विवादमा अनमिनको भूमिका
२३ कार्तिक २०६६
•
६ मिनेट पाठ
विवादमा अनमिनको भूमिका
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले कात्तिक १४ मा ' समयमै नयाँ संविधान जारी गर्न र माओवादी सेनाका सदस्यको सफलतापूर्वक समायोजन र पुनःस्थापना गर्न राष्ट्रिय सहमतिको सरकार वाञ्छनीय देखिन्छ ' भन्ने उल्लेख गरेर सुरक्षा परिषद्मा पेस गरेको नेपाल प्रतिवेदनको टीकाटिप्पणी भइरहेको छ। नेपालको शान्ति प्रक्रियाको ३ वर्षदेखि अनुगमन गरिरहेको अन्मिनका तर्फबाट प्रस्तुत प्रतिवेदनमा राजनीतिक दलहरूले चासो र चर्चा गर्नु स्वाभाविकै हो।

माओवादीसहितको सरकार बन्नुपर्छ भन्ने आन्दोलन भइरहेकै बेला मुनको कथनको पनि सत्ता र सडकमा रहनेहरूले आआफ्नै व्याख्या गरे। एनेकपा (अध्यक्ष) पुष्पकमल दाहालले आफ्नो पक्षमा बोलेको अर्थ लगाए भने प्रतिवेदनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको निचोड सत्ताधारी गठबन्धनले निकाल्यो। यसमा सहमतिको सरकार बनाउने बुँदाका साथै राजनीतिक पात्र र दललाई सुझाव पनि छ।
'नेपालको शान्ति प्रक्रियाका मुख्य प्रतिबद्धता कार्यान्वयन हुन अझै बाँकी छ र यो गम्भीर चिन्ताको विषय हो' भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। राजनीतिक दलहरूबीच विश्वासको वातावरण भत्किँदै गएको र सुरक्षा क्षेत्रमा समग्र रणनीति तयार गरिनुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएका छन्। त्यसमा नेपाली सेनाको आकार घटाउनेदेखि वरिष्ठ नेताहरूले संविधानसभाका बैठकमा भाग नलिएका यथार्थ लेखिएको छ।
यस प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्ष, शान्ति संझौता कार्यान्वयनको समीक्षा हुनुपर्छ भन्ने नै हो। संझौता कार्यान्वयनको व्यापक समीक्षा गरिए पक्षहरूमा विश्वासको वातावरण बनेर शान्ति प्रक्रियाले ऊर्जा पाउने अपेक्षा मुनले राखेको देखिन्छ। शान्ति संझौताको कार्यान्वयन, अनुगमन र समीक्षा हुनुपर्छ भन्नुपर्ने स्थिति कसरी आयो? मुनलाई धारे हात लगाउनुको साटो नेताहरूले त आत्मसमीक्षा गर्नुपर्ने होइन र? माओवादी सेनाको भविष्य निर्धारणको सबाल शान्ति प्रक्रियाको आधारस्तम्म मध्येको हो भन्ने उनको कथन गलत त होइन। यसको साँच्चिकै समीक्षा भएमा भएमा दाहाल नै मुनका कटुआलोचक बन्ने निश्चित् छ। कारण, माओवादी लडाकु समायोजनको विषयलाई मोलतोलमा प्रयोग गर्न यसलाई लम्याउन चाहन्छ।
यस क्रममा अनमिनको भूमिकाको समीक्षा हुनुपर्छ भने यसको औचित्यका बारेमा पनि बहस आवश्यक छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने आधारस्तम्भ १२ बुँदे समझदारीको रचनाकार भारतको चाहनाविपरीत अनमिन कसरी आयो? शान्ति प्रक्रियामा तेस्रो पक्षलाई साक्षी राख्ने माओवादी चाहनाका कारण अनमिन यहाँ आएको हो। सीमित भूमिकामा आएको अनमिनले अहिले पश्चिमी राष्ट्रहरूको चाहनाअनुरूप काम गरिरहेको देखिन्छ।
अनमिनका पूर्वप्रमुख इयान मार्टिनले हालै न्युयोर्कमा बोल्दै नेपालको शान्ति प्रक्रियाका बारेमा प्रश्न चिन्ह लगाएका छन्। नेपालको 'शान्ति प्रक्रिया असफलता उन्मुख?' शीर्षकको प्रवचनमा उनले अनमिनका प्रतिवेदनहरूमा यसअघि नलेखिएका कतिपय विषय उजागर गरेका छन्। मार्टिनले सबैभन्दा पहिले शान्ति संझौता अवज्ञा गर्ने काम माओवादीबाट भएको बताएका छन्। उनले माओवादी छापामार वाईसीएलमा गएको र शिविरहरूमा नयाँ भर्ती खोलेको खुलस्त पारेका छन्। समग्रमा मार्टिनको प्रवचन नेपालका सबै राजनीतिक पात्र र पार्टीप्रति आलोचनात्मक छ।
अनमिनका हाकिम मार्टिन वा करिन लेनग्रेन अनुगमनकर्ताको भूमिकामा सीमित छैनन्, र हुन पनि चाहँदैनन्। मार्टिनले नेपालमा कार्यरत रहँदा तेश्रो लिंगीको आन्दोलनलाई प्रोत्साहित गर्नेदेखि मधेशका सशस्त्र समूहसँग वार्ता गर्न दूत खटाउने काम पनि गरेका थिए। अहिले लेनग्रेन, सरकारले माओवादी आन्दोलन दबाउन सुरक्षा संयन्त्र तैनाथ गरेको रिर्पोटिंग गर्न व्यस्त छिन्। मार्र्टिनको प्रवचन र मुनको प्रतिवेदन दुवैमा अनमिनको भूमिका सीमित भएको गुनासो छ।
आगामी माघ ९ देखि अवधि सकिन लागेको अनमिनलाई अहिलेकै भूमिकामा निरन्तरता दिने, बिदा गर्ने वा उसको भूमिका विस्तार गर्ने भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ।
अर्को समाचार
अनमिनलाई कटाक्ष
३० असार २०६७
•
८ मिनेट पाठ
अनमिनलाई कटाक्ष
राष्ट्रिय संघीय शान्ति मिसन (अनमिन)को भूमिका विवादमा परेको छ। माओवादीबाहेकका प्रमुख पार्टीका जिम्मेवार नेताहरू अनमिनको औचित्यमाथि प्रश्न उठाउँदै छन्। उनीहरू दुई महिनापछि अनमिनको म्याद नथप्ने धम्की दिँदैछन्।
माओवादी सशस्त्र बिद्रोह त्यागेर खुला राजनीतिमा आएपछि चार वर्षअघि शान्तिप्रक्रियाको साक्षी बस्न अनमिन नेपाल आएको हो। माओवादी शिविरबाट लडाकु हतियारसहित बाहिर निस्किएका, शिविरहरू अपहरित मानिसको केन्द्र बनाइएको स्थिति वा माओवादी लडाकुसम्बन्धी मुद्दामा ‘त्यसो गर्न हुँदैनथ्यो' भन्दै औपचारिक वक्तव्यमा सीमित हुने अनमिनसँग विवाद अहिले अलि फरक खालको छ। साक्षीको हैसियतले अनमिनले माओवादी लडाकु समायोजन र पुनःस्थापन गर्न १४ महिना लाग्ने अनौपचारिक प्रस्तावका कारण ऊ आलोचनाको सिकार बन्न पुगेको छ।

