केही महिनाअघि काठमाडौँमा ज्येष्ठ नागरिकको ससानो आन्दोलन चलेको थियो। बृद्ध भत्ता बढाउनु पर्नेलगायत विभिन्न सेवा तथा सुविधाको माग राख्दै ज्येष्ठ नागरिकको समूहले विरोधका कायक्रमसहित सिंहदरबार घेराउसमेत गर्यो।निकै लामो समयसम्म चलेको ज्येष्ठ नागरिकको आन्दोलनका क्रममा प्रहरीले ‘निषेधित क्षेत्र'मा प्रवेश गरेको भन्दै आवश्यकभन्दा बढी बल प्रयोग गर्दा बृद्धबृद्धा घाइते पनि भए।
ज्येष्ठ नागरिकको आन्दोलन असफल भयो। नेपाल सरकार उनीहरूका माग पूरा नगरी आन्दोलन मत्थर पार्न सफल भयो। उक्त आन्दोलनमा सहभागी केही बृद्धबृद्धाको त यसबेला सम्म मृत्यु पनि भइसकेको समाचार सञ्चार माध्यममा आएका थिए। सम्भवतः बाँकी ज्येष्ठ नागरिकले संगठित भएर अर्को आन्दोलन नगर्लान्!
परन्तु, ज्येष्ठ नागरिकको त्यस आन्दोलनले नेपालको एउटा अत्यन्त महत्वपूर्ण तथा संवेदनशील समस्या उजागर गरेको छ – त्यो हो सामाजिक सुरक्षाप्रति राज्यको उदासीनता।
राज्यको आधुनिक अवधारणामा राज्य र नागरिकबीचको ‘सम्झौता’को महत्वपूर्ण स्थान हुन्छ। नागरिकले आफ्नो आय वा सम्पत्ति तथा व्यक्तिका रूपमा अभ्यास गर्नसक्ने केही स्वतन्त्रता र अधिकारमध्ये केही आफूबाट झिकेर राज्यलाई बुझाउँछन्। यसको बदलामा राज्यले उनीहरूका लागि अत्यावश्यक आधारभूत सेवासुविधा र सुरक्षा प्रदान गर्छ।
सार्वभौम राष्ट्रका रूपमा स्थापनाको झन्डै तीन शताब्दी पार गर्न लाग्दा नेपालको राज्य आफ्ना नागरिकलाई आधारभूत सेवासुविधा तथा सुरक्षाको प्रवाहमा लगभग असफल प्रमाणित भएको छ। सर्वसाधारण जनतामा पनि सामाजिक सुरक्षाका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ भन्ने भावना ह्रास हुँदैगएको छ। यसलाई दुर्भाग्यपूर्ण मान्नुपर्छ।
कुनै पनि समृद्ध मुलुकलाई झट्ट हेर्दा त्यहाँका गगनचुम्बी महल, चिल्ला र चौडा सडक, आधुनिक रेल सेवा, ठूला एअरपोर्ट, कलकारखाना देखिन्छन्। सतहमा देखिने यही तस्बिरका आधारमा धेरैले भौतिक पूर्वाधारलाई समृद्धिको आधार मान्ने गरेका छन्। तर, समृद्ध मुलुकको समग्र संरचनालाई गहिरिएर नियाल्ने हो भने अर्को अलग परिवेश पनि देख्न सकिन्छ – त्यो हो शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको सुनिश्चिततामा राज्यको जिम्मेवारी। हरेक समृद्ध राष्ट्रमा नागरिकलाई राज्यले गुणस्तरीय शिक्षा र स्वास्थ्य तथा रोजगारी र सुरक्षाको प्रत्याभूति गरिदिएको हुन्छ। अनि त्यसैको जगमा आर्थिक तथा भौतिक समृद्धि उभिएको हुन्छ।
आर्थिक वृद्धि र लगानी प्रबर्धनको प्रसङ्ग चल्दा नेपालमा उद्योगधन्दा वा कलकारखानाको चर्चा बढी हुन्छ। तर, जनता र तिनको सामाजिक जीवनमा लगानी गर्नुपर्ने आवश्यकतामा चासो राख्ने कमै भेटिन्छन्। राज्यले पनि सामाजिक सुरक्षाको विषयलाई समृद्धिको माध्यमका रूपमा हेर्नुको साटो बाध्यता ठानेर हेर्ने गरेको पाइन्छ।
राज्यबाट सर्वसाधारणले अपेक्षा गर्ने सबैभन्दा महत्वपूर्ण सेवा हो स्वास्थ्य। सुलभ तथा गुणस्तरीय उपचार हरेक मानिसको प्राथमिक आवश्यकताको विषय हो। स्वास्थ्य उपचार स्वाभाविकरूपमा महँगो पर्ने र त्यसमा पनि ठूला तथा असाध्य रोगको उपचार निकै खर्चिलो हुने हुनाले स्वास्थ्य सेवालाई आजभोलि नागरिकको मौलिक हकका रूपमा परिभाषित गरिन्छ। जुनसुकै आर्थिक अवस्थाको नागरिकले पनि रोग लागेको अवस्थामा उचित उपचारको सुविधा राज्यबाट प्राप्त गर्न सक्नुपर्छ।
नेपालमा राज्य आफ्ना नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्या्उन लगभग असफल रहेको छ। सीमित प्राथमिक स्वास्थ्य सेवाबाहेक अन्य रोगको उपचारको अत्यन्त ठूलो भार नागरिक स्वयंले बेहोर्नुपर्छ। स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चित हुनसकेको छैन। आर्थिक सामर्थ्य नहुनेहरू ठूला रोग लाग्दा उपचारको अभावमा ज्यान गुमाउन बाध्य छन्। राज्य यस समस्यामा हालसम्म खासै गम्भीर देखिएको छैन।
शिक्षा नागरिकको अर्को प्रमुख अधिकार एवं आवश्यकता हो र सामाजिक सुरक्षाको अर्को क्षेत्र। प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म गुणस्तरीय शिक्षा उपलब्ध गराउन नीति निर्माणदेखि कार्यान्वयन तहसम्म राज्यको प्रमुख भूमिका हुन्छ। गुणस्तरीय र सुलभ शिक्षा समतामूलक समाजको स्थापनाको प्रमुख आधार पनि हो।
नेपालमा भने राज्य यस भूमिकामा पनि असफल रहेको छ। शिक्षाको अवसर सबैलाई समानरूपमा पुर्यायउने दायित्व राज्यले निर्वाह गर्नसकेको छैन। सरकारद्वारा सञ्चालित प्राथमिकदेखि विश्वविद्यालय तहसम्मका अधिकांश शिक्षण संस्था गुणस्तरहीन र अनुपयोगी छन्। निजी क्षेत्रलाई आवश्यक सुपरिवेक्षण गर्ने जिम्मेवारीमा पनि राज्य कमजोर छ। उच्च वर्गका आर्थिक हैसियत हुनेहरू देशभित्रै वा विदेशमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सफल छन्। निम्न वर्गका मानिसले गुणस्तरहीन सरकारी शिक्षण संस्थाको भर पर्नुपर्ने स्थिति छ। शिक्षामाथिको असमान पहुँचले समाजको वर्ग विभाजन र वर्गीय असमानतालाई झनै चर्कोे बनाइरहेको छ।
रोजगारीको अवसर सिर्जना गर्ने दायित्व पनि राज्यको हो। विश्वका समृद्ध भनिएका राष्ट्रमा हरेक सरकार वा नेतृत्वको क्षमता उसले सिर्जना गर्ने रोजगारीका अवसरबाट मापन हुन्छ। बेरोजगार जनसंख्या हरेक राज्यका लागि लज्जा वा ग्लानिको विषय मानिन्छ। रोजगारी सामाजिक सुरक्षाको अर्को महत्वपूर्ण कडी हो।
रोजगारीका अवसरको तीव्र अभाव तथा बेरोजगार जनसंख्याको डरलाग्दो आकार नेपालको अर्को विशेषता बनेको छ। कृषि, उद्योगधन्धा तथा सेवामूलक व्यवसायको प्रवर्धन तथा व्यवसायीकरणमा राज्य उदासीन भएका कारण रोजगारीका अवसरहरू साँघुरिएका हुन्। राज्यले लगानीअनुकुल वा सर्वसाधारणको सीप र क्षमतामा आधारित व्यापार व्यवसाय प्रबर्धनका लागि वातावरण बनाउन सकेको छैन। परिणामस्वरूप, ऊर्जाशील तथा क्षमतावान युवा रोजगारीको खोजीमा अन्य देशमा पलायन हुन बाध्य छन्।
शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता जनचासोका विषयबाहेक समाजका तुलनात्मकरूपमा कमजोर र सीमान्तीकृत वर्ग तथा समूहका लागि पनि विशेष प्रकारका सामाजिक सुरक्षा प्रत्याभूति गरिनुपर्छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तीकृत समूह आदिका लागि विशेष सुविधा वा सहुलियत आवश्यक हुन्छ। यस क्षेत्रमा भएका केही प्रबन्ध पनि अपर्याप्त छन्।
धेरै जना सामाजिक सुरक्षाका लागि राज्यसँग थप वा विशेष आर्थिक स्रोत हुनु आवश्यक हुन्छ भन्ने ठान्छन्। यस मान्यतालाई सही मान्न सकिन्न। राज्यले सकारात्मक चासो र सक्रियता देखाउने हो भने उपलब्ध साधनस्रोतको उचित परिचालनबाट पनि सामाजिक सुरक्षालाई थप सुदृढ र सुलभ बनाउन सकिन्छ। उदाहरणका लागि सुशासनका माध्यमले शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रमा सरकारले गर्ने खर्चलाई व्यवस्थित र पारदर्शी बनाउने हो भने अहिले उपलब्ध साधनस्रोत पनि पर्याप्त हुनसक्छ। सुशासनको सुनिश्चितताका लागि संरचनागत तथा नीतिगत सुधार वा पुनर्संरचना आवश्यक हुन्छ।
सामाजिक न्याय र समता सुनिश्चित गर्ने प्रमुख माध्यम सामाजिक सुरक्षा हो। शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरको सुनिश्चितताबिना विभेद र असमानताका संरचना भत्किँदै जाने अपेक्षा गर्न सकिँदैन।
सामाजिक सुरक्षा र समृद्धिमध्ये कुन पहिला आउँछ वा आउनुपर्छ भन्ने बहसको विषय होला – तर विकास वा समृद्धिको आधार सामाजिक सुरक्षा हो भन्नेमा भने कुनै दुविधा राख्नु पर्दैन। नेपालको अविकासको कारक आर्थिक वृद्धि दरमा देखिने गिरावट वा व्यापार घाटा होइन बरु नागरिकको क्षमताको सदुपयोग र तिनले प्राप्त गर्ने अवसरको कमी हो। नागरिकलाई सशक्तीकरण गर्ने दायित्वमा राज्य क्रमशः असफल हुँदैजाँदा नेपालको अविकासको तीव्रता झन्झन् बढ्दै गएको हो।
नेपालमा विकासको बहसले विशेष महत्व पाउँदै जाँदा ठूला भौतिक पूर्वाधारमा जोड दिने क्रम बढेको छ। तर, ठूला भौतिक पूर्वाधारको लगानीभन्दा सर्वसाधारण जनतामा गरिने लगानी दिगो विकास र समृद्धिको बलियो एवं भरपर्दो आधार हो। ठूला र सुविधासम्पन्न भौतिक पूर्वाधार सबल समाजको जगमा उभिएमा तिनबाट प्राप्त प्रतिफल दिगो हुन्छ।