आजभन्दा झन्डै ६८ वर्ष पहिले विराटनगरका जुट र कटन मिलहरूमा २००३ साल फागुन २१ गतेदेखि सुरूभएको नेपालकै पहिलो मजदुर हडताललाई नैतिक समर्थन गर्ने उद्देश्यले नेपाली राष्ट्रिय कांग्रेसका कार्यवाहक सभापति विश्वेश्वरप्रसाद कोइराला फागुन २६ गते त्यहाँ पुगेका थिए।नेपाली राष्ट्रिय कांग्रेसको गठन एक महिना पहिलेमात्र अर्थात २००३ माघ १२ गते भएको थियो। मजदुर आन्दोलनलाई भरथेग तथा निरन्तरता दिने उद्देश्यले नेपाली राष्ट्रिय कांगे्रसका सस्थापक नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा गोपालप्रसाद भट्टराईहरू पनि फागुन २९ गते विराटनगर पुगेर जोगबनीमा बसेका थिए। त्यतिखेर कटन मिलका मजदुरहरूको नेतृत्व गिरिजाप्रसाद कोइरालाले, जुट मिलको नेतृत्व तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा तथा युवराज अधिकारी र केमिकल मिलको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए। मनमोहन अधिकारीबाहेक अरू सबै कांग्रेस थिए। उक्त मजदुर आन्दोलनमा मनमोहन अधिकारी कम्युनिस्टकै रूपमा सहभागी भएका थिए। भारतको कम्युनिस्ट पार्टीले पनि मनमोहनजीलाई खुला समर्थन गरेको थियो। दार्जिलिङका प्रख्यात कम्युनिस्ट नेता माहिला बाजे आफँै आएर उक्त मजदुर आन्दोलनमा भाषण गरेका थिए। मजदुर आन्दोलनले चर्को रूप लिंदै गएपछि राणा शासकहरूले काठमाडांैबाट पठाएको फौजको सहयोगमा २००३ चैत्र १२ गते बीपी कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी र मनमोहन अधिकारीलाई पक्राउ गरियो। उनीहरूलाई पूर्वी पहाडको पैदल बाटोबाट हिडाउँदै धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे तथा भक्तपुर हुँदै २१ दिनपछि काठमाडांै ल्याई विशालनगरमा तत्कालीन राणा प्रधानमन्त्री पद्म शमसेरको निवासको आँगनमा पुर्याैई केरकार गरेर केही दिनपछि कारागार पठाइएको थियो।
दोस्रो विश्व युद्धमा भाग लिएर फर्केका युवाले पहाडका गाउँमा सिर्जना गरेको छिपछिपे राजनीतिक चेतनाको पृष्ठभूमिमा बीपी कोइरालासहितको यो सचेत राजनीतिक जमातको पैदल यात्राले पूर्वी पहाडमा ठूलै राजनीतिक उथलपुथल सिर्जना गरेको थियो। भारत स्वतन्त्र हुनुभन्दा ५ महिना पहिलेको घटना थियो यो। बीपीले आफ्नो आत्मवृत्तान्तमा यस पैदल यात्राले पूर्वी पहाडी क्षेत्रमा ठूलो राजनीतिक चेतना फैलाउन सफल भएको उल्लेख गरेका छन्। ‘त्यसले कत्रो ठूलो प्रचार गर्योा भने बाटोमा त ओइरो लाग्थ्यो मानिसहरूको। ... हामीहरू जहाँ बस्थ्यौँ, हामीहरू के कुरा गरिरहेका छौँ भनेर हेरिरहेका हुन्थे। ‘त्यस यात्राको राजनीतिक फाइदा के भयो भने हामीले नेपाली कांग्रेसको परिचय दिन पाएका थियौँ। ठाउँठाउँमा हामीहरूले आफ्नो विचार राख्ने मौका पायौँ। ‘एउटा कुरा के भने पहाडमा भयानक गरिबी रहेछ। बाटोमा हामीले बडो दरिद्रता देख्यौँ। त्यसलाई लिएर हामी आफ्ना आर्थिक नीतिहरूको सम्बन्धमा छलफल गथ्यौँ, हाम्रो राजनीतिक आन्दोलनको आर्थिक पक्षबारे हामी छलफल गर्थ्यौँ। ‘. त्यस ३ हप्ताको यात्राले पहाडमा हाम्रो निकै ठूलो राजनीतिक प्रभाव पार्योथ। ... नेपाली कांग्रेसको सम्पर्क पहाडतिर कायम गर्न हामीलाई धेरै मद्दत गर्योर। हामीसँग हिँड्ने सिपाहीहरू पनि हामीसँग प्रभावित थिए। ... काठमाडौंमा ... विशालनगर दरबारको ढोका अगाडि लगेर उभ्याए। मानिसहरूको ठसाठस भिड जम्मा भइसकेको थियो। ...मानिसहरू अलि टाढा टाढा उभिएका थिए। अनि मलाई कस्तो लाग्यो भने यहाँ कस्तो डर पसेको रहेछ मानिसहरूमा।' ‘राणा प्राइममिनिस्टरको ढोकेले अपशब्द प्रयोग गरेको आक्रोशमा ...’त्यसको गालामा पटापट दुई थप्पड लगाईदिएँ। . प्राइममिनिस्टरको ढोकेलाई सबैको अगाडि कैदीले पिटिदिएको ... देखेर विद्यार्थीहरू पनि अलि सुरिए। उनीहरू अलि म नजिक आए।' (पृष्ठ ४५–४८, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त)।
मोरङ्ग विराटनगरको आदर्श विद्यालयको प्राङ्गणबाट यही भदौ १ गते सुरु भएको नेपाली कांग्रेसको बीपी विचारयात्राले यसबीच मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा सहित ६ जिल्ला छिचोलिसकेको छ। आज बुधबार कांग्रेसको रामेछाप जिल्ला समितिले सिन्धुली जिल्ला समितिलाई सिन्धुली र रामेछापको सीमामा पर्ने खुर्कोट बजारमा यात्रा ध्वजको रूपमा रहेको कांग्रेसको झन्डा हस्तान्तरण गर्नेछ। विचार सभा, चुरे संरक्षण गोष्ठी, स्वास्थ्य शिविर तथा वृक्षारोपण गर्दै यो विचार यात्राको ध्वजलाई सिन्धुली कांग्रेसले २० गते काभ्रेपलान्चोक कांग्रेसलाई मङ्गलटारमा हस्तान्तरण गर्नेछ। यही क्रममा काभ्रे कांग्रेसले २२ गते नालामा भक्तपुर कांग्रेसलाई तथा भक्तपुर कांग्रेसले २३ गते काठमाडौं कांग्रेसलाई कोटेश्वर मनहरामा ध्वज हस्तान्तरण गर्नेछ। बीपी कोइराला तथा उहाँसँगै रहेका मनमोहन अधिकारीलगायतका व्यक्तिलाई सुनुवाइका लागि तत्कालीन राणा प्रधानमन्त्री पद्म शमसेरको आवास रहेको विशालनगर चोकमा पुर्याकइएको घटनाको स्मृतिमा २३ गते विशालनगर चोकमा विचार सभा आयोजना गरिनेछ। भोलिपल्ट राजा महेन्द्रले २०१७ पौष १ गतेदेखि बीपीलगायतका नेताहरूलाई ८ वर्षसम्म बन्दी बनाएर राखेको सुन्दरीजल जेल (हाल बीपी संग्रहालय)मा पुगी भाद्र २४ गते औपचारिक कार्यक्रम आयोगना गरेर विचार यात्राको समापन हुनेछ।
बीपीकोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गते भएको थियो। उनको शतवार्षिकीको अवसर पारेर विशेष कार्यक्रम मनाउने सिलसिलामा यो बीपी विचार यात्रा कार्यक्रम निर्धारण गरिएको थियो। बीपी कोइराला सहित ६ जनालाई गिरफ्तार गरी विराटनगरबाट काठमाडौंसम्म पूर्वी पहाडी बाटोबाट हिँडाएर ल्याएको घटनाले त्यस भेगमा राजनीतिक चेतना फैलेको थियो। विचार यात्रा त्यस ऐतिहासिक घटनाको सम्झना र त्यसका यात्रीहरूको सम्मान गर्दै ६८ वर्षपछि पुनः त्यही बाटो पछ्याएर बीपीद्वारा प्रतिपादित कांग्रेसको प्रजातान्त्रिक–समाजवादी विचारलाई जनतामा पुर्यािउने पुनर्जागरण अभियान भएको नेपाली कांग्रेसले जनाएको छ। बीपीले २००७ सालमै प्रस्तावित गरेको संविधान सभामार्फत लोकतान्त्रिक संविधान निर्माण गरेर शान्तिपूर्ण, सुदृढ र समुन्नत नेपाल बनाउने सपना साकार पार्न कांगे्रस लागिपरेको छ भन्ने सन्देश कार्यात्मकरूपमा प्रचार गर्नु पनि यस विचार यात्राको उद्देश्य रहेको कांग्रेसले बताएको छ।
कांग्रेसको केन्द्रीय कार्यालयमा विचार यात्राको खाका तय हुँदै गर्दा सम्बन्धित जिल्लाका सभापतिहरूले भने वर्षायाम सकिएपछि दसैं र तिहारको बीचमा यस कार्यक्रम राखे वैदेशिक रोजगारीमा गएकाहरू दसैं तिहार मनाउन घर फर्केको बेला पनि पर्ने, मौसम पनि अनुकूल हुने र पार्टीसँग निरपेक्ष रहेकाहरूलाई पनि कार्यक्रममा संलग्न गराउन सहज हुने सुझाव दिएका थिए। यस्तै उनीहरूले गाउँ घरमा कार्यक्रमको प्रचारप्रसार पनि व्यापक गराउन सकिने र बीपीको शतवार्षिकीको समयावधि भित्रै पनि पर्ने भएकोले पछि गर्दा नै उपयुक्त हुने धारणा राखेका थिए। तर कार्यक्रम तालिका यथावतै रह्यो। प्राविधिकरूपमा विचारयात्रा सफल रहेको छ। पूर्व निर्धारित समयमा पूर्व योजनामुताविक तोकिएको स्थानमा पुग्ने, बास बस्ने, विविध कार्यक्रम सम्पन्न गर्नेजस्ता कार्य पूराभएका छन्। कांग्रेसले आयोजना गर्ने कुनै पनि कार्यक्रममा अनिवार्यजस्तै नियमितरूपमा सहभागी भइरहने सम्बन्धित जिल्ला, क्षेत्र र गाउँका पार्टी तथा भ्रातृ संस्थाका पदाधिकारीहरू र केही क्रियाशील सदस्यको उपस्थितिमात्रै पनि साधारणतया १०० नाघ्दो रहेछ। गाउँघरतिर सय जनाको उपस्थिति ठूलै समूह मानिन्छ। त्यसैलाई व्यापक जनसहभागिताका रूपमा परिभाषित गर्नुबाहेक विचार यात्रामा सर्वसाधारण जनता जनार्दनको सहभागितालाई भने समय, वर्षा, बाढी, पहिरोजस्ता प्रतिकूलताले प्रभावित बनाए। विचार यात्रालाई राजनीतिकरूपबाट सफल गराउन अझ बढी गृहकार्य गर्नु आवश्यक रहेको यस यात्राले सिकाएको प्रमुख पाठ हो। द्वन्द्व प्रभावित पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिमका पहाडी जिल्लामा यस किसिमको यात्राको आयोजना गर्नुपर्दा सिकिएका पाठमा ध्यान दिनु बढी बुद्धिमानी हुनेछ।