चार महिनाअघिसम्म नेपाली खेलकुदको अवस्था निकै सकारात्मक र आशालाग्दो थियो। फुटबलको राष्ट्रिय टोलीले काठमाडौंमै भएको आठौं साफ च्याम्पियनसिपमा गरेको सनसनीपूर्ण प्रदर्शन समर्थकको मानसपटलमा ताजै थियो। सेमिफाइनलमा दुई पटकसम्म सबभन्दा भरपर्दा खेलाडी रोहित चन्दको पेनाल्टी प्रहार खेर गएका कारण यात्रा अघि बढाउन नसके पनि फुटबल टोलीबाट नेपालले स्वाभाविकरूपमा ठूलो आशा राखेको थियो। समर्थकको मनमा दशरथ रंगशालाको स्मरण जीवन्त रहँदै क्रिकेटको राष्ट्रिय टोली ट्वान्टी–२० विश्वकपका लागि लायक भयो। छनोट चरणमा सफलता हासिल गर्दै विश्वकपमा स्थान पक्का गरेको नेपालले बंगलादेशको मैदानमा पनि बहादुरीपूर्ण प्रदर्शन गर्योर। एकदिवसीय मान्यता भएको अफगानिस्तानलाई हराउनुका साथै १४ वर्षदेखि टेस्ट खेल्दै आएको विश्वस्तरीय स्टारले भरिपूर्ण बंगलादेशलाई संघर्षमय अवस्थामा पुर्यारयो।
व्यक्तिगत स्पर्धामा त नेपालले छिटफुट अन्तर्राष्ट्रिय सफलता पाइरहेकै थियो। नेपालजस्तो देशका लागि सामूहिक खेलमा सफलता पाउन गाह्रो हुन्छ। अझ खासगरी फुटबल र क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता पाउनु झन ठूलो कुरा हो। जुन पछिल्लो वर्ष नेपाली खेलाडीले मैदानमा हासिल गरेर पूरा देशलाई खुसीमा झुम्ने मौका दिइ नै रहे। राजनीतिले थुप्रै हिस्सामा विभाजित गरेको नेपाललाई एकताको मालामा फेरि उन्नका लागि खेलकुद नै सबभन्दा प्रभावकारी माध्यम बन्ने हैसियत नेपालमा फुटबल र क्रिकेटले प्रमाणित गरे। फुटबल र क्रिकेटको त्यो सफलताले सबै राजनीतिक दल, सरकार, व्यावसायिक प्रतिष्ठान, समर्थक र खेलकुदसँग कुनै चासो नभएका सामान्य जनतासमेतलाई प्रभावित गर्योस। सञ्चार माध्यमका मुख्य समाचारमा राजनीतिलाई खेलकुदले नियमितरूपमा विस्थापित गर्न थाल्यो। समग्रमा भन्दा पूरा देश खेलमय भयो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा विश्वकप खेलेको चार महिना पनि भइसकेको छैन, खेलकुदको दृष्य पूरै फेरिएको छ। मैदानका सफल नतिजाबाट उत्साहित हुँदै खेलकुदमा देखिएको फड्को मार्ने सपनालाई खेल प्रशासकका स्वार्थले बालुवाको घरलाई पानीको छालले झै निमिट्यान्न पारिसकेका छन्। मैदानको प्रदर्शनले ठूलो आशा जगाएको क्रिकेट अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै विशेष अदालतको कठघरामा पुगेको छ। फुटबल सार्वजनिक लेखा समिति, अख्तियार र आपसी द्वन्द्वद्वारा सिर्जित आन्दोलनको घेराभित्र फसेको छ। देशको खेलकुद चलाउने सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् पनि समस्यामुक्त छैन। उसको अभिभावक संस्था युवा तथा खेलकुद मन्त्रालय र परिषद्को नेतृत्व गर्ने दुई प्रमुख व्यक्तिबीचको राजनीतिक द्वन्द्वले नेपाली खेकलुद सरकारबिहीन अवस्थामा भट्किइरहेको छ। मन्त्रालय र परिषद् पनि अदालत धाइरहेका छन्। समग्रमा भन्दा पूरा देशलाई एकताको सूत्रमा बाँध्ने जिम्मेवारी केही महिनाअघि लिएको खेलकुद आफैं थुप्रै स्वार्थमा टुक्रिएको छ। नतिजा– अहिले खेलकुद मैदानभित्र भन्दा अख्तियार, अदालत, लेखा समिति, आन्दोलनका मैदान, एक–अर्काविरुद्ध आगो ओकल्ने पत्रकार सम्मेलनमा सीमित भएको छ। अखबारका पानाहरु पनि मैदानमा खेलाडीको प्रदर्शन कथाभन्दा मैदानबाहिर पदाधिकारीका कर्तुतका शब्द खर्चिएर भरिन थालेका छन्।
सरकारी निकायकै बीचमा कानुन र अनुशासनको लडाइँ छ। खेल संघहरुमा भ्रष्टाचार, निष्त्रि्कयता र दूरदर्शिता अभाव छ। यस्तो अवस्थामा सरकारले खेलकुदका लागि ठूलो मन गरेर दिएको बजेटको के हालत होला? भर्खरैमात्र खेलकुदप्रति सकारात्मक हुन थालेका व्यावसायिक प्रतिष्ठानको लगानी गर्ने इच्छामा कस्तो असर गर्ला? फुटबल र क्रिकेटका टोलीले मैदानमा गरेको प्रदर्शनले देशैभर आफ्ना बच्चालाई खेलकुदमा लगाउने इच्छा बनाउन थालेका अभिभावकको भावनामा कस्तो प्रभाव पार्ला? खेल प्रशासकहरुको कानुन, राजनीति, नैतिकता, अनुशासन र स्वायत्तताका रटानले स्वस्फूर्तरूपमा खेलकुदप्रति पलाएको सरकार, राजनीतिक दल, व्यावसायिक प्रतिष्ठान र अभिभावकको सकारात्मक भावनालाई कायम राख्न सक्दैन। व्यक्तिगत स्वार्थका लागि प्रशासकहरुले जति कोकोहोलो मच्चाए पनि त्योसँग उनीहरुलाई कुनै लेनदेन हुँदैन।
देशभित्र कुनै पनि खेलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ वा नेपाल क्रिकेट संघ तथा यसका नियमनकारी सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयको पहिलो जिम्मेवारी सम्बन्धित खेलको देशभित्र विकास र विस्तार गर्नु नै हो। कानुन, राजनीति, नैतिकता, अनुशासन र स्वायत्तता खेल विकासका लागि हुन्। खेलको अस्तित्व नामेट हुँदै जाने, तर संघ स्वायत्त हुने हो भने त्यो स्वायत्तताको कुनै अर्थ रहँदैन। यसैगरी खेल खुम्चिँदै जाने हो भने पनि कानुन, राजनीति, नैतिकता र अनुशासनको अर्थ रहन्न। आपसी लडाइँमा मस्त रहेर खेलकुद बिर्सिएका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र परिषद्का सदस्य सचिव युवराज लामासँगै फुटबल संघ र क्रिकेट संघले व्यक्तिगत र राजनीतिक स्वार्थ बिर्सिएर खेलको समग्र स्वार्थ सम्झनुपर्ने बेला आएको छ।
क्रिकेटमा राष्ट्रिय टोली हेर्ने प्रशिक्षक छैनन्। फुटबलमा कुनै घरेलु क्यालेन्डरको टुंगो छैन। जसका कारण दुवै संघ नेपालमा रहनुको व्यावहारिकता प्रमाणित छैन। खेलाडी, प्रशिक्षक र संघलाई दोहोरो सरकारको दबाब छ। जसले सरकारको उपस्थितिप्रति पनि खेलकर्मी ढुक्क छैनन्। सरकारले उपस्थिति देखाउने हो भने आफ्नै विवादको समाधान निकालेर निश्पक्ष अभिभावकका रूपमा परिणत हुनुको विकल्प छैन। मन्त्री पौडेल र सदस्य सचिव लामाबीच पछिल्ला केही दिनयता समस्या नभएजस्तो व्यवहार देखिएको छ। तर स्वयं मन्त्री पौडेलको पार्टी नेकपा एमाले खेलकुदको विषयमा प्रष्टरूपमा दुई चिरा परेको छ। त्यसैले दुई व्यक्तिबीचको समस्या विभिन्न दबाबका कारण मिलेजस्तो देखिए पनि यो दीर्घकालीन समाधान पक्कै होइन। सरकारका दुई निकाय मिलिहाले पनि ओलम्पिक कमिटी र परिषद्बीचको लडाइँले स्थान पाउने पक्का छ। आफैँ समस्यामा भएका कारण परिषद्ले ओलम्पिक कमिटीविरुद्ध लडाइँ उद्घोष गर्न नपाएको हो। अब मन्त्रालयसँगको समस्या मिले परिषद् ओलम्पिक कमिटीविरुद्ध खनिनेछ। सर्वोच्च अदालतले यअसघि नै ओलम्पिक कमिटीलाई अवैध ठहर गरिसकेको छ। जसले खेलकुदमा लडाइँका लागि उपयुक्त रणभूमि सिर्जना गर्नेछ।
यसैगरी फुटबल संघ र क्रिकेट संघले पनि आफूमाथि भइरहेका अनुसन्धान र कानुनी प्रक्रिया एकातिर चलिरहँदा अर्कोतिर खेललाई अघि बढाउने क्रमलाई निरन्तरता दिनुपर्छ। क्रिकेटसँग घरेलु संरचना नै छैन। सरकारले राष्ट्रिय टोलीका लागि प्रशिक्षकको खर्च बेहोर्ने बताइसकेको छ। सरकारको यो उदारताको फाइदा उठाउँदै प्रशिक्षक नियुक्तिमा विलम्ब नगरी प्रभावकारी घरेलु संरचना निर्माणमा जुट्नुपर्छ। फुटबलको पनि प्रस्तावित राष्ट्रिय लिग नहुने सम्भावना बढेका बेला कम्तिमा निरन्तर हुँदै आएको सहिद स्मारक लिगको तयारी र क्यालेन्डर सार्वजनिक गर्न ढिलो भइसकेको छ। अन्थया असनको साँढेझै मनलाग्दी पारामा वरिपरिका निमुखालाई मिच्दै अगाडि बढेर मिनी हिटलर बन्ने धूनमा रहेकाले पछुताउने मौका पनि नपाउन सक्छन्।