१. सामाखुसी रुटको (२३ नम्बर)को माइक्रोबसबाट नागरिकको कार्यालय आउँदा नेपाल एअरलाइन्स अगाडि ओर्लनुपर्छ। माइक्रोबाट ओर्लने ठाउँमा पानी जमेको हुन्छ। यसैले सडकको पेटीमै पुग्नेगरी फड्किनुपर्छ। सधैँजस्तै शनिबार पनि माइक्रोबसबाट उत्रन पेटीमा टेक्नेगरी फड्केको त झन्डै खाल्टामा परिएन। सडकको छेउमै मान्छे खस्ने खाल्टो खनेर छाडिएको रहेछ। कान्तिपथमा मात्र हैन टुँडीखेल वरपर सडकको पेटीमा खाल्टैखाल्टा खनिएका छन्। कुनै खाल्टामा पनि खतराको संकेत छैन। काम गर्नेलाई सोधेको 'राखे पनि फालिहाल्छन्' भनेर नराखेको रे!
२. रानीबारी नजिकै एउटा गैरसरकारी संस्थाको कार्यक्रम रहेछ असोज १ गते बुधबार बिहान। त्यसमा भाग लिन आएका प्रहरी अधिकारीले चडेको मोटरको ताँती निकै लामो थियो। मैले कुनै गैरसरकारी संस्थाको कार्यक्रममा त्यति धेरै सरकारी त्यसमा पनि प्रहरीको मोटर देखेको थिइन। करिब ४५ मिनेटपछि फर्कदा मोटरको ताँती झन् लामो भएको थियो। एकजना प्रहरी अधिकृत निर्देशन दिँदै थिए — ठूला मोटर आए बाटो एकतर्फी बनाउनू। बिहानको ८—९ बजेतिर त्यो बाटो निकै व्यस्त हुन्छ। थुप्रै स्कुल बस त्यही बाटो हिँड्छन्। सामाखुसीबाट लाजिम्पाट निस्कन छोटो पर्ने हुनाले पनि अचेल यताबाट हिँडाइने सवारी साधनको संख्या बढेको छ। रानीबारीको बाहिरी भागमा पर्खाल भत्काएर बनाएको ट्य्राकमा गाडी पार्क गरेको भए अरूलाई असुविधा हुने थिएन।
३. अगिल्लो महिनाको २९ गते आइतबार कार्यालय आउने क्रममा बस पार्क नजिकै आइपुग्दा सिकिस्त बिरामी लिएर एम्बुलेन्स कतै गएजस्तो लाग्ने गरी चर्को स्वरमा साइरन बज्यो। बाहिर हेरेको त सेनाको गाडीले पो साइरन बजाएको रहेछ। गाडीमा पछाडिपट्टि बस्ने दुई जना सैनिकले रातो झन्डा हल्लाइरहेका थिए। वरपर नजानिदो त्रास थियो। सेनाका अधिकृतहरूको यस्तो तामझाम हालैका दिनमा बढी नै देखिन थालेको छ। राणा प्रधानमन्त्रीको बग्गीलाई बाटो खुलाउँदै रिसल्ल दौडँदा सायद यस्तै भय र कौतुहल मिसिएको तमासा हुन्थ्यो होला।
४. सर्वदलीय राजनीतिक सम्मेलन नामको जात्रा लाग्दै नलागी 'क्यान्सिल’ भयो। नेकपा—माओवादीको माग र एनेकपा (माओवादी)को जिद्दीमा हुनलागेको भनिएको सम्मेलनको सबै तयारी पूरा भएको थियो रे। अन्ततः कार्यसूची हो कि अरू केही विषयमा कुरा नमिलेपछि वैद्य माओवादीले सहभागी नहुने निर्णय गर्योा रे। भन्ने बेलामा त ३३ हो कि कति दलको मोर्चा भनिएको थियो तर एउटा वैद्य समूह नआउने भन्नेबित्तिकै प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलन 'क्यान्सिल’ भएको घोषणा गरे। त्यसको तयारीका नाममा राज्यको कोषबाट गरिएको खर्च महालेखा परीक्षकको विभागले त बेरुजु नठहर्याोउला तर जनताको लेखापरीक्षणमा त त्यो सबै अपव्यय नै हो। त्यो जात्राको तयारीमा भएको खर्चबाट स्कुल जान तुइनमा झुन्डिएर खोला तर्नुपर्ने एउटै ठाउँमा पनि पुल बनाउन सकेको राज्यलाई कर तिरेकोमा गर्व हुनेथियो। नियतिले बनाएका यी नेताहरूलाई राष्ट्रको ढुकुटी र समयको महत्व कसरी बुझाउनु?
