दसवर्षे सशस्त्र द्वन्द्वमा भएका गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरू आपसमा संगठित नभएको, न्यायको सवालमा स्पष्ट र एकमत नभएको, न्यायका सवालमा सहकार्य गर्न नसकेको तथा आफू अनुकूलका फरकफरक आवाज उठाउने गरेका गुनासा निक्कै सुनिएका छन्।एक त द्वन्द्व पीडितको पहिचान र परिभाषा नै प्रष्ट छैन। अर्कोतिर जुनसुकै सवालमा पनि राजनीतिक प्रभाव रहने, सयभन्दा बढी राजनीतिक दल भएको हाम्रो जस्तो देशमा द्वन्द्व पीडितहरूका पहिचान, प्राथमिकता, भूमिका तथा आवश्यकता नै फरक छन्। फलतः वास्तविक द्वन्द्व पीडितका सवाल र आवाज छायामा परेका छन्।
प्रथमतः द्वन्द्व पीडितको परिभाषा र पहिचान नै अन्योलपूर्ण छ। उदाहरणका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा 'पीडित' भन्नाले 'सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनको परिमाणस्वरूप मृत्यु भएको वा शारिरीक, मानसिक, यौनजन्य वा आर्थिकरूपमा हानि नोक्सानी पुगेको वा थुनामा रहेको व्यक्ति तथा निजको परिवारको सदस्य सम्झनुपर्छ र सो शब्दले मानव अधिकारको गम्भीर उल्लंघनको परिणामस्वरूप मानवीय, सामाजिक वा सामुदायिकरूपमा गम्भीर प्रतिकूल असर पुग्नगएको समुदायसमेतलाई जनाउ“छ' भनिएको छ। द्वन्द्वको अवस्थामा सर्वसाधारण नागरिकहरूको जीउधनको रक्षा गर्नुपर्ने, निःशस्त्र नागरिकमाथि आक्रमण गर्न नहुने दायित्वविपरीत द्वन्द्वरत पक्षले निःशस्त्र नागरिकमाथि गरेका हत्या, बेपत्ता, यातना, बलात्कारजस्ता अपराध मानव अधिकारका गम्भीर उल्लंघन हुन्। तसर्थ पीडक र पीडितको पहिचान र प्राथमिकतामा आधारभूत भिन्नता छ। तर, राज्यले संकलन गरेको द्वन्द्व पीडितको तथ्यांकमा सर्वसाधारण द्वन्द्व पीडित र हतियार बोकेर लड्न जानेलाई छुट्याइएको छैन। मानव अधिकारको गम्भीर उल्लंघन गर्ने पीडक र त्यसको पीडा भोगेका निःशस्त्र पीडित नागरिकहरूको एउटै मापदण्डअनुरूप एकीकृत तथ्यांक राखिएको छ, सहुलियत प्रदान गरिएको छ।
गम्भीर मानवअधिकार उल्लंघनमा द्वन्द्व पीडित नागरिकदेखि 'जनताको मुक्तिका लागि' क्रान्ति गरेका भन्ने छापामार, कथित जनअदालतका न्यायाधीश, द्वन्द्वमा पीडित सुरक्षाकर्मी तथा आश्रित परिवार न्यायको अभियानमा छन्। न्याय माग्ने कतिपय द्वन्द्व पीडित देशमा अझै क्रान्ति आवश्यक छ भन्छन्। न्याय र मानव अधिकारका मान्यताविपरीत गाडीमा ढुंगा हान्ने तथा जग्गा कब्जा गर्नेजस्तो दोहोरो भूमिकामा पनि देखिन्छन्। 'छानबिन भयो भने आफैँ परिन्छ कहाँ न्यायको कुरा गर्ने' भन्ने पीडित पनि छन्। 'हामीले त देशका लागि बलिदान गरेको हो हामीलाई गणतन्त्रमा गौरव छ, न्याय होइन सहायता चाहिन्छ' भन्ने पनि छन्। अरू नै कारणले पीडित भएर द्वन्द्व पीडितको नाममा लुट्ने पनि छन्। 'पीडित हुँ तर पीडितको कार्यक्रममा आएको पार्टीले थाहा पायो भन्ने समस्या पर्छ' भन्ने पनि छन्। व्यवस्थापिका संसद्ले पारित गरेको सत्य निरुपण आयोग ऐनमा सर्वोच्च अदालतको फैसलाविपरीतका प्रावधानमाथि पीडित समुदायले देशव्यापीरूपमा व्यापक परामर्श गरेर सर्वोच्च अदालतमा रिट दर्ता गरे। तर केही पीडितले विदेशीले उचालेर रिट हाल्न लगाएको दुष्प्रचार गरे। द्वन्द्वकालका एउटा एउटा मुद्दा उठाउन हुँदैन भन्ने आवाज उठाउने माओवादी निकट केही पीडितले न्यायको माग गर्दै राष्ट्रसंघ मानवअधिकार समितिमा उजुरी दर्तासमेत गरे।
आफ्नो सम्पर्क र पीडाबमोजिम पीडित समुदायले विभिन्न संस्था खोल्नु र त्यसबाट सहायता, न्याय तथा परिपूरणका आवाज उठाउनु अनौठो होइन। र, द्वन्द्वमा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाबाट पीडित निःशस्त्र नागरिकको पीडाको रंग फरक छैन भन्ने पीडितका संस्थाको लक्ष्य, कार्यक्षेत्र र सहकार्यमा असामञ्जस्य हुनुपर्ने कारण देखिन्न। विभिन्न स्थानमा रहेका पीडित सम्बद्ध संस्था, तिनका कार्यक्रम, साधनस्रोत तथा परियोजनामा देशका प्रत्येक द्वन्द्व पीडित नागरिकको उत्तिकै पहुँचको अधिकार हुन्छ। तर आफ्नो पीडा र संस्थामात्र सर्वोपरि ठान्ने, आफूले गरेकोमात्र सही ठान्ने ठालु मानसिकता व्याप्त छ। कतिपय संस्थाले कहाँबाट के कति साधनस्रोत ल्याउँछ, कसरी परिचालन गर्छ, के कस्ता क्रियाकलाप सञ्चालन गर्छ भन्ने अन्य पीडित संस्थासँग सहकार्य त के जानकारीसमेत नहुने अवस्था छ। सबैका साझा सवाल भएर पनि संक्रमणकालीन न्यायका सम्बन्धमा आफूसँग भएको ज्ञान, अनुभव, जानकारी र सम्पर्क समग्र हकहित र सहकार्यका लागि आदानप्रदान र उपयोग गर्ने संस्कार अझै विकास भएको छैन।
अझै पनि आफ्ना विचारनिकट पीडित तथा संस्था च्याप्ने प्रवृत्ति छ। सत्य निरुपण आयोगका आयुक्त सिफारिसका लागि सरकारले समिति गठन गर्योथ। सिफारिस समितिले आफूखुसी कार्यविधि बनाएर आयुक्त माग्यो। शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आफ्नो रणनीतिक योजना बनाउन लागेको पनि सुनियो। पीडित समुदायको शिक्षा, स्वाथ्य तथा दीर्घकालीन जीविकोपार्जनका सवालमा सरकारको कुनै नीति तथा कार्यक्रम छैन। पीडित समुदायलाई बेवास्ता गरेर जिल्ला शान्ति समितिमा सचिव पदका लागि आवेदन मागियोे। पीडित समुदायबाट यस्ता जल्दाबल्दा सवालमा दह्रो प्रतिक्रियासमेत भएन। संक्रमणकालीन न्यायको दायराअनुरूपको दृष्टिकोण, समय सन्दर्भअनुरूपको क्रियाकलाप, सहकार्य र समन्वयको मार्ग अवलम्बन भएन। यस्ता अवरोधका माझ पीडित सम्बद्ध संस्था सहकार्य गर्न र एक हुनसकेका छैनन्। कुन व्यक्ति वा समूहले संक्रमणकालीन न्यायको विषयलाई कसरी उठाउँछ भन्ने महत्वपूर्ण होइन। वास्तविक पीडा र समस्या समाधानका उपाय र त्यसका लागि राज्य र सरोकारवालाको उत्तरदायित्वका तथ्यपरक सवाल नै सबैभन्दा महत्वपूर्ण हुन्।
निःशस्त्र द्वन्द्व पीडित समुदायबीच पीडाको रङ एउटै हो भन्ने मान्यताका साथ फेरि संक्रमणकालीन न्यायका विषयमा सहअस्तित्व र सहकार्यको चर्चा सुरु भएको छ। निश्चय नै देशलाई संक्रमणबाट निकास दिन द्वन्द्वको पीडा भोगेका समुदायले सक्रिय र समन्वयकारी भूमिका खेल्नु जरुरी छ। द्वन्द्वका पीडाको वास्तविक सबाल र समाधानभन्दा आफ्ना स्वार्थअनुकूल परिचालित हुने प्रवृत्तिबीच सहकार्य र समन्वय चुनौतीपूर्ण छँदैछ। द्वन्द्व पीडित संघसंस्थाबीच सहकार्यका लागि संक्रमणकालीन न्यायका आधारभूत सिद्धान्तको पहिचान हुनुपर्छ। उक्त सिद्धान्तका आधारमा अल्पकालीन र दीर्घकालीन प्रष्ट मार्गचित्र र क्रियाकलाप तय हुनुपर्छ। सूचना आदानप्रदान गर्ने, साझा सवाललाई नीहित स्वार्थका लागि दुरुपयोग नगर्ने प्रावधानसहितको आचार संहिता बन्नुपर्छ। संक्रमणकालीन न्याय सामाजिक सरोकारको विषय भएकाले सरोकारवालाबीच समन्वय र सहकार्यको संरचना एवं वातावरण सुनिश्चित हुनुपर्छ। तय भएका क्रियाकलाप कार्यान्वयनका लागि व्यक्तिगत प्रतिनिधित्वका लागि नभई प्रष्ट आधार र मापदण्डको संरचना बन्नुपर्छ। व्यक्तिगत र समूहगत स्वार्थभन्दा माथि उठ्नसकेमात्र दिगो उपलब्धि सम्भव छ।