'दोस्रो' जनआन्दोलनले देशको राजनीतिक इतिहासमा अपूर्व मोड ल्याएपछि धेरै क्यालेन्डर फेरिइसकेका छन्। औपचारिकरूपमै गणतन्त्र घोषणा भएको पनि ६ वर्ष नाघिसकेकोछ। जनताका दुःखका दिन भने सिद्धिएका छैनन् अझै। विभिन्न दलका नेताकार्यकर्ताबीचमा होस् वा सामान्य नागरिकका बीचमा 'लोकतन्त्र' दैनिक जीवनको व्यवहारमा अनूदित हुन अझै बाँकी छ। लोकतान्त्रिक अभ्यास पुगेकै छैन। असुरक्षा र कानूनविहीनताको अनुभूति हुन अझै छोडिसकेको छैन। देश गरिबै छ। त्यही गरिबीभित्र पनि हुने र नहुने बीचको खाडल अझै फराकिलो छ। राज्यका विभिन्न अंगबीचको संयोजन र सहयोगको हास्यास्पद अभाव सडकमा बनेका खाल्डामा मात्र हैन जनजीवनको सबैजसो पक्षमा देखिन्छन्। 'सेतो हात्ती' भन्दा हजारौं गुना महंगा भएकाछन् राज्यका विभिन्न अंगमा कीर्नाझैँ टाँसिएका बग्रेल्ती प्राणीहरू। राज्यसँग कुनै पनि किसिमको संकटलाई समाधान गर्ने न्यूनतम तयारीसम्म पनि देखिँदैन। यो त्यस्तो यथार्थ हो जसलाई लुकाउन चाहेर पनि लुकाउन सकिँदैन।
परन्तु, गणतन्त्रले प्रदान गरेको खुलापन र लोकतान्त्रिक यात्राले दिएको स्वतन्त्रता नभएको भए यो यथार्थ पनि देखिने थिएन। देखिएको यथार्थ अभिव्यक्त हुने थिएन। लोकतान्त्रिक गणतन्त्रको आलोक नहुँदो हो त सत्ताधारीले यस यथार्थलाई समेत छोपछाप गरिराख्थे – शताब्दीयौंसम्म छोपेकै थिए त। युगौं युगदेखि जम्मा भएको जनताको कुण्ठा हिंसात्मक क्रान्ति वा शहादतका ठूला बलिदान माग गर्ने आन्दोलनका रूपमा त्यसै विष्फोटित भएका हैनन्!
अहिले जनताले उपभोग नै गरिरहेको यो खुलापन र स्वतन्त्रतालाई अनुभूत गर्न गराउन नसक्नु, मानिसको दैनिक जीवनमा यो अनूदित हुन नसक्नु एवं सामाजिक न्याय र समृद्धिसहितको अग्रगमनका निम्ति यसको सदुपयोग हुन नसक्नुको कारण निश्चय नै हाम्रो राजनीतिक अभ्यासभित्र रहेको कमजोरी हो। यो कमजोरी सामान्य कमजोरीमात्र हैन बरु गम्भीर प्रकृतिको अशक्तता हो। तर यो कमजोरी गणतन्त्रको हैन। यो अशक्तता लोकतन्त्रको हैन। परम्परागत राजनीतिको धङधङीबाट अझै निस्कन नसकेका राजनीतिक पार्टी, तिनका नेताकार्यकर्ताको हो। तिनका कमजोरीलाई पोषण गरिरहेका राज्य संयन्त्रभित्र र बाहिरका पुरातन, थोत्रा, खिइएका, मक्किएका साधन लिएर बसेका 'पथप्रदर्शक', 'सल्लाहकार', कारिन्दा र 'शुभेच्छुक'को हो।
सुखद आश्चर्य के भने राज्य र राजनीतिको यस्तो कन्तबिजोग हुँदाहुँदै पनि यो देश अझै छिन्नभिन्न भएको भने छैन। कुनै न कुनै रूपमा जीवित रहेकोमात्रै हैन अघि बढिरहेको पनि छ। यस देशकै माटोमा उभिएर विभिन्न विधाका सर्जकहरू सिर्जना गरिरहेकै छन्। कला र साहित्यको त विष्फोट नै भइरहेको छ। र, यो देश कविहरूको, लेखकहरूको, कलाकारहरूको देशका रूपमा चिनिने बाटोमा छ। सहरका भित्तामा देखिने गरेका सुखा, अर्थहीन, कुरुप, हिंस्रक नारालाई विस्थापित गरेर नवयुवा सर्जकका जीवनोन्मुख, न्याय, सद्भाव र प्रगतिपक्षधर कला देखापर्न थालेका छन्। परदेशबाट फर्केर आएका छन् मानिसहरू र यहीँको माटोमा कुनै न कुनै इलम गरिरहेका छन्। भर्खरका किशोर किशोरी अनेक किसिमका अभावका बीचमा पनि अन्तर्राष्ट्रिय खेलमैदानबाट देशका निम्ति इज्जतको उपहार लिएर फर्किइरहेकाछन्। 'बुद्ध नेपालमा जन्मिएका थिए' जस्ता नारामात्र हैन, बिस्तारै बिस्तारै बुद्धवाणी नै मानिसका मनमा पस्न थालेका छन्। राज्यका कारण हैन, राज्यको हरिबिजोग हुँदाहुँदै पनि यति धेरै राम्रा काम भइरहेकाछन् यस देशमा। के हो त्यो दिव्य तत्व जसका कारण यो देशमा जीवनको गीत अझै सुनिइरहेको छ? सिर्जनाको नृत्य अझै देख्न पाइएको छ?
पक्कै पनि धेरै कारण होलान्। तर मलाई लाग्छ, मूल कारण भने जनताको हृदयमा रहेको विवेक हो। विवेक छोपिएको हुन्छ, ढाकिएको हुन्छ प्रायः। तर बेलाबेलामा लगभग तिलस्मी ढंगले त्यो प्रकट हुन्छ।
बाढी र पहिरोको आतंक यो देशमा नौलो हैन। कहिले अत्यन्त भयावहरूपमा त्यो प्रकट हुन्छ अनि मान्छेको रगत र आँसुले कहिल्यै नअघाउने दानवका रूपमा त्यसले ज्यादै ठूलो उत्पात मचाएर जान्छ। कहिले त्यति डरलाग्दो हुँदैन, थोरै उत्पातमै चित्त बुझाएर, थोरै रगत र आँसुबाटै तृप्त भएर जान्छ। त्यो जुनरूपमा आए पनि हरेक वर्ष बाटो थुनिन्छ कतै न कतै। त्यस्तो बेला पहिरो गएको ठाउँमा निकै लामो समयसम्म राज्यको उपस्थिति देखिँदैन। तर बाटो थुनिएको केही समयपछि नै यात्रीहरू, गाडीका चालक र खलासीहरू स्वचालित भएर स्वयंसेवीका रूपमा देखा पर्छन्। कामचलाउ बाटो बन्छ। कोही ट्राफिक पुलिसको काम गर्न थाल्छन् र कुनै किसिमले थुनिएको बाटो खुल्छ। मानिसभित्र लुकेर बसेको विवेकको प्रकटीकरणको अति सानो र सामान्य उदाहरण हो यो।
केही वर्ष यता बाढीपहिरोले यस देशमा निकै चर्को ताण्डवनृत्य देखाइरहेको छ। यसपल्ट त बगेको पहिलो आँसु सुक्न नपाउँदै आँसुका नयाँ नयाँ भेलहरू निरन्तर थपिइरहेका छन्। प्राकृतिक प्रकोपका रूपमा आएको यस दानवले अझै मानव बलि लिइरहेकै छ। अर्को दुईतिन साता मनसुन बिदा हुने छाँट छैन। अरू कति नोक्सान गर्ने हो? अझै थाहा छैन। यस्तो बेलामा अत्यन्त सजग र सक्रिय भएर सार्थक यत्नमा लाग्नुपर्ने राज्य र राजनीतिका खेलाडी यति निरीह, सस्ता, लोभी र निकम्मा देखिन थालेका छन् कि सामान्य लोकलाजको समेत यिनलाई कुनै मतलब रहेको देखिँदैन। त्यसैले यीबाट काम होला भनेर पत्याउन गाह्रो छ। संकट माथिको संकट हो यो।
तर यस्तो बेलामा पनि सानैरूपमा किन नहोस् जनताको विवेक फेरी प्रकट भएको छ – सानो बाल्टिन भित्रको स्नेहका रूपमा। अमेरिकामा सुरु भएको एएलएस भनिने स्नायु रोगविरुद्धको अभियानमा सहयोग जुटाउन सुरु भएको 'आइस बकेट च्यालेन्ज' र , भारतको हैदराबादबाट सुरु भएको 'राइस बकेट च्यालेन्ज' जस्तै नेपालका बाढीपहिरो पीडितको सहयोगका निम्ति 'बाल्टिन भरौँ (फिल द बकेट) अभियान सुरु भएकोछ। पाँच किलो चामल, एक किलो दाल, तयारी चाउचाउका दस प्याकेट, ६ बोतल पानी, पानी सफा गर्ने झोलका साना दुई सिसी, भोकाएका बेला तत्काल खान मिल्ने चकलेट बारहरू र तुरुन्तै चाहिने केही औषधि, अप्ठेरो परिस्थितिमा रहेका महिलाका निम्ति स्यानिटरी प्याड र पानी उघाउने एउटा मगजस्ता सामान्य तर उपयोगी वस्तुले भरिएको टम्म बिर्को लाग्ने बाल्टिन सक्ने जति हरेकले दान दिने र एकले अर्कालाई प्रोत्साहित गर्ने अभियान हो यो। बाढी पीडितका निम्ति सहयोगका नाममा थोत्रा लुगा र भाँडा फ्याँक्ने अथवा 'सेलिब्रटी'ले सडकमा एकछिन हिँडेर गर्ने नाटकभन्दा फरक छ यो सहयोग अभियान। सामान्य तर तत्कालका निम्ति चाहिने उपयोगी सामानमात्र सहयोग गर्ने यस अभियानको सुरुआत सामाजिक संजालका माध्यमबाट केही युवा अभियन्ताले गरेका हुन्। अर्पण श्रेष्ठजस्तै धेरै युवाबाट थालिएको यस अभियानको गति रोकिएन भने, यसले निरन्तरता पायो भने यसको प्रभाव केबल बाढीपहिरो पीडितको निम्ति सामान्य सहायतामा सीमित रहेनेछैन। जनताभित्र अन्तर्निहित तर प्रकट हुन नसकेको विवेक, करुणा, सिर्जनशीलता र देशप्रेमको नयाँ अभियानका रूप पनि लिन सक्नेछ यसले। हामी आँफैसित भएको सीमित साधन स्रोतले पनि परेका बेला स्वावलम्बी भएर आफ्ना समस्याको समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउनेछ। यसले करुणा, सहयोग, ऐक्यबद्धतामा आधारित साँचो देशप्रेमलाई हुर्काउनेछ र यस्ता सयौं नयाँ सिर्जनात्मक अभियानलाई प्रोत्साहित गर्नेछ। सानो बाल्टिनभित्रको अलिकति स्नेह हुर्किने छ, बाल्टिनमा अटाउनेछैन।
नकारात्मक सोचबाट मुक्त हुने, जनतामा अन्तर्निहित सम्भावनालाई फक्रिन दिने र साँच्चैको लोकतान्त्रिक अभ्यासमा विश्वास गर्नेका निम्ति यस्ता अभियान साँचो अर्थमा क्रान्तिका शुभारम्भ साबित हुनसक्छन् – मानिसको मन र व्यवहारलाई फेर्ने अहिंसात्मक क्रान्तिको। राज्य र परम्परागत राजनीतिको अनुहार फेर्न पनि यस्ता कामले सघाउन सक्छन्। स्नेह बाँड्ने अभियानमा हामी किन नलाग्ने?