दिल्ली दौड
२६ कार्तिक २०६६
•
९ मिनेट पाठ
दिल्ली दौड
सबै दलका नेता आशीर्वाद माग्न आफूकहाँ लस्कर लाग्न थालेपछि नेपाली राजनीतिमा दिल्लीको हस्तक्षेप बढ्नु स्वाभाविकै हो

सेनापति प्रकरणबाट सुरु राजनीतिक गतिरोध झन् जटिल हुँदैछ। माओवादीको जारी सदन अवरोधले कात्तिक चौथो साता भइसक्ता पनि बजेट पारित भएको छैन। बजेट पारित नहुँदा विकास-निर्माण अवरुद्ध हुँदैछ भने कर्मचारी, सेना, प्रहरी र शिक्षकले मंसिरदेखि तलबसमेत पाउने छैनन्। माओवादी र कांग्रेस-एमालेको अर्घेल्याइँले मुलुक गम्भीर संकटमा पर्दैछ, तर तीनवटै दल गम्भीर छैनन्। यी दलका नेता र प्रधानमन्त्री हेर्दा लाग्छ, मुलुकमा केही भएकै छैन।
मुलुक ठप्प पार्न माओवादी दुइटा मोर्चामा नाटक गर्दैछ। सदनमा वेल घेराउको नाटक मञ्चन गर्दैछ भने स्थानीय निकाय धर्ना, नाकाबन्दी र सिंहदरबार घेराउका नाउँमा सडकमा नाचगान गरिरहेछ। राजनीतिक गतिरोधले सदनमात्र होइन, संविधान निर्माण र शान्ति प्रक्रियासमेत अवरुद्ध छ। संविधानअनुसार अबको साँढे छ महिनामै नयाँ संविधान जारी गरिसक्नुपर्छ। तर समयमै संविधान बन्ने सम्भावना समाप्त प्रायः भएको छ। त्यसले झन् ठूलो संकट निम्त्याउनेछ। शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो माओवादी सेनाको समायोजन नभई संविधान निर्माण कार्य पूरा हुन सक्तैन। प्रमुख दलहरूबीचको अविश्वासले सेना समायोजनमा सिन्को भाँच्न सकिएको छैन। मुलुक गम्भीर दुर्घटनामा पर्न लागिसक्ता पनि नेताहरू 'घुम्ने मेचमाथिका अन्धो मान्छे' भइरहेका छन्।
समस्या सेनापतिसम्बन्धमा राष्ट्रपतिले चालेको कदमले उब्जाएको हो। माओवादी आफ्नो नेतृत्वको सरकारले हटाएका तत्कालीन सेनापति कटवाललाई राष्ट्रपतिले पुनर्बहाली गराएर संविधान मिचे भन्दै सच्याउनुपर्छ भनिरहेको छ। कांग्रेस-एमाले राष्ट्रपतिले कुनै कदम चालेको नभई सेनापति प्रकरणमा माओवादीको गल्ती २२ दलको आग्रहमा सच्याएको दाबी गरिरहेका छन्। कटवालको अवकाससँगै सेनापति प्रकरण अन्त्य हुनुपर्ने हो, तर भुसको आगो झैं फैलिरहेको छ। सुरुमा समस्या राष्ट्रपतिको कदमबारेमा सदनमा छलफल गराउनुपर्छ र गराउनुहुँदैन भन्ने थियो। तीन दलबीच वार्ता हुँदाहुँदै माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन नभई सहमति हुँदैन भन्ने सर्त अघि सारेपछि समस्या जटिल भएको हो। त्यसपछि तीन दलबीच राम्ररी वार्तासमेत हुन सकेको छैन। न सत्ता हाँकिरहेका एमाले-कांग्रेसले गम्भीरतापूर्वक वार्ताका लागि पहल गरेका छन्, न ठूलो दल माओवादीले नै। समस्या समाधानप्रति तीनवटै दलले देखाएको उदासीनताले उनीहरू संविधान निर्माण र शान्ति प्रक्रियाप्रति गम्भीर छैनन् भन्ने प्रमाणित भएको छ। ठूला दलका नेता गम्भीर हुँदा हुन् त संविधान समयमै निर्माण हुन नसक्ने स्थिति उत्पन्न हुँदा पिरोलिनुपर्ने हो।
समस्या स्वदेशमा छ, तर नेताहरू दिल्लीमा समाधान खोज्ने प्रयास गरिरहेका छन्। नेताहरूको दौड हेर्दा लाग्छ, नेपाली राजनीतिको मक्कामदिना दिल्ली हो, मुलुकको राजनीतिक गतिरोध समाधानको अचूक औषधि त्यहीँ छ, त्यही लिन नेताहरूले धाएका हुन्। सुरुमा जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापा दिल्लीका सबैजसो नेताका खोपी चहारेर फर्किए। उनी फर्कन नपाउँदै कांग्रेस नेता शेरबहादुर देउवा दिल्ली गएर खुसामद गरे। पछिल्ला दिनमा दुई दलका नेताले एकैचोटि दिल्ली दौडाहा गरेको रोचक दृश्यसमेत देखियो। एकै दिन दिल्ली गएका एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवको फर्कने दिनसमेत एउटै थियो। पूर्व घोषित छदिने भ्रमणमा खनालले धेरै याचना गर्दा पनि भारतीय प्रधानमन्त्री मनमोहन सिंहसित भेट्न पाएनन्। अपमानबोध गर्दै स्वदेश फर्कन होटल छाड्न लागेका बेला खनालले सिंहसित भेट्न पाउने संकेत आएपछि भ्रमण दुई दिन लम्याए। भारतीय प्रधानमन्त्रीलाई भेट्नुलाई नेपाली नेताहरू ठूलो सफलता मान्छन्। त्यही भेटबाट खनाल फुरुंग भएर स्वदेश फर्केका छन्। मुलुक जटिल समस्यामा भएका बेला नेताहरूले दिल्ली दौडाहा गरेको र एउटा जिम्मेवार दलका नेताले भारतीय प्रधानमन्त्रीलाई भेट्नकै लागि दुई दिन भ्रमण लम्याएको देख्दा जुनसुकै स्वभिमानी नेपालीको हृदयमा चोट पुगेको छ। भारतमा खनाल र यादवले आआफ्ना लागि आशीर्वाद मागे कि माओवादी नेतृत्वको सरकारका लागि, त्यो त खुल्न बाँकी छ। 'विदेशी प्रभु' बाट हस्तक्षेप भयो भन्दै प्रधानमन्त्रीबाट राजिनामा दिएका माओवादी अध्यक्ष दाहालसमेत दिल्लीको आशिर्वाद थाप्ने दिनको प्रतीक्षामा छन्। चीन भ्रमणबाट फर्कनासाथ दाहालले भारतीय राजदूत राकेश सुदलाई भेटेर आफूलाई भारत भ्रमण मिलाइदिन आग्रह गरे। सुदको प्रयासपछि दाहालले दिल्लीबाट भ्रमण गर्न पाउने शुभ संकेत पाएको चर्चा छ, तर साइत जुर्न बाँकी छ।
विदेशी प्रभुको सबभन्दा चर्को विरोध गर्ने माओवादीले नै दिल्लीको आशिर्वाद खोज्न लागेको देख्दा सबै आश्चर्यमा परेका छन्। 'नेपालको राजनीतिमा दिल्लीको हस्तक्षेप छ, उसको आशीर्वाद नपाई प्रधानमन्त्री हुन सकिंदैन' भन्नेसमेत गरिन्छ। यसमा त्यति धेरै दम त नहोला तर सबै दलका नेता आशीर्वाद पाउन दिल्लीमा लस्कर लाग्न थालेपछि नेपाली राजनीतिमा उसको हस्तक्षेप बढ्नु स्वाभाविकै हो।
दिल्ली दौड नेपाली राजनीतिमा अभिशाप बनेको छ। त्यसलाई जतिसक्तो चाँडो अन्त्य गर्नैपर्छ। दलहरू मिल्ने हो भने त्यो सम्भव छ। माओवादी, कांग्रेस, एमाले र मधेशी दल एउटै टेबुलमा बस्ने हो भने समाधान यहीँ निस्कन्छ। दलहरू एकजुट हुने हो भने कुनै पनि देशले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने आँट गर्नै सक्तैन। मुलुकको समस्या समाधान गर्न मित्र राष्ट्रहरूको सद्भाव र समर्थन माग्नुलाई स्वाभाविक मान्न सकिन्छ, तर नेताहरूमा सत्तामा पुग्न या स्वदेशको समस्या समाधान खोज्न विदेशको आशीर्वाद र सहयोग माग्ने प्रवृत्तिलेे भने मुलुकको राजनीतिमा पराइको हस्तक्षेप बढ्दै जानेछ।
अर्को समाचार
दाहालको दिल्ली दौड (भिडियो)
२५ भदौ २०७५
•
५ मिनेट पाठ
दाहालको दिल्ली दौड (भिडियो)
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पुरा गर्दै आइतबार काठमाडौं उत्रिए। दिल्ली बसाईको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।

आइतबार स्वदेश फर्कँदै गर्दा उनले त्रिभुवन विमानस्थलमा यस प्रकारको उच्चस्तरीय भेटघाट कमै हुने भन्दै प्रतिक्रिया दिए। उनको 'वडि ल्यांग्वेज'ले पनि भ्रमण र त्यसको उपलब्धिमा उनी सन्तुष्ट छन् भने देखाउँथ्यो। दाहालले विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंह र कम्युनिष्ट पार्टीका नेताहरुलाई समेत भेटेर भ्रमण सन्तुलन राख्ने प्रयास गरे। कतिपयले दाहालको भ्रमणलाई 'शक्ति आर्जन' को समेत संज्ञा दिएका छन्। तर नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल भने यसलाई अस्वीकार गर्छन्। नागरिक न्यूजको संवादमा बोल्दै उनले शक्ति आर्जन गर्न छिमेक धाउन नपर्ने बताए। तर दाहालको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकटतमहरु झस्किएको देखिन्छ। दाहाल भारत भ्रमण लगत्तै चीन जाने कार्यक्रम छ। दाहाल सचिवालयका अनुसार उनी असोज १ गते चीन जाने कार्यक्रम छ। अन्यकुरा यथावत रहेमा दाहालले भारत भ्रमण गरेको हप्तादिन भित्रै उत्तरी छिमेकमा समेत उच्चस्तरीय भेट गर्नेछन्।

भारत भ्रमणमा कुनै राजनीतिक एजेण्डा नभएको बताए पनि नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका प्रतिबद्धता स्मरण गराउन मात्र दाहालले चार दिन दिल्लीमा पक्कै विताएनन्। उनले प्रधानमन्त्री ओलीले अघि सारेको  'खुशी नेपाली सम्वृद्व नेपाल’ को नारालाई समेत अन्तरक्रिया कार्यक्रममा पटक पटक उच्चारण गरेर ओलीलाई समेत सन्तुलनमा राख्ने प्रयास गरे। 

भारत भ्रमणबाट फर्किएको भोलीपल्ट सोमबार दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटर पुगे। उनीहरुले त्यहाँ भ्रमणको समिक्षा गरेको भन्दै दाहालको नीजि वेभसाइटमा समाचार प्रकाशन भयो। त्यहाँ भनिएको छ, ' नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको समिक्षा भएको छ। आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको बैठकमा यस्तो समिक्षा भएको हो।'

नेपालको राजनीतिक वृतमा केही न केही गरिरहने नेताको रुपमा दाहालको छवी छ। उनी राजनीतिकमा शान्तरुपले बस्दैनन्। तर पार्टी एकतापछि प्राय: मौन देखिएका दाहाल एक्कासी सक्रिय भएका छन्। त्यो पनि दुई छिमिकीको भ्रमणसँगै।

पार्टीका तल्ला कमिटीहरुको समायोजन हुन सकिरहेको छैन। जिल्ला तहमा पनि एकतापछिको समायोजनमा विवाद देखिएको छ। पूर्व माओवादीलाई पाखा लगाउन खोजिएको भन्दै माओवादी वृत्तमा असन्तुष्टि छ। जनवर्गीय संगठनहरुको समायोजनले पनि पूर्णता पाएको छैन। यही समय दाहालको सक्रियतालाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस