निरीह र निकम्मा सरकारलाई जति नै गाली गरे पनि यथार्थ के हो भने बाढी र पहिरोले त्रस्त विपदाग्रस्त क्षेत्रमा सबैभन्दा पहिले पुग्ने सरकारी निकाय नै हुन्छन्।नेपाली सेनाको उद्धार क्षमतामा प्रश्न उठाउन सकिन्छ। प्रहरीको तदारुकतासम्बन्धी नकारात्मक टिप्पणी पनि सबै अनुचित छैनन्। प्रशासनिक संयन्त्रको कार्यशैली विश्वास जगाउने खालको छैन। नेपालका प्राविधिक विशेषज्ञ अनुसन्धानभन्दा पनि यजमानी प्रवृत्तिबाट उत्प्रेरित रहने गरेको आक्षेपलाई आधारहीन भन्न मिल्दैन। त्यति हुँदाहुँदै पनि प्राकृतिक प्रकोपपछिको उद्धार, पुनर्स्थापन र पुनर्निर्माण एवं पुनर्जागरणजस्ता जिम्मेवारी निर्वाह गर्नसक्ने सबैभन्दा प्रभावकारी अभिकर्ता अहिले पनि सरकार नै हो। जोसँग धेरै अपेक्षा गरिन्छ त्यससँग उति नै बढी आक्रोशित हुनु सायद स्वाभाविक प्रतिक्रिया हो।
आपतविपतका बेला नाफा क्षेत्रका कारोबारीले मौकामा चौका हान्छन् भन्ने धारणा पनि अनुभव आधारित नै हो। धितो राख्न नसक्ने विपन्नले गाउँका साहुलाई सबैभन्दा बढी ब्याज तिर्छन्। पहिरो गएको वा पुल भत्किएको ठाउँमा सडकका व्यापारीले आफ्नो सामानको मोल दोब्बर चौबर पुर्याुउँछन्। माओवादी सशस्त्र द्वन्द्वका बेला सुरक्षा निकायका अधिकारी बढी बदनाम भए। कमाइ भने आपूर्तिकर्ताहरूको पनि कत्ति कम थिएन। नाफा क्षेत्रले सबैभन्दा कम समयमा सबैभन्दा बढी कमाइ गरेको अवधि सम्भवतः सशस्त्र द्वन्द्व काल नै हो। र, त्यो विश्व प्रकृतिसँग मिल्दोजुल्दो छ। युद्धजस्तो नाफामूलक व्यवसाय संसारमा अरू कुनै छैन।
अर्थशास्त्रको व्याख्यामा उत्पादनको तरिका बदलिएपछि सामाजिक शक्ति सन्तुलनको समीकरण फेरिन्छ। व्यवस्थित कृषिले निर्वाहमा आधारित अपेक्षाकृत समतामूलक समाजलाई पुरुष र योद्धा वर्चस्वको सामन्तवादमा प्रतिष्ठापित गरिदियो। पुँजीको सञ्चय, कृषि श्रमिकको विस्थापन एवं फुर्सदिला सम्पन्न परिवारको अग्रसरताले औद्योगीकरणको प्रक्रिया सुरु भयो। र, पुँजीवादको प्रादुर्भाव भयो। नाफाको निश्चितता एवं जोखिम न्यूनीकरण गर्ने उपाय खोज्दै जाँदा संगठित पुँजीवादको उदय भयो। यस्तै प्रक्रियाहरू बारे नेपालका वामपन्थीहरू विगत आधा शताब्दीदेखि बहस गर्दैछन्। तिनको ताजा निर्क्योल के हो भने नेपाली समाज अर्धउपनिवेशवाद र अर्धसामन्तवादबाट पुँजीवादको चरणमा प्रवेश गरिसकेको छ। विशद व्याख्या र बहसपछि पृथ्वी चेप्टो नभएर गोलोगोलो नै रहेको सहमतिमा पुग्नुसमेत सामान्य कम्युनिस्टका लागि ठूलै कुरा हो। नभए त्यही बहस अझै केही दशक चल्न पनि सक्थ्यो। निष्कर्षविहीन पनि हुनसक्थ्यो।
कम्युनिस्टहरूले हालसालै पत्ता लगाएको भए पनि नेपाल खाल्टोको मल्लकालीन सम्पन्नता सामन्तवादको नभएर पुँजीवादकै सृष्टि थियो। वणिक सभ्यतालाई गोर्खालीहरूले तहसनहस गरे पनि जंगबहादुरको उदयपछि बट्टा पुँजीवाद (कमिसन क्यापिटलिज्म) व्यवस्थित हुनपुग्यो। पश्चिमाहरूको युद्धका लागि ‘बलिया खुट्टा, कसिला पाखुरा र होँचो कद’का युवा आपूर्ति गर्ने राणा शासक आफ्ना कालखण्डका एकाधिकार प्राप्त ‘म्यानपावर एजेन्ट’ नै त थिए। विप्रेषण धुत्न राणाशाहीले प्रवर्धन गरेको खेलौना र आभूषण व्यापारबाट लाभान्वित हुने समूहले लगानी भने विदेशमा गरेर पुँजी पलायनको प्रवृत्ति पनि धेरै पहिले नै संस्थागत गरेका हुन्।
द्वितीय विश्वयुद्धसम्म आइपुग्दा नेपालको बट्टा पुँजीवाद क्रमशः दस्यु पुँजीवादमा रूपान्तरित हुन लागिसकेको थियो। मधेसमा जंगलको सरपट फँडानी, सार्वजनिक जग्गाको मनपरी निजीकरण एवं भन्सार, बजारअड्डा तथा मालपोतका ठेकेदारको ज्यादतीमा आधारित सम्पन्नता एकातिर र उपभोक्ता व्यापारको एकाधिकार विक्रीमार्फत् कमाइएको सम्पत्ति अर्कोतिरबाट आउन थालेपछि लुटेरा मालिकहरूको समूह नै खडा भयो। सामन्तजस्ता देखिए पनि राणाकालीन सम्भ्रान्त बढी बट्टा र लुटका व्यापारी थिए।
परजीवी पुँजीवाद
नेपालमा समाजवादको प्रयोग शैशवावस्थामै निष्त्रि्कय भयो। अठार महिने पहिलो जनतान्त्रिक सरकारका कुनै पनि अर्थराजनीतिक कार्यक्रमले कार्यान्वयन देख्न पाउन। शाही सैनिक ‘कु’पछि राजा महेन्द्रले लागु गरेका कार्यनीतिरूपमा जनहितकारीजस्ता देखिए पनि सारमा भूमिसुधारजस्ता कार्यक्रम तानाशाहीका जरा बलयो बनाउन प्रयोग गरिएका थिए। कृषिको आय औद्योगीकरणमा लगानी हुनसक्ने कुनै सम्भावना नरहेपछि राज्य सञ्चालनको मुख्य आर्थिक आधार एकातिर सार्वजनिक जमिनको राज्यकरण एवं अर्कातिर वनजंगलको फँडानी हुँदैगयो। शीतयुद्धले गर्दा वैदेशिक सहयोग पनि उल्लेख्य स्रोतका रूपमा देखा पर्योँ।
परजीवी पुँजीवादको सुदृढीकरण भने जनमत संग्रहपछिको विश्व परिस्थितिले गर्दा सम्भव भएको हुनुपर्छ। अफगानिस्तानमा सोभियत संघलाई थला पार्ने अभियानले गर्दा विकास अनुदान क्रमशः ऋण बन्न थालिसकेको थियो। ठेक्कापट्टाको दलाली आकर्षक आम्दानीको स्रोत बन्दै थियो। जंगल फँडानी अझै फाइदाजनक नै थियो। आयातको अनुमति र निर्यातको एकाधिकारमार्फत् सानो सम्भ्रान्त जमातले राजनीतिमा रुचि राख्न सुरु गरिसकेको थियो। बढ्दो आकांक्षा एवं अपेक्षाकृत सीमित स्रोतले गर्दा अपराधको राजनीतिकरण क्रमशः सन् ’८० को दशकको अन्त्यसम्म स्थापित भइसकेको थियो।
सोभियत संघको विघटन एवं गोर्वाचेव प्रवृत्तिले राजनीति तथा अपराधबीचको सीमा रेखा क्रमशः मेटिँदै गयो। राजनीतिको अपराधीकरण प्रक्रियालाई खुला नामको स्वच्छन्द बजारले सहज बनाइदियो। गुन्डा पुँजीवाद, गिरोह बजार, कार्टेल, सिन्डिकेट, दादागिरी, भाइगिरी, संरक्षित अपराधजस्ता शब्दावलीले आर्थिक स्वतन्त्रतालाई कुण्ठित गरे पनि ‘खुला बजार’ का नाउँमा यस्ता सबै गतिविधि पाच्य हुँदैगए। अधिकांश पूर्व समाजवादी मुलुकका अर्बपतिले आफ्नो सम्पत्ति सिर्जनात्मकता, जोखिम, लगानी, प्रविधि वा व्यवस्थापन कौशलभन्दा पनि जल, जंगल, जमिन एवं प्राकृतिक सम्पदाको अनियमित दोहन तथा राज्यका पदाधिकारीसँगको ‘अन्तरंग’ सम्बन्धबाट जम्मा गरेका हुन्।
प्राकृतिक स्रोत एवं साधन अपेक्षाकृत कम, अविकसित वा बढी लगानी चाहिने किसिमका देशमा भने मानव तस्करी, पसिना पसल र देह व्यापारजस्ता कारोबार आर्थिक आर्जनका माध्यम बन्दैजानुको विकल्प रहेन। विप्रेषण प्रवाहले निकृष्ट गरिबी कम गरे पनि लगानी योग्य वातावरण बन्न दिँदैन। युवा जनशक्ति पलायन हुने परिस्थिति रहुन्जेल औद्योगीकरण सम्भव पनि हुँदैन। त्यसको साटो खाद्य एवं सौन्दर्य सामग्रीको आयात एवं शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत आवश्यकताका क्षेत्र नाफामूलक लगानीका क्षेत्र बन्दै गए। जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने यस्ता व्यापार राज्यको संरक्षणबिना फस्टाउन सत्तै्कनन्। अपराधको राजनीतिकरणबाट ‘विकसित’ भएर राजनीतिको अपराधीकरण मूलतः सन् ’९० को दशकको मध्यपछि व्यापक बन्दै गएको हो। शसस्त्र द्वन्द्वले त्यस क्रमलाई नियन्त्रणको साटो मलजल नै गरेको राज्य निरीह भएर हो।
राजनीतिको अपराधीकरणले वैदेशिक हस्तक्षेप अपरिहार्य बनाउँछ। अपराधीहरूले राज्यको संरक्षणमात्र हैन सरकार बनाउने र भत्काउने क्रियाकलाप गर्न थालेपछि शक्ति राष्ट्रहरू चुप लागेर बस्न सत्तै्कनन्। एउटाको हस्तक्षेपले प्रतिद्वन्द्वीको सक्रियता निम्त्याउने दुर्भाग्य सुरु हुन्छ। विदेशी शक्तिको खेल मैदान भने आन्तरिक शक्तिले सम्याउने गर्छन्। गएको दशकमा धेरथोर भएको त्यही हो।
निरीह राजनीति
परजीवी पुँजीवादमा आश्रित उपभोक्ता बिस्तारै राजनीति निरपेक्ष बन्दै जाने रहेछन्। अधिकार खोज्नुको साटो काम पट्याउने प्रवृत्ति बलियो भएपछि लेनदेन स्वाभाविक लाग्नसक्छ। कार्टेल एवं सिन्डिकेटजस्ता गिरोहबन्दी ज्यादती स्वीकार्य बन्दै जान्छ। र, मतदाताले पनि प्रतिनिधिको साटो संरक्षणकर्ता वा आश्रयदाता खोज्न थाल्छन्। भ्रष्टाचार नियमित आवश्यकताका रूपमा स्थापित हुन्छ भने अपराधीको ‘सेवा शुल्क’ले आक्रोशको साटो समर्पणभाव जन्माउँछ। मतदाताको प्राथमिकता पनि वर्तमान केन्द्रित बन्छ। संविधानभन्दा विकासका सम्भावना आकर्षक लाग्न थाल्छन्। पहिलो संविधान सभामा राजनीतिको प्रभुत्व थियो। संविधान सभाको दोस्रो संस्करणमा प्रतिस्पर्धात्मक स्वार्थहरूको बोलवाला देखिन सक्छ। त्यसैले सायद, सहमतिको नभएर सम्झौताको संविधान बन्ने सम्भावना बढी छ।
सम्झौताको संविधानको विशेषता नै के हो भने त्यो बलियो पक्षको स्वार्थअनुसार लेखिन्छ। सन् १९९० को संविधान जनआन्दोलनकारी शक्तिको चाहनाअनुसार लेखिएको थियो। कालान्तरमा सेना एवं दरबारियाले त्यस सम्झौताको आफूखुसी व्याख्या गर्न सुरु गरे। संविधान कागजको खोस्टोमा परिणत भयो। त्यस्तो अवस्था आउन नदिन हतार नगरी सम्भाव्य सम्झौतालाई सहमति उन्मुख तुल्याउने संवेदनशीलता एवं धैर्य देखाउन सक्नुपर्छ। दसैंतिहार बिदाको मौका पारेर हतारमा फालिएको सम्झौताको सम्यौदा संविधानले तत्कालका लागि राहत त दिन्छ। राजनीतिक उपभोक्ताका लागि सायद स्वीकार्य पनि होला। द्वन्द्वको भूमि भने यथावत् रहनेछ। सहमतिको खोजीमा राज्यको अग्रसरता र प्रभावकारिता अपरिहार्य हुन्छ। त्यो देखिएन भने सर्वोच्च कानुन पनि कारोबारीहरूको रुचि, स्वार्थ एवं इच्छाअनुसार तयार हुनेछ। तिनको अपेक्षा पूरा भएन भने संविधानलाई नै असंवैधानिक घोषणा गर्ने निकायको छनोट पनि हुनसक्छ।
असहज लागे पनि यथार्थ के हो भने अर्थराजनीतिक बनोटभन्दा धेरै फरक राजनीतिक व्यवस्था संस्थागत गर्न सहज हुँदैन। र, नेपालको अर्थराजनीति यथास्थितिवादीको पूर्ण नियन्त्रणमा छ।