धर्म एक्लो सिङ्गो संस्था होइन। यससँग धेरै आयाम जोडिन्छन्। यो जाति व्यवस्थाको संरचना, अन्तरजातीय सम्बन्ध, सांस्कृतिक अभ्यास, देशको राजनीतिक आदर्शहरूबीचको सम्बन्ध र अन्तरक्रियाको चरित्र आदिसँग अभिन्न हुन्छ। नेपालमा धर्म निरपेक्षता कार्यान्वयन बहसमा राजनीतिक संस्थामात्र अगाडि छ। यसले साम्प्रदायिक र जातीय नस्लको चेतको प्रभुत्व बढायो। जनजाति समुदायका लागि धर्म निरपेक्षता र खसआर्य समुदायका लागि धर्म सापेक्षता अत्याज्यजस्तो हुनपुगेको छ।
मूलतः राज्यको लोकतान्त्रिक परिवर्तनले नेपाल धर्म निरपेक्ष बन्यो। युरोपेली अर्थमा नेपालको धर्म निरपेक्षताको व्याख्या गरियोे। खासखास क्षेत्रमा एउटै धार्मिक बाहुल्य भएको पश्चिमा देशको अनुभव सन्दर्भमा लिइयो। यो नेपालका लागि मौलिक थिएन। राज्यको समान धार्मिक व्यवहारको प्रतिबद्धतालाई संस्कृति र चाडपर्वमाथिको हस्तक्षेप वा अनुकूलताका रूपमा बुझियो तर जात वा सम्प्रदायमा प्रतिविम्बित हुनबाट जोगाउन सकिएन।
सबैलाई आफ्नो धर्म श्रेष्ठ लाग्नु स्वभाविक हो। कुनै पनि धार्मिक श्रेष्ठता अजर रहने भने होइन। कुनै अमुक प्राकृतिक दैविक प्राप्ति पनि होइन। समाज, अर्थतन्त्र र राजनीतिको गठन वा पुनर्गठनसँगै यो श्रेष्ठता पनि गठन वा पुनर्गठन भइरहन्छ। धर्म निरपेक्षता गतिशील सामाजिक परिवर्तनको नतिजा हो। कसैको आग्रह वा पूर्वाग्रह होइन। इतिहास निर्मित हुन्। जाति वा समुदायका नाममा हुने धार्मिक स्वामित्व अतिवादका स्रोत हुन्।
धर्म सामाजिक प्राप्ति हो भने पनि जाति वा समुदायका नाममा हुने धार्मिक अपनत्व सिद्धान्ततः जायज होइन। तर, नेपालमा धर्म निरपेक्षताका कुरा जातिसँगै जोडिएका छन्। जातभित्रका आर्थिक वा अन्य अभिजातले यसलाई विश्लेषण गरेका छन्। धर्म निरपेक्षतामा अन्य धर्म फस्टाउने र आफ्नो धर्म खुम्चने भन्ने सोचको समाजशास्त्रीय विश्लेषण भएको छैन।
समाजशास्त्रको ऐतिहासिक विश्लेषणले जाति र धर्मको सम्बन्ध अपरिवर्तनशील हुन्छ भन्ने स्वीकार्दैन। इतिहासका सामाजिक प्राप्ति मानिसका अन्तरक्रियाका उपज भएकाले जाति धर्म सम्बन्ध मानिसले चाहेजस्तो वर्षौंअघिको जस्तै रहिरहँदैन। यसलाई शिलालेखजस्तो अमिट बनाउन खोज्नु अतिवादी प्रयास हो।
जुन जातिमा जन्म भयो त्यही जाती वा समुदायले अपनाएको धार्मिक आस्था व्यक्तिको हकमा अत्याज्य हो भनियोे। धर्मलाई समाज, राजनीति, अर्थतन्त्रको निर्धारक ठानियो। राज्य धर्मको सापेक्ष वा निरपेक्ष हु“दा निजी जीवन सप्रने वा खस्कने भन्ने गैरऐतिहासिक र गैरसमाजशास्त्रीय चेत निर्माण गरियो। सबैखाले अभिजात स्वार्थले दुनिया“को सबभन्दा ठूलो सत्य परिवर्तनपछि परिवर्तन भन्ने चेत भुइँतहसम्म पुग्नै दिएन। निरन्तरको परिवर्तनले धार्मिक श्रेष्ठता र अनुयायी बाहुल्य दिगो वा छिटो गराएको हुन्छ। धर्मको दिगो श्रेष्ठता र अधिक बाहुल्यको अजरपन ऐतिहासिक प्रक्रियामा मिथ्या हुन्। निरपेक्षता वा सापेक्षताप्रतिको जातीय वा सामुदायिक आग्रह वा पूर्वाग्रह फजुल हुन्।
