संसद्को बजेट सत्रको बैठक तेह्रौैं पटकसम्म अवरुद्ध भइसकेको छ। यही साउन १३, २०७१ देखि संसद् चल्न नदिने उपक्रम असोज १२ गतेसम्म पनि कायमैै छ। चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै एनेकपा (माओवादी)को नेतृत्वमा केही साना मधेसकेन्द्रित दलसमेत संसद् चल्न नदिन सक्रिय छन्। एमाओवादी र यी दलहरू प्रतिपक्षको भूमिका नै संसद अवरुद्ध गर्नु हो भन्नेे मानसिकताबाट निर्देशित देखिन्छन्। यसको मुख्य कारण 'उच्चस्तरीय राजनीतिक संयन्त्र'को निर्माण हुननसक्नु हो भन्दै आइएको छ। संवैधानिक व्यवस्थाभन्दा पर गएर भएका समझदारीले संवैधानिक मान्यता कति पाउँछ भन्ने गम्भीर प्रश्न उपस्थित भएको छ। सरसर्ती हेर्दाखेरी अहिले शासनमा रहेका दलको मात्रै पनि दुईतिहाइ मत पुग्छ। यो मत भनेको संसद्को निर्णय र त्यसलाई कार्यान्वयसम्म लैजाने पर्याप्त मत संख्या हो। त्यसभन्दा पनि महत्वपूर्ण त एमाओवादीको जस्तै ढिपी गर्ने हो भने यो संख्या संविधान जारी गर्नसमेत पर्याप्त छ। प्रजातन्त्रमा बहुमतको निर्णय जस्तो भए पनि सबैले मान्नैपर्छ।
यसरी हेर्दा कथंकदाचित् भएको दुईतिहाइ मतलाई नै संविधान जारी गर्ने उपायका रूपमा अपनाइयो भने संविधान जारी हुनसक्छ। त्यसपछिका दिनमा कुनै न कुनै खोट देखाएर केही असन्तुष्टि सतहमा देखिनसक्छ र त्यसले आन्दोलनको रूप पनि लिन सक्ला। तर, विपक्षमा रहेका दलको आन्दोलनले मात्रै न त अर्को संविधान सभा बन्नसक्छ न त संविधान सभाबाहिरबाट संविधान निर्माण गरेर त्यसले संविधान सभाको जस्तो मान्यतै सक्छ। एकातिर, सर्वपक्षीय सम्मेलन निर्वाचनमा भाग नलिएका र भाग लिएर पनि पराजित दलहरूको गठबन्धनले बहिष्कार गर्योर र आफैँ एउटा अवसर गुमायो। एकातिर, एउटै दलका एक जना नेता बाबुराम भट्टराई संविधानमा सहमति कायम गर्ने समितिको नेतृत्व गर्छन् र त्यहाँ देखिएका फरकमतबीचको खाडल पुर्ने यत्नमा लागेको आभास दिन्छन्। अर्कातिर, त्यही दलका प्रमुख नेता पुष्पकमल दाहाल चाहिँ शासनमा भएका दलहरु संविधान नबनोस् भन्ने चाहन्छन् भनेर भाषण गर्दै हिँड्छन्। शासनमा रहेका दललाई उनले संविधान विरोधी विखण्डनकारी शक्तिका रूपमा चित्रित गर्न खोजेका पनि छन्।
जहाँसम्म राष्ट्र विखण्डनको प्रश्न छ विखण्डनकारी तत्वको पृष्ठपोषण त बरु दाहालले पटकपटक आफ्ना वक्तव्यमार्फत् गर्दै आएका छन्। पृथकतावादी सोच राख्ने समूहको प्रतीकका रूपमा देखिएका सिके राउतलाई प्रचण्डको समर्थन प्राप्त भएको छ। कुन समूहको प्रतिनिधित्व गर्छन् त उनी? नेपालको राजनीतिमा उनको शक्ति के हो? सिंगो मधेसका नेताका रूपमा प्रचण्डले उनलाई चित्रित गर्न खोजे। यस्ता पात्र बेलाबेलामा देखिने र बिलाउने गरेका घटना धेरै छन्। मधेसमा दसौंथरी चित्रविचित्र नामधारी जमात देशको एउटा समूह विशेषको प्रतिनिधित्वको दाबी गर्दै भाँचिएका बन्दुक लिएर हिँड्छन्। यथार्थमा भन्ने हो भने यी बन्दुक र तिनको कथित क्रान्ति राज्यलाई तर्साउन नभएर विगतको कथित 'जनयुद्ध'मा जसरी नै जनतालाई आतंकित तुल्याउन र निहत्था जनतालाई भय, त्रास एवं आतंकको वातावरणमा राख्नका लागि मात्रै भएको देखिन्छ। चोरी, डकैती, लुटपाट, जर्बजस्ती असुली, अपहरण, व्यक्तिगत रिसइबी साँध्नेजस्ता कार्यमा मात्र काम लाग्नसक्छन्। राज्यविरुद्धको विप्लवको लागि न त यी ससना गुट संख्यात्मक दृष्टिबाटै पर्याप्त छन् न यिनीहरूबाट राज्यले खासै चुनौती बेहोर्नुपर्छ।
हारको पीडाले उमारेको कुण्ठाकै बीचमा आफ्नो राजनीतिक अस्तित्वस्थापित गर्ने दाहालको प्रयासले सिंगै तराईलाई यस्तै हल्काफुल्का भाषण र वक्तव्यले आफ्ना पक्षमा ल्याउन सकिन्छ भन्ने ठानेको देखिन्छ। यसको नतिजा भने उनले सोचजस्तो आउँदैन। सिके राउतलाई राज्यले मुद्दा चलाउनु हुँदैन, मुलुकमा पृथकतावादी सोचलाई कसैले लियो भन्दैमा त्यसलाई राज्यले कारवाहीको घेरामा राख्नु हुँदैन भन्दै जाँदा उनले आत्मनिर्णयको अधिकारभित्र यस्तो सोचविचार राखेर संगठन पनि गर्न सकिनेसम्म भनिसकेका छन्। उनको विखण्डनको पक्षपोषण गर्ने यस्तो विचार मधेस, पहाड वा हिमालका कुनै पनि सामान्य नेपालीका लागि ग्राह्य हुने देखिंदैन। उनले त संघीयतामा प्रदेशहरूलाई दिइने आत्मनिर्णयको अधिकारले कुनै देशबाट छुट्टिएर कुनै अर्को देशमा मिल्ने वा छुट्टै राज्य बनाउने अधिकार हो भन्न खोजेका छन् तर राज्य विखण्डनको हक विश्वको कुनै पनि संविधानले कसैलाई पनि दिएको छैन। यसरी हेर्दा त आउँदो संविधानमा पुष्पकमल दाहाल 'प्रचण्ड'को छायामात्रै परे पनि विखण्डनको बीजारोपण हुनसक्ने खतरा पो देखियो। संयुक्त राष्ट्रसंघको आत्मनिर्णयसम्बन्धी १९९५ को घोषणाले पृथकतावादी सोचलाई कतै स्थान दिंँदैन भन्ने त दाहालले पनि पक्कै बुझेकै होलान्। प्रदेशहरुले सीमित मात्रामा आफ्नो प्रदेशभित्रको स्रोतको परिचालन, मुलुकको संविधान र संघीय कानुनसँग नबाझिने गरी आफ्नो प्रदेशका लागि केही कानुनको निर्माण, नागरिक मूल कानुनसँग नबाझिने गरी धर्म, भाषा, संस्कृतिसम्बन्धी केही अधिकार पाउँछन् तर, पृथकतावादी क्रियाकलाप गर्न पाउँदैनन्।
जातीय राष्ट्रवादको वकालत गर्दै मुलुकलाई संघीयतामा लैजाने आग्रह तुहिएपछि पहिचानको राष्ट्रवाद र त्यसैका आधारमा प्रदेशको विभाजनको नारा दिंदैआएका प्रचण्डले अब प्रदेशको आत्मनिर्णयको अधिकार भन्ने शब्दावलीबाट पृथकतावादी सोचलाई समेत स्वीकृति दिन पुगेका छन्। उनलाई लाग्दो हो, यसले मधेसमा बस्ने एउटा ठूलो समुदायको समर्थन उनले पाउनेछन्। र, हुन सक्छ गुप्त भेषमा रहेका केही भारतीय अधिकारीकोसमेत उनीप्रति राम्रो दृष्टिकोण बन्नेछ। तर, भर्खरकै नेपाल–भारतसम्बन्धमा भएको पछिल्लो विकासक्रम हेर्दा भने नेपालको राजनीतिक पंक्तिले भारतको राजनीतिक नेतृत्वसँग सिधै संवाद गरेर अगाडि बढ्न सकिने देखिन्छ। यता मधेस केन्द्रित दलका नेता पनि ती राउत भन्ने सामान्य व्यक्तिलाई कारबाहीको घेरामा राखेर व्यर्थैमा राज्यले हिरो बनाइदियो भन्ने चिन्तामा देखिन्छन्। को को व्यक्ति कहाँबाट आउँछ, ऊ एक जनाले के बोल्छ र त्यत्तिकैमा हिरो हुनसक्छ भने त यसरी हिरो हुने उद्यम अरूले पनि गरे भयो। प्रचण्ड जसरी हत्या हिंसाको बलमा सजिलै हिरो हुने प्रयत्नमा थिए त्यसैगरी केही दिन र केही क्षणका लागि केही दिग्भ्रमित मान्छेका माझमा उट्पट्याङ कुरा गरेर कोही हिरो नै भएको कसैलाई लाग्छ भने यो भैम निवारण हुन धेरै लामो समय पक्कै लाग्नेछैन।
प्रचण्डका आँखामा 'नेपालको राष्ट्रियता जोगाउने पर्खालको रूपमा मधेसवासी नेपाली देखिएका छन्। 'पहाडवासी विखण्डनकारी हुन'् भनेर उनले नयाँ विवाद थालेका छन्। कसरी पहाडवासी विखण्डनकारी भए वा किन हुन् भन्ने व्याख्या उनले गरेका छैनन्। उनको राजनीतिक सिद्धान्तले स्वभावतः सामान्तवादको विरोध गर्छ नै तर त्यो सामन्तवाद पनि उनले पहाडमा मात्रै देखेका छन्। मधेसमा देखेका छैनन्। मधेसकाप्रति धेरै ठूलो भावानात्मक सम्बन्ध देखाउने प्रचण्डले पहाडीहरू विखण्डनकारी हुन् भनेर मुलुकलाई मानसिकरूपमा दुई भागमा विखण्डन गर्न खोजे। प्रचण्डको यो राष्ट्रियताको पनि व्याख्या हुनु सायद वाञ्छनीय छ। हिजो पृथ्वीनारायण शाहलाई महान् सामन्ती र एक प्रकारको साम्राज्यवादी सोच भएको, अरुको पहिचान र अस्तित्वलाई दमन गर्ने राजाका रूपमा देख्दै आएका पुष्पकमल दाहाल आज पृथ्वीनारायणको एकीकरण न्यायोचित र आवश्यक थियो भन्न थालेका छन्। उनै दलभित्र या उनका दलबाट छुट्टिएर गएकाहरू सुगौली सन्धिभन्दा अगाडिको नेपालको खोजी गर्दैछन्। त्यस्तै हुने हो भने सिंगो नेपालको पहिचान कस्तो होला?
यी र यस्तै परस्परविरोधी कुरा गरेर क्रान्तिकारिता स्थापित गर्न सकिँदैन भन्ने त प्रचण्डले पनि बुझेकै हुनुपर्ने हो। तर, त्यस्तो देखिएन। यसै पनि बिहान, दिउँसो र बेलुका बोल्दा तीनथरी कुरा गर्ने नेताको ख्याति पाएका प्रचण्डको अहिलेका भनाइहरू उनको कुन चाँहि मान्यता र सैद्धान्तिक धरातलमा उभिन्छ? सायद यो प्रश्नको उत्तर खोज्नै छाडे हुन्छ। बोली, व्यवहार र चिन्तनमा एक रूपता नहुने कुनै पनि स्वघोषित नेताले न त समाजलाई नेतृत्व दिन सक्छ न त आफ्नो दल या समूहलाई नै एकढिक्का राख्न सक्छ। यसका परिणाम देखिएका पनि छन्, अझै केही देखिन बाँकी पनि होलान्।
कुनै दल विशेषको प्रमुख नेता रहेका, जसरी भएका भए पनि मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिले यस्ता अनर्गल अभिव्यक्ति दिँदा हुने नाफानोक्सानको हिसाब त उनी आफैंले गरेका होलान्। तर, मुलुकको सिंगो राजनीति त्यो पनि संक्रमणकालीन राजनीतिलाई धमिल्याउन र राजनीति भन्ने शब्दसित नै जनतामा वितृष्णा फैलाउन भने यस्ता अनर्गल प्रलापहरू पनि सफल हुन सक्छन्। यसले नेपालमा कुनै किसिमको अधिनायकवादी वा सर्वसत्तवादी शासनको सपना कसैले देखेको भए त्यसलाई चरितार्थ गराउन पनि दाहालको प्रयत्न सहायक होला। तर, मुलुकका बारेमा लिइने कुनै पनि किसिमका साना ठूला निर्णयमा जनताको संलग्नता, सहभागिताजस्ता विषयलाई सुनिश्चित गर्न भने सत्तै्कन। बरु, यसले समावेशी राष्ट्रिय राजनीतिको भर्खर बस्दै गरेको जगलाई नै कमजोर तुल्याउँछ।