सभासद्लाई पाँच करोड किन दिने विवादले नेपाली सञ्चार माध्यममा लामो समय लियो। अन्ततः सभासद्लाई एक करोड दिने गरी बजेट आयो।त्यसमा पनि निकै विवाद र असन्तुष्टिका स्वर नागरिक तहबाट उठिरहेका छन्। यो विवाद मूलतः कुनै सैद्धान्तिक आधारमा भएको देखिँदैन। न त यसले स्थानीय निकायहरुलाई कमजोर बनाउँछ वा नयाँ ढंगले यसको विकास गर्छ भन्ने कोणबाट भएको थियो। सैद्धान्तिक सवाल र विद्यमान कानुनी प्रावधानहरुको भविष्यलाई लिएर भन्दा पनि त्यसरी सभासद्लाई दिइएको रकम भ्रष्टाचार र अनियमितता हुन सक्छ भन्ने शंका नागरिक तहमा बढी देखियो। यसो गर्दा भ्रष्टाचार र अनियमितताको थप विकेन्द्रीकरण र संस्थागत हुने भन्दै आमनागरिक यसको विरुद्ध उत्रिए।
राजनीतिक क्षेत्रको उपल्लो तहमा पुगेका सभासद्हरु माथिको यस किसिमको अविश्वासले केही कुरा संकेत गरेका छन्। जस्तो– पहिलो त राजनीति सेवाभन्दा पनि पैसा कमाउने पेशा बन्दै गएको छ। दोस्रो, राजनीतिककर्मी र पदाधिकारी कुनै अवसर पाउनेबित्तिकै अनियमितता गर्न सक्ने अवस्थामा छन्। तेस्रो, नेपालमा विद्यमान भ्रष्टाचार नियन्त्रणका निकाय राजनीतिक नेतृत्वलाई कारबाहीको दायराभित्र ल्याउन सक्ने अवस्थामा छैनन्। चौथो, विद्यमान ऐन कानुन तथा नीतिनियमहरुले भ्रष्टाचारका सम्भावित सबै क्षेत्रलाई नियन्त्रणको दायराभित्र समेट्न सकेको छैन। झन् राजनीतिक नेतृत्वलाई त उन्मुक्ति नै दिएको छ। पाँचौँ, जहाँ राजनीतिक भ्रष्टाचारका घटनामा मुछिएकाहरुमाथि कारबाही हँुदैन त्यहाँ दण्डहीनता कायम छ।
हुन त नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि भनेर विभिन्न निकाय सक्रिय छन्। जस्तो संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधान मन्त्रीको अन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्र प्रत्यक्षरुपमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा सक्रिय छन्। यसैगरी सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, न्याय परिषद्लगायतका निकायले यसै क्षेत्रमा काम गरिरहेका छन्। तर व्यावहारिकरूपमा यी निकाय भ्ा्रष्टाचार नियन्त्रणमा प्रभावकारी हुन सकिरहेका छैनन्।अझ राजनीतिक भ्रष्टाचार नियन्त्रणका काम शिथिल बन्दै गइरहेको देखिन्छ। त्यसैले यस्ता निकायहरुप्रति नागरिकको विश्वास मर्दै गएको छ जसले गर्दा सभासद्ले निर्वाचन क्षेत्रको विकासका लागि भनेर ५ करोड माग्दासमेत विरोधका व्यापक स्वर निस्कन्छन्। यदि यस्ता निकायले नियम र कानुनको ठीक ढंगले कारबाही गर्ने हो भने भ्रष्टाचारजन्य क्रियाकलाप गर्ने सभासद्को राजनीतिक जीवन नै सकिने थियो। भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी बोकेका निकायहरु प्रभावकारी नहुँदा सभासद्हरुले निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग गर्दासमेत व्यक्तिगत फाइदाको लागि माग गरेको भान नेपालीमा परेको छ।
