थाहा छैन, कतिन्जेलका लागि हो एउटा राजनीतिक नौटंकीको भर्खरै पटाक्षेप भएको छ। उक्त 'राजनीतिक सम्मेलन' नामक नौटंकीको अभीष्ट र कर्मबारे प्रतिध्रुवका नेता गणबाट आएका अभिव्यक्तिले त्यसको जन्म नहुँदै मृत्यु हुनेछ भन्ने त स्पष्टै थियो। गर्भमै तुहियो, राम्रै भयो। तर प्रश्न अनुत्तरित रह्यो- यो 'राजनीतिक सम्मेलन' रूपी नौटंकीको खेल खतम भयो कि सुरु? खतम भएको भए त ठीकै थियो तर दुःखको कुरा यो नौटंकी त बल्ल सुरु भएजस्तो छ।
मुलुकको राजनीतिले एक वर्षको फन्को लगाउँदै हामी पोहोर पनि गुजि्रसकेको ठाउँमा आएर पुनः अडिएर छ। गत साल पनि दसैं/तिहारको पूर्वसंध्यामा गोलमेच सम्मेलनकोे चमकदमक आफ्नो राजनीतिक उत्कर्षमा थियो। गत सालको यही समयमा राजनीतिक सम्मेलन हुने, नहुने वा स्थगित हुने समाचारका शीर्षक यसरी नै प्रकाशित थिए जसरी अहिले भएका छन्। फरक कति छ भने पोहोर साल नयाँ संविधानसभा निर्माणका लागि भनेर राजनीतिक सम्मेलनको कुरा हुँदै थियो भने अहिले चाँहि भएको संविधान सभा भत्काउनका लागि हुँदैछ। भदौ २१ गतेलाई विवादका विषयको टुंगो लगाउने समय सीमा तोकियो। विवादका विषय टंुगो लाग्ने केही सम्भावना पनि देखियो। माघ ८ गतेभित्र नयाँ संविधान जारी गर्ने दलहरुको प्रतिबद्धताअनुसार सम्भावना नजिकिएको पनि थियो। सधैँजसो सम्भावना नजिकिएपछि बढ्दै जाने 'विदेशी चलखेल' पनि यसपटक कमसेकम नांगो आँखाले देखिएको थिएन। ठीक यसैबेला आधारहीन सर्वपक्षीय राजनीतिक सम्मेलनको नयाँ नौटंकी जन्मियो ।
सबैलाई थाहा छ, अघिल्लो वर्षको यही समयमा दोस्रो संविधान सभा निर्वाचनको निर्धारित मिति नजिकिँदै गर्दा नेकपा—माओवादीले पनि आफ्ना केही सर्त पूरा गरिए निर्वाचनमा भाग लिनसक्ने बतायो। उसका सर्त पूरा गर्न गोलमेच सम्मेलनको अन्तिम तयारीसमेत गरियो। तर अहिलेजस्तै गोलमेच सम्मेलन एकाएक गर्न नसकिने घोषणा भयो। पोहोर र अहिलेको गोलमेच सम्मेलनको स्थगनमा भने एउटा फरक देखियो। पोहोर साल स्थगनको निर्णय संविधान सभामा भाग लिने मुख्य दलहरूले गरेका थिए भने अहिले वैद्य माओवादीले बहिष्कार गर्यो । अचम्मलाग्दो समानता चाहिँ के छ भने पोहोर र अहिलेका दुवै गोलमेच सम्मेलनको केन्द्रमा एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' थिए र छन्।
संविधान सभाको निर्वाचन बहिष्कार गरेको माओवादीका लागि कथित राजनीतिक सम्मेलनको अर्थ गुमिसकेको थियो। किनभने, संविधान सभाको निर्वाचनभन्दा अगाडि नै यस्तो राजनीतिक सम्मेलन भएको भए माओवादीका लागि राजनीतिक अर्थ राख्थ्यो। संपूर्ण विवादित विषय राजनीतिक सभाले टंुग्याएर संयुक्त सरकारको गठनपछि मात्र निर्वाचनमा जाने चाहना माओवादीको थियो। उता संविधान सभाको