तर अतिवादी धार्मिक अभिजातवाला, धर्मका राजनीतिज्ञ, राष्ट्रियअन्तर्राष्ट्रिय धार्मिक संगठन, विकास संगठनले धर्मको सोपान बनाएर देखाए। सोपानमा तलमाथि परेको भन्दै स्वाभाविक—अस्वाभाविक बनाए। सापेक्षता—निरपेक्षताका फाइदा—बेफाइदाका ज्ञान बा“डे। एकातिर, प्राचीन नेपालको धर्म सापेक्षता बिर्सिएर आधुनिक नेपालको धर्मको सापेक्षतामा निरपेक्षताको रेखांकन गरियो। र, निरपेक्षतावादीमा समाज धर्म, अर्थतन्त्र, संस्कृति र राजनीतिको निरपेक्ष स्थिर हु“दैन भन्ने चेत आएन। अर्कातिर युरोपमा जन्मिएर उत्तर अमेरिका हुँदै गैरपश्चिमी समाजतिर छिरेको धर्म निरपेक्षता सन् १९५० पछिमात्र नेपाल आइपुगेको हो। सन् १९९० सम्म फस्टाउन नसके पनि सन् २००६ को राजनीतिक परिवर्तनले यसलाई आकार—प्रकार दिएकोे तथ्य बिर्सेर यसलाई अचानक मान्ने र बर्बाद भएको भन्ने अवस्तुगत चेतबाट मुक्त हुनु आवश्यक छ। अन्यथा, सामाजिक तथा अर्थराजनीतिक समृद्धिका अनिवार्य सर्तको उपेक्षा हुन्छ।
संरचनात्मक चरित्रमा स्थिर धार्मिक समूह वा जातिहरू कति होलान्? विसंको १८ औं शताब्दी सुरुसम्म प्रकृतिपूजक बोनवादी मगर र गुरुङ्गमध्ये मगर बाहुल्यमा अहिलेका हिन्दु र गुरुङ्गहरू केही हिन्दु र बौद्ध धर्मावलम्बी हुन्। सन् १९९० सम्म हिन्दु धर्मावलम्बी खस आर्यहरूमा देखिएको क्रिश्चियन धर्मप्रतिको झुकावले धार्मिक अनुयायी आफैंमा स्थिर हु“दैनन् भन्ने देखाउँछ। अनि धर्मको सामाजिक संस्थागत हैसियत कसरी स्थिर हुन सक्छ?
बहसमा धर्म सापेक्षता वा निरपेक्षताको तनाव आमनेसामने छ। यसमा दुईखाले अतिवादी स्वार्थको चलखेल छ भनिदिँदा सजिलो हुन्थ्यो। पहिलो, धार्मिक सापेक्षताका अतिवादी धर्मको ऐतिहासिक यथास्थिति भत्किँदा आइलागेका अप्ठेराबाट विरक्तिएका छन्। धर्म निरपेक्षता प्रमुख चुनौती भएको विश्लेषण भयो। दोस्रो, धर्म निरपेक्षताको अतिवादी व्याख्याता धार्मिकताको अन्य सम्बन्धलाई बेवास्ता गर्छन् र सामाजिक, अर्थराजनीतिक असमानताको जड धर्ममा देख्छन्। धर्मको गठन ऐतिहासिक सामाजिक तथा अर्थराजनीतिले गर्ने हो धर्मले सामाजिक तथा अर्थराजनीतिको गठन गर्ने होइन। यो सत्यलाई दुवैखाले अतिवादीले बुझेनन्।
धर्मविना समाज चलेकै छ। आर्थिक प्रणाली क्रियाशील नै छ। उत्पादन र उपभोगको चक्रीय सम्बन्धले समाज चलेको छ। धर्म सुविधामा अनुसरण गर्ने सामाजिक तथा अर्थराजनीतिको सापेक्ष विषय हो। यसको सापेक्षता वा निरपेक्षतामा जाति एवं समूहको समृद्धि वा बर्बादी हु“दैन।
धर्मको आर्थिक आयामको चर्चा गर्दा एउटा उदाहरणः केही दिनपहिले पशुपतिमा वौद्ध लामा पुरोहितद्वारा एकजना गुरुङको शवको अन्त्येष्टिको तयारी हुं“दैथियो। अतिवादी दृष्टिमा गुरुङको शव र बौद्ध लामा दुवै कट्टर अनुशासनविरुद्ध हुन सक्छ। यी लामा पुरोहितले आफूलाई बौद्ध पुरोहित मात्र नभन्दा हिन्दु तीर्थस्थल र लामाप्रतिको गुरुङ जजमानको श्रद्धाप्रति सम्मान त भयो नै। साथै कट्टर धार्मिक संस्थाबाहेक आमजीवनमा रहेको धार्मिक अनुकूल सापेक्षता पनि देखायो। यो घटना धार्मिक निरपेक्षताको गैरसापेक्ष विश्लेषणको व्यष्टि प्रमाण हो। धार्मिक आस्थामात्रको कुरापनि होइन। पूर्णतः जजमानीलाई जीविकाको आय बनाएका लामाले बेहोरेको जीविका प्रणालीभित्रको बाध्यता पनि हो। धार्मिक तीर्थस्थलमा कट्टर भइदिने हो भने लामा पुरोहितको जजमानी अपेक्षाकृत फस्टाउँदैन। धर्म र संस्कारमा विकसित मूल्य विनिमय हुन्। जाति वा समुदायको धार्मिक आस्थामा उत्पन्न तरलता हो। गाउ“बाट बजार हु“दै सहरतिर बसोबास गर्ने मानिस बढ्दै जा“दा खास जात वा समूहको पहिचानमा धर्म मूर्त रहिरहन नसक्दाको भएको परिवर्तन हो यो।
वि.सं. २०५८ र २०६८ को राष्ट्रिय जनगणनाले क्रिश्चियन धर्मावलम्वी बढ्दै गएको देखिन्छ। यसमा हिन्दु, वौद्ध वा अन्यबाट घटेका संख्याको प्रष्ट योगदान छ। आर्थिक प्रलोभनले धर्म परिवर्तन गर्नेको संख्या बढेको चर्चा पनि छ। तर सापेक्षमा यसले जीविकासँगको सम्बन्धलाई समेटेको छ। खास जाति वा समूह भएर खास धर्म वा सम्प्रदायसँग जोडिनुपर्ने व्याख्यालाई उछिनेको छ। व्यक्तिगत जीविकाको स्वतन्त्रता र सापेक्षतासँग जोडिएपछि धर्म जाति वा समुदायको उत्पादन हुँदैन।
धेरै धर्मभित्र अतिवाद छ। यो जातिभाव र सामुदायिक संकीर्ण चेतबाट पोसिएको छ। हिन्दु धर्मभित्र पहाडे अतिवाद छ। बौद्ध धर्ममा तिब्बती अतिवाद छ। तराईको हिन्दुत्वमा मधेसी उच्चवर्गीय अतिवाद छ। सापेक्षता र निरपेक्षता अतिवादका स्वीकारअस्वीकार बन्यो। आन्तरिक धार्मिक समुदायप्रति निरपेक्ष अतिवादले अन्तरधर्मको सापेक्षता वा निरपेक्षतालाई पचाउन सकेन। हिन्दु, वौद्ध, इसाई धर्मभित्रको धार्मिक निरपेक्षता वा सापेक्षतालाई नकारियो। यसले वैतनिक श्रम प्रणाली, उत्पादन लगानीको चेत, बजार निःसृत सम्बन्ध, कमजोर राष्ट्रवादआदि देखेन। अतः मध्यस्थ पु“जीवाद, उत्पादन पु“जीवाद नहु“दासम्म धार्मिकताको विषय पेचिलो भइरहनेछ।
अध्यापक , समाजशास्त्र, त्रिचन्द्र क्याम्पस, काठमाडौं