नेपाली समाजको अहिलेको सबैभन्दा प्रमुख चुनौती असमावेशी राजनीतिक बजार र शोषणपूर्ण आर्थिक बजार हुन्। विसं २०६२ /६३ को आन्दोलनले खोलेको शक्ति र पुँजीको असमानता हटाउन सक्ने संभावनाको ढोका राजनीति र बजारका ठेकेदारले तुरुन्तै बन्द गरिदिए।
नेपालमा साँच्चिकै आर्थिक र शक्तिको असमानता अन्त्य गर्ने हो भने नयाँ स्वरूपको क्रान्ति आवश्यक छ।
आर्थिक असमानता र प्रोक्सी पुँजीवाद
आर्थिक असमानताको विषय नौलो होइन। विश्वमै गरिबब र धनीबीचको खाडल बढ्दो छ। नेपालमा पनि आर्थिक असमानता गम्भीर चुनौतीका रूपमा उभिएको छ।
पुँजीवादमा राज्यले सबै पुँजीलाई आफ्नो नियन्त्रणमा लिन सक्दैन। त्यसो गर्योम भने त्यो राज्य पुँजीवादी नभएर अधिनायकवादी कम्युनिस्ट राज्य बन्छ। पुँजीवादले खुला बजारको परिकल्पना गर्छ। राज्यको काम खुला बजारले काम गरिरहेको छ कि छैन भनेर अनुगमन र नियमन गर्ने अनि बजारको खुलापनलाई चुनौती दिने प्रक्रिया वा संस्थालाई नियन्त्रण गर्ने हो। त्यसबाहेक राज्यले खुला बजारले पूर्ति गर्न नसक्ने वा नचाहने सार्वजनिक सेवा तथा वस्तु प्रवाह गर्छ। यसका लागि राज्यले कर संकलन गर्ने र वस्तु तथा सेवाको मूल्य उठाउने गर्छ।
पुँजीवाद र लोकतन्त्रमा धेरै समानता छन्। यसैकारण असली पुँजीवादका लागि लोकतन्त्र अनिवार्य हुन्छ। अमेरिका तथा युरोपेली मुलुकले जब नेपालजस्तो देशमा लोकतन्त्रको कुरा गर्छन्, उनीहरुको रणनीतिक दृष्टिकोण खुला बजारको विस्तारमा केन्द्रित रहेको हुन्छ। खुला बजारको नेतृत्व अमेरिकाले गरिरहेको छ भने अन्ततः लोकतन्त्रको नेतृत्व पनि उसैले गरिरहेको मान्नुपर्ने हुन्छ।
लोकतन्त्रको सबैभन्दा ठुलो चुनौती साम्यवाद वा समाजवाद होइन। उसको सबैभन्दा ठूलो चुनौती 'स्टेट क्यापिटालिज्म' अर्थात्, 'राज्य पुँजीवाद' र 'प्रोक्सी क्यापिटालिज्म' 'छद्म पुँजीवाद' हो।
राज्य पुँजीवादको असली उद्देश्य राजनीतिक संभ्रान्त वर्गले समाज र अर्थतन्त्रमा राजनीतिक नियन्त्रण कायम राख्नु हो। राज्यको नियन्त्रण जसले गर्छ उसैले उत्पादनका स्रोतमाथि नियन्त्रण राख्छ। त्यसैले राज्य पुँजीवादका दुई स्वरूप हुन्छन्। पहिलो स्वरूप राज्य नियन्त्रित लगानी र सार्वजनिक संस्थान हुन्। दोस्रो स्वरूप 'प्रोक्सी' पुँजीवाद। अर्थात्, हेर्दा स्वतन्त्र बजारमा निजी क्षेत्रको लगानीजस्तो देखिने तर यथार्थमा जो राजनीतिक शक्तिको नजिक छ त्यसैको फाइदा हुने गरीमात्र लगानी हुन्छ। बजारको राजनीतिक संरक्षणका कारण सर्वसाधारण जनता वा सामान्य व्यापारीले बजारमा लगानी गर्न त के प्रवेश नै गर्न सत्तै्कन।
त्यसैले बाहिरबाट हेर्दा राज्यले आफ्ना संयत्रबाट जनतालाई सेवा प्रदान गरेजस्तो देखिन्छ। तर नेपाल विद्युत् प्राधिकरण वा नेपाल आयल निगम वा नेपाल वायुसेवा निगम वा अन्य सार्वजनिक संस्थानले राज्यका नाममा केन्द्रीकृत राजनीतिक शक्तिलाई बलियो बनाइरहेको हुन्छ।