दोस्रो निर्वाचनमा दुई तिहाइ बहुमतसहित विजयी बन्ने खुला दाबी प्रचण्डको थियो। त्यसकारण आफ्नै दलबाट विभाजित बन्धुहरुलाई आफ्नै भोट काटिने निर्वाचनमा ल्याउन प्रचण्ड राजी थिएनन्। पार्टी एकता वा आफ्नो पार्टीसँग चुनावी तालमेलको सर्तबाहेक अर्को विकल्पमा माओवादीलाई निर्वाचनमा तान्ने पक्षमा उनी देखिएनन्। त्यसैले तत्कालीन गोलमेच सम्मेलनप्रति प्रचण्डको अरुचिमात्र भएन बरु, त्यसको विपक्षमा समेत उनी उल्लेख्यरूपमा सक्रिय रहे।
गत वर्ष पनि दलहरुको पटकपटकको वार्तापछि गोलमेच सम्मेलन गरेर माओवादीलाई निर्वाचनमा ल्याउने सैद्धान्तिक सहमति भएको थियो। तर एकाएक गोलमेच सम्मेलन हुनै नसक्ने र त्यसमा नफस्न अन्य दललाई विश्वासमा लिने काम प्रचण्डले गरेका थिए। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा गर्नुपर्ने माग पनि माओवादीको थियो। त्यसको लागी रेग्मीसँग सहमति जुटाउन पनि प्रचण्डलाई जिम्मा दिइएको थियो। तर 'रेग्मीले प्रधान न्यायधीशबाट राजीनामा दिन मान्दैनन्, बरु उनले मन्त्रिपरिषद्बाट राजीनामा दिन्छन्' भन्ने कुरा पनि दाहालले नै अन्य दललाई सुनाएपछि वार्ता भंग भएको थियो। ठीक यही तरिकाले जसरी अहिले भंग भयो।
त्यसकारण माओवादीको गोलमेच सभा र राजनीतिक भूमिकालाई बु‰न प्रचण्डको भूमिका थाहा पाउनन अझ बढी जरुरी हुन्छ। एमाओवादी कमजोर बनेपछि प्रचण्डको मनोविज्ञानलाई विश्लेषण नगरीकन यस विषयमा सही निष्कर्षमा पुग्न सकिन्न। पोहोर होस् वा अहिले प्रचण्डको योजनाबमोजिम कथित राजनीतिक सम्मेलनका खुट्किला तयार गरिएका थिए र उनकै योजनामा भत्किए पनि। वास्तवमा सबै खुट्किला भत्काउनकै लागि बनाइएका थिए। त्यसकारण भत्काउनकै लागी बनाइएका खुट्किला भत्किए भनेर गुनासो गर्नुको कुनै औचित्य छैन।
म्ााओवादीलाई संविधान निर्माणको प्रक्रियामा ल्याइयो भने नयाँ संविधानको आयु लम्मिनेमात्र होइन, आफूले पनि दीर्घकालीनरूपमा एउटा संतोष र जस लिन सकिन्छ भन्ने सकारात्मक मनसायले नै प्रधानमन्त्री सुशील कोइराला राजनीतिक सम्मेलनप्रति उदार बनेका हुन सक्छन्। प्रधानमन्त्री र उनको दल सकारात्मक र उदार भएपछि राजनीतिक सम्मेलनको कट्टर विरोधी नेपक (एमाले) पनि डोरिँदै सम्मेलनका पक्षमा खिचिएको थियो। एमाओवादी त अहिले गोलमेच सम्मेलनको पक्षमा वैद्य माओवादीभन्दा पनि एक कदम अगाडि थियो। कांग्रेस, एमाले र एमाओवादी मिलेपछि नेपालको गणतन्त्रमा नमिल्ने र नहुने काम अहिलेसम्म देखिएको छैन भने जाबो 'राजनीतिक सम्मेलन' नहुने भन्ने त कुरै भएन। तर 'राजनीतिक सम्मेलन' संविधान बनाउन हुने हो कि भत्काउन? सम्मेलनले वैद्य माओवादीलाई संविधान सभाभित्र हुल्ने हो कि एमाओवादीलाई संविधान सभा बाहिर निकाल्ने हो? सम्मेलनको नेता माओवादी हो कि एमाओवादी? माथिका प्रश्नमा विचार नगरीकन कथित राजनीतिक सम्मेलनको तयारी फगत एउटा नौटंकीबाहेक केही थिएन।
प्रष्ट छ, यस्तो राजनीतिक सभाको अर्थ र औचित्य संविधान सभाको निर्वाचन हुनुभन्दा अगाडि थियो। तर त्यतिबेला हुनै लागेको गोलमेच एक्कासि भएन। किन भएन? त्यो पनि प्रष्ट छ, एमाओवादी नेतृत्वको अनिच्छा र माओवादीका असीमित सर्तका कारणले भएन। त्यसपछि मुलुकले समातेको राजनीतिक बाटो एमाओवादीको लागि सबैभन्दा बढी अप्रत्याशित भइरहेको छ। अझ प्रष्टसँग भन्ने हो भने संविधान सभाको दोस्रो निर्वाचन पछि गौण बनेको प्रचण्डको व्यक्तिगत भूमिकाको वरिपरि धेरैजसो (अ)राजनीतिक गतिविधि केन्द्रित छन्। निर्वाचनमा पराजयको प्रारम्भिक संकेत पाउनासाथ वर्तमान संविधान सभालाई सकेसम्म खारेज गर्ने प्रयत्न प्रचण्डको रहँदै आएको छ। पोहोर साल यस्तै राजनीतिक सम्मेलनको विरोधी देखिएका प्रचण्ड अहिले भने परोक्षरूपमा सम्मेलनका मुख्य आयोजक देखिएका छन्। त्यसकारण अन्य दलहरुले दिमाग चिसो बनाएर बु‰दा हुन्छ– कथित राजनीतिक सम्मेलन संविधान निर्माणका लागि होइन त्यसको ध्वंसका लागि हुने हो।
संविधान निर्माणको लागि हुन्थ्यो भने बाबुराम भट्टराईको नेतृत्वमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई राजनीतिक अधिकार सम्पन्न निकायमा रूपान्तरण गर्न सकिन्थ्यो। किनभने यो समिति संविधान सभाबाट संवैधानिक अधिकार सम्पन्न छँदैछ। समितिमा संविधान सभा भित्रका सबै राजनीतिक दलको संहभागिता छ। यही समितिले वैद्य माओवादीसँग सहमति कायम गर्न सक्थ्यो र संवैधानिकरूपमा यही नै एकमात्र वैधानिक र संवैधानिक बाटो पनि थियो। तर उद्देश्य संविधान निर्माण नभएको हुनाले राजनीतिक सम्मेलनको अवैधानिक बाटो रोजियो। त्यसले संविधान सभाको राजनीतिक औचित्यलाई समाप्त पार्थ्यो र संवैधानिक सर्वोच्चतालाई चुनौती दिन्थ्यो। वैद्य माओवादीका लागि त सम्मेलन 'आए आँप गए झटारो' मात्र थियो। तर प्रचण्डका लााग भने आफ्नो कमजोर भूमिका स्थापित गर्ने रणनीतिको एउटा अंश थियो।
झट्ट हेर्दा सतहमा संविधान सभाबाहिर रहेको माओवादीलाई संविधान निर्माणमा सहभागी बनाउन राजनीतिक सम्मेलन आयोजना गर्न खोजिएजस्तो देखिन्छ तर अन्तर्यको वस्तुस्थिति भने फरक छ। अहिले संविधान सभाभित्र प्रचण्डको राजनीतिक भूमिका निर्णायक तहमा छैन। त्यसैले प्रचण्डको भगीरथ प्रयत्न संविधान सभाबाहिर आफ्नो भूमिकालाई निर्णायक बनाउने चाहनामा केन्द्रित छ। आफ्नो भूमिकालाई राजनीतिक निर्णयको केन्द्रमा राख्न लागि प्रचण्डले कथित धाँधलीको बहानामा पहिले संविधान सभा अस्वीकार गर्ने प्रयत्न गरे। त्यसपछि ४ बुँदे सहमतिमार्फत उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने र नेतृत्व आफैँले गर्ने प्रयत्न गरे। त्यो पनि त्यति सफल नदेखिएपछि उनी एकाएक वैद्य माओवादीको राजनीतिक सम्मेलनप्रति आकृष्ट देखिए। राजनीतिक सम्मेलनप्रति देखिएको प्रचण्डको आकर्षणले उत्साहित वैद्य माओवादीले संविधान सभाको राजनीतिक हैसियत समाप्त हुने गरी सर्त राख्यो। माओवादीको सर्तबमोजिम राजनीतिक सम्मेलन हुने हो भने वर्तमान संविधान सभाको कुनै महत्व र औचित्य रहने देखिन्न। त्यसलाई त्यही सम्मेलनबाट सिधै विघटनको घोषणा गरिदिए हुन्छ।
वास्तवमा प्रचण्डको चाहना पनि यही हो। या त संविधान सभालाई आफ्नो नेतृत्वमा निर्माण हुने राजनीतिक संयन्त्रमार्फत नियन्त्रण गर्ने नभए संविधान सभाको सार्वभौमिक सर्वोच्चता र जनताको मताधिकार समाप्त पार्ने गरी सबै निर्णय वैद्य माओवादीको सहयोगमा संविधान सभाभन्दा बाहिर गर्ने। त्यसो गर्दा निर्वाचनमा तेस्रो दलमा सीमित भए पनि प्रचण्डको भूमिका निर्णायक हुन्छ। पार्टीको नेतृत्वमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत् संविधान निर्माणको काम सम्पन्न भए प्रतिस्पर्धी बाबुराम भट्टराईले जस पाउने डर पनि प्रचण्डलाई छ। प्रचण्डले जो सुकैसँग सहमतिको निर्णायक वार्ता आफ्नै नेतृत्वमा गर्न चाहन्छन्। त्यसैले उनले बाबुरामलाई निर्णायक वार्ता गर्नसक्ने हदसम्म पार्टीको अधिकार हस्तान्तरण गर्न चाहँदैनन्। जुनसुकै बाटोबाट भए पनि संविधान निर्माणमा आफ्नो भूमिका निर्णायक बनाउने प्रचण्डको प्रपञ्चबाहेक राजनीतिक सम्मेलनको अर्को औचित्य थिएन। माओवादीको उद्देश्य र सर्तका बारेमा कसैलाई भ्रम छैन। माओवादीलाई पनि वर्तमान संविधान सभामा जान नसकिने विषयमा कही कतै भ्रम छैन। यसलाई भजाएर राजनीति गर्ने कुरा बेग्लै हो। फोसामा हात लागेको यस्तो राजनीतिक मुद्दालाई छाड्ने मूर्खता उसले किन गर्छ?
वैद्य माओवादीको उद्देश्य वर्तमान संविधान सभाभित्र पस्नु होइन। पस्ने भए उसले संविधान सभा निर्वाचन बहिष्कार गर्ने थिएन। कथित राजनीतिक सम्मेलन उसका लागि राजनीति गर्ने एउटा मुद्दामात्र हो। तर प्रचण्डका लागि भने राजनीतिक सम्मेलन संविधान सभालाई कमजोर बनाएर आफ्नो भूमिकालाई निर्णायक तहमा स्थापित गर्ने माध्यम हो। यस फरकलाई नबुझीकन कथित राजनीतिक सम्मेलनको कुनै अर्थ थिएन। पूर्व जाने र पश्चिम जाने यात्रु एउटै रेलमा एकैपटक कहिल्यै गन्तव्यमा पुग्दैनन्। यसैले कि त कथित राजनीतिक सम्मेलनको नौटंकी बन्द गरौँ हैन यो नौटंकी गरेरै छोड्ने हो भने त्यही नौटंकी सम्मेलनबाट संविधान सभा विघटनको घोषणा गरे भइहाल्यो। तर ख्याल गरौँ! आरम्भ भएको यो नौटंकीको अभीष्ट स्वयं वैद्य माओवादीको नियन्त्रणमा पनि छैन।