मलेसिया र इन्डोनेसियामा 'रेन फरेस्ट' हटाएर 'बायो डिजल' बनाउन तेलहन खेती गरिएजस्तो नेपालको चुरेमा वातावरणका आधारमा सम्भव नहोला तर सीमान्तकृत बनेको प्राकृतिक वन क्षेत्र तथा कृषियोग्य जमिनमा वातावरणलाई पुनर्जीवित पार्न 'भेजिटेसन' स्वरूप 'बायो डिजल' बनाउने तेलहनको खेती गर्न भने सकिन्छ। किनभने दश प्रतिशतमात्र 'बायो डिजल' समायोजनले वातावरणमा उल्लेखनीय प्रभाव पार्छ। रोडा, ढुंगा तथा बालुवाले ढाकेको चुरेमा ऊर्वरा शक्ति, प्रांगारिक अवशेष तथा सुक्ष्म जैविक विविधता न्यून छ। साथै, बोटबिरुवाको विकासका लागि 'कोरम सेन्सिङ' तथा 'सेल सिग्नलिङ' लाई आवश्यक पर्ने 'माइक्रो निच' अभाव छ। यस्तोमा वनस्पतीको सञ्जाल विस्तार गरी वातावरण सुधार्नु वैज्ञानिकका लागि ठूलै चुनौती हो तर हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै चुरेमा लुकेको चाँदीका ढुंगा र गेग्रन नै हुन सक्छन्।
सन् २०११ मा युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसको ंएक समूहले प्रकाशित गरेको अनुसन्धानमा समान वातावरण तथा भौगोलिक बनावट भएका दुई ठाउँका उस्तै वनमा 'बायोमास' को भिन्नता सुक्ष्म जीवबाट समायोजित नाइट्रोजनका कारण नभएको उनीहरुको ठम्याई छ। वनको जमिनमुनिका पत्रे चट्टानको 'रक बेड' मा रहने 'युरिया' ले भिन्नता पार्ने भन्दै नाइट्रोजन 'आइसोटोपिंग' द्वारा अवलोकन गरेका थिए। सम्भवतः वषौंको मौसमचक्र तथा प्राकृतिक 'वेदरिङ' ले यी चट्टानबाट 'युरिया' बाहिर निस्की जराले लिएका कारण भएको तर्क गरेका छन्। तसर्थ, हाम्रा वन क्षेत्रमा पनि कहीँ घना त कहीँ पातला बुट्यानहरु पाइनु पनि यस्तै कारणले भएको आंकलन गर्न सकिन्छ। तसर्थ, चट्टानमा “युरिया” को सञ्चय कसरी भयो भन्ने कौतुहलता जाग्नु स्वाभाविक हो।
खासगरी प्रकृतिमा प्रांगारिक “युरिया” जलचर, थलचर र उभयचरका बिष्टाबाट तथा केही सुक्ष्मजीवहरुले बनाउनाले समाहित हुन्छ। तर पानीमा सजिलै घुलित हुने भएकाले नदी प्रणालीहरुले बगाई अन्ततः समुन्द्रमा समाहित हुन्छ। समुन्द्रको नूनिलोपनाले “युरिया” थेग्रिई समुन्द्री धरातलमा झर्ने तथा त्यहाँ अक्सिजनको मात्रा कम हुनाले नटुक्रिई थुप्रिन्छ। तथा समुन्द्री पानीको वजनले नदीले ल्याएको लेदोको पत्र समुन्द्री धरातलमा चट्टानीकरण हुँदा “युरिया” पनि समाहित हुन्छ। यस्तो भए तापनि समुन्द्र उत्खनन गरी “युरिया” निकाल्न महँगो पर्छ।
तर तिब्बती तथा “सबइन्डियन टेक्टोनिक प्लेट” ठोक्किई समुन्द्री धरातल उठी हिमालय क्षेत्र बनेको हो। यही समुन्द्री माटो कालान्तरमा रूपान्तरित भई पत्रे चट्टानहरु बनेका हुन्। त्यसैले यिनमा पनि “युरिया” समाहित होला। व्यावसायिकरूपले चट्टानहरुबाट “युरिया” निकाल्न सकिएमा प्रांगारिक कृषिमा क्रान्ति ल्याउन सकिन्छ तर पहाडी चट्टानहरुमा अन्तरनिहीत “युरिया”लाई कृषि प्रयोजन गर्न सुरक्षित एवं नियन्त्रित वातावरणमा चाँडो “वेदरिङ” गराउनु चुनौती होला। विकल्पमा, चुरे क्षेत्र “टेक्टोनिक फल्ट”मा हुनाले यहाँका ढुंगा तथा गेगर तुलनात्मक हिसाबमा अझै कडा नबनिसकेकाले “वेदरिङ” गर्न सहज होला। तर समुन्द्री माटोबाट बनेकाले मर्करी, सिसा (लेड), आर्सेनिक जस्ता घातक धातुहरु पनि समाहित भएका होलान्। “वेदरिङ” गर्दा यी धातु पनि निस्कन्छन्। तसर्थ, यी धातुले घरायसी तथा जंगली वनस्पति एवं जीवहरुमा विषाक्तता नगराउने “प्लाक्टोनाइजेसन” प्रविधि विकास गर्नुपर्छ। यसको सफलताले कृषिमा १९६० को दशकको रासायनिक मलले ल्याएको हरित क्रान्तिभन्दा पृथक आयाम ल्याउँछ।
तसर्थ, वैज्ञानिक हस्तक्षेपबाट सीमान्तकृत जमिनमा अखाद्य तेलहन खेती गरी “बायोडिजल” उत्पादन गर्न सकिएला। यी बोटहरुको “सेलुलोजिक बायोमास”लाई प्रविधि विकाससँगै “बायोडिजल” उत्पादनमा आवश्यक “मेथानोल” तथा पेट्रोलमा समिश्रण गर्ने “इथानोल” उत्पादनका लागि कार्बन स्रोतमा प्रयोग गर्न सकिन्छ। साथै “मिक्स क्रप भेजिटेसन” अन्तर्गत उच्च कार्बन सञ्चय गर्ने तथा पोषणयुक्त विरुवाहरु पनि खेती गर्न सकिएला। यस्ता बिरुवाको “सेलुलोजिक बायोमास”बाट “बायोग्यास” उत्पादन गर्ने प्रविधि विकास गरी “फिल्टर”, सञ्चय तथा “बोटलिङ” गर्दै “सिलिन्डर” मा भर्न सकिन्छ। यसले घरायसी इन्धनका कारण प्रकृतिमाथिको चाप कम हुन्छ। साथै, धँुवारहित इन्धनको विकल्पले निमोनिया, दम या क्याटरर्यापक्ट जस्ता रोग न्यूनीकरण गर्न सकिन्छ। जसका कारण प्राप्त प्रत्यक्ष तथा अप्रत्यक्ष थप श्रमले “जिडिपी” मा अतुलनीय योगदान हुन्छ।
स्वास्थ्यमा मात्र नभई सीमान्तकृत जमिन एवं “सेलुलोजिक बायोमास”को प्रयोगले “फिउल” तथा “फुड”को टकराव घटाएर खाद्य संकट कम गर्छ। साथसाथै, “बायोग्यास” सार्वजनिक यातायातमा पनि प्रयोग हुन्छ। यसले इन्धनको एकाधिकारबाट हुने मानव सभ्यतामाथिको हस्तक्षेप पनि घटाउँछ। यसरी “बायोग्यास” को प्रयोग गर्नाले उत्सर्जन हुने “कार्बन डाइअक्साइड” पनि बिरुवाहरुले कार्बन चक्रमा समाहित गर्नाले “पेट्रोलियम” पदार्थबाट थप हुने “कार्बन फुटप्रिन्ट” कम हुन्छ। तसर्थ, वैज्ञानिकहरुको २१ औं शताब्दीको उपहार सीमान्तकृत जमिनको प्रयोग गरी व्यापारिक सम्भाव्यताको “सेलुलोजिक बायोमास” मा आधारित इन्धनहरुको विकास गर्नु हो। अतः “आवश्यकता नै आविष्कारकी जननी हुन्” भन्ने कथन चुरेलाई वरदानमा बदल्दा लागु होला।
यस्ता महत्वाकांक्षी वैज्ञानिक हस्तक्षेपका कुरा नेपालमा गर्दा केहीले “कहीँ नभएको जात्रा हाँडीगाउँमा” भनी खिल्ली गर्न सक्लान् तर हामी नेपालीहरु मिथिलाका जनकको ज्ञानका अंसियार, यदुवंशीय सभ्यताका हिमायती, विश्व शान्तिका प्रवर्धक बुद्धको शाक्यवंशीका अनुज, न्युटनले गुरुत्वाकर्षणको सिध्दान्त प्रतिपादन गर्नुअगाडि नै गुरुत्वाकर्षण तथा “सेन्टर अफ ग्रेभिटी” का सिध्दान्तलाई प्रयोगमा ल्याएका पहाडी उच्च धरातलीय कृषि प्रणालीको विकासकर्ता, लिच्छवी कालमा नै “इन्जिनियरिङ” कौशल पगोडा शैली एवं पगोडालाई लामा स्तुपामा समायोजन गरिएको “इन्जिनियरिङ”को उद्गमी, मौलिक वास्तुकला तथा अन्य कलाकौशलका धनी नेवारका सहयात्री, ग्रिक तथा तुर्की वास्तुकला मौलिकरूपले समायोजित सम्भ्रान्तताको प्रतीक एवं आधुनिक वास्तुकलाको विकासको खुला संग्रहालय जस्ता राणा महलहरुका स्वामी, सयभन्दा बढी पृथक तर मौलिक उत्गम भएको भाषाका धनी एवं शस्त्रलाई शास्त्रमा रूपान्तरणका उत्प्रेरक आदि धरोहरका मालिक हौं। अतः विश्वमा उच्च स्वाभिमानका साथ नेपालीहरु बहादुर मात्र नभई आविष्कारक पनि हुन् भन्ने चिनारी स्थापित गराउनु छ। त्यसैले विविधतामा एकता भन्ने यथार्थको चेतना भयो भने यस्ता चुनौती पार गर्न सकिनेछ।