तत्परता र मूल्य विनिमय महŒवपूर्ण छ। जसमा जात वा नश्लको पहिचान खुल्दैन। कृषि कर्मबाट बाहिरिएका श्रम, बजार र सहर बन्दै गरेको समाज, जीविकामा थपिएको बजार चरित्र आदिले कृषिबाहिरको हिस्सा ठूलो भएको हो। जातीय दृष्टिमा आय फरक औसत ५ प्रतिशतमात्र हुनुले जातीय तर्क सा“घुरो पारेको छ। सबै जातिको बाहुल्य आय गैरकृषि छ। ब्राह्मण—खसका ६२.६, मधेसीका ६०.९ र दलितका ४२ प्रतिशतको आयमा गैरकृषि हावी देखिन्छ। ब्राह्मण—खसभन्दा १० प्रतिशत कम रहेका जनजातिमा ५०.६७ प्रतिशतले गैरकृषि आय छ। सबै जातिभित्रको गैरकृषि आय बाहुल्यताले जातीय प्रभाव पुष्टि हु“दैन। जसमा जाति वा नश्लीयभन्दा भूस्वामित्व ‘नहुने’, कृषि श्रमको रूपान्तरण, सीमाबिहीन श्रम अवसर आदि वस्तुगत कारण हुन्। 
कृषिजन्य आय
जीविका प्रणालीमा बजार चरित्र सशक्त भएको छ। घरेलु खा“चो पूरा गर्ने बिक्रीयोग्य उत्पादन बढ्दो छ। कृषिको परम्परागत योगदान घटेर गैर कृषिजन्य क्रियाकलाप बढ्दै गइरहेको छ। ब्राह्मण—खस वा जनजातिको कृषिजन्य आय फरक ६४.६ र ६८.९५ प्रतिशतबिच ३ प्रतिशतमात्र छ। यो तथ्य मधेसी र दलितको औसत ५५ प्रतिशत बढी आममानिसमा पनि उत्तिकै सशक्त देखिन्छ। घट्दै गएको परम्परागत कृषि र जीविकामा हावी बजारले जातको रेखालाई कमजोर बनाउ“दाको परिणाम हो यो। यसबाट कृषि वा गैरकृषिजन्य आयमाथिको जातीय विश्लेषणलाई गलत सावित हुन्छ। जातीय विभेदको बहसलाई फजुल बनाइदिएको छ। 
वार्षिक खर्च 
बजार मूल्य तिर्ने उपभोक्ताको हो न कि जात वा नश्लको। जहा“ वस्तुको मूल्यले सम्बन्ध स्थापित गर्छ। वार्षिक खर्चमा जातीय उपस्थिति ब्राह्मण—खस, मधेसी, जनजाति, दलित र मुस्लिमको क्रमशः ४६.४,४३.५, ४६.०३, १९ र ४२.८ प्रतिशत रहेको देखिन्छ। दलितबाहेक अन्यको औसत खर्च भिन्नता १ प्रतिशतभन्दा माथि छैन। खर्चको यो चरित्रले जातीयताको निश्प्रभावकारिता पुष्टि गर्छ। जनजाति र ब्राह्मण—खसको खर्चको हिस्सा ४६ प्रतिशतको हाराहारी छ। तर यसको आन्तरिक ६० प्रतिशतभन्दा बढी आममानिस यद्यपि बजारबाहिर छन्। यो जातीय समष्टि आर्थिक संरचना र चरित्रको निर्धारण हो। जसमा जात वा नश्ल कसरी आउला र? जातीय सापेक्ष सम्बोधन अवस्तुगत भएकाले फस्टाउन नसकेको अर्थतन्त्र र निसृत आयाम यसका लागि बढी जिम्मेवार छन्। 
सरकारी सेवा सहभागिता
जातीय दृष्टिमा सरकारी सेवा क्षेत्रमा ब्राह्मण—खस बाहुल्यता देखिन्छ। जातीय संरचनाभन्दा अर्थतन्त्रमा हुने नाता सम्बन्ध यसका प्रमुख कारण हुन्। जात वा नश्ल प्राथमिक नभए तापनि ऐतिहासिक अर्थराजनीतिको शासकीय प्रणाली, शासनको रणनीतिक स्वार्थ र तथ्य भने जिम्मेवार छन्। तुलनामा जनजाति वा अन्यको संलग्नता तल देखिन्छ। ऐतिहासिक र वस्तुगत सापेक्षबिना जात वा नश्ललाई दोषी बनाउने आधार नभए पनि अकाट्य पनि छैन। तथ्यमा ब्राह्मण—खसको १८.६५ र जनजातिको १३.९३ प्रतिशतमा जात वा नश्लभन्दा पनि शासकीय स्वार्थ अग्लो छ भन्न सकिन्छ। समग्रमा औसत ११ प्रतिशतले मात्र पहु“च स्थापित गरेका छन्। बा“की औसत ९० प्रतिशत हाराहारी पहु“च यद्यपि स्थापित हुन सकेको छैन। सबै जातिका यति धेरै आममानिस तल भएको अवस्थामा कसरी जात वा नश्ललाई दोष दिन सकिन्छ? यसमा जात वा नश्लभन्दा अठारौं शताब्दीपछिका शासकीय भारदार र चाकडी प्रथा बढी जिम्मेवार छन्। पछिल्लो समय राज्यले सेवा प्रभावकारिताका लागि निर्धारण गरेको विधि र मापदण्ड यसमा थपिएका छन्। अवस्तुगत र गैरऐतिहासिक अन्तरजातीय रङ्गभन्दा ‘आन्तरिकवाद’ को विश्लेषण गहकिलो हुनेवाला छ। 
स्थानीय निर्णय पहुँच
स्थानीयस्तरको निर्णय पहुँचको जातीय भिन्नता फराकिलो छ। सरकारी समन्वय र समीकरण मातहतका यसखाले निर्णय पहु“चमा ब्राह्मण—खसको ६६ प्रतिशतले निर्णय पहुँच स्थापित गरेका छन्। जबकि जनजातिलगायत अन्यका २४ प्रतिशतभन्दा तल छ। दलितभन्दा कमजोर मधेसीको १० प्रतिशत र जनजातिको ४० प्रतिशत भए तापनि औसत जनजाति १८ प्रतिशतले तल छ। कमजोर राजनीतिक चेतले जनजातिलगायतका निर्णय पहु“च कमजोर भयो भन्न सकिन्छ। निर्णय पहु“चमा आन्तरिक औसत २० प्रतिशत जातीय अभिजातहरुको बर्चश्व स्थापित छ। जसले खासखास जातिको ८० प्रतिशतभन्दा बढीलाई पहु“चबिहीन बनाएको छ। 
आन्दोलन सहभागिता
जनजाति समुदाय अधिकारमुखी आन्दोलनको सक्रियतालाई क्षेत्रीयताले पछि पारेको छ। सबैभन्दा बढी ४२ प्रतिशत मधेसी समुदायसामु जनजाति सहभागिता २३ प्रतिशतमात्र छ। जो जातीय असमानताको विश्लेषण निरपेक्षताको दृष्टान्त हो। यसको बा“की ठूलो हिस्सा आन्दोलनबाहिर छ। समग्र जातको औसत ६९ र जनजाति ७७ प्रतिशत आममानिसलाई आन्दोलनप्रति चासो छैन। यो अन्तरजातीय भन्दा पनि जातिभित्रको अग्लो असमानताको दृश्य हो। ‘अभिजातवाद’ को दृश्य हो। सुविधाजन्य र जीविकामुखी आन्दोलन गर्ने बुज्रुकहरुको तथ्यांक हो।
स्थानीय राजनीतिक दलभित्रको निर्णय पहुँच
राजनीतिमा शक्ति प्रमुख र संघर्ष माध्यम हुने हु“दा जाति र नश्लको चेत प्रयोग हुन सक्छ। तर त्यसमा यो वा त्यो जाति भन्ने कुरा प्रधान हु“दैन। औसतमा जातीय आन्दोलनको अग्रभागमा रहेका मधेसी समुदाय, स्थानीय राजनीतिक निर्णय पहु“चमा सबैभन्दामाथि २.९५ प्रतिशत छ। जबकि सबैभन्दा अघि रहेका ब्राह्मण—खस मधेसीभन्दा कमजोर छन्। औसत ५ प्रतिशतमात्रको पहु“च भइरह“दा ९५ प्रतिशतभन्दा बढी आममानिसको पहु“चबाहिर छन्। अर्थात् बाहुल्य आममानिस अन्तर वा आन्तरिकरूपमा निर्णय पहु“चबाहिर छन्। यो जातीय संरचनाभन्दा राजनीतिको अभिजातीकरण नतिजा हो। 
सारमा, तथ्यांकले राजनीतिक र सांस्कृतिक आयामबाहेक संघीय पहिचानको स्थापित बहसलाई नकारेको छ। जात वा नश्लीय बहसको अतिवादलाई पुष्टि गरेको छ। सामाजिक तथा अर्थराजनीतिमा खास जात वा सम्प्रदायको अभिजातकरण प्रस्तुत गरेको छ।
समाजशास्त्री⁄अध्यापक, त्रिचन्द्र क्याम्पस


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस