सामञ्जस्यको संकट
२२ साउन २०७१
•
१७ मिनेट पाठ
सामञ्जस्यको संकट
अन्तर्राष्ट्रिय भ्रमणका जाने उच्च तहका राजनीतिकर्मीले मूलतः तीन किसिमको भूमिका गर्नुपर्ने हुन्छ। सामान्य कूटनीतिको लाभहानिभन्दा माथि उठेर इतिहासको पथ निर्माताका रूपमा प्रस्तुत हुने जिम्मेवारी बोधले राजनीतिकर्मीलाई राजनेता बनाउँछ। भूतकालका पाठ एवं भविष्यमा आकांक्षालाई वर्तमान वास्तविकतासँग जोड्ने अद्भूत क्षमता कमै राजनीतिकर्मीमा हुन्छ। त्यसैले विदेश भ्रमणमा जाने राष्ट्र वा सरकार प्रमुखहरू आफ्ना प्रस्तावित प्रस्तुतिलाई विभिन्न विशेषज्ञबाट परिमार्जित एवं परिष्कृत गराउने गर्छन्।जति नै शक्तिशाली भए पनि राजनीतिकर्मी पनि सामान्य व्यक्तिकै नै हुन् भन्ने भूमिका सोचिए जति सजिलो छैन। शिष्टाचारका सीमा, व्यक्तिगत सुरक्षाका बाध्यता एवं कूटनीतिक प्रचलनका मान्यताले गर्दा सर्वसाधारणको छवि कायम राख्न साह्रै कठिन हुन्छ। टेलिभिजन क्यामराका लागि सडक छेउका बच्चालाई काखमा लिने, बाटामा उभिएर चाट खाने वा प्रशंसकहरूका बीचमा मोटर रोक्न लगाएर हात मिलाउनेजस्ता सद्भाव प्रदर्शन कर्म सोचिए जति सहज हुँदैन। अनुहारमा कृत्रिमता झल्किनासाथ यस्ता सांकेतिक क्रियाकलापको प्रभाव समाप्त हुन्छ।
जानिफकारहरूका अनुसार राजनेता र सामान्यजन जस्ता भूमिका दुष्कर भए पनि असाध्य होइनन्। भ्रमणरत राजनीतिकर्मी बहुधा असफल हुने भनेको 'स्टेटस्म्यान’ वा 'एभ्रीम्यान’को भन्दा पनि 'सेल्सम्यान’को भूमिकामा हो। आफ्नो मुलुकको विचारधारा, शासन व्यवस्था, जीवनशैली, धर्म, आस्था, अर्थराजनीतिक मान्यताका साथै उत्पादित वस्तु एवं सेवा विक्री गरी स्वहित प्रवर्धन गर्ने कार्य सहज हुने कुरा पनि भएन। त्यसैले होला, आजभोलि बाराक ओबामा होउन् वा भ्यादिमिर पुटिन सबैजसो राष्ट्र वा सरकार प्रमुखको विदेश भ्रमणको सफलता तिनले आफ्ना राष्ट्र हितका लागि के कति 'बेच्न’ सके भन्ने मापदण्डका आधारमा निर्धारण गर्ने गरिन्छ। सफल राजनीतिकर्मी मेहनती वित्रे्कता (सेलर) मात्र नभएर कुशल विक्रयी (सेल्सम्यान) हुनु पनि उत्तिकै जरुरी छ।
संस्कृतको यो विक्रयी शब्द खासै चल्तीमा छैन। होच्याउने किसिमले खास गरेर काठमाडौंमा प्रयोग गरिने 'माडे बुद्धि’ वास्तवमा विक्रयी क्षमता दर्शाउने ईर्ष्यापूर्ण अभिव्यक्ति हो। तराई मधेसतिर चिप्लामीठा कुरा गरेर आफ्नो विचार वा वस्तु बेच्न सक्नेमा मोदी पेसामा लागेकाको सामर्थ्य बेजोड मानिन्थ्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कुनै बेला आफ्ना पिताको चिया पसलमा सघाएको कुरा सगर्व स्वीकार गर्ने गर्छन्। लाक्षणिकरूपमा त्यो कुरा उनले नेपालको संसद् सम्बोधनमा समेत भन्न छुटाएनन्। प्रधानमन्त्री मोदीको विलक्षण विक्रयी क्षमताले गर्दा भारतीय मतदाता उनका अगाडि 'नमो नमो’ भन्दै लामबद्ध भए। उनको त्यही मायावी कौशलको प्रभावबाट नेपालजस्तो व्यामोहक समाज झन् के मुक्त रहन सक्थ्यो र! मोदी आए र गए। उनको जयजय भने जारी नै छ। चौतर्फी महिमा मण्डन भइरहेको छ।
मोदी मोहिनी, मोदी मुद्रा, मोदी मन, मोदी मान एवं मोदी मस्तिष्कजस्ता नवनिर्मित अभिव्यक्ति पढेलेखेकाले समेत प्रयोग गर्न धक मान्दैनन्। उनको भ्रमणको अनपेक्षित असर भने राजनीतिक मनोवृत्तिमा देखिनसक्छ।
मोदित्व मनोवृत्ति
फ्रान्सेली भाषाबाट अंग्रेजीमा समाहित 'सोभनिज्म’ शब्दले उच्चताको धुन चडेको मनोदशालाई जनाउँछ। अर्काको भन्दा आफ्नो देश राम्रो, तिम्रोभन्दा मेरो जात ठूलो, अरूभन्दा हामी असल, हाम्रो समूह सहिष्णु र अरू संकीर्ण, हामी जान्नेसुन्ने अरू अज्ञानी, हाम्रो जमात परम्पराको संरक्षक बाँकी रुढीवादी जस्ता श्रेष्ठताका सनकहरू अविकसित समाजमा स्वभावतः केही बढी हुन्छ। नेपालीमा त के हिन्दी शब्द कोषमा समेत सोभनिज्मको मर्म समात्न सक्ने पदावली छैन। भारतमा केही लेखकहरूले भने 'मोदीत्व’ अवधारणालाई सोभनिज्मका रूपमा व्याख्या गर्न थालेका छन्। अवधारणाकै कुरा गर्ने हो भने महेन्द्रवादको भाव मोदीत्वसँग मिल्दोजुल्दो देखिन्छ।
हिन्दुत्व नीति मोदीत्वको आधारस्तम्भ हो। हिन्दुत्वमा अरू धर्मावलम्बीले सनातन धर्मको सर्वोच्चताअन्तर्गत रहेरमात्र आफ्नो धार्मिक स्वतन्त्रता उपभोग गर्नसक्छन्। मुसलमानको टोपीसमेत टाउकामा राख्न नमान्ने मोदी गेरु वस्त्र धारण गरेर सार्वजनिकरूपमा पूजा अर्चना गर्छन्। पुरुष प्रधानता मोदीत्वको दोस्रो प्रमुख मान्यता हो। नारी पूज्य त छन् तर समान हुनसत्तै्कनन् भन्ने मान्यता हिन्दु एवं इस्लाम धर्मका विकृतिको संयोजन हो। तर, राजनीतिको धार्मिकीकरणको साटो धर्मको राजनीतिकरण गरिने भएपछि बढ्ने त असंगति र विंगति न हो।
अतिराष्ट्रियता, उग्रराष्ट्रवाद वा अन्ध देशभक्तिजस्ता उद्वेगहरूमा जस्तै अरूको संहारक र आफ्नाहरूको संरक्षक बन्ने चाहना मोदीत्व मनोभावमा अन्तर्निहित हुन्छ। यस्तै मनोदशाबाट निरंकुश नेतृत्वको पूजा गर्ने प्रवृत्ति जन्मिन्छ। मोदी भारतका निर्वाचित नेता हुन्। निर्वाचनको वैधानिकता प्राप्त व्यक्ति निरंकुश हुन पुग्यो भने अल्पसंख्यक एवं सीमान्तीकृतहरूको के गति हुनेरहेछ भन्ने त 'गुजरात प्रारूप’को प्रयोगमा देखिसकिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा जेजस्तो परिआए पनि आफ्नो ढिपी नछाड्ने मोदीत्व प्रवृत्ति बलियाका सामु लम्पसार पर्ने तर निर्धालाई नमन गराउने व्यवहारमा बदलिन सक्छ। भारतको विदेश नीति राष्ट्रहित प्रवर्धनभन्दा पनि अस्तित्व संरक्षणकै चरणमा रहेकाले सुरक्षा इकाइहरूको सर्वोच्चता अझै पनि कायमै छ। मोदीत्वको असर नाफा क्षेत्र एवं सुरक्षा संकायबीच सघन सहकार्यका रूपमा प्रतिविम्बित हुनसक्छ।
मोदीत्वको अर्थराजनीतिको सबभन्दा जटिल व्याख्या भने संगठित पुँजी, राजनीतिक वृत्त एवं हिन्दुत्वका ठेकेदारहरूको सघन सहकार्यका विवरणबाट उजागर हुँदै जानेछ। संगठित पुँजी (कर्पोरेट क्यापिटल) आफ्नो आर्थिक शक्तिलाई राजनीतिक प्रभावमा देख्न चाहन्छ। राजनीतिक वृत्त आफ्नो प्रभावको विनिमयद्वारा सम्पन्नता हासिल गर्ने उपक्रममा छ। संगठित धर्म भने यी दुवैथरी घोडाको लगाम आफ्नो हातमा लिएर समाजको रथ हाँक्ने ध्याउन्नमा छ। यस प्रारूपको धेरथोर प्रयोग श्रीलंका एवं बर्मामा भइसकेको छ। सुरक्षा अधिकारी एवं संगठित पुँजीबीचको सहकार्यले विपन्न एवं सीमान्तीकृतको हित चाहने राजनीतिकर्मी ओझेलमा पारिन्छन्। मोदीत्वले त्यस मान्यताका प्रयोग विस्तृतरूपमा गर्योच भने चिनियाँ अर्थराजनीतिको दक्षिण एसियाली संस्करण भारतमा देखिन सक्छ। सकारात्मक वा नकारात्मक जेजस्तो भइ पनि त्यस्ता प्रवृत्तिको असर भने युगान्तकारी ठहरिन सक्छन्। 
बहुमतीय मनपरी
नेपालको मध्यम वर्ग 'मोदी मुग्ध’ हुनु स्वाभाविकै हो। दोस्रो संविधान सभाबाट वर्चस्वशाली समुदायले मतादेशको वैधानिकता प्राप्त गरेदेखि नै एकथरी आक्रामक उग्रपंक्तिबीच माओवादी, मधेसी र जनजाति जस्तालाई 'देखाई दिने’ छटपटी भइरहेको थियो। सम्भावित भारतीय त्रासले गर्दा त्यो उग्रता व्यक्त हुन पाइरहेको थिएन। मोदीको रणनीतिक व्यवहार र सम्बोधनले वर्चस्वशाली समुदायको मनमस्तिष्क पुलकित भएको हुनुपर्छ।
मोदीत्वका प्राथमिकता स्पष्ट छन्। घरबार र दरबारदेखि अन्तर्राष्ट्रिय सीमासमेतको चौकीदारी गर्ने समुदायको बहादुरीको गुणगान गर्नु उनको जिम्मेवारी हुने नै भयो। गढवाली उखानको 'पानी र जवानी’ मर्मलाई उनले हिन्दीमा व्याख्या गरेर सम्झाएको सम्भाव्य शंका उपशंका मेटाउनका लागि हुनसक्छ। हिन्दी फिल्मका मायावी नायकका तालमा 'डायलगवाजी’ गरेर उनले जति ताली खाए पनि यथार्थ के हो भने जलविद्युत्, पर्यटन, जडीबुटी, प्रांगारिक खेती र सांस्कृतिक उन्नयनजस्ता सम्भावना 'पानी र जवानी’सँगै देशबाहिर बगेर गइरहेको छ। तिनलाई व्यवस्थित गर्न सबभन्दा पहिले संघीय र समावेशी संविधान चाहिन्छ। त्यस कार्यका लागि 'मोदी मन्त्र’ द्वन्द्ववर्धक ठहरिनसक्छ। 
बाह्र बुँदे समझदारीबाट सुरु भएर विस्तृत शान्ति सम्झौता हुँदै एनेकपा (माओवादी)को संसदीय दलमा रूपान्तरणको उपक्रम अझै पनि 'काम भइरहेछ’ कै चरणमा छ। 'युद्ध र बुद्ध’ एवं 'शस्त्रबाट शास्त्र’जस्ता उपदेश गेरुवा वस्त्र धारण गरेर गरिने प्रवचन हो। राजनेताले बोल्ने भाषामा आक्रामकताभन्दा समझदारी सुहाउँछ। भारतका नक्सलवादीलाई सुनाउने कुरा नेपालको संसद्का लागि अनुपयुक्त मात्र नभए विषबीज ठहरिन सक्छ।
मधेसको 'म’समेत उच्चारण नगरेर भने प्रधानमन्त्री मोदीले तराई मधेसका बासिन्दालाई ठूलो गुन लगाएका छन्। भारतीय सद्भाव र सहयोगको अहितकर भ्रमबाट मुक्त भएपछि बल्ल अब मधेसी सम्मानको राजनीति सामञ्जस्य अभिप्रेरित हुनसक्छ। मधेसको कथित मानमर्दनबाट रमाएका वर्चस्वशाली समुदायका व्यक्तिको अहंकारले सामान्य मधेसीको स्वायत्तताको चाहनालाई झन् उद्वेलित गर्नेछ। संविधान बन्न अहिले बाँकी नै छ। उसै पनि वर्चस्वशाली प्रभुत्वको मोदीत्व अवधारणामा रणनीतिक उपयोगिताबाहेकका अवस्थामा श्रीलंकाका तमिल, बंगलादेशका हिन्दु, पाकिस्तानका अहमदिया वा नेपालका मधेसीको महत्व भारतका मुसलमानहरूको भन्दा फरक छैन। मोदीत्व अर्थराजनीतिमा सीमान्तीकृत एवं अल्पसंख्यकले आफ्नो हैसियत बुझेर अदब र औकातमा रहन सिक्नु र सक्नुपर्छ। शासन गर्नु मोदीत्व मान्यतामा वर्चस्वशाली समुदायको विशेषाधिकार हो।
मोदीत्वका मान्यता स्थापित हुनसक्ने वातावरण भने नेपालमा छैन। कम्युनिस्ट विचारधाराको आकर्षण धेरै कम भइसकेको भए पनि दक्षिण एसियामा सबभन्दा बढी मार्क्सवादबाट प्रभावित जनसमूह नेपालमै हुनुपर्छ। सन् २००६ देखि नै सम्मानको राजनीतिले पनि व्यापक स्वीकृति पाएको छ। विचारको शक्ति नै के हो भने 'मुठ्ठीभर अराष्ट्रिय तत्व’ 'चिम्टीभर 'विकास विरोधी’ले राजसिंहासन हल्लाउन सक्छन्। स्पष्ट छ, मोदीत्व अवधारणाका लागि उपयुक्त प्रयोगशाला नेपाल होइन।
भारतीय हित प्रवर्धनको लगामसमेत स्थायी संस्थापनबाट राजनीतिक वृत्तमा सर्ने हल्ला मोदीत्वको वास्तविकताभन्दा पनि सन् २००६ पछि नयाँ दिल्लीमा प्रभाव गुमाएका नेपाली सम्भ्रान्तहरूको सुषुप्त चाहनामात्र हो। विश्व हिन्दु परिषद् एवं राष्ट्रिय स्वयं सेवक संघको त के कुरा मोदीत्व अँगालेको भारतीय जनता पार्टी समेत मूलतः भय निर्देशित संरचना हुन्। ती सशक्त एवं सक्षम सुरक्षा निकायको राजनीतिक उपयोगितामा विश्वास गर्छन्। त्यसैले विभिन्न आवरणमा रहेका भारतीय सुरक्षा निकायहरूको क्रियाशीलता मोदीत्व विस्तार कालमा अझ बढ्दै जानेछ। 
मोदीत्वको सबैभन्दा विध्वंशक असर भने सामान्यीकरण उन्मुख सामाजिक सामञ्जस्यमा देखिनसक्छ। त्यो भारतीय उद्देश्यअनुरूप नै हो वा अनपेक्षित प्रभावमात्र हो भन्ने निष्कर्षमा अहिले नै पुग्नु भने हतरो ठहरिनेछ। चनाखो भने भइरहनुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस