पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टरलगायतका पदाधिकारीविरुद्ध आर्थिक हिनामिना तथा पदीय मर्यादा कायम गर्न नसकेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएकाले ती निकाय पदाधिकारी विहीन भए।
हाल सार्वजनिक भएका खबर हेर्दा देशकै ठूलो तथा पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समेत पूर्वाञ्चल तथा मध्यपश्चिमाञ्चलकै नियति भोग्नुपर्ने सन्देह बढ्दै गएको छ। यसरी पदाधिकारी लगातार आर्थिक अपचलन तथा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोपमा पदच्युत हुनुले एकातिर विश्वविद्यालय पदाधिकारी छनोट प्रक्रिया खोटो रहेको देखियो भने अर्कातिर देशका लाखौं कर्णाधारको भविष्य अनिश्चितताको भुमरीमा पर्योा।
विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि विभिन्न निकायमा दलगत आस्थाका आधारमा हाकिम नियुक्त गर्ने परिपाटी बस्यो। फलस्वरूप, विगतमा ठीकठाकै चलेका सार्वजनिक संस्थानसमेत धराशायी हुन पुगे। त्यस्तै नियति विश्वविद्यालयले समेत भोग्नु पर्योि। राजनीतिक नियुक्तिसँगै संस्थाहरू तहसनहस हुनुले दलगत अनुमोदन प्रथा नै खराब भन्ने आवाज पनि उठ्न थालेको छ। सबैतिर राजनीतिक आस्थाका आधारमा नियुक्ति हुने वर्तमान अवस्थामा विश्वविद्यालयमा त्यस्तै हुँदा किन आपत्ति गर्ने भन्नेहरू पनि देखिएका छन्। तर, मननयोग्य के हो भने, कुनै सेवा वा वस्तुको उत्पादन वा व्यापार गर्ने संस्थानको महाप्रबन्धक र विश्वविद्यालयको उपकुलपतिको प्रभावलाई समान दृष्टिले हेर्न मिल्दैन। त्यसैले तिनको नियुक्ति प्रक्रिया र विधि पनि समान हुनै सत्तै्कन। कुनै अक्षम व्यक्ति सार्वजनिक संस्थानको महाप्रबन्धक भए निजले तहसनहस गर्ने सरकारको केही करोडको लगानी भएको त्यही कम्पनीमात्रै हो। अर्थात्, आर्थिक अपव्ययमा सीमित हुन्छ त्यस नियुक्तिको प्रभाव। तर, हजारौँ विद्यार्थी रहेको विश्वविद्यालयको नेतृत्व खराब ब्यक्तिको हातमा पुग्दा ती सबैको भविष्य प्रभावित हुन्छ। देश हाक्ने दायित्व बोकेको समुदायको बर्बादी मुलुकका लागि सहज विषय हुनसत्तै्कन। यसैले विषयको गम्भीरताअनुरूप विश्वविद्यालयका नियुक्तिलाई पारदर्शी तथा न्यून जोखिमयुक्त बनाउन आवश्यक हुन्छ ।
प्राध्यापक मोहन ज्ञवालीलाई काठमाडांै विश्वविद्यालय (केयु)को विज्ञान संकायको डिनमा नियुक्त गरिएको विरोधमा त्यहाँका प्राध्यापकहरू आन्दोलनमा उत्रिए। केयुभित्रैबाट नियुक्ति गर्नुको साटो अन्यत्रबाट लगेर विश्वविद्यालयको डिन बनाइएकोमा त्यहाँका शिक्षकमा रोष देखियो। डिनको मुख्य दायित्व आफ्नो संकायको नीति निर्माण तथा भविष्य दर्शन हुने भएकाले उनमा अग्रदर्शी क्षमता रहे नरहेको विश्लेषण गरी आन्दोलन त्यसैमा केन्द्रित रहेर हुनुपर्ने थियो। यसरी क्षमतालाई बेवास्ता गरी विगतमा व्यक्तिको कुनै संस्थासँगको आबद्धतालाई केन्द्रमा राखेर गरिने यस्ता आन्दोलनले शिक्षा क्षेत्रलाई सुधार्नसक्ने देखिँदैन।
त्रिविको प्राध्यापक बन्न चार दशक अघिसम्म नेपाली नागरिक हुनु आवश्यक थिएन। योग्यता भएका कुनै पनि विदेशी त्रिविका शिक्षक बन्न सक्थे। शिक्षण पेसालाई नागरिकता, भाषा, धर्म तथा वर्णमा सीमित गरिनु हुँदैन। बरु अब्बल शिक्षा प्रदान गर्नसक्ने क्षमता भएका कुनै पनि व्यक्ति शिक्षक बनोस् भन्ने मान्यता थियो त्यतिबेला। तर अहिले अर्को कलेजको शिक्षकलाई मेरो कलेजमा काम गर्न दिनु हँुदैन भन्नेजस्तो मान्यता पो बनेको देखियो। यस्ता संकुचित मान्यताले शिक्षाको स्तर खस्काउने भन्दा अरू के गर्ला र?
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलोजी (क्यालटेक) दुई हजार जना जति विद्यार्थी र करिब दुईसय पचास प्रध्यापक रहेको विश्वविद्यालय हो। प्राध्यापक र विद्यार्थी संख्याको आधारमा यो अमेरिकाको त के संसारकै साना विश्वविद्यालयमध्येमा पर्छ। औसत अमेरिकी विश्वविद्यालयमा तीस हजार विद्यार्थी र करिब तीन हजार प्राध्यापक हुन्छन् । सानो भए पनि क्यालटेकमा अध्यापन गर्ने पाँच जना प्राध्यापक नोबल पुरस्कार विजेता छन्। अहिलेसम्म क्यालटेकका ३१ प्राध्यापकले नोबल पुरस्कार पाइसकेकाछन् । क्यालटेक नोबल पुरस्कार पाउने वैज्ञानिक उत्पादन गर्ने संसारकै उन्नाइसौं विश्वविद्यालय हो। संसारका कुनै पनि अब्बल अनुसन्धानकर्ता र भविष्यद्रष्टाले त्यहाँ उचित स्थान पाउँछ। क्याल्टेकका अघिल्लो सभापति प्राध्यापक जेनलु सामो जर्मन नागरिक थिए। प्राध्यापक सामो अहिले सउदी अरबका राजाको विशेष अनुरोधमा त्याहाको अब्दुल्ला युनिभर्सिटीमा सभापति छन्। यस उदाहरणले समेत विश्वविद्यालय नेतृत्व क्षमतावान्लाई मात्र दिनुपर्ने थाहा पाइन्छ। भारतकै केही विश्वविद्यालयले समेत विश्वव्यापी विज्ञापन मार्फत उपकुलपति छान्न थालेका छन्। विसं २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि त्रिविले धेरै जना उपकुलपति पायो। केदारभक्त माथेमालाई अपवाद मान्ने हो भने बाँकी सबै उपकुलपति त्रिविकै बहालवाला शिक्षक थिए। माथेमालेमात्र अन्यत्र काम गर्दागर्दै त्रिविको नेत्रित्व लिन पुगेका थिए। माथेमालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्रिविमा स्थिति बसाइदिन आग्रहकासाथ उपकुलपति बनाएका थिए भने अरू जुत्ताको तलुवा खियाएरमात्र त्यस पदमा पुगेको देखियो। तथ्य नियाल्दा भने गत २५ वर्षमा नियुक्त भएका उपकुलपतिमध्ये सबैभन्दा सफल माथेमा नै देखिन्छन्। अन्यले जागिर जोगाउनमै आफ्नो संपूर्ण ऊर्जा खर्चिए। अर्थात्, विश्वविद्यालय सुधार्न बहालवाला शिक्षकै हुनुपर्ने रहेनछ। बरु भविष्यदर्शी, स्वाभिमानी र शिक्षाप्रेमी हुनुपर्ने रहेछ।
लोकतन्त्रको आगमनपछि राजनीतिक दलहरूले विश्वविद्यालयका पदाधिकारी भागबन्डै गर्ने चलन सुरु गरे। त्यसअनुसार एउटा विश्वविद्यालयका उपकुलपति, रेक्टर तथा रजिस्ट्रार पद भिन्नभिन्न दलहरूबीच आपसमा भागबन्डा भयो। एउटा विश्वविद्यालयमा तीन भिन्न पार्टीबाट आएका पदाधिकारीबीच समन्वय हुन कठिन हुने वास्तविकता एकातिर छ भने चाकडीकै भरमा नियुक्ति पाएका पार्टी कार्यकर्ताले विश्वविद्यालयलाई सही बाटोमा हिँडाउन सक्ने अवस्थै हुँदैन। त्यस्तो अवस्थामा उनीहरूको साझा मिलनविन्दु निहित स्वार्थ नै हुनपुग्नु अस्वाभाविक होइन। भिन्न पार्टीका कार्यकर्ताले सामूहिक नेतृत्व गरेको विश्वविद्यालय असफल हुँदा एउटाले मात्र अवजस बोक्नु नपर्ने भएकाले पनि पदाधिकारीका लागि भागबन्डे रणनीति प्रिय रह्यो। परिणामस्वरूप चरम आर्थिक अपचलन र अधिकारको दुरुपयोग भयो। विश्वविद्यालयका पदाधिकारी भ्रष्टाचारको अभियोगमा ‰यालखान पुग्ने अवस्था भयो। विश्वविद्यालय शिक्षा प्राप्त गर्ने थलोको साटो भ्रष्टाचारको लाजमर्दो अखाडा बन्यो।
राज्यको खर्चमा चल्ने विश्वविद्यालयमा पदाधिकारीको छनोट सरकारले नै गर्ने हो। राजनीतिक पार्टीहरूले सरकार सञ्चालन गर्ने हुँदा विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा कुनै न कुनैरूपमा दलहरूको भूमिका पनि रहन्छ नै। जतिसुकै खराब भए पनि राजनीतिक नेतृत्व विश्वविद्यालयको पदाधिकारी छनोटमा प्रभावशाली बन्ने पद्धति वरण गर्नुको विकल्प तत्काल देखिन्न। तसर्थ, अहिलेकै बनोटमा कसरी पदाधिकारी नियुक्ति गरिए शैक्षिक सुधारको प्रत्याभूति गर्न सकिन्छ भन्नेतिर ध्यान दिउँ्क।
एउटै विश्वविद्यालयमा विभिन्न दलले पदाधिकारी नियुक्ति गर्दा त्यहाँ हुने विकृतिको अपजस कुनै एउटै दलको थाप्लोमा पर्दैन। एउटाले अर्कामाथि दोषारोपण गरेर पन्छने बाटोमात्र बन्छ। अनुभवले समेत पदाधिकारीको भागबण्डाले विश्वविद्यालय उँभो नलागेको बरु भासिँदै गएको देखियो। पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उत्पन्न हालका समस्याको मुख्य कारण पदाधिकारी नियुक्तिमा गरिएको दलगत भागबण्डा रहेको देखियो। तसर्थ, आगामी दिनमा दलहरूबीच एउटै संस्थाका पदहरूमा भागबन्डा गर्नुको साटो एउटा विश्वविद्यालयको संपूर्ण पदाधिकारी कुनै एउटै दलले नियुक्त गर्ने व्यवस्था गर्नसके त्यसमा हुने सुशासन र कुशासनको पनि संबन्धित दल र नेतालाई भागीदार बनाउन सकिन्छ। शैक्षिक सुधारको जसअवजस आफैँले लिनुपर्ने भएपछि राजनीतिक नेतृत्व पनि योग्य व्यक्तिलाई खोजेर विश्वविद्यालयको नेतृत्व सुम्पन अग्रसर हुनेछन्। एउटा पार्टीलाई एउटा विश्वविद्यालय जिम्मा दिँदा फलानो पार्टीले अमूक शैक्षिक संस्था तहसनहस पार्यो् भनेर प्रतिपक्षले चुनावमा नारा बनाउनसक्ने भएकाले पनि दलहरू थप सचेत र जवाफदेही बन्न बाध्य हुनेछन्।
एकातिर दीर्घकालीन सुधारका लागि केदारभक्त माथेमाजस्तो शैक्षिक व्यवस्थापकले मात्र विश्वविद्यालयको नेतृत्व गर्न पाउने गरी नियम तथा आचारमा सुधार गर्नु आवश्यक छ भने अर्कातिर विश्वविद्यालयको नेतृत्व छनोट गर्ने संपूर्ण दायित्व एउटा निश्चित दललाई दिइनु सम्भवतः शैक्षिक सुधारको अल्पकालीन उपाय हुनसक्छ।
अमेरिकाको सिटी अफ होप, क्यालिफोर्नियामा रिसर्च फेलो