हाम्रो समाजमा अर्थतन्त्रमा राजनीतिको नियन्त्रण छ कि अर्थतन्त्रका खेलाडीको राजनीतिमा नियन्त्रण छ भन्ने भेउ पाउन निकै मुस्किल छ। चुरो कुरो चाहिँ के हो भने राज्यले नियन्त्रण गरेको आर्थिक संयन्त्रको उद्देश्य सामाजिक सेवा वा स्रोतको परिचालन हैन। यसको सिंगो उद्देश्य त राजनीतिक शक्ति केन्द्रीकृत गरेर त्यसमाथि नियन्त्रण राख्नु नै हो।
त्यसकारण ध्यान दिनुपर्ने विषय समाजवाद र पुँजीवादबीचको भेद हैन बरु शोषणमा आधारित लगानी र समावेशी संस्थाबीचको अन्तर हो। शोषणमा आधारित संस्थाले राजनीतिक संरक्षणका आडमा प्रतिस्पर्धा कमजोर बनाएर उपभोक्ता र जनताको शोषण गरिरहेका हुन्छन्। अहिले नेपालमा देखिने निजी क्षेत्रका अस्पताल र शिक्षण संस्था यसैका नमुना हुन्। यी सबैले जनता, विद्यार्थी र उपभोक्तालाई राजनीतिक संरक्षणका आडमा शोषण गरिरहेका छन्।
त्यसैले अर्थतन्त्रको स्वतन्त्रता र लोकतान्त्रिक परिपाटीको स्वतन्त्रमाबीच अन्योन्याश्रित सम्बन्ध छ। अर्थतन्त्रमा स्वतन्त्रता नभएकै कारण जनसाधारण शक्तिविहीन भएका छन्। त्यसैले नेपालमा चीनमा जस्तो राज्य पुँजीवाद नभए पनि यथार्थमा केही भिन्नता छैन। किनभने अर्थतन्त्रमा एकातिर शोषण व्याप्त छ भने अर्कोतिर समावेशीपन छैन। यसले गर्दा शोषणयुक्त राजनीतिक संस्था र राजनीतिक गुटहरूकै समाजमा प्रभुत्व छ।
कोही कोही भन्छन्, नेपालमा लोकतन्त्र काम लाग्दैन किनभने त्यसले विकास दिन सक्दैन। विकासको लागि त चीन, सिंगापुर र मलेसिया उदाहरण हुन्। तर ती तर्क गलत हुन्। किनभने नेपालको समस्या लोकतन्त्र हैन, लोकतन्त्रको अभाव हो। विकासका लागि अन्य ढाँचा उपलब्ध नभएर यी मुलुकमा राज्य अर्थतन्त्र विकसित भएका हैनन्, बरु उल्टो, राजनीतिक नियन्त्रण र शक्तिको केन्द्रीकरण नगुमाई आर्थिक विकास गर्ने यहीमात्र बाटो थियो।
नेपालमा हामी शक्तिको केन्द्रीकरण खोजिरहेका छैनौ। जनसाधारणले विकासमा सहभागी हुन पाउने अवसर र स्वतन्त्रता खोजिरहेका छौँ। बजार प्रवेशमा केही सीमित व्यापारी र नेताले राज्यको ब्युरोक्रेसीमार्फत उत्पन्न गरेको अवरोधबाट मुक्ति चाहन्छन्।
शक्तिको असमानता र प्रोक्सी लोकतन्त्र
'प्रोक्सी' पुँजीवादजस्तै अर्को डरलाग्दो व्यवस्था हो 'प्रोक्सी' लोकतन्त्र। प्रायः हामी समाजमा व्याप्त आर्थिक असमानताको मात्र कुरा गर्छौं तर समाजमा व्याप्त शक्ति असमानताको चर्चै गर्दैनौ।
हरेक राजनीतिक क्रान्तिले समाजमा व्याप्त शक्ति असन्तुलन हटाएर क्रान्तिकारीलाई समानरूपमा शक्ति बाँड्ने प्रयास गर्छ। परम्परागतरूपमा हेर्दा शक्ति 'जीरो सम गेम' हो। अर्थात्, एउटालाई अधिकार सम्पन्न बनाउन अर्काको शक्ति खोस्नुपर्ने हुन्छ। प्रजालाई शक्तिविहीन बनाएर राजाले शासन गर्ने प्रवृत्तिसँग हामी अहिलेसम्म पनि परिचित छौँ। अर्थात्, नेपालमा राजा ज्ञानेन्द्र गए, गणतन्त्र पनि घोषणा भयो, तर राजतन्त्र अझै गएको छैन।
