ड्यान ब्राउनको उपन्यास 'द लस्ट सिम्बोल'मा एउटा पात्र छ- ज्याकरी। किशोरावस्थामा आफूमा रहेका खुबीको पहिचान गर्न पटक्कै वास्ता नगर्ने, आलस्यको मित्रता र दासतामा रमाउने ऊ अकल्पनीय नाटकीय घटनाक्रममा हेलिंँदै 'ज्याकरी'बाट 'आन्द्रोस' र आन्द्रोसबाट पापको साक्षात अवतार 'मलाख'मा परिवर्तित हुन्छ। पापको तिलस्मी संसारमा ऊ बेसरी रमाउन थाल्छ। किशोरावस्थामा जस्तो लुरे र अल्छी केटो नभएर ऊ अब आफ्ना पाप कर्ममा विज्ञान र प्रविधिका नवीनतम ज्ञानको अद्भूत प्रयोग गर्न थाल्छ। उसको अन्तिम लक्ष्य हुन्छ- पापसाम्राज्यको सम्राट बन्ने। यो चाहना पूरा गर्नका निम्ति उसले केही बाँकी राख्दैन- हत्या, हिंसाजस्ता काम उसका निम्ति अति सामान्य खेल हुन्छन्। छद्मभेषी ऊ जस्तोसुकै भूमिकामा पनि देखा पर्न सक्छ। अरुको ज्यान लिनु त उसका निम्ति केही पनि थिएन नै आफ्नो त्यो 'महान्' लक्ष्य प्राप्त गर्नका लागि अन्त्यमा आफ्नै ज्यान पनि अर्पण गर्ने सबै बन्दोबस्त मिलाउँछ र आफ्नै बाबुबाट आफ्नो हत्याको पूरा बन्दोबस्त मिलाउँछ। तर उसले सोचेभन्दा अलिकति फरक ढंगले ऊ मर्छ। मृत्युको गहिरो इनारमा खसिरहेको बेला त्यहाँ कहाली लाग्दो अन्धकार र एक्लोपनबाहेक केही पनि बाँकी रहँदैन। उसले सोचेजस्तो बिल्कुल हुँदैन। कुनै पनि दानवी शक्ति दुन्दुभी बजाउँदै उसलाई स्वागत गर्न र राज्यारोहण गराउन आउँदैन।
केही दिन यता मलाई यसपात्रको खुब सम्झना भइरहेको छ। ज्याकरीहरू विभिन्न रूपमा देखा पर्दारहेछन्। कहिले ती 'डन'का रूपमा देखापर्छन् र अन्त्यमा अत्यन्त दयनीय मृत्यु वरण गर्छन्। कहिले ती 'नेता'का रूपमा देखा पर्छन् र बदनामीको नालामा लम्पसार पर्छन्। कहिले रातारात नायक बन्ने लोभका कारण आफ्नो बौद्धिकतालाई सिन्की गुन्द्रुक बन्न दिँदै छाडापनको सीमा नाघेर देशलाई नै 'रन्डी' र 'बोक्सी' भन्दै हिँड्छन्। वास्तविक जीवनका ज्याकरीहरु कहिले कहीँ बिग्रेको अल्छी किशोरले झैं व्यवहार गर्छन्। कुनै पनि विषयको गहिराइमा पस्नुको सट्टा आफ्नो अड्डीबाट डेग नचली एकोहोरो रटान दिइरहेका हुन्छन्। प्रकृतिले दुईवटा कान दिएको छ सुन्न तर ती दुवै कानलाई थुनेर भएको एउटा मुखमात्र चलाइरहन्छन्। आफूसँग फरक मत हुनेबित्तिकै तिनलाई शत्रुकै रूपमा व्यवहार गर्न थालिहाल्छन्। ड्यान ब्राउनको ज्याकरीले आफ्नी आमालाई मार्योल, आफ्नो बाबुको हात काट्यो, अन्य कैयौं निर्दोष व्यक्तिको निर्मम हत्या गर्योी। केका लागि? केबल उसको 'अहम्' वा 'म'को तुष्टिका लागि। पाइलैपिच्छे उसले बाटोमा भेटिएका मानिसको मनोविज्ञान बुझेर आफ्नो दानवी पहिचानका निम्ति तिनलाई दुरुपयोग गर्दै, मिल्काउँदै हिँडिरह्यो।
मानिसका लागि 'पहिचान' ज्यादै महत्वपूर्ण विषय हो। त्यसैले यो विषय अति संवेदनशील पनि हुन्छ। र संवेदनशील भएकै कारण जनताको 'इमोसनल ब्ल्याकमेलिङ' गर्न यसको अपव्याख्या र दुरुपयोग सजिलै हुनसक्छ।
पहिचानका अनेक आयाम हुन्छन् वैयक्तिक, सामाजिक, धार्मिक, भाषिक, सांस्कृतिक, लैङ्गिक, वर्गीय'। कुनै एउटा पक्षमात्रैले मानिसको पहिचान पूर्ण हुनै सक्दैन। तर ती सबै आयामलाई समेट्न मेहनत गर्नुपर्छ। कुनै एउटा पक्षलाई मात्र समातेर त्यसैमा झुन्डिन भने केही मेहनत गर्नु पर्दैन। दुराशय भएकाहरू यही सहजताको सुविधामा उभिएर पहिचानको अपव्याख्या गर्ने गर्छन्, जनतालाई 'इमोसनल ब्ल्याकमेलिङ' गर्छन्।
देश प्रेम पनि त्यस्तै अत्यन्त संवेदनशील विषय हो। संवेदनशील भएकै कारण राष्ट्र, राष्ट्रियता र देश प्रेमको पनि अपव्याख्या र दुरुपयोग सजिलै हुन सक्छ। संसारको हरेक कुनामा हरेक कालखण्डमा राष्ट्रका नाममा जनताको 'इमोसनल ब्ल्याकमेलिङ' हुँदैआएको छ, शोषण हुँदैआएको छ। नेपालकै राजतन्त्रले पनि आफूलाई जोगाई राख्न लामो समयसम्म राष्ट्र र देशभक्तिको यस्तै अपव्याख्या गरिरहेको थियो।
जनताको पहिचान देश प्रेमसंग एकाकार भएको देशमात्र सुरक्षित हुन्छ। त्यहाँमात्र विकास सम्भव हुन्छ र जनताको खुसी र समृद्धिले गति लिन्छ। अमेरिकी मनोचिकित्सक तथा लेखक स्कट एम्पेकले भनेका छन् 'अहम्'को घेरा पातलिँदै जानु र फराकिलो हुँदै अरूका 'अहम्'लाई पनि समेट्दै जानु नै 'हुर्किनु' हो, मानिसको परिपूर्णतातर्फको यात्रा हो। पहिचानका नाममा 'अहम्'को घेरालाई झन् झन् बाक्लो पार्दै लानु, झन् झन् साँघुरो पार्दै लानु बुद्धका भनाइमा दुःखको कारण हो। धम्मको शाश्वत सत्य 'संसार'मा बाँचिरहेका हाम्रा लागि बुझिनसक्नु लाग्न सक्छ, तर हामी बाँचिरहेको सापेक्षिक सत्यभित्रै पनि 'म'लाई तरल बनाउन सम्भव छ। 'बुद्ध मेरो भूमिमा जन्मेका हुन्' भन्दै आफ्नो 'म'को घेरालाई झन् झन् बाक्लो बनाउँदै लानु र हिंसाको निम्ति फराकिलो बाटो खन्नुजस्तो पाखण्ड र पाप अरू के हुन सक्छ?
जनआन्दोलनका बेला जनताको सशक्तीकरणका निम्ति, अग्रगमनका निम्ति, समृद्धि र सुशासनका निम्ति संघीयताको नारा घन्किएको हो यस देशमा। तर आफ्ना राजनीतिक स्वार्थ परिपूर्तिका निम्ति पहिचानको संवेदनशील सवाललाई उपयोग गरेर जनताको भावनाको शोषण गर्ने काम हुन थाल्यो। सिंगै संघीयताको सवाललाई नै संकुचित रूप दिने र समावेशीकरणका नाममा उल्टै एकअर्काप्रति बहिष्करणको मनानसिकता विकास गर्ने दुष्प्रयत्नहरु सुरुदेखि नै हुनथाले। पहिचानका नाममा जनताका पंक्तिभित्र अनेक तहमा आपसी बहिष्करणले प्रश्रय पाउन थाल्यो। अनि यस्ता दुष्प्रयत्नका कारण 'संघीयता नै खराब हो, हामीलाई चाहिँदैन' भन्न राजतन्त्रवादी प्रतिगामीलाई सजिलो भयो। त्यतिमात्र हैन, देशको धेरै माया गर्ने त्यागी र स्वच्छ अभियन्ता र नेतासमेत 'संघीयताको कुराले बिगार्छ है' भनेर पीर मान्न थाले। संघीयता र पहिचानका विषयलाई सिधै विखण्डनसँग जोड्नु पक्कै पनि तर्कसंगत कुरा हैन। तर विडम्बना, त्यस्तै भइरहेको छ।
एउटा राष्ट्रको विखण्डनको विषय पीडादायी नै हुन्छ। त्यो पनि हाम्रोजस्तो सानो देश टुक्रिने कुराको त कल्पनासम्म पनि दुःखद हुन्छ। तर दुर्भाग्यवश यति सानो देशमा पनि विखण्डनकारीहरू खुल्लमखुला उत्रिइसकेका छन्। त्यो पनि अति नै नांगो रूपमा। यस्तो अवस्थामा यसबारे पटक्कै वास्ता नराखी बस्ने स्वतन्त्रता हामीलाई छैन।
हरेक नागरिकलाई आफ्नो सही पहिचानसहित देशप्रेमले ओतप्रोत भएर आफ्नो 'अहम्'को घेरालाई झन् पातलो र झन् झन् धेरै देशवासीलाई ओगट्न सक्ने गरी फराकिलो पार्दै लान सक्ने वातावरण र सम्भावना सिर्जना गर्नुपर्ने हो नयाँ संविधानले। दुई 'अति'ले यसो हुन दिइरहेका छैनन्। प्रतिगमन पक्षधर त भई नै हाले अर्काथरी पनि आआफ्ना स्वार्थअनुरूप अस्वाभाविकरूपमा पहिचानको अपव्याख्या गर्दै जनताका बीचमा अन्तरबहिष्करणको नयाँ सिलसिला उत्पन्न गर्न निरन्तर लागि परेका छन्।
जति नमीठो लागे पनि अब देख्न थाल्नुपर्यो् सिंगो राष्ट्रका रूपमा रहिरहन नभईनहुने आधारस्तम्भ बिस्तारै मक्किंदैछन्। खोजेकै विखण्डन हो भने त कसको के लाग्छ र? हैन भने बुझ्नु पर्योब जहिले पनि असन्तुष्टिकै झ्यालबाट प्रवेश गर्छ सैतान! अझै बिउँझिएनौ भने, केही बाँकी रहने छैन। अब त बिउँझ-
ए, राजनीतिका खेलाडी हो!