५. सरकारी स्वामित्वको पाकिस्तानी वायुसेवाको जहाजबाट यात्रुहरूले दुई जना नेतालाई ओरालेको समाचार असोज १ गते विश्वका प्रमुख सञ्चार माध्यममा प्रकाशित भएको छ। भदौ ३० गते कराँचीबाट इस्लामावाद जान लागेको विमानका यात्रुलाई निर्धारित समयभन्दा करिब २ घन्टा पर्खाइएछ। यात्रुहरूले सोधपुछ गर्दा २ जना राजनीतिक नेतालाई पर्खँदा उडान ढिलो भएको थाहा पाएछन्। तिनमा एकजना विपक्षी दलका पूर्व गृह मन्त्री र अर्का सत्तारुढ दलकै बहालवाला सांसद रहेछन्। अनि त के चाहियो र? यात्रुहरू पनि ताती हालेछन्। यात्रुलाई विमानमा चडाइसकेपछि पनि विमान उडाउन अलमल गरिएको रहेछ। पूर्व गृह मन्त्री विमानतिर ढल्कँदै आएको देखेपछि यात्रुहरूले रिस थाम्नै सकेनछन्। ढोकामा उभिएर नारावाजी गर्दै उनीहरूले क्षमायाचना गर्न भनेछन्। गृह मन्त्री भइसकेको व्यक्तिले 'मामुली यात्रु’सँग माफी माग्ने? बरु जहाजै चड्दिन भनेर उनी फर्केछन्। त्यही बेला सांसद विमानमा सवार भइसकेको थाहा पाएका यात्रुले उनलाई पनि गाली गर्न थालेछन्। सांसद पनि डरले विमानबाट ओर्लेछन्। विमान कम्पनीका हाकिम भने नेताका कारणले ढिलो भएको हैन भन्दै स्पष्टीकरण दिन व्यस्त छन्। पूर्व गृह मन्त्रीले विरोधी दलका कार्यकर्ताले आफूलाई विमानमा चड्न नदिने षड्यन्त्र गरेको आरोप लगाउँदै छन्। सहनुको पनि सीमा हुन्छ। के गरुन् त बिचरा यात्रुहरू?
माथिका घटनामा कुनै समानता छ? झट्ट हेर्दा नदेखिए पनि एउटा समानता छ। यी सबै सामन्ती संस्कारका अवशेषले उब्जाएका घटना हुन्। नेपाली समाज अर्धसामन्ती हो कि पुँजीवादी हो वा अरू नै केही हो भने राजनीतिका नाममा जनतालाई मूर्ख बनाउनेहरूले जति बहस गरे पनि जनतालाई 'मामुली' ठानेर हेप्ने र आफूलाई अरूभन्दा 'विशिष्ट' ठान्ने सोच सामन्ती नै हो। जनतालाई हेप्ने संस्कार उदारवादी त कुनै दृष्टिमा पनि हुनसत्तै्कन पुँजीवादी पनि होइन। उदारवादीले व्यक्तिको सुविधालाई सबैभन्दा बढी महत्व दिन्छ भने पुँजीवादमा व्यक्तिलाई सुविधा दिएर कमाउने प्रवृत्ति हुन्छ। यसैले यी सबै घटनाका प्रमुख पात्रले देखाएको प्रवृत्ति सामन्ती हो। नेपालका राजनीतिकर्मी, निजामती सेवा, प्रहरी र सेना सबैतिर सामन्ती प्रवृत्तिको अवशेष संस्कारै बनेको छ।
बाटामा खाल्टो खनेपछि सके त लगातार काम गरेर तुरुन्तै पुरिसक्नुपर्थ्यो। नभए पनि त्यस ठाउँमा खतराको चिह्न वा कुनै संकेत राखेर यात्रुलाई सावधान गराउनुपर्थ्यो। तर, त्यो कामको ठेक्का लिने र दिने कसैले पनि यात्रुको सुरक्षा र सुविधालाई महत्व दिनुपर्ने नै ठानेनन्। अर्थात्, तिनले पनि पैदल यात्रुलाई 'मामुली' ठाने र हेपे। यस्तो असुविधाको अनुगमन पनि कसैले गर्दैन।
गैरसरकारी संस्थाको कुनै समारोहमा त्यति धेरै जना प्रहरी अधिकारी जानुपर्ने कुनै कारण देखिँदैन। गए पनि त्यो सरकारी काम हैन। त्यस्तो अवसरमा सरकारी गाडी प्रयोग गर्नु अख्तियारको दुरुपयोग हो। त्यसमाथि गाडी पार्क गरेर सर्वसाधारणको आवागमनमा अवरोध उत्पन्न गर्नु अख्तियारको दुरुपयोग अर्को उदाहरण हो। आफूले जे गरे पनि हुन्छ र कसैले औंलो ठड्याउन सत्तै्कन भन्ने मानसिकताले व्यक्ति वा समूह यस्तो कार्यमा प्रवृत्त हुन्छ।
सेनाका उच्च अधिकृत बाटामा रोकिनै नहुने सोच पनि सामन्तवादको अवशेष नै हो। सामान्य अवस्थामा बिरामी बोकेको एम्बुलेन्स र आगो निभाउन दौडेको दमकलबाहेक अरूले साइरन बजाएर जनतालाई त्रस्त बनाउनुपर्ने कुनै उचित कारण त देखिँदैन। सैनिक अधिकारी चडेको मोटर बाटामा एकछिन अरू सवारीजस्तै रोकिनै नहुने कानुन त छैन होला? छ नै भने पनि त्यस्तो कानुन पो बदल्नुपर्छ त।
जनताप्रति इमानदार कुनै व्यक्ति वा समूहले सार्वजनिक स्थानमा बम राख्दैन। नेकपा—माओवादी भन्ने समूहबाट जिम्मेवार राजनीतिको अपेक्षा गर्नु सायद सही पनि हुँदैन। तर, तिनको लहैलहैमा राज्यको ढुकुटी मास्ने नैतिक अधिकार प्रधानमन्त्री सुशील कोइरालालाई पनि छैन। त्यस दिनको खर्च बेरुजु ठहर गरी सम्बन्धितहरूबाट असुलउपर गरिनुपर्छ।
अरू यात्रुलाई घन्टौं कुराएर पनि राजनीतिक नेताको चाकडी गर्ने पाकिस्तान एअरलाइन्सका अधिकारी र हवाईजहाजको नियमित उडानसमेत कुराएर ढल्कँदै आउने राजनीतिक नेता पनि सामन्ती संस्कारकै अवशेष हुन्।
यो संस्कारको अन्त्यका लागि 'मुहान सफा’ हुनुपर्छ। जनताका छोरा राष्ट्रपति, प्रधानमन्त्री भए पनि राजसी तामझाम बन्द गराउन सकेनन्। उल्टै त्यसैमा रमाए। राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीले 'श्री ३ महाराज’का रिसल्लाजस्ता पछुवा नलिई हिँड्ने हो भने अरूले लस्कर पछि लगाएर निस्कने आँट गर्नै थिएनन् होला। जनतालाई हेप्न हुँदैन भन्ने सन्देश 'विशिष्ट व्यक्ति’ले दिएका भए बाटामा धरापजस्तो खाडल खनेर पनि सावधानीको सूचनासम्म नराख्ने हेलचेक्य्राइँ कर्मचारीले पनि गर्ने थिएनन्।
नेपाली जनतालाई पाकिस्तानी विमान सेवाका यात्रुजस्तै बन्न बाध्य नपार्नु नै जाती हुन्छ।