मोदीको मधुमास
३१ भदौ २०७१
•
१५ मिनेट पाठ
मोदीको मधुमास
भारतका पन्ध्रौं प्रधानमन्त्री नरेन्द्र मोदीले २६ मे, २०१४ मा शपथग्रहण गरेका थिए। उनको कार्यकालको प्रथम सय दिन अर्थात् 'मधुमास' समाप्त भएको छ। मन्त्रिपरिषद्को पहिलो बैठकमै उनले मन्त्रीहरूलाई आआफ्ना मन्त्रालय र मातहत कार्यालयमा १०० दिनभित्र ठोस प्रगति देखिने योजना बनाउन १० बुँदे कार्यनिर्देश जारी गरेका थिए।यसरी उनले सुरुमै पूर्ववर्ती प्रधानमन्त्रीहरूभन्दा फरक कार्यशैली प्रस्तुत गरेका थिए। ती कार्यनिर्देशमा कर्मचारीतन्त्रमा विश्वासको वातावरण तयार गर्नुपर्ने, सडक खानेपानी, स्वास्थ्य र ऊर्जाजस्ता भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने, कार्य सञ्चालन प्रक्रियामा पारदर्शिता अपनाउनुपर्ने, खरीद, विक्री, लिलामआदिमा विद्युतीय प्रविधि अपनाउनुपर्ने, अन्तरमन्त्रालय सम्बन्ध सुमधुर राख्नुपर्ने, भारतीय जनता पार्टीको घोषित उद्देश्यबमोजिम जनपक्षीय प्रणाली लागू गर्नुपर्ने, अर्थतन्त्रसँग सम्बन्धित चासोहरुलाई सम्बोधन गर्नुपर्ने, पूर्वाधार विकासका लागि लगानी वातावरणमा सुधार गर्नुपर्ने, समयबद्ध प्रक्रिया अपनाई नीतिको कार्यान्वयन गर्नुपर्ने, र सरकारी नीतिलाई दिगो र स्थायी बनाउनुपर्ने रहेका थिए। साताको ५ दिन सरकारी कार्यालय खोलिने गरेकामा मोदीले शनिबारको बिदा कटौती गरी सातामा ५ दिन कार्यालय सञ्चालन गर्ने प्रथा सुरु गरे।




मोदीका सय दिनका घोषित लक्ष्यमध्ये के कति उपलब्धि भयो त भन्ने चासो पनि उत्तिकै लिइएको छ। अझ सय दिनभित्रका अधोषित, खासगरी वैदेशिक क्षेत्रमा भएका उपलब्धिसमेत हेर्दा मोदीको मधुमास उपलब्धिपूर्ण देखिन्छ।

यस सय दिनभित्र मोदीले छिमेकी भुटान र नेपालका साथै जापानको भ्रमण गरे। भुटानमा १० हजार मेगावाट जलविद्युत् उत्पादनका लागि प्रतिबद्धता गर्दै तत्काल ६०० मेगावाटको जलविद्युत् परियोजनाको सिलान्याससमेत गरे। त्यस्तै भुटानी कृषि उत्पादनका वस्तुहको भारत निकासीमा कर मिनाहादेखि भुटानी विद्यार्थीका लागि थप छात्रवृत्ति प्रदान गर्ने घोषणा भएको छ। त्यस बाहेकमोदीले भुटानलाई प्राथमिकता दिँंदै आफ्नो प्रथम विदेश भ्रमण त्यहीँबाट सुरु गरेकोले विगतको मनमोहन सिंहको सरकारद्वारा चीन र भुटान बीचको बढ्दो लसपसको शंकामा लगाइएका प्रतिबन्धका कारणबाट उब्जेका असमझदारी हटाउन सफल भएको अनुभव गरिएको छ।

नेपालको भ्रमणताका उनले संविधान सभामा दिएको भाषण, नेपाल र नेपालीप्रति व्यक्त सद्भाव, नेपालमा विकसित क्षेत्रीय राजनीतिले खोजेको अभिभावकत्वप्रति दर्शाएको अरुचि र असहमति, समय सीमाभित्रै संविधान जारी गर्न माओवादी र खासगरी एनेकपा (माओवादी) तथा यसका अध्यक्ष पुष्पकमल दाहालको महत्वपूर्ण भूमिकालाई लिएर गरेको सकारात्मक टिप्पणीबाट नेपालीको मन जितेका थिए।

त्यसैगरी जापानसँग गुजरातको मुख्यमन्त्री हँुदादेखि नै मोदीको सौहार्दपूर्ण सम्बन्धलाई थियो। प्रधानमन्त्री भएपछिको जापानको भ्रमण पनि उपलब्धिपूर्ण भएको मूल्याङ्कन गरिएको छ। तत्कालीन मुख्यमन्त्री मोदीकै पहलमा जापानले गुजरातमा झन्डै ३ अर्ब डलर बराबरको लगानी विभिन्न क्षेत्रमा गरेको थियो। प्रधानमन्त्री मोदीको जापान भ्रमणका उपलब्धिमा जापानले भारतमा थप ३५ अर्ब डलर बराबरको सहयोग भारतको पूर्वाधार विकास खासगरी मुम्बई–अहमदावाद 'बुलेट' रेलका लागि र औद्योगिक सहरहरूको विकासमा खर्च गर्ने सहमति हो। साथै रक्षा क्षेत्रमा जापानले प्रविधि हस्तान्तरणसमेत गर्नेछ। भारतमा जापानी वैदेशिक लगानीलाई सहज गर्न मोदीले प्रधानमन्त्री कार्यालयमा बेग्लै विशेष कार्यदल समेत गठन गराएका छन्।

जापानमा मोदीले आफ्नो भाषणको क्रममा भने – 'गुजराती भएकोले मेरो रक्तकोषमा पैसा दौडिराखेको हुन्छ, व्यापार मेरो रगत रगतमा छ। व्यवसायले सहुलियत खोज्दैन, यसलाई उपयुक्त वातावरण भए पुग्छ।' आफूलाई प्रधानमन्त्री नभई देशको प्रधानसेवक भन्न रुचाउने मोदीले आफ्ना मन्त्री तथा कर्मचारीलाई भन्नेगरेका छन् – तपाईँहरु १२ घन्टा काम गर्नुहुन्छ भने म १३ घन्टा काम गर्छु, १४ घन्टा काम गर्नुहुन्छ भने म १५ घन्टा काम गर्छु। मोदीले प्रशासनिक झमेला तथा नोकरशाहीलाई कम गर्ने उद्देश्यले "न्यूनतम सरकार र अत्यधिक सुशासन"को नारा दिएका छन्।

ख्यातिप्राप्त अन्तर्राष्ट्रिय जोखिम अनुगमन संस्था मेपलक्राफ्टले विश्वका ४०० ठूला व्यावसायिक तथा वित्तीय संस्था एवं तत्सम्बन्धी विज्ञसँगको लामो अन्तर्त्रि्कयापछि तयार गरी हालै विश्वका प्रमुख लगानीकर्तालाई उपलब्ध गराएको एउटा प्रतिवेदनमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि लगानीका लागि भारत विश्वको सबैभन्दा उपयुक्त मुलुक हुनपुगेको उल्लेख गरेको छ। मोदी सत्तामा आएपछिको प्रथम त्रैमासिकमा नै व्यवसायीहरुले उठाउनुपर्ने जोखिममा धेरै कमी आएको पनि त्यसमा उल्लेख गरिएको छ।

भारतमा सेप्टेम्बर ५ का दिन मनाइएको शिक्षक दिवसका अवसरमा प्रधानमन्त्री मोदीले देशभरका साढे आठ लाख विद्यालयमा अध्ययनरत ९ करोड विद्यार्थीसँग एकैपल्ट 'भिडिओ कन्फ्रेन्सिङ' मार्फत् प्रत्यक्ष संवाद गरे। यस्तो प्रयोग भारतमा मात्रै हैन विश्वमै पहिलोपल्ट भएको भनिंदैछ। यस संवादमा मोदीले पहिले आफ्ना कुरा राखे र पछि देशभरका विद्यार्थीले गरेका प्रश्नको उत्तर दिए। प्रश्नोत्तरको क्रममा इम्फाल मणिपुरका एक छात्रले आफू पनि भारतको प्रधानमन्त्री हुन चाहेको र त्यो कसरी सम्भव छ भनेर सोद्धा मोदीले सन् २०२४ मा हुने आमनिर्वाचनका लागि अहिलेदेखि नै तयारी गर्न सल्लाह दिएका थिए। त्यसभन्दा अगाडिका निर्वाचनमा भने आफ्ना लागि कुनै खतरा नरहेको दाबी गरेका थिए।

गत शुक्रबार भएको दिल्ली विश्वविद्यालयको विद्यार्थी युनियनको चुनावमा भारतीय जनता पार्टी समर्थक विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले १८ वर्षपछि सम्पूर्ण स्थानमा विजय हासिल गर्योक। प्रधानमन्त्री मोदीको मधुमास सकिएपछि भएको यस विजयलाई भारतका छापाहरूले 'मोदी लहर' कै निरन्तरता भएको लेखेका छन्। यद्यपि, विहार, मध्यप्रदेश, कर्नाटक र पन्जाबमा भर्खरै भएको १८ विधानसभा क्षेत्रको उपनिर्वाचनमा भाजपाको गठबन्धनले गत मईमा भएको निर्वाचनताका कायम रहेको १४ क्षेत्रमा ६ वटा क्षेत्र गुमाएको छ। त्यस्तै उत्तराखण्डमा गत महिना भएको ३ वटा विधानसभाको उपनिर्वाचनमा पनि भाजपा गठबन्धन पराजित भएको थियो।

गत २ सेप्टेम्बरमा भारतका ४ हजारभन्दा बढी नागरिक समाज तथा सामाजिक संघ संस्थाको गठबन्धनले मोदी नेतृत्वको 'राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारको सय दिनको मूल्याङ्कन' नामक प्रतिवेदन जारी गरे। गरिब तथा सीमान्तकृत वर्गको हितलाई केन्द्रित गरी तयार गरिएको उक्त प्रतिवेदनले सुशासन, पर्यावरण, स्वास्थ्य, शिक्षा, महिला तथा सीमान्तकृत वर्गका लागि के कस्ता नीति आए वा आउने क्रममा छन् भन्ने उल्लेख गरिएको छ। प्रतिवेदनले भारतको खाद्य सुरक्षामा अभिवृद्धि भएको, वित्तीय वहिष्करणको केही हदसम्म अन्त्य भएको तथा महिलालाई लक्षित गरी ल्याइएका अनेकौं योजनाले प्रशस्त आशा जगाएको उल्लेख गरिएको छ। विश्व व्यापार संगठनद्वारा प्रस्तावित सीमा क्षेत्रमा गरिने सामानको ओसारपसार नियमित गर्नेसम्बन्धी प्रस्तावलाई जुलाईमा मोदी सरकारद्वारा खाद्य अनुदानमा आधारित आफ्नो देशका ८५ करोड नागरिकलाई असर गर्न सक्ने भन्दै अस्वीकार गरिएपछि खाद्य सुरक्षामा वृद्धि भएको उल्लेख गरिएको छ। त्यस्तै महिला हिंसाविरुद्ध मोदी सरकारले उठाएका कदम, सामान्य नागरिकका लागि अत्यावश्यक ५० वटा औषधी निःशुल्क वितरणको व्यवस्था तथा प्रत्येक घरमा एउटा शौचालय निर्माण गर्ने निर्णय स्वागत योग्य भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा सरकारले 'ग्रिनपिस इन्डिया, एक्सन एड इन्डिया तथा अक्सफाम' जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भारतको हित र सुरक्षाविपरीतका कार्यमा संलग्न रहेको विाष्लाई बाहिर ल्याएकोमा भारतको वर्तमान सरकारले नागरिक समाजको कार्यक्षेत्रलाई संकुचित गर्न खोजेको आरोपसमेत लगाइएको छ।

केही समयपहिले मोदी सरकारका केन्द्रीय मन्त्री प्रकाश जावेदकरले आफूखुसी पहिरनमा केन्याको भ्रमणमा जान लागेको सूचना मोदी समक्ष पुग्दा मोदीले तत्काल मन्त्रीले सुहाउने पहिरन लगाउन अह्राएका थिए। मोदीले आफ्ना मन्त्रीहरूलाई सप्ताहान्तमा आआफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील रहन पनि निर्देशन दिएका छन्। साथै सभा समारोहमा स्थानीय राजनीतिक नेताका साथै मन्त्रीलाई पनि बोलाउने गरिएकोमा समारोहको विषयसँग सम्बन्धित मन्त्रीमात्रै जानुपर्ने नियम पनि बसालेका छन्। आफूले जारी गरेको आचार संहिताको पालना भए नभएको बारे जानकारीका लागि मोदीले सूचना संयन्त्र र सुराकीसमेत परिचालन गरेका छन्।

आज १७ सेप्टेम्बर, नरेन्द्र मोदीको ६४ औँ जन्मदिन हो। आजैदेखि चीनका राष्ट्रपति छी जिनपिङ्गले नरेन्द्र मोदीको जन्मस्थल र कार्यक्षेत्र गुजरातको भ्रमणबाट भारत भ्रमण सुरु गर्दैछन्। बताइएअनुसार चीनको सबैभन्दा औद्योगिक र वैभवशाली प्रदेश ग्वाङ्गदोङ्ग र गुजरातलाई भगिनी प्रदेशका रूपमा तथा ग्वाङ्गदोङ्गको राजधानी ग्वाङ्गचाउ र गुजरातको राजधानी अहमदावादलाई भगिनी सहरका रूपमा घोषणा गरिनेछ र त्यहीबमोजिम सम्झौता गरिनेछ । यस घोषणापछि दुवै प्रदेश र सहरमा विभिन्न क्षेत्रमा प्रत्यक्ष संयुक्त लगानी गरिनेछन् तथा विकासका अन्य कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमसमेत संयुक्तरूपमा सञ्चालन गरिनेछन्। जापान भ्रमण ताका पनि यस्तै सम्झौता जापानको पुरानो राजधानी क्योटो र मोदीलाई निर्वाचित गर्ने बनारस सहर बीच भएको थियो। गुजरातको मुख्यमन्त्री भएका बेला मोदीले चीनको भ्रमण गरेर गुजरातमा प्रशस्त चिनिया लगानी भित्र्याउन सफल भएका थिए। चिनिया राष्ट्रपति छी जिनपिङ्ग गुजरातमा मोदीको नेतृत्वमा के कति विकास भएको थियो हेर्न उत्सुक रहेको पनि उल्लेख गरिएको छ।

यसरी हेर्दा मोदीका सय दिन उपलब्धिमूलक रहेका देखिन्छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस