यसपटक बाढीपहिरो पीडितको न्यूनतम मानवीय आवश्यकता सम्बोधन गर्नसमेत सरकार असफल भएको छ। फलस्वरूप, सरकारप्रति पीडितका साथै समाजको अरू पक्षमा पनि आक्रोश बढेको हो।जुरेको पहिरोपछिको निस्पृहता हेर्दा सरकारी संयन्त्र औपचारिकतामा सीमित रहन रुचाउनेे देखिन्छ। सरकारी अधिकारीमा मानवीय विपत्ति सम्बोधन गर्न आवश्यक ज्ञान, तत्परता र संवेदनशीलताको अभाव देखिएको छ। यस्तो मानवीय विपत्तिका बेला पनि सरकारको राजनीतिक नेतृत्वमा पूर्वक्रियाशीलता र संवेदनशीलता देखिएन। प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन गर्नसमेत विपक्षले संसद् अवरुद्ध गर्ने धम्की दिनुपर्छ। काठमाडौंबाट हेलिकोप्टर लिएर बाढी पीडित क्षेत्रमा पुगेका गृह मन्त्री प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएर फर्कन्छन्। यस्तो सुस्त र संवेदनहीन कार्यशैलीबाट मानवीय विपत्तिको सम्बोधन हुनसत्तै्कन।
बाढीपहिरो पीडितको उद्धार र पुनःस्थापना कार्य प्राथमिकता निर्धारण गरी मानवीय दृष्टिकोणबाट कार्यसञ्चालन गर्नुपर्छ। पीडितको ज्यान जोगाउन हरसम्भव उपाय अपनाउनुपर्छ। त्यसपछि पीडितका लागि खाने कुरा, बस्ने ठाउँ र लगाउने लुगाको व्यवस्था तत्काल गरिहाल्नुपर्छ। यससँगै स्वच्छ खाने पानी र संक्रामक रोग फैलन नदिन औषधि एवं सरसफाइको व्यवस्था गर्नुपर्छ। पीडितमध्ये पनि बालबालिका, गर्भवती, सुत्केरी, बूढापाका बढी जोखिममा हुन्छन्। तिनको आवश्यकतालाई पहिले सम्बोधन गर्नुपर्छ। पीडित र उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीलगायत कोही पनि भोकै बस्नु नपर्ने बन्दोबस्त गर्नुपर्छ। उद्धारका लागि आवश्यक सामग्री र जनशक्ति स्थानीयस्तरमा उपलब्ध नभए केन्द्रबाट तत्काल व्यवस्था गर्नुपर्छ। उद्धारको पहिलो चरणमा मूलतः सुरक्षाकर्मी परिचालन गरिन्छ। दोस्रो चरणमा हुने पुनःस्थापनामा सरकारी र गैरसरकारी संघसंस्थाको भूमिका बढाउँदै जानुपर्छ। प्राकृतिक प्रकोपबाट भएको क्षतिको मूल्यांकन, पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन योजना निर्माण तेस्रो चरणको काम हो। सरकार भने पहिलो र दोस्रो चरणकै काममा समेत अलमलमा परेको देखियो। तत्कालको मानवीय आवश्यकता पूरा गर्न उच्च स्तरीय समितिजस्तो औपचारिक संयन्त्र खासै उपयोगी हुनसत्तै्कन।
उद्धारको पहिलो चरणमा सुरक्षाकर्मीसँगै प्राकृतिक प्रकोप व्यवस्थापन सीप भएका संस्था र जनशक्ति परिचालन गर्न सकिन्छ। विशेषगरी खाद्य वस्तु, बस्ने ठाउँ, लुगाफाटा र पानी तथा औषधिको आपूर्ति र वितरणमा यस्ता संस्था र स्वयंसेवीको सहयोग महत्वपूर्ण हुनसक्छ। चिकित्सकहरूको टोली प्रकोप पीडित क्षेत्रमा खटाउनुपर्छ। यसका लागि सरकारसँग आवश्यक साधनस्रोत र जनशक्तिको अभाव भएमा सामाजिक संघसंस्थालाई संलग्न गराउनुपर्छ। विगतमा ठूला विपत्तिका समयमा नेपाल रेडक्रस सोसाइटी उद्धार र पुनःस्थापनामा अग्रपंक्तिमा सक्रिय र संलग्न हुन्थ्यो। यस्तै, नेपालमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू मानवीय उद्धार र पुनःस्थापनामा दक्ष र अनुभवी छन्। सरकारले समाज कल्याण परिषद्मार्फत् त्यस्ता संस्थालाई परिचालन गरेमा धेरै छिटो र सजिलै सबै क्षेत्रमा सहायता पुर्याषउन सकिनेछ। सरकारले संकेत गर्नेबित्तिकै यस्तो अवस्थामा गैरसरकारी सामाजिक संघसंस्थाहरू पनि स्वतःस्फूर्तरूपमा अग्रसर हुनेछन्। उद्धार र पुनःस्थापनामा गैरसरकारी संस्थाहरू प्रभावकारी हुनसक्छन्।
पुनःनिर्माणको योजना तर्जुमाका लागि राष्ट्रिय योजना आयोगलाई सक्रिय बनाइहाल्नुपर्छ। उद्धार सकिनेबित्तिकै पुनःस्थापना र त्यसको लगत्तै पुनःनिर्माणको कार्य थाल्न सके पीडितहरू पनि धेरै आक्रोशित हुनेछैनन्। सरकारले विपत्ति पीडितप्रति दायित्व मनन गरेर मानवीय संवेदनशीलता देखाओस् र अहिलेको संवेदनहीन औपचारिक सुस्ती छाडोस्। विपत्तिका बेलामा त सरकारले राज्यका सबै साधनस्रोत र जनशक्ति परिचालन गर्ने अग्रसरता र सुझबुझ पो देखाउनुपर्छ।