प्रकोप बाजा बजाएर आउँदैन
०४ भदौ २०७१
•
१४ मिनेट पाठ
प्रकोप बाजा बजाएर आउँदैन
आज भदौ ५ अर्थात् उदयपुरको मुकुर्ची केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको २६औं स्मृति दिवस। ६.५ मापनको त्यो भुइँचालोले १६० किलोमिटर टाढाको काठमाडौं उपत्यकालाई समेत बेस्सरी हल्लाएको थियो।भक्तपुरमा त भौतिक र मानवीय क्षति नै भएको थियो। केन्द्रबिन्दुनजिकको धरान सहर करिब–करिब खण्डहर बनेको थियो। मुलुकभर अनुभव गरिएको भूकम्पमा ७ सय २१ को ज्यान गएको थियो भने ६ हजार ५ सयभन्दा बढी घाइते भएका थिए। २०४५ सालको त्यो भूकम्प विसं १९९० को भुइँचालोपछि नेपाल केन्द्रबिन्दु बनाएका मध्येकै ठूलो हो– भूकम्पन शक्ति र क्षति दुवै हिसाबले। अहिले मुलुक बाढी र पहिरोको चपेटामा छ। त्यसलाई पन्छाएर उहिलेको भूकम्पको चर्चा गर्न यहाँ किन खोजियो त? त्यसका खास कारण छन् ।
एउटै भूकम्पले बाढीपहिरोको तुलनामा कैयौं गुणा बढी धनजन क्षति पुर्याोउन सक्छ। भूकम्प आफैंले पुर्यापउने क्षति एकठाउँमा छ, यसैका कारण पहिरो जाने, हिमताल फुटेर नदीहरूमा अचानक बाढी आउने र पहिरोले नदी थुनिनेलगायत अनेक प्रकोपका खतरा निम्तिन सक्छ। भूकम्पको धक्का ठूलो क्षेत्रमा फैलने र व्यापक क्षति गर्ने प्रकृतिको हुन्छ। भूकम्प खबर गरेर आउँदैन। प्रत्येक वर्ष खबर गरेजस्तै गरी आउने बाढीपहिरोको विपद नै सम्हाल्न सक्ने अवस्थामा छैनौं हामी।
अहिलेकै अनुभव भन्छ, मुलुकका केही जिल्लामा आएको बाढीपहिरोको विपद व्यवस्थापन गर्नै हामीलाई हम्मेहम्मे परिरहेको छ। साउन १७ गते सिन्धुपाल्चोक मांखा–राम्चेमा आएको पहिरोले सुनकोसी थुनियो। यसरी जमेको करिब ८० लाख क्युबिक मिटर पानीमध्ये जसोतसो नदीमा माथिबाट बगेर आएको जति पानी निकास हुन थालेको छ। तीन साताको सरकारी प्रयासबाट स्पष्ट भयो– पहिरोको सबै पानी निखार्न हामी सक्तैनौं। मुलुकमा भएसम्मका सबै साधन, स्रोत र सरकारी प्रतिबद्धताबीच पहिरोले बनाएको तालबाट पानी निकाल्न सकिएको छैन। घटना भएलगत्तैदेखि सक्रिय नेपाली सेना पहिरोका बाँध भत्काउँदा–भत्काउँदा हैरान भएको छ। पहिरोले थुपारेको करिब ६० लाख क्युबिक मिटर अनुमानित ढुंगामाटो पन्छाएर नदीलाई पहिलेकै अवस्थामा ल्याउने ल्याकत प्राविधिक र स्रोतसाधनका हिसाबले नेपालसँग छैन। प्राविधिकहरू करिब ४७ मिटर अग्लो पहिरोको बाँधलाई १७ मिटरसम्म घटाउने र बाँकी करिब ३० मिटर त्यत्तिकै छाडेर तलाउ बनाउने कोरा प्रस्ताव पेस गर्दैछन्। प्रकृतिको बज्रप्रहारको उपचार गर्न नसकेपछि त्यसैमा नयाँ–नयाँ सोच चिन्तन गर्नु हाम्रो नियति हो। मांखा पहिरोको चर्चा सेलाउन नपाउँदै साउन २९ देखि परेको पानीले नेपालको मध्यपश्चिम क्षेत्रमा बाढीको प्रकोप सुरु भयो। सुर्खेत, बर्दिया, बाँके, दाङमा बाढीले गरेको तहसनहसले ठूलो संख्याको जनसंख्या आहत भएको छ। राहत र उद्धारमा सरकार सक्रिय भएको वक्तव्य जारी भइरहेका छन्। सेना, प्रहरी र गृह मन्त्रालयको विपद व्यवस्थापन समिति दौडधुपमै देखिन्छन्। आकाशमा हेलिकप्टर फन्का मारिरहेका छन्। 