यस्ता विवाद र बहस आगामी दिनमा पनि बढ्दै जानेछन्। यद्यपि भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा नागरिक तहमा आशा जगाउन सक्यो भने त्यसले निकै सकारात्मक प्रभाव पार्छ। यसका लागि तत्काल केही काम गर्नु आवश्यक छ। पहिलो विद्यमान ऐन, नियम तथा कानुनहरु समयअनुकूल संशोधन गरिनु आवश्यक छ। भ्रष्टाचार नियन्त्रणका लागि लागु गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ बदलिँदो सन्दर्भमा अपर्याप्त हुँदै गएका छन्। यी ऐनले अहिले पनि निजी क्षेत्रलाई भ्रष्टाचार नियन्त्रणको दायराभित्र समेटेको छैन। गैरसरकारी संघ/संस्थाहरु खासगरी जनकल्याणका क्षेत्रमा काम गर्ने भनेर खुलेका गैरसरकारी संघ/संस्थामा भ्रष्टाचार व्यापक हुँदै गएका घटना सार्वजनिक हुँदै आएका छन्। त्यस्ता निकायलाई भ्रष्टाचार नियन्त्रणको दायराभित्र समेट्न सकिएको छैन। कतिपय कानुन खासगरी सूचनाको हकसम्बन्धी ऐन २०६४ ले राजनीतिक दललाई सार्वजनिक निकायका रूपमा परिभाषित गरेको छ तर भ्रष्टाचार निवारण ऐनले यसलाई आफ्नो दायराभित्र समेटेको छैन।
यसैगरी न्यायाधीशहरु अख्तियारको दायराभन्दा बाहिरै छन्। भ्रष्टाचारविरुद्ध सक्रिय अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २००७ मा प्रकाशित गरेको ग्लोबर करप्सन रिपोर्टमा न्यायपालिका संसारमै सबैभन्दा भ्रष्टमध्येको एक निकाय रहेको उल्लेख गरेको छ। उक्त रिपोर्टअनुसार संसारका धेरैजसो देशमा न्यायपालिकाको भ्रष्टाचार नियन्त्रणको स्पष्ट र ठोस पद्धति नहुँदा वा भएका संयन्त्रले राम्रोसँग काम नगर्दा न्यायपालिकाको भ्रष्टाचारले ँक्रोनिक” रूप धारण गरेको छ। हुन पनि यदि कुनै न्यायाधीशले फौजदारी अभियोग लाग्ने काम गरेमा प्रहरीले तत्काल गिरफ्तार गर्न पाउने तर भ्रष्टाचार गरेमा अख्तियारले छानविन गर्न नपाउने कानुनी व्यवस्था आफैँमा रहस्यमयी लाग्छन्। यसैगरी नेपाली सेना पनि विद्यमान कानुनी सन्दर्भमा हेर्दा भ्रष्टाचार नियन्त्रणको दायराभन्दा बाहिर छ। त्यसले नागरिक तहमा विश्वास बढाउन र भ्रष्टाचार नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन भ्रष्टाचार नियन्त्रणको विद्यमान दर र दायरा बढाउनुपर्ने आवश्यकता छ। त्यसैले यस्ता छुटेका क्षेत्रलाई पनि समेटेर भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा तत्काल संशोधन गर्नुपर्छ।
दोस्रो, भ्रष्टाचारका स्वरूप र दायरा बुझ्न नसकिने गरी फैलँदो छन्। भ्रष्टाचार नियन्त्रणबारे भइरहेका काम निकै अपर्याप्त र अपूर्ण देखिन्छ। अहिलेको परिभाषाअनुसार सार्वज्ानिक सम्पत्ति व्यक्तिगत हितका लागि खर्च गर्नुलाई भ्रष्टाचार मानिन्छ तर यो परिभाषा आफैँमा संकुचित र साँघुरो छ। यसमा अन्य सामाजिक संरचना समेट्नु आवश्यक छ। जस्तो कि पछिल्लो समय कुनै पनि उच्च अधिकारीले आफ्ना लागि भन्दा पनि परिवार, नातेदार, आफ्नो राजनीतिक दल, कार्यकर्ता तथा महँगो निर्वाचनमा खर्च गर्नका लागि बढी भ्रष्टाचारजन्य घटना गरिरहेको देखिन्छ। यस्ता सवाललाई प्रत्यक्ष अर्थात सिधै भ्रष्टाचार नियन्त्रणको दायराभित्र ल्याउनु आवश्यक छ। जस्तो कि निर्वाचनमा अत्यन्तै धेरै खर्च गर्ने नेतालाई तत्काल उसको सम्पत्ति विवरण माग्ने र यदि त्यो प्रमाणित हुन सकेन भने अख्तियारले वा सम्पत्ति शुद्धीकरण विभागले छानविन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ।
तेस्रो सवाल भनेको भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत विभिन्न संघ/संस्थाको बीचमा बलियो सञ्जाल र सहयोग आदान–प्रदानको स्पष्ट संयन्त्र छैन। धेरै निकाय काम गर्ने तर तिनीहरुको बीचमा समन्वय नहुनाले भ्रष्टाचार नियन्त्रणका कामहरुमा प्रभावकारिता आउन सकेको छैन। त्यसैले अख्तियारको छाताभित्र सबै निकायलाई समेटेर भ्रष्टाचार नियन्त्रणको एउटै रणनीति बनाउने र बलियो सञ्जाल निर्माण गर्नु आवश्यक छ। यदि सकिन्छ भने भ्रष्टाचार नियन्त्रणको सम्पूर्ण काम एउटै निकायमा रहने गरी विद्यमान ऐन, कानुन संशोधन गर्न सक्दा थप प्रभावकारी हुन जान्छ।
चौथो, भ्रष्टाचारको मुद्दालाई हेर्ने समान दृष्टिकोण विकास गर्नु आवश्यक छ। भ्रष्टाचार नियन्त्रण कुनै एउटा निकायले मात्र गर्न सक्दैन यो त विभिन्न निकाय तथा संघ/संस्थाको सामूहिक प्रयास र सहयात्राबाट मात्र सम्भव छ। यसका लागि नागरिक समाज, गैरसरकारी संघ/संस्था, भ्रष्टाचार नियन्त्रणका लागि गठन भएका संवैधानिक तथा सरकारी निकाय र न्यायालयको बीच समान दृष्टिकोण बनाउनका लागि काम गर्नु आवश्यक छ।
पाँचौँ, सवाल राज्यको प्रकृतिमा छ। देश संक्रमणमा रहँदा भ्रष्टाचारका घटना अत्यन्त बढ्दै गएका पाइन्छ। संक्रमणकालीन दण्डहीनता र संक्रमणले भ्रष्टाचार बढाएको छ। यस्तो समयमा भ्रष्टाचार नियन्त्रण गर्ने निकायको प्रभावकारिता घट्दै जाने र कानुन कार्यान्वयनमा समेत विभिन्न अवरोध आउने गरेको नेपाली अनुभवले पनि देखाउँछ। यस्तो अवस्थालाई ध्यानमा राखेर भ्रष्टाचार नियन्त्रणका निकायहरुले संक्रमणकालीन अवस्थालाई लक्षित रणनीति तर्जुमा गर्नुपर्ने आवश्यकता छ।
अन्तिम र सबैभन्दा महत्वपूर्ण सवाल भनेको अहिलेसम्म नेपालमा बनेका भ्रष्टाचार नियन्त्रणका कानुनहरु, गैरसरकारी संघ/संस्थाले सञ्चालन गर्ने अभियान र सरकारी प्रयासहरु व्यक्तिको भ्रष्ट प्रवृत्तिलाई नियन्त्रण गर्नेतर्फ केन्द्रित भए। तर साँच्चै भ्रष्टाचार नियन्त्रण गर्ने हो भने व्यक्तिकेन्द्रित यो पद्धति आफँैमा अपूर्ण छ। किनकि व्यक्तिको चाहना, लोभ, मोह, प्रवृत्ति, स्वार्थ सबै कुरा भनेको सामाजिक संरचनाको उत्पादन हो। व्यक्ति जस्तो किसिमको सामाजिक संरचनामा जन्मन्छ, हुर्कन्छ र काम गर्छ उसको प्रवृत्ति त्यस्तै बन्दै जाने हो। त्यसैले व्यक्तिकेन्द्रित पद्धतिको बदला सामाजिक संरचनात्मक दृष्टिकोणबाट भ्रष्टाचारजन्य क्रियाकलापको विश्लेषण गर्ने र यसैअनुसारका नियन्त्रणका नीति, रणनीति र कानुनहरु तर्जुमा गर्न सकेमा त्यसले सकारात्मक प्रभाव पार्छ।