दोस्रो, जनआन्दोलनले राजाले आफूमा संग्रहित गरेको अधिकार खोसेर नेपाली जनताको राजनीतिक अधिकार फर्काउने प्रयास गर्योन। राजाले नेपालमा भएको सीमित शक्तिको प्रवाहलाई बाँध बाँधेर आफ्नो व्यक्तिगत प्रयोजनका लागि थुनिराखेका थिए, किसानले खेतमा पानी थुनेझैँ। तर पानीजस्तै शक्ति पनि आखिर सबै जनतालाई चाहिन्छ। त्यसैले दोस्रो जनआन्दोलनले नेपाल राज्यमा व्याप्त शक्ति असन्तुलनलाई हटाउने प्रयास गर्योल।
तर समय बित्दा नबित्दै, नेपालमा रहेको शक्तिको स्वामित्व जनताले लिन सकेनन्। जसरी खोलामा बगेको पानी कहीँ न कहीँ गएर जम्मा हुन्छ, शक्ति पनि कतै न कतै गएर जम्मा हुन्छ नै। अन्ततः नेपाली समाजमा रहेको शक्ति पनि केही सीमित व्यक्ति तथा संस्थामा गएर जम्मा भयो। नेपाली जनता हेरेका हेर्यैो भए।
राजा ज्ञानेन्द्र गए तर राष्ट्रपतिको संस्था नया राजसंस्थाका रूपमा उदाएको छ। देशमा लाखौँ बालबालिका कुपोषित भएर हुर्किरहेका छन्, तर राज्य झलनाथ खनाललाई भिटामिन 'डी' को कमी पूरा गराउन लन्डन पठाउँछ। प्रशासनिक नियुक्तिमा प्रशस्त नातावाद देखिन्छ। यी केही उदाहरणमात्र हुन् जसले नयाँ नेपालमा व्याप्त शक्ति असन्तुलनलाई झल्काउँछन्। शक्तिको भिन्नता राज्य र जनताबीच मात्र हुनुपर्ने हो एउटा र अर्को नागरिकबीच समेत शक्तिको विभेद देखापर्न थालेपछि त्यसले गरिबी र पीडाको डरलाग्दो जालो बुन्न थाल्छ।
कोरिया जाने सपना बोकेकाहरू हिलो र झरीमा प्रहरीबाट पिटिन्छन्। न राहदानी लिन लाग्नेको लाम कम हुन्छ न हुन्छ विमानस्थलमा विदेशबाट ल्याइने कफिनहरूको संख्या नै घट्छ। यो शक्ति असमानताका कारण सिर्जित समस्या हो। र यसको जरो हो प्रोक्सी लोकतन्त्र।
प्रोक्सी लोकतन्त्रमा सत्ताका केही सीमित ठेकेदारले आफू, आफ्ना मान्छे, र आफ्नो गुटको समृद्धि र स्वार्थका लागिमात्र शक्तिको प्रयोग गर्छन्। राजनीतिक बजारमा सामान्य नागरिकको पहुँच देखावटीमात्र हुन्छ। सामान्य नागरिकले राजनीतिक बजारमा आफ्नो भाग खोजे भने त्यसलाई दलहरूको नोकरशाही (व्युरोक्रेसी)ले रोक्छ।
प्रोक्सी पुँजीवादले शोषणपूर्ण अर्थ बजारबाट आर्थिक असमानता उत्पन्न गर्छ र नागरिकलाई शक्तिहीन बनाउँछ। प्रोक्सी लोकतन्त्रले शोषणपूर्ण राजनीतिक बजारबाट शक्ति असमानता पैदा गर्छ र जनसाधारणलाई गरिबीको चपेटामा धकेल्छ। दुवै व्यवस्थामा अर्थ बजारका ठेकेदार र राजनीति बजारका ठेकेदारबीच नदेखिने तर गहिरो मिलोमतो हुन्छ।
त्यसैले नेपालमा असली गणतन्त्र र असली लोकतन्त्र ल्याउने हो भने आर्थिक असमानता र शक्ति असमानता दुवैलाई सामाजिक र आर्थिक मैदानबाट हटाउने नयाँ क्रान्ति आवश्यक छ। नेपालको आवश्यकता बजारमाथि राज्य र राजनीतिको नियन्त्रण हैन नभएर जनताको बजार र राज्यमाथि नियन्त्रण हो। यसका लागि नेपालका क्रान्तिकारी सोचका युवा नेताको खाँचो छ। नयाँ 'भिजन' र त्यसलाई कार्यान्वयन गर्नसक्ने जनलहरको खाँचो छ।
के तपाईँ एकपल्ट नयाँ स्वरूपको क्रान्तिका लागि तयार हुनुहुन्छ?