मानवीय क्षतिका पीडा–व्यथाले पत्रपत्रिकाका पाना भरिएका छन्। टेलिभिजनका स्त्रि्कनमा प्रकोपको अचानोमा परेकाहरूको आँसु बगिरहेको देखिन्छ। आफन्त गुमाएका, थातथलो बगाउन बाध्य ठूलो संख्याका पीडित राहतको प्रतीक्षामा छन्। कस्तो विडम्बना! पीडितको आँतले राहत महसुस गर्न भने अझै पाएको छैन। यहीबेला राजनीतिक नेतृत्व मिटिङमा व्यस्त छ। संसदका कामकारबाही प्रकोपपीडितका नाममा स्थगित छन्। प्रधानमन्त्री सुशील कोइराला आफ्नो नेतृत्वमा गठित उच्चस्तरीय बाढीपीडित राहत, उद्धार र पुनर्स्थापन समितिको काम र कार्यक्षेत्र तोक्दैछन्। देखिन्छ– सबै लागिपरेका छन्। सबै प्रयासका बाबजुद मध्यपश्चिमका प्रकोप क्षेत्रमा सरकारको उपस्थिति अनुभव हुन सकेको छैन।
अर्कोतर्फ महोत्तरी र सर्लाहीको सिमानामा बग्ने रातु खोलाको पुल वर्षाकै बीच भासियो। खोलामा बाढी आएको समयमा पुल भासिनुका पछाडि पुलनजिकबाट अत्यधिक ढुंगागिट्टी निकालिनु हो भनिँदैछ। पूर्व–पश्चिम राजमार्ग खण्डको यो पुल भासिएपछि आवागमनमा अवरोध आएका छन्। पुल भासिएको साता गइसक्दा पनि यातायात सुचारू हुन सकेको छैन। सरकार डाइभर्सन बनाउन नसक्नुको आरोप निरन्तरको वर्षालाई लगाउँदैछ। रातु खोलाको ढुंगागिट्टी उच्चस्तरीय मानिन्छ, सडक निर्माणका लागि। हुनसक्छ, त्यसैले त्यहाँ असीमित दोहन हुन पुग्यो। मापदण्ड मिचेर ठूलो परिमाणमा ढुंगा, गिट्टी निकालियो। परिणाम– पुल भास्सियो। कति आम्दानी भयो ढुंगा, गिट्टी निकालेर, सरकारी कोषमा कति रकम जम्मा भयो, हिसाबकिताब हुँदै गर्ला। एउटा सिंगो पुल, आवागमनमा परेको व्यावधानलगायत सामाजिक आर्थिक क्षतिको मूल्यांकन तत्काल सम्भव हुँदैन, त्यसको पनि आँकलन हुँदै जाला। मांखा पहिरो, बर्दिया, सुर्खेत, दाङ र बाँकेको बाढी, रातु पुल भासिनुजस्ता आला घटनामा हाम्रो प्रकोप व्यवस्थापन क्षमता राम्ररी प्रदर्शन भइरहेछन्। प्रकोप व्यवस्थापनमा हामी कति कमजोर छौं भन्ने घटनाक्रमले छर्लंग पार्दैछन्। प्राकृतिक प्रकोपको भयावह सामना गर्न दीर्घकालीन नीति, स्रोत र साधन आवश्यक हुन्छ। अहिलेसम्म हामीले त्यस्तो दीर्घकालीन नीति अख्तियार गर्न सकिरहेका छैनौं। 
बाढीपहिरो जस्ता प्रकोप नेपालको नियति नै हो। प्रत्येक वर्ष कहीँ न कहीँ प्रकोपको पीडा थोपरिइरहेको हुन्छ। तीस वर्षयताको सरकारी आँकडाअनुसार प्रत्येक वर्ष औसत २८० नेपालीको बाढीपहिरोमा ज्यान जाने गरेको छ। यो वर्ष मात्र बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ४ सय नाघिसकेको छ। वर्षेनि बाढीपहिरोजन्य प्रकोप बढ्दैछन्। घटनालगत्तै सरकार राहत र उद्धारका काममा सक्रिय हुने गरेको देखिन्छ। तर प्रकोप व्यवस्थापनमा गर्नुपर्ने धेरै काम हामीले गरेका छैनौं। बाढी र पहिरोका प्रकोप सामना गर्न नसक्ने हामीले ठूलाखाले भूकम्प आए भने के गर्न सक्छौं? बाढीपहिरोले वर्षेनि भइरहेको ठूलो धनजनको क्षतिबाट हामीले पाठ सिक्न सकेका छैनौं। यसले हामी जोखिममा छौं र ज्यान गुमाउन तयार छौं भन्ने संकेत गर्छ।
प्राकृतिक प्रकोप न्यूनीकरण र नियन्त्रण गर्नेबारे दुई दशकयता प्रशस्त छलफल भएका छन्। कागजमा धेरै काम पनि भएका हुन्। तर योजनामा वर्षेनि बाढीपहिरोझैं काम बग्छन्। त्यसको प्रमाण भूकम्प प्रतिरोधात्मक भवन निर्माणसंहिता नै हेर्न सकिन्छ, दुई दशकदेखि चर्चामा रहेको संहिता अहिलेसम्म राम्ररी लागू हुन सकेन। जलउत्पन्न प्रकोप नियन्त्रण विभागले तराईको बाढीका लागि केही काम गरिरहेको भए पनि पहिरोमा उल्लेखनीय काम गरेको देखिँदैन। विभागमा विज्ञ छन्, प्रविधि विकास गरिएको छ तर पुग्दो बजेट छैन। सरकारकै अर्को निकाय खानी विभागले मुलुकका विभिन्न क्षेत्रको प्रकोप नक्सा तयार गरेको छ। त्यो पनि लागू हुन सकेको छैन। विभागका भित्तामा जताततै प्रकोप नक्सा टाँसिएका छन्, स्थानीय तहमा त्यसको कार्यान्वयन पुग्न सकेको देखिँदैन। जनस्तरमा प्रकोपका जोखिमबारे जानकारी दिने र जोखिमयुक्त स्थानबाट बस्ती हटाएर सुरक्षित स्थानमा सार्ने संयन्त्र र कार्यक्रमको त सोच नै बन्न सकेन।
वर्षेनि बाढीपहिरोबाट हुने क्षति र भूकम्पबाट हुनसक्ने खतरा सामना गर्न गर्न सकिने, नगरिनहुने थुप्रै काम छन्। पहिलो त, मुलुकभरको प्रकोप नक्सा बनाउनुपर्योर। हामीसँग त्यस्तो नक्सा बनाउन सक्ने प्रविधि र जनशक्ति पनि छ। जिल्ला विकास समिति आफैँले १०, १५ लाख खर्चेर जिल्लागत प्रकोप नक्सा बनाउन सक्छन्। तर, हामीसँग प्रकोप नक्सा बनिसकेका स्थानमा पनि त्यसको कार्यान्वयन गर्ने तयारी छैन। हामी जोखिम मोल्दै ज्यान फाल्न तयार छौं। प्रकोप नक्साले गाउँका कुन पाखामा, कताबाट कुलो खन्ने, पानी कता छाड्ने, घर, आवास कता बनाउने र कस्ता खाले बोटबिरुवा र बालिनाली लगाउनेजस्ता सूचना दिन्छ। तराईका मैदानमा बाढीले बगाउन सक्ने, डुबानमा पर्ने स्थान औंल्याइदिन्छ। कहाँ, कस्ताखाले भौतिक निर्माण गर्ने भन्ने पूर्वजानकारीका लागि प्रकोप नक्सा सहयोगी बन्न सक्छ। खानी विभागले नेपालका कतिपय सहरको प्रकोप नक्सा बनाएको छ। घडेरी किन्दा र घर बनाउँदा प्रकोप नक्सालाई आधार मान्ने चलन बसाल्न सकिए मात्र पनि प्रकोपमा धेरै हदसम्म जोगिन सकिन्छ।
नेपाल काँचो हिमालयको देश हो। यसको अर्थ हामी प्रकोपसँग जुधेर बस्नुपर्ने भूखण्डमा छौं। करिब २ हजार ४ सय लामो हिमालय शृंखलामध्ये नेपालमा मात्र ८ सय किलोमिटर पर्छ। उच्च हिमालय, महाभारत शृंखला र चुरे पहाड तथा तराईको मैदानसम्म केही क्षेत्रलाई भूगर्भशास्त्रीहरूले हिमालय पर्वतमालाको उत्पत्ति र विकासँगैका करोडौं वर्षदेखिका एक अर्काबीच अन्तरसम्बन्धिता भूतह मान्छन्। हिमालय क्षेत्र अहिले पनि सक्रिय र उचालिने क्रममा छ। यसकारण यो कमजोर छ। पृथ्वीका भूतहमा भइरहेको भौगर्भिक हलचलले कलिला पहाड चलायमान छन्। भिरालोपन र छोटो समयमा अत्यधिक वर्षा हाम्रो मौसमी विशेषता नै हो। त्यसैले डाँडापाखामा पहिरोको खतरा सधैं निम्तिइरहन्छ। तिनै डाँडापाखाबाट तराईमा झर्ने खोलानालाले बाढीको भयावह अवस्था निम्त्याउँछन्। हाम्रो नियति हो– हामी बाढी, पहिरो र भूकम्पको उच्च जोखिममा छौं। हाम्रो आवश्यकता हो– त्यसबाट बच्ने र बाँच्ने। त्यसैअनुसारका नीति बनाऔं, कार्यान्वयन गरौं। प्रकोप बाजा बजाएर आउँदैन, तर बेलैमा तयारी गरे यसबाट जोगिन असम्भव पनि छैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस