प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधान सभाबाहिर रहेका दलहरूलाई संविधान निर्माण प्रक्रियामा सरिक गराउन सरकार गम्भीर रहेको धारणा पटकपटक व्यक्त गर्नुभएको थियो। त्यही क्रममा 'सर्वदलीय राजनीतिक सम्मेलन’को आयोजनाका लागि तीव्र गतिमा गृहकार्यसमेत भयो। यसबाट सरकार, प्रमुख राजनीतिक दलहरू र संविधान सभाबाहिर रहेका दलहरूबीच 'बृहत् समझदारी’ बन्ने सम्भावना बढेर गएको छ।
संवैधानिक—राजनीतिक संवाद तथा सहमति समितिद्वारा गठित प्रारिम्भक वार्ता उपसमिति टोलीले यसअघि इलाम पुगेर 'किरात जनवादी वर्कर्स’ पार्टीसँग वार्ता गरेको थियो। वार्ता टोलीका तर्फबाट संविधान सभाका सदस्य आनन्द ढुंगानाले 'वार्ता सन्तोषजनकरूपमा अगाडि बढिरहेको’ जानकारी सञ्चार माध्यमलाई दिएपछि नै जनमानसमा एक प्रकारको सन्तुष्टिको अनुभव भएको थियो। यसैक्रममा सोही टोलीले पूर्वी तराईका जिल्लामा समेत पुगेर ती क्षेत्रमा भूमिगत रहेका समूहसँग वार्ता गरेको समाचार सार्वजनिक भएको थियो।
प्रधानमन्त्री कोइरालाले नेपाल कम्युनिस्ट पार्टी—माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण’ले डँडेलधुराबाट सोझै सम्पर्क गर्नुभएको जानकारी नेपाली कांग्रेसको संसदीय दलको बैठकमा दिनुभएको थियो। यसबाट पनि उहाँहरूबीच मुलुकको राजनीतिमा विशेषगरी संविधान निर्माण नहुँदा मुलुकमा आइपर्ने संकट र त्यसबाट मुक्त हुने उपायका बारेमा गम्भीर छलफल हुनेगरेको अनुमान लगाउन सकिन्छ। संविधान निर्माण नहुँदा मुलुकले भोग्नुपर्ने कठिन परिस्थितिबारे प्रधानमन्त्रीले पटकपटक आफ्ना धारणा सार्वजनिक पदिन गर्दै आउनुभएको छ।
सात राजनीतिक दल र नेकपा (माओवादी)बीच 'बाह्र बुँदे समझदारी’ भएपछि भएको जनआन्दोलनले मुलुकमा पुनः लोकतन्त्र स्थापना गरेको थियो। 'विस्तृत शान्ति सम्झौता’ हुनुपूर्व नै माओवादी अध्यक्ष प्रचण्डले सिन्धुलीको कुनै जंगलबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सिधै फोन सम्पर्क गर्नुभएको जानकारी दिएर बालुवाटारले मुलुक शान्ति प्रक्रियातर्फ दू्रत गतिमा बढेको संकेत दिएको थियो। लगत्तै माओवादी नेताहरू एकाएक बालुवाटारमा सार्वजनिक भए। त्यससँगै 'विस्तृत शान्ति सम्झौता’ भएको थियो।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिवलाई एउटै बेहोराको छुट्टाछुट्टै पत्र लेखेर राष्ट्रसंघीय मानवअधिकार आयोगबाट भइरहेको अनुगमनलाई निरन्तरता दिन र युद्धविरामपछिको अवस्थामा आचार संहिताको अनुगमनमा सहयोग पुर्यालउन आग्रह गर्दा मुलुकले त्यसलाई पनि उपलब्धिका रूपमा स्वागत गरेको थियो। सम्झौताअनुरूप 'हातहतियारको व्यवस्थापन’ एवं तिनको अनुगमनबारे पनि पत्रमा उल्लेख भएकोमा विश्वले नै सराहना गरेको थियो।
एकातिर अहिले 'सर्वदलीय राजनीतिक सम्मेलन’ को तयारीको समाचार पढ्दा इतिहासका ती क्षणको सम्झना हुन्छ। लगभग त्यस्तै भावना र समझदारीसहित सम्मेलनका अन्तर्वस्तुहरूको मर्मको गहिराइमा पुग्ने प्रयास झल्केको छ। अर्कातिर राजनीतिको एउटा अत्यन्त नमीठो र त्रू्कर पक्षले छायाले जस्तै पछ्याइरहेको अनुभूति पनि जनमानसले गरेको छ। सम्मेलनको सार्थकताभन्दा असफलताका पक्षहरू अझै क्रियाशील देखिन्छन् र संविधान निर्माणकै नाममा संविधान निर्माण प्रक्रिया पर धकेल्ने खेल पनि भइरहेका छन्। सत्ता पक्ष नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख विपक्षी एनेकपा (माओवादी)बीच बेलाबेलामा विश्वासको संकटको डरलाग्दो संकेत देखापर्छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले 'दुई माओवादी पार्टीलाई दोष थोपरेर सत्तारुढ कांग्रेस र एमाले संविधान नबनाउने षड्यन्त्रमा लागेको’ दोष लगाइसक्नु भएको छ। सर्वसाधारण जनताले निदहुँजसो सबैजसो दलका शीर्ष नेतृत्वका धारणा एफएमहरूका माध्यमबाट सस्वर सुनिरहेका छन्। त्यतिमात्र नभई संवैधानिक—राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान सभाको पूर्ण बैठकमा संवाद समितिको सहमति/असहमतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने क्रममा 'संविधान निर्माणमा सक्रिय नहुन दबाब’ आएको सार्वजनिक गरेर विद्यमान अन्तरविरोधहरू र सहयोग/असहयोगका पक्षहरूको सक्रियतालाई पुष्टि गरिदिनु भएको छ।
प्रतिवेदन प्रस्तुत गर्नुअघि उहाँले भावुक भएर जननायक बीपी कोइरालाको जन्म शताब्दी वर्षमा संविधान सभाको एजेन्डालाई पार लगाउन बीपीलाई परेको कठिनाइको अनुभूति आफूलाई भएको अभिव्यक्ति दिँदा उपस्थित संविधान सभासद्हरू पनि गम्भीर भएका थिए। भट्टराईले त्यस क्रममा संविधान बनाउनुभन्दा पनि सरकार बनाउने र गिराउने खेल सुरु गर्न लागिएको खुलासा गर्नुभएको थियो। उहाँको यो अभिव्यक्ति बेलैमा प्रकट हुँदा त्यसले सबैलाई सजग रहन सहयोग पुगेको हुनुपर्छ।
वैद्य माओवादीले 'बाह्र बुँदे समझदारी’लाई स्मरण गर्दै राजनीतिक सम्मेलनको माग राख्दै आएको थियो। त्यसमा उल्लिखित बुँदाहरूको भावना र मर्मअनुरूप काम भए नभएको समीक्षा हुनुपर्ने विषय पनि उनीहरूले उठाएका छन्। सबै राजनीतिक दलहरूलाई उक्त समझदारीको दफा ६ र ७ को पनि स्मरण हुनुपर्छ। ती दुवै दफामा 'विगतका गल्ती कमजोरीहरूको आत्मसमीक्षा र आत्मालोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिन’ प्रतिबद्धता व्यक्त गरिएको छ। अहिले पनि त्यसको उत्तिकै सान्दर्भिकता छ।
' जनता र तिनका प्रतिनिधि राजनीतिक दलहरू नै राष्ट्रियताका पहरेदार हुन् ’ भन्दै उक्त समझदारीको दसौं दफामा 'देशको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकताप्रति हामीहरू पूर्णरूपले प्रतिबद्ध छौँ ’ भन्ने पनि स्पष्ट शब्दमा उल्लेख गरिएको छ। यसै भावना र मर्मलाई उल्लेख गर्दै अहिले पनि प्रमुख राजनीतिक दलहरूको आलोचना गर्न नचुक्ने वैद्यजी वार्तामा आउनुमा सम्भवतः यिनै भावनाबाट निर्देशित हुनुभएको अड्कल गरिएको छ। सबैले भनेका छन् — अब संविधानबिना राष्ट्रको रक्षा हुँदैन। यही भावना र मर्मलाई आत्मसात् गरियो भने प्रस्तावित सर्वदलीय सम्मेलन सफल हुने धेरै आशा गर्न सकिन्छ।
यति हुँदाहुँदै पनि संविधान सभाबाहिर रहेका ३६ दल र विद्रोह र असन्तुष्टि प्रकट गरिरहेका अरू सबैलाई समेट्न त्यति सजिलो अवश्य पनि छैन। तर, सम्मेलन हुनु नै पनि सकारात्मक कदम हो। बाँकी छुटफुटलाई समेट्न त्यसै सम्मेलनमार्फत् पनि प्रयास हुनसक्छ। राष्ट्रले धेरै हन्डर खाइसकेको छ। धेरै ठूलो प्रयत्न र बलिदानबाट आज यो महान् अवसर आएको छ। त्यसलाई गुम्न नदिन फेरि एकपटक आत्मसमीक्षाका साथ सम्मेलनमा बसियो भने 'बृहत् समझदारी’ निर्माण हुनसक्छ। अत्यधिक जटिल समस्या र परिस्थिति पनि समझदारीबाट हल भएका छन् भने असमझदारीको सानो झिल्काले पनि पछि डँडेलो बनेर वनै सखाप पारेको दृष्टान्त विश्व इतिहासबाट पाउन सकिन्छ। हेर्दा ख्यालख्याल लागे पनि त्यस्तै स्थितिबाट हजारौँ जनाले ज्यान गुमाउने परिस्थिति उत्पन्न हुनबाट नेपाललाई बचाउने यो अन्तिम अवसर हो।
संविधान सभा सदस्य