नेपालको शक्ति सन्तुलन
०२ मंसिर २०६६
•
११ मिनेट पाठ
नेपालको शक्ति सन्तुलन
यतिबेला नेपाली राजनीति संक्रमणकालीन अवस्थामा छ। साथै राष्ट्रिय धरातल कमजोर भएको छ।
सबै दलका जिम्मेवार नेताले राष्ट्रियता संकटमा परेको अभिव्यक्ति प्रकट गर्दै आएको पाइन्छ। नेपाली राष्ट्रियता यति कमजोर अवस्थामा पुग्नुको मूल कारणको गर्भमा नपुगी भावी गन्तव्य पहिल्याउन सकिँदैन। विसं २००७, २०१७, २०४६ र २०६४ जेष्ठ १५ को गणतन्त्र घोषणासम्म आइपुग्दा हामी कहाँ चुक्यौ भन्ने नै खोजीको विषय हो।
दुई विशाल मुलुकबीच रहेको नेपालको राजनीति कुनै वादका आधारमा मात्र चल्न सक्तैन। हरेक देशको आआफ्नै भौगोलिक अवस्था हुन्छ। यस स्थितिमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरेको चीन र १९४७ मा ब्रिटिस साम्राज्यवाद मुक्त भारतबीच सन्तुलन कायम गर्न हिजो नेपाली राजतन्त्रको महत्वपूर्ण भूमिका थियो र आज पनि हुन सक्छ। सन् १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट भएको चीन भ्रमण र माओ त्से तुङसँंगको भेट र अन्तर्क्रियामा कम्युनिष्टहरूले सिद्धान्ततः राजतन्त्र नमाने पनि नेपालका सन्दर्भमा राख्नुपर्ने अभिमत राख्दा धन्यवाद दिएका थिए। यसको अर्थ दुई छिमेकीबीचमा सन्तुलन राख्न सक्ने स्थायी संस्थाका रूपमा राजतन्त्रलाई लिइनु हो।

दीर्घकालीन महत्वको विषयलाई परिपक्व दृष्टिबाट नहेरी कोरा सिद्धान्तका आधारमा गरिने क्रान्ति या परिवर्तनले राष्ट्रलाई निकासदिन सत्तै्कन। साम्यवादी क्रान्तिले अफगानिस्तानमा राजतन्त्र विस्थापन गरेको परिणामस्वरूप तालिवानको उदय र प्रभावले दक्षिण एसियामात्र होइन विश्व राजनीति नै प्रभावित भएको छ। त्यस्तै प्रजातन्त्रका नाममा सिक्किमबाट राजतन्त्र विस्थापन गर्दा गुमाउनु परेको अस्तित्व र कास्मिरको द्वन्द्वले पनि सिंगो दक्षिण एसियामा प्रभाव परेको छ। नेपालमा राजतन्त्रको विस्थापनसंँगै भत्किएको शक्ति सन्तुलनले दुवै छिमेकीबीचसुरक्षा चिन्ता बढेको छ। सन्तुलित भूमिका खेल्ने नेतृत्वको अभावले भारत र चीन दुवै सशंकित बन्ने अवस्था सिर्जना भएको छ। यसबाट, सैद्धान्तिक दृष्टिमा नभए पनि व्यावहारिकरूपमा नेपालको भूधरातलको आधारमा राजतन्त्रलाई सहयोग गर्नु गलत हैन भन्ने सिद्ध भएको छ।

अब प्रश्न उठ्छ २०४६ को जनआन्दोलन, दश वर्षे माओवादी विद्रोह र दोस्रो जनआन्दोलनबाट देशले के पायो? के राजतन्त्रको विस्थापनमात्र क्रान्ति हो? राजतन्त्र त अफगानिस्तान, सिक्किम र कास्मिरबाट पनि हटाइएकै थियो। के अहिलेको हाम्रा छिमेकीले सन्तुलित नेतृत्वको पूर्ण उपेक्षा गरेको अवस्था छ? व्यक्तिगत आग्रह पूर्वाग्रह छोडेर समग्र राष्ट्रिय हितको दृष्टिबाट हेर्दा समय ढल्किसकेको छैन। यतिबेला देशमा हिमालदेखि तराई र मेचीदेखि महाकालीसम्म फैलिएको जातीय साम्प्रदायिक भडकाव के दसौँ हजार 'नेपाल आमाका सर्वोत्तम छोराछोरीको बलिदानको' परिणाम हो? नारायणहिटी वरिपरिको सेना गणतन्त्रसंँगै अन्तर्राष्ट्रिय शक्ति केन्द्रको सेरोफेरोमा पुर्‍याइँदैमा मुलुकलाई निकास दिन सक्छ। पेरु, निकारागुआ, इन्डोनेसियाबाट माओवादीहरूले कुनै पाठ सिकेका छैनन्? कम्बोडिया, भियतनामबाट हामीले पाठ सिक्ने कि नसिक्ने? यी सबै कोणबाट वामपंथी र प्रजातान्त्रिक शक्ति तथा भारत र चीनबीच सन्तुलन कायम राख्न सक्ने संस्था राजतन्त्र नै देखिन्छ।

