भनाइ र गराइमा एकरुपता नहुनु खेलकुदको मात्र नभएर पूरै देशको समस्या हो। यही समस्याका कारण सम्पूर्ण क्षेत्रजस्तै नेपाली खेलकुद पनि अघि बढ्न सकिरहेको छैन। खेलाडी, प्रशिक्षक, पदाधिकारी, राष्ट्रिय संघ, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र युवा तथा खेलकुद मन्त्रालय सबैको भनाई र गराईमा ठूलो अन्तर छ। एकथरी भन्ने र अर्कोथरी गर्नेमा सब एकसेएक छन्। यस्तो रोगले सबैभन्दा बढी पदाधिकारी ग्रसित छन्।
नेपाल ओलम्पिक कमिटी वैधानिकताको विषयमा अहिले नेपाली खेलकुदमा शीर्ष नेतृत्व यस्तै द्वैध चरित्रबाट गुजि्ररहेको छ। ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतले पाँच वर्षअघि अवैधानिक ठहर गर्दै रुक्मशम्शेर राणा अध्यक्ष रहेको पुरानै कमिटी ब्युताएको थियो। न्यायालयले जस्तो निर्णय गरे पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को मान्यताविना कुनै पनि देशमा ओलम्पिक अभियान चलाउन पाइन्न। आधिकारिक अन्तर्राष्ट्रिय खेलमेलामा सहभागिताका लागि पनि आईओसीको मान्यता अनिवार्य हुन्छ। नेपालको हकमा आइँओसीको मान्यता प्रधान कमिटीलाईमात्र छ। सर्वोच्चले ब्युताएको राणा कमिटी अन्तर्राष्ट्रिय मान्यता नभएका कारण नाममा सीमित छ।
न्यायालयले प्रमाणका आधारमा निर्णय गर्ने हो, गर्योत। तर व्यावहारिकता फरक छ र आईओसीले अदालतको निर्णय नमान्ने पटकपटक बताइसकेको छ। त्यसैले नेपाली खेलकुदसामु पछिल्लो पाँच वर्षदेखि देशको कानुन मान्ने वा अन्तर्राष्ट्रिय सहभागिता जनाउने दुई विकल्प थिए। सर्वोच्चको निर्णय मानेर प्रधान कमिटीलाई काम गर्न नदिए अन्तर्राष्ट्रिय प्रतिबन्ध स्वीकार्न सक्नुपर्छ, जसले दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद (एसियाड) तथा ओलम्पिकजस्ता खेल मेलामा नेपाली झण्डाको उपस्थिति स्वीकार्य हुँदैन। तर अन्तर्राष्ट्रिय सहभागिताका लागि प्रधान कमिटीसँग सहकार्य गर्नु अदालतको अपहेलना हुनजान्छ जुन सरकारले पछिल्ला पाँच वर्षमा निरन्तर गरिरहेको छ।
नेपाली खेलकुदमा पछिल्ला पाँच वर्षमा आएका सबै नेतृत्वलाई खेलकुदको विश्वव्यापी यो मान्यतासँगै अदालतको निर्णयबारे पर्याप्त जानकारी छ। त्यसैले खेल नेतृत्व सधै एकथरी भन्ने र अर्कोथरी गर्ने मनोदशाबाट मुक्त हुन सकेका छैनन्। दक्षिण कोरियाको इन्चोनमा शुक्रबारबाट एसियाली खेलकुदको १७ औं संस्करण सुरु हुँदैछ। नेपालले २५ खेलमा २ सय ४ खेलाडी सहभागी गराउने तयारी गरिरहेको छ। तीमध्ये धेरै कोरिया पुगिसके भने केही जान बाँकी छन्। तर २ सय ४ खेलाडीसहित ३ सयभन्दा बढी सदस्यीय नेपाली टोली कोरियामा एकजुटरूपमा प्रस्तुत नहुने पक्का भइसकेको छ।
खेलकुदको सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामासहितको एउटा समूहले एसियाली खेलकुदमा उपस्थिति नजनाउने घोषणा गरेर बसेको छ। आफूहरू सर्वोच्च अदालतको स्टे अर्डरका कारण परिषद्मा कायम रहेको र त्यही सर्वोच्चले अवैधानिक ठहर गरेको ओलम्पिक कमिटीको सिफारिसमा सहभागी नहुने उनीहरूको भनाइ छ। सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको कुनै पनि व्यक्ति वा संघ संस्थासँग सरकारको प्रतिनिधिले सहकार्य गर्नु अनैतिक हुने उनीहरूको तर्क छ। तर सरकारी प्रतिनिधिले त्यति गरेरमात्र नैतिकताको ठेक्का पूरा हुँदैन। सर्वोच्चले पछिल्लो पाँच वर्षमा थुप्रै पटक परिषद्मा निर्णय कार्यान्वयन गराउन पत्राचार गरिसकेको छ। स्वयः लामाले पटकपटक सर्वोच्चको निर्देशन सार्वजनिक गरेका थिए।
परिषद्को सदस्य सचिवका हैसियतमा उनले जिम्मेवारी पूरा गर्नुपर्छ। सर्वोच्चको निर्णय कार्यान्वयन गराउने आँट गर्न सक्नुपर्छ। आफू सहभागी हुन्न भनेर राजनीतिक 'स्टन्ट' गरेरमात्र नैतिकता वा जिम्मेवारी पूरा हुँदैन। एकातिर आफू अवैधसँग सहकार्य गर्दिन भनेर विज्ञप्ति जारी गर्ने, अर्कोतिर खेलाडी र परिषद्का कर्मचारीलाई शुभकामना दिएर बिदाइ गर्नु द्वैध चरित्रको प्रदर्शन हो। उनले सर्वोच्चको आदेश साँच्चै मानेको भए प्रधान कमिटीको सिफारिसमा नेपालको सहभागिता रोक्न सक्नुपर्थ्यो। जुन उनी गर्न सक्दैनन, किनभने राणा पक्षबाट माखो नमर्ने सबैलाई थाहा छ। अरुलाई आफैँ बिदा गरेर पठाउने, तयारी तथा सहभागिताका लागि सरकारी रकम निकासामा हस्ताक्षर गर्ने अनि आफू सहभागी हुन्न भन्नुको कुनै तुक हुन्न।
लामा आफूले एसियाडमा सहभागी हुन्न भनेर गरेको घोषणाको यसकारण पनि अर्थ छैन किनभने उनी व्यक्ति सर्वोपरी होइनन्। उनी रहेको संस्था परिषद् मुख्य हो र त्यो संस्थाबाट पदेन अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, उपाध्यक्ष लामा टेन्डी शेर्पा र लस्कर कर्मचारीसहितको टोली प्रधान कमिटीकै सिफारिसमा इन्चोन पुगेको छ। देशको उपप्रधान तथा गृहमन्त्रीले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको त्यही ओलम्पिक कमिटीमा पुगेर भवन उदघाट्न गर्छन् र भन्छन्, 'खेलकुदमा तपाईहरूले राम्रो गर्नुभएको छ। सरकार तपाईँहरूको साथमा छ।' खेलकुद मन्त्री ओलम्पिक कमिटी हुन अन्तर्राष्ट्रिय मान्यता अपरिहार्य छ, त्यसैले प्रधान पक्ष नै आधिकारिक हो भनेर हाकाहाकी भाषण गर्छन्। खेलकुद परिषद् पनि प्रधानकै सिफारिसमा इन्चोन पुग्छ। कार्यकारी प्रमुख सदस्य सचिव आफैँ बिदाइ गर्छन्, चेकमा हस्ताक्षर गर्छन् अनि भन्छन्, 'यो अवैधानिक छ, हामी सहभागी छैनौं।'
इन्चोन एसियाडका कारण पछिल्लो समय ओलम्पिक विवाद चरमोत्कर्षमा पुगेको हो। यसअघि २०१२ को लन्डन ओलम्पिक, २०१० को ग्वान्झाउ एसियाड वा बंगलादेशमा आयोजित सागमा पनि सर्वोच्च अदालतको निर्णयलाई बहाना बनाएर परिषद् र ओलम्पिक कमिटीबीच विवाद चर्किएको थियो। विगतलाई आधार मान्ने हो भने एसियाड सकिएपछि फेरि अर्को साग नआएसम्म विवाद मत्थर हुनेछ। तर साच्चै खेलकुदलाई अनिर्णयको बन्धनबाट मुक्ति दिने हो भने एसियाडपछि सरकारले सबै सरोकारवालासँगको व्यापक छलफलपछि खेलहितमा निर्णय लिनुपर्छ। सर्वोच्चको मान पनि जोगियोस् साथमा ओलम्पिक 'मुभमेन्ट'बाट नेपाल अलग्गिनु पनि नपरोस्। त्यस्तो निर्णय लिन सके खेलकुदले 'क्रोनिक' भइसकेको विवादको रोगबाट मुक्ति पाउनेछ।