'विचार' वा 'वाद'को युग समाप्त भइसक्यो। यो विचारको होइन विषयका आधारमा राजनीति गर्ने युग हो।' नवउदारवादका समर्थक नेपाली कांग्रेसका धेरै नेताले यसो भन्न थालेको निकै वर्ष भइसक्यो। 'विचार धेरै भयो, अब व्यवहारको राजनीति गर्नुपर्छ' उनीहरूको थप तर्क हुन्छ। अचम्म, बीपी कोइरालाको मृत्युपछि विचार नै नभएको पार्टीमा विचार 'धेरै' कसरी हुन्छ? त्यसकारण कांग्रेसको समस्या विचार 'धेरै' हुनु होइन बरु विचार विहीनताको हो। औपचारिकताका लागिमात्र होइन भने बीपी कोइरालाको जन्म शताब्दीका अवसरमा आयोजित 'बीपी विचार यात्रा'ले नेपाली कांग्रेसको वैचारिक खडेरीलाई केही मत्थर बनाउनसक्छ।
स्थापनाकालदेखि आजपर्यन्त नेपाली कांग्रेस कोइराला परिवारको वरिपरि नै घुमिरहेको छ। बीचबीचमा कांग्रेसलाई कोइराला परिवारबाट बाहिर तान्ने प्रयत्न गरिए पनि त्यसले अपेक्षित सफलता पाउन सकेन। स्थापनादेखि चालीसको दशकसम्म बीपी कोइराला, पचासको दशकदेखि गिरिजाप्रसाद कोइराला र अहिले प्रकटमा सुशील कोइराला देखिए पनि कांग्रेस परम्परागत कोइराला परिवारको विशेष समूहभन्दा बाहिर गएको छैन। र, कांग्रेसको नेतृत्वसँग अहिले पनि बीपीबाहेक आफ्नो दल र मुलुकका बारेमा बोल्न मिल्ने कुनै आख्यान छैन। त्यसकारण बीपीका विचारलाई कांग्रेसले मानोस् वा नमानोस् तर पार्टी दर्शनको जगमा बीपीको खम्बा गाड्नुबाहेक ऊसँग विकल्प पनि छैन।
वि.सं. २००७ सालको परिवर्तनका पात्रमध्ये राणा, राजा र कांग्रेसमध्ये निश्चितरूपमा कांग्रेस अग्रगामी शक्ति थियो। त्यसैले बीपीको नेतृत्वमा २०१५ सालको संसदीय निर्वाचनमा उसले अत्यधिक बहुमत हासिल गर्यो । विसं २०४६ सालको परिवर्तनपछि कांग्रेसको मूल प्रवृत्ति यथास्थितिवादी रह्यो। परिवर्तनकारी शक्तिहरू कांग्रेस, वाममोर्चा र संयुक्त जनआन्दोलनमध्ये कांग्रेस यथास्थितिवादी थियो। त्यसैले संसदीय निर्वाचनमा कांग्रेसले समान्य बहुमत प्राप्त गर्यो । मुलुकले खोजेको प्रगतिशील परिवर्तन र समावेशी लोकतन्त्रको आलोकमा कांग्रेसले मुलुकको नेतृत्व गर्न सकेन। संसदीय राजनीतिको विकृतरूप निर्माण गर्नमा कांग्रेसको यथास्थितिवादी चिन्तन प्रणालीले मुख्य काम गर्योज। विसं २०६३ सालको परिवर्तन र गणतन्त्रको स्थापनापश्चात कांग्रेसको नेतृत्व प्रतिगामी देखिन थाल्यो। त्यसले गर्दा उसको भूमिका सामाजिक रूपान्तरणको वर्तमान अभियानमा अकर्मण्य र द्विविधाग्रस्त बनेको छ। र, आफ्नै नेतृत्वमा भएको संविधान सभाको पहिलो निर्वाचनमा उसले लज्जास्पद पराजय भोग्न पुग्यो।
उल्लेखित प्रसंगबाट के थाहा हुन्छ भने नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर त छैन तर नेतृत्वदायी पात्र भने कमजोर हुँदैगइरहेको छ। राजनीति छाडेर लामो समयसम्म पेसामा आबद्ध रहेका कोइराला परिवारका धेरै सदस्य अहिले कांग्रेसको नेतृत्व गर्न तम्सिएर आएका छन्। तर तिनको व्यावहारिक राजनीति सुल्झेको छैन। बीपीको वैचारिक र गिरिजाको सांगठनिक उत्तराधिकार कसले लिने भन्ने प्रतिस्पर्धाका लागिमात्र राजनीतिमा होमिएजस्तो देखिन्छ। त्यसैले १५ सालको चुनावमा जम्मा ४ सिटमा खुम्चिएका नेपालकाहरू कम्युनिस्ट सुशील कोइरालाको पालासम्म आउँदा निकै सुदृढ बनिसकेका छन्। नेपालको वामपंथी आन्दोलन आन्तरिकरूपमा ज्यादै विभाजित रहे पनि राष्ट्रिय राजनीतिमा उसको प्रभाव भने बढ्दै गइरहेको छ। वामपंथी आन्दोलनमा दर्शन र विचारको क्षेत्रमा लामो बहस र छलफलको सुदीर्घ परम्परा छ। बीपी पनि मार्क्सवादमा ज्यादै प्रभावित रहेको उनले धेरै प्रसंगमा लेखेका छन्। विचारको महत्वलाई उच्च प्राथमिकता दिने बीपीका अनुयायीले विचारको मृत्युको घोषणा गर्नु उदेकलाग्दो विषय हो। यस कोणबाट 'बीपी विचार यात्रा' कांग्रेसको एउटा सराहनीय कदम हो।
संयोगवश बीपी जन्मेको वर्ष सन् १९१४ मा प्रथम विश्वयुद्ध आरम्भ भयो। त्यस वर्ष बीपीको जन्म र विश्वयुद्धको थालनी मात्र भएन बरु एउटा विशेष घटना पनि भयो जुन घटनाले कालान्तरमा बीपीलाई कम्युनिस्ट राजनीतिबाट झन् टाढा पुर्यारउने कारक बन्यो। संसारलाई नै अत्यधिक प्रभावित तुल्याएको सोभियत समाजवादी क्रान्तिको विजयको सन्निकटको समय पनि थियोे त्यो। प्रथम विश्वयुद्धको आरम्भभन्दा अगाडि सबै समाजवादी मार्क्सवादी विचारबाटै प्रभावित थिए। आआफ्नो मुलुकमा समाजवादी सत्ता निर्माण गर्ने उद्देश्यका लागि उनीहरू सिद्धान्त, राजनीति, अर्थनीति आदिका बारेमा पर्याप्त बहस गरिरहन्थे। त्यसका लागि उनीहरुले विश्वभरिका अनेक प्रकारका समाजवादीका बीचमा समाजवादी अन्तर्राष्ट्रिय गठन गरेका थिए। त्यसमा मार्क्सवादी, अराजकतावादी, ट्रेड युनियनवादी, हिगेलवादी, सामाजिक जनवादी आदि अनेक 'वाद' मान्ने समाजवादी थिए। तर लेनिनको नेतृत्वमा सोभियत रुसमा वोल्सेभिक क्रान्ति सम्पन्न भइसकेपछि उक्त साझा परम्पराको अन्त्य भयो। लेनिनले कम्युनिस्ट इन्टरनेसनल गठन गरे र त्यसमा सहभागी हुन पनि सर्तहरू राखे। त्यसले गर्दा कम्युनिस्ट समाजवादी र प्रजातान्त्रिक समाजवादीका बीचमा स्पष्ट विभाजन रेखा कोरियो।
लेनिनले राखेका कम्युनिस्ट इन्टरनेसनल प्रवेशका सर्तमध्ये सर्वहारा वर्गको आधिनायकत्वको विषय कतिपय समाजवादीका लागि सबैभन्दा बढी आपत्तिको विषय थियो । र, १९१९ मा नै 'तेस्रो कम्युनिस्ट इन्टरनेसनल' नामाकरण गरेर मस्कोमा पहिलो अन्तर्राष्ट्रिय कांग्रेसको पनि आयोजना गरे। लेनिनका सर्तलाई अस्वीकार गर्दै प्रजातान्त्रिक समाजवादीले वियनामा समाजवादीको 'तेस्रो अन्तराष्ट्रिय संघ' खडा गरे। त्यसलाई 'वियना इन्टरनेसनल' भनेर चिनिन्छ। यसरी समाजवादीहरूको अन्तर्राष्ट्रिय शिविरको विभाजनले प्रजातान्त्रिक समाजवादी र कम्युनिस्ट समाजवादको स्पष्ट रेखाङ्कन गर्योू। यसको गहिरो प्रभाव अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन र कम्युनिस्ट आन्दोलन दुवैतिर उल्लेख्य मात्रामा पर्न गयो। कालान्तरमा बीपी कोइराला प्रजातान्त्रिक समाजवादका नेपाली प्रतिनिधि बन्न पुगे।
समाजवादी शिविरको अन्तर्राष्ट्रिय विभाजनले कम्युनिस्ट र प्रजातान्त्रिक समाजवाद दुवै खेमालाई निरंकुश बनाउँदै लग्यो। कम्युनिस्ट समाजवाद स्तालिनको अधिनायकवादी सत्तामा मात्र रूपान्तरित भएन संसारभरिका कम्युनिस्टका लागी आदर्श मोडेलसमेत बन्न पुग्यो। उता प्रजातान्त्रिक समाजवादीले पनि विश्वका धेरै राष्ट्रमा सत्ता स्थापना गर्न सफल भए पनि समाजवादी आदर्शभन्दा नाफामुखी पुँजीवादको अनुदार पक्षका पक्षधर भए। नेपालको कम्युनिस्ट आन्दोलन र उल्लेखित अन्तर्राष्ट्रिय प्रसंगको साइनो कहाँ जोडिन पुग्योे भने सोभियत समाजवादी क्रान्तिपछि बढ्दो कम्युनिस्ट प्रभावको विपक्षमा उभिएको प्रजातान्त्रिक समाजवादका नेपाली प्रतिनिधि बीपी कोइरालाले नेपालका कम्युनिस्टहरूसँग मिलेर पंचायती व्यवस्थाविरुद्ध संघर्षमा जान चाहेनन्। किनभने त्यतिबेला उनी उग्र कम्युनिस्ट विरोधी समाजवादी शिविरका प्रभावशाली एसियाली नेता थिए।
हिन्दुस्तानमा जवाहरलाल नेहरुको सैद्धान्तिक प्रस्थापना र व्यवहारको जटिलताको कारणबाट बीपी र नेहरुमा पनि समाजवादको अवधारणमा मतभेद रहेको प्रष्ट देख्न सकिन्छ। साम्यवाद र पुँजीवादलाई जोड्ने बीचको बाटोको रूपमा प्रजातान्त्रिक समाजवादलाई रोजेका बीपी नेहरुको बढ्दो सोभियत संघसँगको झुकावबाट संतुष्ट बन्नसक्ने राजनीतिक अवस्था थिएन। यसै पनि विश्वका धेरै देशमा समाजवादी सत्ताको स्थापना र नेहरुको सोभियत संघसँगको निकटताले उनी वास्तविक समाजवादीहरूबाट खुम्चिनु परेको थियो। स्वाभाविकरूपमा त्यसको लाभ लिनसक्ने प्रतिभाशाली व्यक्ति बीपीमात्र थिए। त्यसकारण प्रजातान्त्रिक समाजवादको अन्तर्राष्ट्रिय शक्तिले नेहरुभन्दा बीपीलाई विश्वास गर्ने स्थिति पैदा भएको थियो। तर पुँजीवादको बढ्दो भूमण्डलीकरण प्रक्रियासँगै प्रजातान्त्रिक समाजवाद कमजोर बन्दै गइरहेको थियो वा सिद्धान्तमा मात्र खुम्चिंदै गइरहेको थियो।
पुँजीवादको भूमण्डलीकरणसँग एकाकार हुँदै जानुपर्ने र राज्यलाई कुनै व्यापारिक र नाफमुखी आर्थिक क्रियाकलापबाट मुक्त पार्नुपर्ने नीति कांग्रेसभित्र देखिने अहिलेको बलवान् स्वर हो। त्यसलाई बीपीको प्रजातान्त्रिक समाजवादसँग तादाम्य मिलाउने वैचारिक आधारको बारेमा भने कांग्रेस मौन देखिन्छ। प्रदीप गिरिजस्ता कांग्रेसभित्रका सीमित समाजवादीले मात्र उक्त बहस अखवारको पानामा आक्कल झुक्कल उठाएको देख्न पाइन्छ। बीपीले 'प्रजातान्त्रिक समाजवाद' शीर्षकमा एउटा लेख लेखेका छन्। हुनत, उनको उक्त लेख केही तत्कालीन व्यावहारिक प्रश्नमा केन्द्रित छ तर सिद्धान्ततः बीपी 'आफ्नो लागि आफैँ उत्पादन' भन्ने गांधीको आत्मनिर्भर अर्थतन्त्रका पक्षमा उभिएका छन्। तर कदाचित् बीपीले जनमत संग्रहमा विजय प्राप्त गरेर सत्तामा पुग्न सकेको भए उनको समाजवाद भूमण्डलीकरणसँग कसरी जोगिन्थ्यो वा तालमेल गर्थ्यो भन्ने पक्ष भने विचारणीय छ।
बीपी विचारको अनुयायी मानिने अहिलेको नेपाली कांग्रेसले भने पुँजीवादको भूमण्डलीय रूपलाई मान्नेमात्र होइन, नवउदारवादबाहेक पुँजीवादको अर्को कुनैरूप हुनै नसक्ने मान्यतामा पुगिसकेको छ। त्यसकारण बीपीको समाजवादबाट उसले अर्थशास्त्रको पक्षलाई निष्कासन गरिसकेको छ। 'स्मल इज ब्युटिफुल' अर्थात सानो नै सुन्दर हुन्छ, भन्ने सिद्धान्तका प्रवर्तक इ. एफ. सुमेकरको सिद्धान्तबाट बीपी प्रभावित बढी प्रभावित थिए। पुँजीवादको भूमण्डलीकरणसँग लड्न र सामान्य जनतालाई शक्तिशाली बनाउन सुमेकरले उक्त सिद्धान्त प्रतिपादन गरेका थिए। राजनीतिक र आर्थिक दुवै कोणबाट वैदेशिक प्रभावलाई रोक्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ भन्ने मान्यतामा बीपी प्रष्ट थिए तर अहिलेको कांग्रेसमा बीपीको विचार भनेको 'राजासँग घाँटी जोड्ने सिद्धान्त' बाहेक अरू केही होइन भन्ने बुझाइरहेको देखिन्छ।
बीपीकै समकालीन कम्युनिस्ट नेता पुष्पलालले कांग्रेस र कम्युनिस्ट मिलेर संघर्ष गरेमात्र निरंकुश पंचायती व्यवस्था फाल्न सकिन्छ भन्ने मान्यता बीपीले कहिल्यै स्वीकार गरेनन्। तर पनि बीपी र पुष्पलालको संबन्ध भने सुमधुर रह्यो। बीपीले नगरेको हिम्मतपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले गरे। कांग्रेस र कम्युनिस्ट मिलेर संघर्ष गरेपछि नेपालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो। बीपी जन्मेपछिका यी सय वर्षमा संसारमा धेरै उथलपुथल भए। तर सिद्धान्तको प्रभाव यस्ता उथलपुथलबाट प्रभावित नभई सयौं वर्षसम्म परिरहन्छ। मार्क्स, बुद्ध तथा गांधीका विचारले अहिले पनि संसारमा ठूलो प्रभाव पारिरहेकै छन्। त्यसकारण बीपीका विचार कांग्रेसका लागि असान्दर्भिक भए भन्ने सत्य होइन। बदलिएको परिस्थितिमा असान्दर्भिक पक्षलाई हटाएर समयानुकूल सांन्दर्भिकता खोज्नु उनका अनुयायीको निरन्तरको काम हो। आज पनि बीपीका कैयौं सैद्धान्तिक र आर्थिक प्रस्थापना मौलिक र सान्दर्भिक छन्।