सन् १९७० मा कम्बोडियाबाट विस्थापित राजतन्त्र लामो गृहयुद्धको पीडाबीच १४ वर्षपछि सन् १९८४ मा पुनः नयाँ आधारमा अगाडि आयो। बेलायत, जापानले वैधानिक राजतन्त्रलाई सम्मानका साथ राखेर अघिबढिरहेका छन्। विश्व र स्वयं दक्षिण एसियाको अनुभवलाई केन्द्रमा राखेर एकपटक माओवादी, एमाले र काग्रेसका साथै सम्पूर्ण दल र अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक सोच्नु आवश्यक छ। गरिबीको रेखामुनि रहेको जनसंख्याको ठूलो अनुपात घटाउन नसकिएको अवस्थामा सुरक्षा खर्च कमगर्दै जनताको जीवनस्तर उठाउनु अहिलेको प्राथमिकता हो।

नेपाली गणतन्त्रले दुवै छिमेकीलाई यस दिशातिर लैजाने अवस्था देखिएन भन्दा अत्युक्ति नहोला। नेपालको सन्दर्भमा मात्र होइन सिंगो दक्षिण एसियामा अन्तर्राष्ट्रिय शक्ति केन्द्रको राजनीति विचारका आधारमा होइन आआफ्नो सुरक्षा अवधारणाअनुरूप प्रभावित छ। अफगानिस्तानमा सोभियत संघ समर्थक शासन हटाउन तालिवानप्रति राखिएको सहानुभूति सेप्टेम्बर ११, २००२ सम्म आइपुग्दा अमेरिकाको मात्र होइन विश्वकै चिन्ताको विषय बनेको छ। नेपालका सशस्त्र विद्रोही माओवादीको एउटा पंक्ति दिल्लीमा सुरक्षित थिए भन्ने सबैले थाहा पाएकै विषय हो। आज माओवादीबाट भारतले आफूलाई सुरक्षित ठान्न नसक्नुको कारण के हो? यो राजतन्त्र विस्थापित भएपछि अर्को छिमेकी चीनमात्र होइन पश्चिमा शक्तिले समेत आआफ्नो रणनीतिक, सामरिक स्वार्थका आधारमा स्थान खोज्नु र त्यसलाई सन्तुलनमा राख्ने संस्था नहुनुकै परिणाम हो।

चर्का र उत्तेजनात्मक नारा र एजेण्डाले दिशाविहीन भएको नेपाली राजनीतिमा एकले अर्कालाई प्रतिगामी, प्रतिक्रियावादी, पश्चगामी भन्ने आरोपप्र्रत्यारोप लगाउने बानीमा बदलिएको छैन। चीन भ्रमणपछि माओकै पहलमा सोभियत रुस भ्रमण र त्यसको विकसितरूपमा नेपालसँगको दौत्यसम्बन्ध तथा छात्रवृत्ति योजना अघि बढेको थियो। क्युवाका चर्चित नेता चे ग्वेभाराले मलाई 'तिमी नेपालमा गुरिल्लायुद्ध चाहन्छौ भने सम्पूर्ण सहयोग गर्छाै'ं भन्दा मैले हाम्रो देशको वस्तुगत र आत्मगत अवस्था त्यस्तो छैन भनेर अस्वीकार गरेँ। त्यसपछि मस्कोबाटै कम्युनिष्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएँ। १० वर्षे माओवादी संघर्ष, दसौँ हजारको रक्तपात र त्यसबाट राज्यमा परेको परिणाम हेर्दा त्यो विचार आज झन् सान्दर्भिक हुन पुगेको छ। ममात्र होइन तत्कालीन व्यवस्थाविरुद्ध आफ्नो भिन्न मत राखेका मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठलाई राजापरस्त भन्ने र निर्मल लामालाई सीआईडीको आरोप पनि लाग्यो। गोरखपुर र दिल्लीमा बसेर चर्को शव्दावलीमा भारतीय विस्तारवादलाई गाली गर्दैमा मुलुकले वाम नेताहरूले भन्ने गरेजस्तो निकास पायो? संघर्षले राष्ट्रलाई कता लैजाँदै छ?

व्यवस्था परिवर्तनका त्याग त इतिहासमा लेण्डुप, महेन्द्र चौधरीहरूले पनि नगरेका होइनन्। गोन्जालो, चारु मजुमदारको त्याग पनि सानो होइन। मूल प्रश्न त्यसबाट मुलुकले के पायो भन्ने हो? माओको क्रान्तिले चीनलाई संसारको शक्तिशाली मुलुक बनाउँदै छ। गान्धीको त्याग र संघर्षले भारतलाई प्रजातान्त्रिक राष्ट्रका रूपमा स्थापित गरेको छ। साम्यवादी होस् या प्रजातान्त्रिक क्रान्तिले मुलुकलाई दिएको दिशा र परिणाम नै महत्वपूर्ण विषय हो।

भारतको कास्मिर र पाकिस्तानबीचको सीमा या अरुणाचलको चीन भारत विवादले विशाल छिमेकीबीच सन्तुलन राख्न साना राष्ट्रको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने व्यवहारले सिद्ध गरेको छ। यी सबै तथ्य मनन गरी मुलुकलाई सन्तुलित भूमिकामा कायम राख्न बिनापूर्वाग्रहबाट नयाँ आधारमा नयाँ एकता खोज्नु अनिवार्य देखिएको छ। अन्यथा हामीलाई इतिहासले माफी दिने छैन।

(नेपाल कम्युनिस्ट पार्टीका महासचिवसमेत रहिसकेका लेखक पछिल्ला अवधिमा राजाका निकट सहयोगी थिए।)
अर्को समाचार
चुनाव क्षेत्रको निर्धारण
१४ साउन २०७०
•
११ मिनेट पाठ
चुनाव क्षेत्रको निर्धारण
संविधानसभाको २०६४मा भएको निर्वाचनबाट संविधान निर्माण हुन सकेन। माओवादी १० वर्षे सशस्त्र विद्रोह, २०६२/६३ सालको आन्दोलन, मधेस आन्दोलनले उत्पन्न गराएको परिवेशमा नेपालको राजनीतिमा शक्ति सन्तुलन देखिनु स्वाभाविकै थियो। केन्द्रदेखि क्षेत्रीय तहमा उदाएका नयाँ पार्टी र २०४७ सालको संविधानअनुसार संसदीय राजनीतिमा अभ्यस्त दलहरूबीचमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, प्राकृतिक साधन र स्रोतको बाँडफँाट, लैंगिक, वर्गीय तथा क्षेत्रीय उत्पीडन, समावेशी शासन प्रणाली र संघ निर्माणका आधार बारेमा वैचारिक तथा प्राविधिक मतभेद उत्पन्न भयो। यिनै कारणले नेपालको पहिलो संविधानसभा उपलब्धिमूलक हुन सकेन। परन्तु, संविधानसभाको चार वर्षे कार्यकालमा भएका छलफल र सकारात्मक गृहकार्यका कारण संविधान जारी हुन नसके पनि देश नयाँ द्वन्द्वमा भने फसेन। राजनीतिक पार्टीहरू संविधानसभाको नयाँ चुनाव गरी त्यसैबाट नयाँ संविधान जारी गर्न सहमत भए। द्वन्द्व व्यवस्थापनको पक्षबाट यो निकै नै सकारात्मक लक्षण हो।

संविधानसभाको २०६४ सालको चुनावमा नयाँ चुनावी क्षेत्रको घोषणा पनि भएको थियो। विसं २०६४ को जनसंख्या/मतदाता र २०७० को जनसंख्या/मतदाता उही रहिरहन सक्दैन। जिल्लागत अवस्थितिका आधारमा गोरखाबाहेक नेपालको उत्तरी भेगका १६ जिल्ला (कर्णाली अञ्चलका सबै जिल्ला) हिमाली क्षेत्रमा पर्छन्। यस क्षेत्रले ३५.२ प्रतिशत क्षेत्रफल ओगटेको छ। जनसंख्याको आधारमा २०६८ को जनसंख्याअनुसार हिमाली क्षेत्रको जनसंख्या ६.७२ प्रतिशत छ। विसं २०६४ को संविधानसभाको चुनावमा प्रत्यक्षतर्फका २४० मध्ये २२ जना निर्वाचित प्रतिनिधिहरू यही क्षेत्रबाट चुनिएका थिए। यो संख्या २४० निर्वाचित सदस्यको ९.१६ प्रतिशत हो। नेपालको मध्य भागमा अवस्थित ३९ जिल्ला सरकारको भौगोलिक विभाजनअनुसार पहाडी जिल्लामा पर्छन्। ती ३९ जिल्लाले नेपालको कुल क्षेत्रफलको ४१.६७ प्रतिशत भूभाग ओगटेका छन्। ती जिल्लाको जनसंख्या ४३ प्रतिशत छ भने २०६४ सालको चुनावमा ४२.५ प्रतिशत वा १०२ जना सदस्यहरू त्यहाँबाट निर्वाचित भएका थिए। त्यस्तै, २० जिल्ला रहेको तराई क्षेत्रले (चितवन र दाङ सहित) नेपालको कुल भूगोलको २३.११ प्रतिशत भूभाग र कुल जनसंख्याको ५०.२६ प्रतिशत हिस्सा ओगटेको छ। २०६४ सालको चुनावमा नेपालको तराई क्षेत्रबाट कुल २४० निर्वाचितमध्ये ११६ अर्थात् ४८.३३ प्रतिशत प्रतिनिधि संविधानसभामा पुगेका थिए। तराईलाई क्षेत्रगत आधारमा हेर्दा चितवन र दाङको जनसंख्याको अहिलेको हिस्सा (हाल तराईका २० जिल्लाको जनसंख्या १ करोड ३३ लाख १८ हजार ७०५ छ) ८.५ प्रतिशत र २०६४ को चुनावमा ती दुई जिल्लाको ८.६ प्रतिशत सदस्यको उपस्थिति थियो। भाषिक र सांस्कृतिक आधारमा पृथक रहेका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनसंख्या ४० प्रतिशत (तराईको कुल जनसंख्यामध्ये) रहेको र २०६४ को चुनावमा ४१.३७ प्रतिशत सदस्यहरू ती जिल्लाबाट निर्वाचित भएका थिए। माथि उल्लेखित तराईका १० जिल्लाबाहेक नेपालको पूर्वी र पश्चिम तराईले यहाँको कुल जनसंख्यामध्ये ५०.९२ प्रतिशत ओगटेको र २०६४ को संविधानसभामा निर्वाचित प्रतिनिधि ५० प्रतिशत रहेको थियो।
ठूलो क्षेत्रफल ओगटेको हिमाली क्षेत्रदेखि भूगोलको सानो हिस्सा ओगटेको तराईबाट जनसंख्याको आधारमा संविधानसभामा सदस्य निर्वाचित हुनपुगेका थिए। प्रत्येक जिल्लाबाट कम्तीमा एक जना निर्वाचित हुनुपर्ने सिद्धान्तअनुसार हिमालमा ६.७२ प्रतिशत जनसंख्या रहे पनि ९.१६ प्रतिशत प्रतिनिधि निर्वाचित भएका थिए। सानो भूगोल भएर पनि जनसंख्या ठूलो भएकै कारण तराईका २० जिल्लाले १ सय १६ निर्वाचित प्रतिनिधि र पहाड सबैभन्दा ठूलो भौगोलिक क्षेत्रले १ सय २ प्रतिनिधि जनामात्र पाएको थियो।
नेपालको हिमालदेखि तराईसम्म सांस्कृतिक, भाषिक र क्षेत्रगत विविधता रहेको तथ्यलाई सबैले स्वीकार्नु आवश्यक छ। कुनै पनि वर्ग, क्षेत्र, जातजाति र लिङ्गको विकास र प्रगति सापेक्षित रूपले त्यस ठाउँको भूगोलसँग जोडिएको हुन्छ। व्यक्ति र समुदायको विकासलाई भूगोलसँग छुट्टयाएर हेर्नु न्यायसंगत हुँदैन। कुनै जातजातिभित्रको अमुक व्यक्तिको विकास र समृद्धिले त्यो जात वा क्षेत्रका जनताको विकास हुने भए नेपालमा १० वर्षे द्वन्द्वको कुनै गुञ्जायसै हुँदैनथ्यो। विसं २०६८ को जनगणनाअनुसार नेपालमा १ सय २६ जातजाति, १सय २३ भाषाभाषी छन्। कुल ७६ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आश्रित रहे पनि ८३ प्रतिशत नेपाली अझै ग्रामीण क्षेत्रमै रहेका छन्। विसं २०५८ को तुलनामा २०६८ मा ६१.२३ प्रतिशतले जनसंख्या वृद्धि भएको काठमाडौंमा त्यहीअनुसार प्रतिनिधिहरूको संख्या बढाउने हो भने क्षेत्रीय असन्तुलनको हल हुनसक्दैन। र, काठमाडौंदेखि टाढा रहेका वा तराई र पहाडका प्रमुख बजारबाट भौगोलिक रूपले टाढा रहेका क्षेत्रको समानुपातिक विकास हुनसक्दैन। काठमाडौं उपत्यका, विराटनगर, पोखरा र वीरगञ्ज जस्ता क्षेत्रमा जनसंख्या र भूगोलका आधारमा प्रतिनिधि समायोजन नगरी एउटैलाई मात्र आधार मान्ने प्रवृत्तिले यसमा देखिएको समस्या समाधान हुन सक्दैन। क्षेत्रफलको आधारमा ठूलो हिमाली जिल्ला डोल्पा, सानो पहाडी जिल्ला भक्तपुर र जनसंख्याको आधारमा ठूलो काठमाडौं तथा सानो जनसंख्या भएको मनाङको मापन एकै किसिमको जनसंख्याको आधारमा हुनुहुँदैन। प्रतिनिधि मापनका फरकफरक आधारहरू निर्माण हुनुपर्छ।
शासकीय प्रणालीमा आउने जनप्रतिनिधिले जनसंख्याको आधारमा मात्र प्रतिनिधित्व गर्नु आजको २१ औं शताब्दीको राजनीति सुहाउँदो पनि हुँदैन। प्रचुर प्राकृतिक साधन स्रोत रहेको, सांस्कृतिक, भौगोलिक, भाषिक विविधता रहेको नेपालमा जिल्लागत चुनावी क्षेत्रको निर्धारण गर्दा फरकफरक अंकको मापदण्ड अपनाउनु आवश्यक हुन्छ।
जनसंख्याको फरक फरक वृद्धि रहेको ठाउँमा क्षेत्रको समानुपातिक विकासबाट मात्र सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिकलगायतका असन्तुलनको अन्त्य हुन्छ। हिमालदेखि पहाडको बसाइँसराइको समस्या समाधान गर्न त्यहाँको जनसंख्या र क्षेत्रगत आधारलाई फरक मापनको आधारमा राजनीतिक तहमा प्रतिनिधित्व गराउनु उपयुक्त देखिन्छ। पहाड र हिमालमा १ लाख मतदाता बराबर १ जना प्रतिनिधित्व रहने आधार बन्छ भने चुनावी क्षेत्र निर्धारणका लागि काठमाडौं उपत्यका र तराईका जिल्लामा मतदाताको संख्या बढी हुनु आवश्यक छ। यसका लागि पार्टीहरूबीच सहमति र सहकार्य हुनुपर्छ।
नेपालको मध्य र उत्तरी क्षेत्रमा रहेको अपार जलस्रोतको भण्डार, जडिबुटीदेखि पर्यटन प्रवर्द्धनमार्फत् राज्यले समग्र नेपालको आर्थिक विकास गर्ने लक्ष्य लिएर त्यहाँको राजनीतिक प्रतिनिधित्व पनि सुनिश्चित गर्नुपर्छ। सबै क्षेत्र र भूगोलको उचित प्रतिनिधित्वबाट मात्र नेपालको राष्ट्रियता सबल बन्छ र हिमालदेखि तराईमा रहेका सबै नागरिकले आफू सार्वभौम सत्ता सम्पन्न नेपाली भएको अनुभूत गर्न सक्छन्। यो समग्र राजनीतिक प्रक्रियाबाट मात्र जातिगत विविधता र क्षेत्रगत असमानतालाई हल गर्न सकिन्छ। अन्यथा, राजनीतिक पार्टीहरूको नयाँ नेपाल निर्माणको नारा व्यवहारमा आउने छैन। निर्वाचन हुनु वा चुनाव क्षेत्र नयाँ निर्धारण हुनुमात्र महत्वपूर्ण हैन। भूगोलका समस्यालाई पनि चुनावी प्रक्रियाको माध्यमबाट हल गर्नु महत्वपूर्ण हुन्छ।       
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस