एकजना मेधावी अधिवक्ता, मानवअधिकार अभियन्ता एकदिन मैले काम गर्ने अस्पतालमा आइन्। काम सकिइसकेपछि जाँदाजाँदै उनले भनिन् एउटा कुरा अस्ति देखि सोधुँसोधुँ लागिरहेको छ। तपाईंको अस्पतालमा एउटा अचम्मको सूचना देखेँ – 'अपरेसन गराउन आउँदा अनिवार्यरूपमा नागरिकताको प्रमाणपत्र लिएर आउनु होला' भनेर लेखेको रहेछ। '
छक्क पर्दै मैले भने- 'हैन होला!'
तर उनले हाँस्दै भनिन् – 'भर्खरै, आज पनि त्यही पढ्दै म मूल ढोकाबाट पसेकी! ' ठ्याक्कै कहाँ नेर त्यस्तो लेखेको छ भनेर उनले मलाई बताइन् र बिदा भइन्।
पछि उनले भनेको ठाउँमा गएर हेर्दा साँच्चै नै त्यस्तै लेखेको रहेछ भित्तामा टाँसेको एउटा सूचनामा। त्यो पढेपछि बल्ल बुझेँ के भएको रहेछ भनेर।
करिब दुई दशकदेखि हाम्रो देशमा महिलाको 'आङ झर्ने' समस्याप्रति विशेष चासो दिन थालिएको छ। राज्यको सक्रिय सहयोगमा विभिन्न संघसंस्थाको संयोजनमा हजारौँ बिरामीको निःशुल्क अपरेसन भएको छ। तर सामाजिक जीवनको हरेक कुनामा जस्तै यस अभियानमा पनि लोभीपापी र दुष्टभ्रष्टको प्रवेश भएपछि करिब एक दशक यता भने तिनका कारण बेलाबखत सिंगै अभियानै बदनामसमेत हुन थालेको छ। मनपरी नहोस्, बिरामीको पहिचान राम्रोसँग होस् र अनुगमन सजिलोसंग होस् भनेर निशुल्क 'हिस्टेरेक्टोमी' क्याम्पका सेवाग्राहीले नागरिकताको प्रमाणपत्र वा स्थानीय निकायको सिफारिस लिएर आउनुपर्ने नियम बनाइएको रहेछ। गर्भाशयको शल्यक्रिया र नागरिकताको प्रमाणपत्रबीचको सम्बन्धबारेको मेरो जिज्ञासामा मैले बुझ्न सकेको छोटकरीमा यत्ति हो।
तर गर्भ र नागरिकतासँग जोडिएका महिलाका पीडाका कथा, अझ तिनका गर्भबाट पैदा भएका सन्तानका कथा भने यति छोटकरीमा बुझ्न सकिने हुँदा रहेनछन्। कहिले कानुनमा रहेका कमजोरी र अपूर्णताका कारण, कहिले 'राष्ट्रवाद' त कहिले 'पहिचान'का नाममा देखिने बहिष्करणका कारण, अनि कहिले सरकारी कार्यालयका कुर्सीमा बसेका भ्रष्ट अमानुषहरूका कारण र सायद सबभन्दा बढी त हामीमा रहेको यस विषयप्रतिको संवेदनहीनताका कारण गर्भसँग जोडिएका नागरिकताका त्रासद कथा जटिल एवं लामा भएका छन्। अझै अदृश्य र अकथ्य भएर लुकिरहेका छन्।
एकजना अत्यन्त साहसी, शिक्षित, सुसंस्कृत नेपाली महिलाले आमाका रूपमा भोग्नु परेको त्रासदी सम्झन्छु। उनको कथा सम्झँदा आक्रोश, दुःख, निरीहता आदि अनेक भावले एकै चोटी गाँज्छन्। पढाइमा केटाकेटीदेखि नै अब्बल उनी छात्रवृित्त पाएर विदेशमा पढ्न गएकी थिइन्। उनको एकजना अफ्रिकी विद्यार्थीसँग हिमचिम बढ्यो र पढाइ सकिएपछि विवाह नै गरेर उनी ऊसँगै अफ्रिका गइन्। तर पुरुषले दाम्पत्य सम्बन्धलाई त्यति महत्व नदिने चलन भएको एउटा अफ्रिकी देशको त्यो व्यक्ति घर फर्केको केही समयमै असल पति र प्रेमी हुन छोड्यो। उनले आफू र बच्चाहरूको भविष्य खतरामा परेको देख्न थालिन्। कुनै रोमाञ्चक उपन्यासको कथा झैँ लाग्ने साहस बोकेर अनेक जोखिम र व्यवधानसँग जुझ्दै अफ्रिकी भूमिका अत्यन्त अप्ठेरा खण्डलाई कहिले हिँडेर, कहिले गुडेर पार गर्दै ती अर्को देशमा पुगिन्। अनेक उपाय गरेर अन्ततः दुई साना रहरलाग्दा माया लाग्दा अफ्रिकी रूपरंगका बच्चा लिएर ती नेपाल फर्किइन्। अनि आफूभित्र भएको मेधा, लगन, ज्ञान र सीपका साथ तिनले काम गर्न थालिन्। आफ्नो पेसामा उचाइ प्राप्त गर्दै गइन्। अनि अत्यन्त असल आमा भएर बच्चाहरूलाई पनि हुर्काइरहिन्। जब ती बच्चा ठूला भए, उनीहरूको नागरिकताको समस्या आयो। यो समस्या समाधानका लागि उनीभित्रको आमाले लामो संघर्ष गर्नु पर्योर। तिनले गर्नुपरेको संघर्ष, तिनले भोग्नु परेको असहजता र बेलाबेलामा अपमानित हुनुपरेको अनुभूतिले हाम्रो यो नयाँ गणतन्त्रको नागरिकतासम्बन्धी नियम कानुनमा रहेको खोट र कमीलाई नङग््याइदिएको छ। यो संघर्षका क्रममा लोभी, भ्रष्ट र अज्ञानी कर्मचारीबाट बेलाबखत तिनले भोग्नु परेको व्यवहारले नयाँ गणतन्त्रले हरेक क्षेत्रमा बेहोर्नु पर्ने चुनौतीको आभास दिएको छ।
सुनिन्छ, अहिले नयाँ संविधानको मस्यौदामा जन्मसिद्ध नागरिक हुन बाबु र आमा दुवै नै नेपाली नागरिक भएको हुनुपर्ने प्रावधान राखिँदै छ रे! अन्तरिम संविधानमा आमामात्र जन्मसिद्ध नागरिक भए पुग्थ्यो। त्यसभन्दा पनि प्रतिगामी यस्तो प्रावधान राखिनुको कारण चाहिँ राष्ट्रियता जोगाउनका लागि रे! नेपाली नागरिकता भएको पुरुषले कुनै पनि देशकी महिलासँग बिहे गरेमा ती नारीले सजिलै नागरिकता पाउँछिन् अहिले। तर नेपाली महिलाले कुनै विदेशी पुरुषसँग बिहे गरे ती पुरुषले नागरिकता पाउन दशकौं पर्खिनुपर्छ। यस्तो प्रावधान परिवर्तन हुने सम्भावना भने अत्यन्त कम छ भनिदैछ। नागरिकताको मामलालाई राष्ट्रियतासँग जोडेर हेरिनु अत्यन्त स्वाभाविक हो। तर राष्ट्रिय स्वार्थमा, राष्ट्रिय सुरक्षामा साँच्चैको चुनौती कहाँबाट छ भन्ने नबुझी, जसोजसो गर्दा मानवअधिकारको हनन् हुन्छ, खोजीखोजी त्यसै गर्नुमा राष्ट्रियता र देशभक्ति देख्ने प्रवृित्त बढ्दै गयो भने अनर्थ हुन थाल्नेछ।
हामी सबैले सुनेका छौँ, पत्रपत्रिकामा छापिएका समाचार पढेकाछौँ अन्तर्राष्ट्रिय आपराधिक संगठनका सदस्यले यस देशमा सजिलै नागरिकताको प्रमाणपत्र पाइरहेका छन्, त्यसको निर्बाध दुरुपयोग गरिरहेका छन्। तर नागरिकतासँग सम्बन्धित अव्यावहारिक, अमानवीय यथार्थकै कारण निरपराध अबोध बच्चाले र तिनका निरीह आमाले भने न्यूनतम मानवीयतासम्मत व्यवहार पनि पाइरहेका हुँदैनन्, बरु मानवताविरोधी यातना, अपमान र दुःख सहिरहेका हुन्छन्। एकातिर अल्पदृष्टि भएका, इमान र इज्जत नभएका छद्म राष्ट्रवादी नेताका कारण देश झन् झन् पराधीन हुँदै गईरहेको छ। अर्कोतिर 'राष्ट्रवाद'कै नाममा देशलाई 'पराईबाट बचाउने' नाममा अव्यावहारिक र अनुदार नियम कानुन बनाउन खोजिरहेका छन्। एकातिर सीमावर्ती क्षेत्रमा कार्यरत भ्रष्ट कर्मचारीका कारण सीमापारका अपराधीले नागरिकताको निर्बाध दुरुपयोग गरिरहेका छन्। अर्कोतिर भने सीमा वारपारका प्रेमी र दम्पतीको स्वाभाविक सम्बन्धबाट जन्मेका बच्चा र तिनका आमाले देशबिनाका मानवका रूपमा अनावश्यक दुःख भोग्नु परिरहेको छ। सीमावर्ती क्षेत्रमा मात्रै हैन देशको भित्री पहाडी भागमै पनि नागरिकतासँग जोडिएका अनेक कथा छन्। केही महिनाअघि मात्रै पनि पत्रपत्रिकामा एकजना विख्यात लोकगायिकाले आफू ४० को दशकमा पुगिसक्दा पनि जातीय मामिलामा अनुदार ससुराका कारण अझै नागरिकता नपाएको खबर छापिएको थियो। मानिसको नैसर्गिक स्वतन्त्रता, देशको शान्ति र समृद्धि, विकास र प्रगतिका निम्ति जनताको अदम्य साहस र बलिदानले प्राप्त लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान निर्माण गर्ने जिम्मा पाएका सभासद्ले यस्ता विषय त देख्नै पर्ने हो! देखिरहेका छैनन् होला त?
देशको माया गर्नेले साँच्चैको माया गर्न सक्नुपर्छ। सीमा मिचिएको पटक्कै सहनुहुँदैन। कुनै हालतमा विदेशीका टाङमुनि छिर्नुहुँदैन। देशको सार्वभौमिकतामा कदापि सम्झौता गर्नुहुँदैन। जनताको सुखसमृद्धि र आत्मसम्मानका निम्ति निरन्तर लागिरहन सक्नुपर्छ। विदेशीलाई सराप्ने, उल्याउने हैन, उनीहरूले गरेका प्रगतिप्रति भित्रैबाट सिर्जनात्मक इख लिएर तिनलाई जित्ने उपाय गर्नुपर्छ। गर्नैपर्ने यस्ता कामतर्फ भने एउटा सिन्को नभाँची 'देशभक्ति'का नाममा राष्ट्रिय हीनताबोधको प्रदर्शन गर्ने, आफ्नै देशको जातिविशेषप्रतिको पूर्वाग्रह र अविश्वासलाई राष्ट्रप्रेमको खोल ओढाइदिने, प्रशासनिक अक्षमतालाई छोप्न मानवअधिकार विरोधी नियम बनाउन हतार गर्ने, आफ्ना स्वार्थका निम्ति भित्रभित्रै विदेशीको दास बन्ने तर वर्तमान विश्वको जटिल अन्तरनिर्भरता, विश्वव्यापीकरणसँग जोडिएका यथार्थ र देशभित्रै भइरहेका अभूतपूर्व बसाइँसराइ, जनताको जीवनशैलीमा आइरहेको परिवर्तन, निरन्तर परिवर्तित सामाजिकआर्थिक सम्बन्धजस्ता यथार्थलाई वास्ता नगरी पुरातन सामन्ती छद्म राष्ट्रवादको नारा लगाउने 'नेता' र 'निती निर्माता'ले अमानवीयताका कुरूप चित्रमात्र सिर्जना गर्न सक्छन्। देशप्रेम र करुणा सँगसँगै रहन नसक्ने विषष्यहैनन्। राष्ट्रियता र मानवता एक अर्काका विरोधी हैनन्। मानवता नरहेको राष्ट्र कतिञ्जेल टिक्छ? करुणा नभएको मानिसमा देशप्रेम कसरी अटाउँछ?
समाज गतिशील छ। गतिशील समाजको व्यवस्थित विकास र प्रगतिका लागि बन्ने संविधान पनि शाश्वत, कालजयी र अपरिवर्तनीय हुन सक्तैन। जसरी आज नयाँ संविधान बन्न आवश्यक भएको छ, भविष्यमा त्यसको परिमार्जन पनि आवश्यक हुनेछ। तर आजै गर्नुपर्ने कामलाई भोलि गरौँला भनेर राख्नु बुद्धिमानी हुँदैन, त्यसो गर्नुलाई अग्रगमन र प्रगति भनिदैन। 'यिनले देश, काल, परिस्थिति सुहाउने प्रगति, अग्रगमन, शान्ति, सुशासन र समृद्धि उन्मुख संविधान बनाउनेछन्' भनेर जनताले ठूलो विश्वास गरी छानेका सभासद्ले सबैतिर विचार पुर्यासउलान् भन्ने आशा चाहिँ अझै बाँकी छ। भबतु सब्ब मंगलम्!