मोदीको भ्रमणको सन्देश
०२ भदौ २०७१
•
१५ मिनेट पाठ
मोदीको भ्रमणको सन्देश
सन् १९९७ मा भारतीय प्रधान मन्त्री आइके गुजरालको नेपाल भ्रमणको १७ वर्षपछि सम्पन्न भएको भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको औपचारिक नेपाल भ्रमण नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा धेरै सकारात्मक सन्देश छाड्न सफल भएको छ।यसको पुनरावलोकन र लेखाजोखा गरिहाल्ने समय त भएको छैन तर नेपाल आफ्नो तर्फबाट सम्पूर्ण रूपमा तयार भएर कुशलताका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। भ्रमणको अवसरमा सम्पन्न भएका विभिन्न समझदारी र सहमतिहरु कार्यान्वयनको पाटोमा नेपाल सजग र सतर्क भएर आफ्नो कुशलता देखाउनुपर्दछ। भ्रमणको दौरानमा सम्पन्न हुने भनिएको विद्युत् विकास सम्झौता (पिडिए) र विद्युत् व्यापार सम्झौता (पिटिए) नेपाली पक्षको तयारी र अपूरो गृहकार्यका कारण सम्पन्न हुन सकेन। त्यसलाई छाडेर मोदीको ३० घण्टा लामो नेपाल बसाईमा मोदीले गरेका अभिव्यक्तिहरुले सिङ्गो नेपाल र यहाँको सञ्चार माध्यमहरुलाई मोदीमय बनाउन भने सफल भयो । नेपालको संसदमा सम्बोधन गर्ने पहिलो सरकार प्रमुख बन्ने सौभाग्य भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले पाए। सम्बोधनको क्रममा उनले नेपाल र नेपाली जनता र सभासद्हरुको मन जित्ने प्रयास गरे।
नेपालको राजनीतिमा भारतीय कर्मचारीतन्त्र र एजेन्सी स्तरमा भएका र हुने गरेका चलखेललाई मोदीको यो भ्रमणले गौण तुल्याउने काम गरेको छ। स्वयं भारतीय प्रधान मन्त्री मोदीले नेपालका प्रधान मन्त्री सुशील कोइरालासँग कुराकानी गर्दा ‘हामीबीच कुनै समस्या र असमझदारी भए राजनीतिक तहमा नै छलफल गरेर त्यसलाई टुङ्गयाउँ र समाधान निकालौँ' भनेबाट के स्पष्ट हुन्छ भने उनी नेपाल र भारतबीचको सम्बन्ध अब राजनीतिक स्तरमा स्थापित र विकास गराउने नयाँ युगको थालनी गर्न चाहन्छन्। तर यसमा उनलाई भारतीय परम्परागत संस्थापन पक्ष, कर्मचारी संयन्त्र, एजेन्सीहरु र कर्पोरेट हाउसहरुले कत्तिको साथ र सहयोग रहन्छ त्यो हामीले नेपालमा बसेर आंकलन र अनुमान गर्ने विषय भएन। तर जे होस् मोदीले नेपाल भारतको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको पाइयो। र, नेपाल बसाईको क्रममा उनीले भारतबिरुद्ध रहेका यदाकदा मनसपटल र सोचहरुलाई भारतीय समर्थक र शुभेच्छुकरूपमा परिणत गर्ने प्रयास भने राम्रसँग गरेको देखियो। यसले पनि नेपाल भारत सम्बन्धमा यो भ्रमणले नयाँ उचाइ र आयाम थप्ने काम गरेको देखिन्छ। 
भारतीय प्रधान मन्त्री मोदीको नेपाल भ्रमण र अझ संसदमा उनले गरेको सम्बोधन भाषणबाट के स्पष्ट भएको छ भने भारत नेपालमा गणतन्त्रको संस्थागत विकास भएको हेर्न चाहन्छ र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण कार्यमा ऊ नेपाललाई जस्तोसुकै सहयोग र समर्थन गर्न तयार छ। यसबाट के बुझ्न जरुरी छ भने भारत कहिल्यै पनि नेपालमा निरकुंशता र दक्षिणपन्थी प्रतिगमनको पक्षमा जाने छैन। यो शाश्वत सत्यको विपरित नेपालमा दक्षिणपन्थी तप्काले भारतको समर्थनलाई आफूअनुकूल व्याख्या गर्ने र गराउने कोसिस गरेको थियो। मोदीको नेपाल भ्रमणले यो कुरा घामजत्तिकै स्पष्ट पारेको छ अबको नेपाल राजनीतिक स्थिरतापूर्ण गणतन्त्र नेपाल हुनेछ। आर्थिक समृद्धिपूर्ण गणतन्त्र नेपाल हुनेछ।
विकासप्रेमी, संसदीय मूल्य र मान्यताको कट्टर अनुयायी र छिमेकी मित्रराष्ट्रहरुसँग सदा सौहार्द्र र मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुपर्छ भन्ने मान्यताका नेता हुनुहँुदोरहेछ मोदी। नेपाली भाषामै सम्बोधन गरेर मोदीले नेपालीको मन जित्ने काममात्र गर्नुभएन यदाकदा हिन्दी बोलेर संसदलाई अवमूल्यन गर्न खोज्ने केही व्यक्तिहरुलाई समेत गतिलो जवाफ दिनुभएको छ। नरेन्द्र मोदीले नेपाललाई केही उल्लेखनीय विकासमूलक र उपलब्धिमूलक प्याकेजहरुको घोषणासमेत गर्नुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता र पूर्ण समर्थन, १ खर्बको सफ्ट लोन नेपाललाई उपलब्ध गराउने घोषणा, नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्तिको कोटामा वृद्धि, बुद्ध नेपालमै जन्मेकै हुन् भन्ने भन्ने तथ्य संसदसमक्ष व्यक्त गरेका छन्। सार्क स्याटेलाइट स्थापनाको घोषणा एवं १ वर्षभित्र पञ्चेश्वर परियोजनाको काम थाल्ने कुराको घोषणाले पनि मोदीको नेपाल भ्रमण दुई देशबीच राजनीतिक तहमा सम्बन्ध सुमधुर पार्न सफल रहेको छ। नेपालको विकास निर्माणमा एउटा असल छिमेकीको नाताले सहयोग र सहकार्य गर्ने अठोट व्यक्त गरेर नेपाल र नेपाली जनताको मन जित्ने प्रयास गरेका छन्। नेपालको जलस्रोत, पर्यटन, आयुर्वेद विज्ञानको क्षेत्रमा प्रत्यक्ष सहयोग गर्ने इच्छा व्यक्त गरेर नेपाल र नेपाली जनताको सामाजिक र आर्थिक रूपान्तरणमा मोदीले नयाँ ढंगले आफू र भारत सरकारको तर्फबाट सम्बन्धको उचाइमा नयाँ इँटा थप्ने प्रयास गरेका छन्।
तर भारतीय संस्थापन पक्ष, कर्मचारी संयन्त्र र कर्पोरेट हाउसहरुसँग नेपालको संस्थापन पक्ष, कर्मचारी संयन्त्र र यहाँका कर्पोरेट हाउसका प्रतिनिधिहरु वार्ता र छलफलको टेबलमा आफ्नो धारणा, दृष्टिकोण र उद्देश्य कुशलसाथ स्पष्टसँग राख्न सक्छन् कि सक्दैनन्? यतिबेला गम्भीर चासोको विषय भने यही बनेको छ। सधैँ भारतलाई हेर्ने उग्रदक्षिणपन्थी र उग्रवामपन्थी नकरात्मक दृष्टिकोण एकातिर छ भने अर्कोतर्फ नवीन र व्यापक सोचाइ र तयारी र कार्यकुशलताको कमी रहेको प्रशासन संयन्त्र हामीसँग रहेको हो कि भन्ने अनुमान र शङ्का सर्वत्र गरिएको छ। भारतर्फ ३ महिनाअगाडि पठाएको पिडिए र पिटिए सम्झौतासम्बन्धी प्रस्तावलाई सुरुमा नै छलफलमा नल्याई पछिल्लो समय हतार–हतार छलफलमा ल्याएर नेपालको ऊर्जा मन्त्रालयले यो अनुमान र शङ्का पुष्टि गर्ने थप आधार प्रदान गरिदिएको छ। अब ४५ दिनभित्र गर्नुपर्ने पिडिए र पिटिएसम्बन्धी सम्झौतालाई ठोस र सार्थकरूपमा तयार पार्ने काम हामीले हाम्रो तर्फबाट गर्नु आवश्यक छ। यसका लागि ऊर्जा मन्त्रालयले सक्षम र क्षमतावानरूपमा पारदर्शी र राजनीतिक सहमतिका साथ गृहकार्यको थालनी गर्नुपर्ने देखिन्छ। संकीर्ण सोचाइ र मानसिकताबाट अब आधुनिक र समुन्नत विश्वको एउटा सशक्त हिस्सेदार नेपाल बन्न सक्दैन भन्ने तथ्यलाई यहाँका राजनीतिक दल, नेताहरु र प्रशासन संयन्त्रले राम्रोसँग बुझ्नु जरुरी भएको छ।

यस अलावा भारतीय प्रधान मन्त्री मोदीले उल्लेख्य र विशेषरूपमा ६ हजार ७ सय २० मेगावाट क्षमता भएको बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्य परियोजना निर्माण प्रक्रिया अगाडि बढाउने एमओयुमा हस्ताक्षर गरेर नेपाल र भारतबीच महाकाली सन्धि सम्पन्न भएको १९ वर्षपछि पञ्चेश्वर परियोजनामार्फत नेपाल र नेपाली जनताको आशा र उत्साह जगाउने काम भएको छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई सार्थकताका साथ अगाडि बढाउन हामीले धेरै ठूलो मेहनत र प्रयास गर्नुपर्ने देखिन्छ। नेपाली जनताले बिर्सिसकेको पञ्चेश्वर परियोजनालाई सबभन्दा पहिला यसको आवश्यकता र औचित्यबारे जनताको मानसपटललाई तयार पार्नु आवश्यक देखिन्छ।

के हो पञ्चेश्वर परियोजना? 
नेपाल–भारत सीमामा रहेको महाकाली नदीको पानी थुनेर बैतडीको पञ्चेश्वरमा निर्माण गरिने बाँधसहितको आयोजना नै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना हो। परियोजना सम्पन्न गर्न करिब आठ वर्ष लाग्ने अनुमान छ। परियोजनाको सबैभन्दा ठूलो संरचना पञ्चेश्वर गाविसको रोलघाटमा निर्माण हुने ३ सय १५ मिटरको उचाइ र ८ सय ६० मिटर लम्बाइको चट्टानी बाँध हो। आयोजनास्थलमा महाकाली नदीका दुवैतर्फ ६ हजार ४ सय ८० मेगावाट क्षमताका भूमिगत जलविद्युत् गृह निर्माण हुनेछन्। त्यसबाहेक नेपाल–भारत सम्झौताअनुसार त्यहाँबाट २५ किमी दक्षिणको रूपालीगाडमा रि–रेगुलेटिङ बाँध बनाइनेछ जसबाट २ सय ४० मेगावाट अतिरिक्त बिजुली उत्पादन हुनेछ। आयोजनाबाट नेपालको ९३ हजार हेक्टर भूभागमा सिँचाइ सुविधा पुग्नेछ भने भारतको १६ लाख हेक्टरमा सिँचाइ सुविधा पुग्ने स्पष्ट अनुमान गरिएको छ। यही परियोजना निर्माणका लागि मोदीले आफ्नो नेपाल भ्रमणको क्रममा आइस ब्रेक गर्ने काम गरेका छन्। परियोजना निर्माणका लागि प्राधिकरण गठन गर्ने समझदारीपत्रमा नेपाल र भारतको तर्फबाट हस्ताक्षर गर्ने काम सम्पन्न भएको छ। 
नेपालमा बेला–बेलामा अन्धराष्ट्रवादको कामज्वरोहरु केही तप्कामा आउने गर्छ जसले नेपाल र भारतको सम्बन्धलाई समेत नकारात्मक प्रभाव पार्न खोज्छ भने नेपाललाई सदा पछाडि धकेल्ने काममात्र भएको पाइन्छ। अब यो अन्धराष्ट्रवादको कामज्वरोबाट सबै दलका नेता मुक्त हुन आवश्यक छ। आफ्नो राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई वार्ताको टेबुलमा बसेर निरूपण गरिनुपर्छ। कूटनीतिक माध्यमबाट समाधान खोजिनुपर्छ। मञ्चमा भाषण गरेर सञ्चार माध्यममा अभिव्यक्ति दिएरमात्र राष्ट्रिय स्वार्थको संरक्षण र सम्बर्द्धन हुन सक्दैन।
भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समग्र पक्षलाई विश्लेषण गर्दा हामीले पनि आफ्नो मुलुकलाई शान्ति र स्थिरताको जगमा आर्थिक समृद्धितर्फ तीव्र गतिमा अगाडि बढाउनुपर्ने देखिन्छ। यसका लागि भारत सार्वभौमसत्ता सम्पन्न हाम्रो नेपाललाई कुनै प्रकारको सहयोग र समर्थन गर्न तयार छ भन्ने सन्देश यो भ्रमणले दिएको पाईन्छ। हामीले पनि यो भ्रमणलाई विगतका राजनीतिक आग्रह र पूर्वाग्राहबाट माथि उठेर भारतसँग नयाँ सिराबाट सहयोगको आदान–प्रदान गर्दै आफ्नो देश नेपाललाई आधुनिक समुन्नत बनाउन लाग्नुपर्ने देखिन्छ। यसका लागि यहाँका राजनीतिक दलहरुको काँधमा नै प्रमुख दायित्व र जिम्मेवारी आएको छ। अब अरुलाई दोष लगाएर पन्छन मिल्दैन र आफ्नो देशको विकास आफैँले गर्नुपर्छ। आफ्नो समृद्धिमा आफैँ परिश्रमपूर्ण क्रियाशीलतामा लाग्नुपर्छ। यसबाट नै आगामी पुस्तालाई हामीले सुन्दर, शान्त, आधुनिक र समुन्नत नेपाल जिम्मा लगाउन सक्छौं र लगाउनुपर्छ।

सहप्रवक्ता, राप्रपा
अर्को समाचार
मोदी भ्रमणको सन्देश
२८ वैशाख २०७५
•
७ मिनेट पाठ
मोदी भ्रमणको सन्देश
जनकपुर- पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण हुँदा उनको तारिफमा शब्दको पुल नै निर्माण भएको थियो। समाजिक सञ्जालदेखि राजनीतिक बजारलाई मोदीको चर्चाले छप्पकै छोपेको थियो। चार वर्षपछि शुक्रबार मोदी रुट परिवर्तन गर्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अवतरण हुँदा ठूलो संख्यमा उपस्थित नागरिकले मोदी मोदी भन्दै स्वागत गरे । औपचारिक स्वागत एयरपोर्ट पुगेर प्रदेश मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए।

मधेस र काठमाडौंबीच संविधान तथा संघीय सीमांकनलाई लिएर विगतमा देखिएको तिक्तताको औपचारिक बैठान भैसकेको छैन। यहि तिक्तता मेटाएर संविधानलाई सर्वस्वीकार्य बनाउने आशयको बिचार मोदीले राख्दै आएका थियो।

प्रधानमन्त्री भएपछि पहिलो पटक मोदी १८ साउन ०७१ मा नेपाल भ्रमणमा आएका थिए । त्यो बेला उनको एकहोरो तारिफमा समाजिक सञ्जालका भित्ता र राजनीतिक बजार रंगीएको थियो । तर, तेस्रो पटक उनी जनकपुरबाट नेपाल भ्रमणमा सुरु गर्दा बिचार बिभाजित भएको छ। समाजिक सञ्जाल र नेपाली राजनीतिको बजारमा मधुरै भएपनि उनीमाथी नकारात्मक टिप्पणी भैरहेको छ । कारण हो ०७२ सालको तेस्रो मधेस आन्दोलन र करिब चार महिने नाकाबन्दी । मधेस आन्दोलनमाथी सरकार क्रुर बनेपछि आन्दोलनकारी पक्ष सीमा अवरोध पारेर नाकाबन्दी गरेको एकथरीको तर्क छ । अर्कोथरीको बिचारमाले नाकाबन्दी भारतले अर्थात भारत सरकारले लगाएको तर्क गर्दै आएका छन्। मधेस आन्दोलनको उपज नाकाबन्दीलाई लिएर भएको बिचारको धुब्रीकरण आवरणमा सेलाएको जस्तो देखिएपनि भित्रभित्रै अझै यसको रापताप बाँकी छ । जुन अहिले समाजिक सञ्जाल देखि विचारकै रुपमा बाहिर छताछुल्ल भएको छ, हुँदै छ।

१७ वर्षपछि भारतीय प्रधानमन्त्रीको रुपमा मोदीले १८ साउन २०७१ मा गरेको पहिलो ‘राजकीय भ्रमण’ को चार महिना पछि १० मंसिर २०७१ मा दोस्रो पटक १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन पुनः काठमाडौंमा अवतरण भए। चार वर्षपछि नेपालका प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा तेस्रो पटक शुक्रबार मोदी नेपाल भ्रमणमा आए। मोदीको पहिले र अहिलेको भ्रमणको क्रममा नेपाली मन र मुड भने भिन्न देखिन्छ।

मधेस र काठमाडौंबीच संविधान तथा संघीय सीमांकनलाई लिएर विगतमा देखिएको तिक्तताको औपचारिक बैठान भैसकेको छैन। यहि तिक्तता मेटाएर संविधानलाई सर्वस्वीकार्य बनाउने आशयको बिचार मोदीले राख्दै आएका थियो। शुक्रबार जनकपुर ओर्लेर मोदी बाह्रबिघा मैदानको रंगभूमी मैदानमा नागरिक सम्बोधन गर्दै  नेपालीजनको मनमा रंग भर्ने भरपुर कोशिस गरे । प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आफुले सवा सयकरोड नेपालीको तर्फबाट सवेक्षा प्रकट गरेको उनले पटक पटक दोहोर्याए। उनले प्रधानमन्त्री ओलीको नाराको तारिफ मात्र गरेनन् । ओलीलाई आफुसँग दाजेर विकासप्रती भिजन भएको नेताको रुपमा प्रशंसा समेत गरे। मोदीको अभिव्यक्तिबाट नेपालमा बिग्रिएको भारतको छवि सुधार्ने र नेपालसँगको सम्बन्धलाई पुरानै उचाइमा पुर्याउने मनसाय झल्केको छ । मोदीको नेपाल भ्रमण जनकपुरबाट प्रारम्भ गर्नुको सन्देश दिल्लीको नेपाल–प्राथमिकतामा मधेस मुद्दा अर्थात दिल्लीको ‘मधेस कार्ड’ हाल ओझेल परे पनि बेवास्तामा परेको छैन् भन्ने पुष्टि भएको छ । मोदीले भने,‘जो मानिस मित्रको दु:खमा दुखी हुदैन उनलाई खेख्दा मात्र पनि पाप लाग्छ ।’ मोदीले  मिथिलाको तुलसीले भारतको आँगनमा पवित्रता फैलाईरहेको उल्लेख गर्दै भने,‘राजनीति कुटनीति बदलरिहन्छ, ‘रामसिया’ को सम्बन्ध अजर अमर रहन्छ।

राजननीतिज्ञ खुशीलाल मण्डलले जनकपुरबाट भएको मोदीको नेपाल भ्रमणबारे टिप्पणी गर्दै भने,‘ नेपाल–भारतको सम्बन्धमा राजनीतिले त्तिक्तता पैदा गरेपनि संस्कार र संस्कृतीको रंगले मिठास फैलाएको छ।’

मधेस–भारतको सम्बन्ध समाजिक भएकोले दिल्ली अर्थात भारत सरकारले चाहेर पनि तोड्न नसक्ने उनको भनाई छ। दुबै देशका सरकार बदलिरहन्छ तर समाज र संस्कार ज्यूँका त्यूँ अडिरहन्छ । उनले भने,‘राजनीतिमा परिवर्तन भएपनि समाजीक गठजोरमा परिवर्तन हुन्न।’ आसन्न मोदी भ्रमणलाई नेपालीहरुले सम्बन्ध सुधार्ने अवसरको रुपमा लिनुपर्ने उनको तर्क छ । ‘संस्कार, संस्कृतीले समाजलाई जोड्छ मोदी धार्मीक भ्रमण मार्फत सम्बन्ध सुधारको सन्देश बोकेर आउँदै छन्’उनले भने,‘मधेस, पहाड हिमाल सबै ठाउँका नागरिकले यो भ्रमणलाई सद्भावपूर्ण रुपमा लिनुपर्छ ।’ घृणा बढाएर होईन प्रेम फैलाएर समाजीक सद्भाव र दुईदेशीय सम्बन्धमा मिठास बढाउने अवसरको रुपमा मोदी भ्रमणलाई लिनुपर्ने राजनीतिज्ञ मण्डलको भनाई छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस