कार्यकर्ताको नाचगान र नेताहरूको हुँकारबीच माओवादीको दोस्रो चरणको आन्दोलन प्रभावबिना नै सकिएको छ। साथै, मंसिर ५ गतेसम्म आफ्नो माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। तर, माओवादीले जतिसुकै 'अल्टिमेटम' दिए पनि उसले राजनीतिक यथार्थ नस्वीकारेसम्म माग पूरा हुने सम्भावना देखिँदैन। अहिलेको अवस्थामा उसले भने जस्तो 'नागरिक सर्वोच्चता' स्थापित गर्न 'राष्ट्रपतिको कदम गलत थियो' भन्नुपर्छ, जुन कम्तीमा वर्तमान सत्तारुढ गठबन्धनले भन्न सक्दैन। माओवादीद्वारा भरोसा गरिएका झलनाथ खनाललाई पनि १८ दलको नेतृत्व गर्दै आफैँले पहिलो नम्बरमा हस्ताक्षर गरेर राष्ट्रपतिसमक्ष गरेको सिफारिसको विरुद्धमा उभिन सजिलो छैन।
माओवादी आन्दोलनको उद्देश्य लुकेको छैन : पहिलो - राष्ट्रपतिको कदम 'सच्याउनु' को अर्थ त्यस्तो 'गलत कदम' चाल्ने राष्ट्रपति पदमा बसिरहन मिल्दैन। दोस्रो- जब त्यो कदम नै 'गलत' ठहरिन्छ भने त्यसपछि बनेको सरकार स्वतः 'असंवैधानिक' हुन्छ। माओवादी आन्दोलनको सूत्र यही हो। नागरिक सर्वोच्चताका नाममा ६ महिनादेखि उसले चलाइरहेको आन्दोलनको निचोड पनि यही हो। बहुमत जुटाएर सरकारमा जान नसक्ने भएपछि माओवादी यही विवादलाई भर्याङ बनाएर सरकारमा जान चाहन्छ। सत्ताका लागि माओवादी जे गर्न पनि तयार छ।
झन्डै छ महिनाअघिको प्रधानसेनापति प्रकरणमा मुलुकको राजनीति यति धेरै अल्मलिरहँदा निश्चय पनि राष्ट्रिय प्राथमिकता ओझेलमा परेका छन्। लगातार अवरुद्ध भइरहँदा संसद्को औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ। यही पृष्ठभूमिमा माओवादीका तर्फबाट 'संविधानसभा भंग गर्ने र राष्ट्रपति शासन लागू गर्ने' एमाले-कांग्रेसको 'षड्यन्त्र' का बारेमा चर्को स्वरमा कुरा उठाइँदैछ। एमालेभित्रका माओवादीका शुभचिन्तकसमेत यही आगोमा घिउ थप्दैछन्। तर, विगतमा संसदीय प्रजातन्त्रविरुद्ध राजा वीरेन्द्रसँग 'अघोषित कार्यगत एकता' गर्न र 'नोकरसँग होइन, मालिकसँग वार्ता गर्न' हौसिएको माओवादीका तर्फबाट यस्तो धारणा प्रकट हुनु कम गम्भीर भने होइन। यति लामो समयसम्म सदन अवरुद्ध गरेर क्रमशः यसको औचित्य समाप्त पार्ने काम माओवादीले नै गरिरहेको छ। सदनमा पहिलो दल भए पनि सदनबाट प्रक्रियासंगत रूपमा समस्याको समाधान नखोजेर सडकमा रुमल्लिएको माओवादीले पहिले भन्ने गरेझैँ 'संसद् भनेको खसीको टाउको राखेर गोरुको मासु बेच्ने थलो हो' भन्ने कुरालाई पुष्टि गराउन खोजेको छ। संसद् अवरुद्ध भइरह्यो, संविधानसभा यही कछुवा गतिमा चलिरह्यो र मुलुक असफल राष्ट्र हुने दिशातिर अग्रसर भइरह्यो भने भोलि कुनै दिन 'संविधानसभाको विघटन' चर्चामा मात्र सीमित हुने छैन। संविधानसभाको म्याद २०६७ जेठ १४ गतेसम्म मात्र छ। मुलुकमा संकटकालीन अवस्था आएमा छ महिना म्याद थप्न सकिने व्यवस्था अन्तरिम संविधानमै छ। तर, त्यसका लागि पनि दलहरूबीच सहमति चाहिन्छ। सहमति बनेन भने कसैले संविधानसभा विघटन गर्नै पर्दैन, सात महिनापछि आफैँ समाप्त हुन्छ। के यो तथ्य माओवादीले बुझेको छैन र? एकातिर 'नागरिक सर्वोच्चता' का नाममा मुलुकलाई नै अनिर्णयको बन्दी बनाउने अनि अर्कातिर 'संविधानसभा विघटन गर्ने षड्यन्त्र हुँदैछ' भनेर कतै स्याल आएको हल्ला गरेर चल्ला आफूले टिप्ने चाला त होइन?
माओवादीले राष्ट्रपतिको कदम 'सच्याउनका लागि' आन्दोलन गरे पनि के कारणले त्यो अवस्था उत्पन्न भयो भन्ने यथार्थलाई आत्मसात् गर्न सकेको छैन। माओवादीजस्तो पार्टीले कुनै पनि कारणबिना परिणाम निस्किँदैन भन्ने कम्युनिस्टको पहिलो सर्तलाई बुझेको छैन भन्न सकिन्न। राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्ने हो त्यसअघि अल्पमतमा परिसकेको सरकारले गरेको निर्णयलाई के भन्ने? सत्तामा सहभागी बाँकी सबै दलले असहमति जनाउँदा जनाउँदै माओवादीले तत्कालीन प्रधानसेनापतिलाई पदबाट हटाउन गरेको निर्णय राजनीतिक सहमति र संवैधानिक दुवै दृष्टिबाट गलत थियो। राष्ट्रपतिलाई बोधार्थ दिने गरी भएको सो निर्णयको संवैधानिक पक्षलाई एकछिन थाती राखेर राजनीतिक पक्षलाई मात्र हेर्ने हो भने पनि सत्तामा सहभागी नेकपा (एमाले), मधेशी जनअधिकार फोरम र सद्भावना पार्टीको असहमतिपछि अल्पमतमा परेको सरकारसँग त्यस्तो निर्णय गर्ने नैतिक हैसियत थिएन। माओवादीले यस यथार्थलाई स्वीकार नगर्दासम्म सहमतिको सम्भावना देखिँदैन।
सरकारको विरोध गर्ने, आफ्नो पक्षमा जनमत तयार पार्ने, आफ्ना कार्यकर्तालाई व्यस्त बनाइराख्ने जस्ता प्रतिपक्षका धर्म माओवादीले पालना गर्दा आपत्ति जनाउनुपर्ने कारण छैन। यस आन्दोलनले माओवादीको हिंसात्मक छविलाई शान्तिपूर्ण छविमा रूपान्तरण गर्न अवश्य पनि सहयोग गरेको छ। तर, अरूलाई 'विदेशीका दलाल', 'कठपुतली', 'रिमोट कन्ट्रोलबाट सञ्चालित' जस्ता गम्भीर आरोप लगाउने माओवादी स्वयम्ले भने आन्दोलनका क्रममा 'विदेशी प्रभु' को संवेदनशीलतालाई पर्याप्त मात्रामा ध्यान दिएको स्पष्टरूपमा अनुभूत गर्न सकिन्छ। आन्दोलनअघि विदेशी राजदूतहरूले भेटेर दवाव नदिएको भए र न्युयोर्कमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक नचलिरहेको भए माओवादीले आफ्नो रूप देखाइछाड्ने थियो भन्नेमा शंका छैन।
सहमतिमा नआउने हो भने 'राष्ट्रपतिको कदम सच्याउनका लागि' माओवादीसँग जम्मा दुई विकल्प छन् : पहिलो- त्यस्तो 'असंवैधानिक कदम' चाल्ने राष्ट्रपतिविरुद्ध संसद्मा महाअभियोग लगाएर पदच्यूत गर्ने वा दोस्रो- त्यही कदमको परिणामस्वरुप बनेको वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार हटाउने, जसबाट त्यो कदम स्वतः खारेज हुन्छ। माओवादीको स्पष्ट उद्देश्य सरकार परिवर्तन हो, जुन कुरा उनीहरुले सीधै भन्न नभनेर 'नागरिक सर्वोच्चता' को जलपभित्र लुकाउने प्रयास गरेका छन्। विगतमा मौका नै नपाएझैँ पहिलो पार्टी भएका कारण सरकारको नेतृत्व गर्न पाउनुपर्ने माओवादीको माग सडकबाट पूरा हुन सक्दैन। आन्दोलनबाट सहमति कायम गर्न खोज्नु 'कासी जान कुतीको बाटो' हिँड्नु हो। उपेन्द्र यादव र झलनाथ खनालजस्ता आश गरिएका सम्भावित सारथिहरूको अपमानपूर्ण 'दिल्ली-दौड' बाट थप निराश बनेको माओवादी सामु माथिमा दुईबाहेक अर्को विकल्प छैन।
bishnurijal@gmail.com