नेपाली राजनीति माओवादी लडाकु व्यवस्थापनको मुद्दामा अल्झेको छ। यस्तो बेला अनमिनको प्रेसक्रिप्सन विवादमा पर्नु स्वाभाविक हो। उसको प्रस्तावले माओवादीबाहेकका नेतालाई तताएको छ। अनमिनको ६० हप्ते कार्ययोजना माओवादीसँगको मिलोमतोमा आएको कांग्रेस कार्यवाहक सभापति सुशीलल कोइरालाको आरोप छ। प्रधानमन्त्री माधवकुमार नेपालले अनमिनले क्षेत्राधिकार बाहिर गएर काम गरेको भन्दै औपचारिक पत्र बुझाएका छन्। उनको पत्रको जवाफ संयुक्त राष्ट्रसंघले दिइसकेको छ। न्यूयोर्कबाट राष्ट्रसंघका महासचिव बान की मुनका सहप्रवक्ता फरहान हकले तोकिएको कार्यादेशअनुसार अनमिनले प्रस्ताव दिएको दाबी गरेका छन्।
प्रधानमन्त्री र नेताहरूले लहैलहैमा वक्तव्यबाजी गरेका त होइनन्?

प्रस्ताव सन्दर्भ सामग्रीका रूपमा प्रधानमन्त्रीको अध्यक्षताको विशेष समितिलाई डेढ महिनाअघि बुझाएको अनमिनको दाबी छ। उसको दाबी साँचो हो भने सन्दर्भ सामग्रीलाई अहिलेको सरकारविहीन अवस्थामा कसले कुन प्रयोजनका निम्ति प्रापोगाण्डाको अस्त्र बनायो? त्यसको खोजबिन हुनुपर्‍यो। आफ्नै अध्यक्षताको समितिलाई बुझाइएको प्रतिवेदन सरकारको जानकारीमा नभएको भन्नु र समाचारमा आएको अनौपचारिक दस्तावेजको विरोधमा सरकारले औपचारिक पत्राचार गर्नु कहाँसम्मको केटाकेटीपन हो! कुटनीतिक मामलालाई राजनीतिक मसला बनाउन मिल्दैन।

अनमिन प्रस्तावको मात्र होइन, उसको भूमिका र औचित्यबारे बारम्बार विवाद उठाउने गरिन्छ। गत कात्तिकमा महासचिव मुनले सुरक्षा समितिमा पेस गरेको नेपाल प्रतिवेदनले पनि हल्लिखल्ली मचाएको थियो। मुनले नेपालको शान्ति प्रक्रिया चुनौतीपूर्ण बनेको औल्याउँदै ‘समयमै नयाँ संविधान जारी गर्न र माओवादी सेनाको सफल समायोजन र पुनःस्थापना गर्न राष्ट्रिय सहमतिको सरकार वाञ्छनीय देखिन्छ' भनेका थिए। त्यस बेला मुनको भनाइलाई माओवादीले आफ्नो पक्षपोषण भएको ठान्यो। सत्तारुढ गठबन्धनले आन्तरिक राजनीतिमा हस्तक्षेपको आरोप लगायो।

मुनका पोहोरको कुरा पुराना भइसकेको छ। यसै पालि मुनले राष्ट्रिय सहमतिको सरकारका निम्ति आग्रह नगरेका होइनन्। राष्ट्रिय सहमतिको सरकार बनाउने अवसरबाट नेताहरू चुकिसकेका छन्। सहमतिको राजनीति पन्छाएर गणितको खेलमा अल्भि्कएका दलहरूको केन्द्रमा सेना समायोजन र पुनःस्थापना हुनुपर्थ्यो । प्रमुख दलका जिम्मेवार नेताहरूले अरुलाई औँला ठड्याउनुअघि आत्मसमीक्षा गरे समाधान निकाल्न सहज हुने थियो।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने रचनाकार भारत र हाम्रो अर्को छिमेकी चीन नेपालमा तेस्रो शक्तिको महत्वपूर्ण उपस्थिति चाहँदैनन्। उनीहरूको चाहनाकै कारण अनमिन सीमित भूमिकामा खुम्चिएर नेपाल आएको शीर्ष नेताहरूले बिर्सन मिल्दैन। दिल्लीमा भएको १२ बुँदै समझदारीमा उल्लेखित तेस्रो पक्षलाई साक्षी राख्ने माओवादी चाहनामा अनमिन यहाँ आएको हो। सहमति, सम्झौता कार्यान्वयन नगर्दा नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढ्दो छ। शान्ति सम्झौतामा संविधान सभा निर्वाचनअघि नै माओवादी लडाकु समायोजन र पुनःस्थापना भइसक्नुपर्ने उल्लेख छ।

निर्वाचन भएको २७ महिना बितिसक्दा पनि लडाकु समायोजन जस्तातस्तै रहनुमा दोषी को? अनमिन कि नेताहरु? उत्तर सहज छ, नेताहरू। माओवादी खुला र प्रतिस्पर्धी राजनीतिमा आएको हो भने लोकतन्त्रमा सेना चाहिँदैन भन्ने आधारभूत कुरा उसले स्विकार्नुपर्‍यो। कांग्रेस, एमालेका शीर्ष नेताहरूले पनि माओवादी लडाकुलाई सेनामा समायोजन गर्नु हुँदैन भन्ने जर्नेलरूको बहकाउमा लाग्न भएन। लोकतन्त्रमा बन्दुकलाई प्रोत्साहित गर्दा परिणाम सुखद हुँदैन। सेना सरकारको अस्त्र हो, लोकतन्त्रको पहरेदार होइन।

अनमिनको काम, आवश्यकता र औचित्यबारे प्रमुख दल र नेताहरू परस्परविरोधी बन्नु हुँदैन। अनमिनको भूमिकाबारे विवाद गर्ने कि उसलाई चाँडै सहज वातावरणमा बिदा गर्ने भन्ने नेताहरूको हातमा छ। वर्तमान अवस्थाले लामो समय निरन्तरता पाए नेपाल असफल राष्ट्रमा दरिने पक्का छ। त्यस बेला राष्ट्रसंघलाई बोलाउनु पर्देन, ऊ आफैँ आउन सक्छ। विद्रोही सेनाको व्यवस्थापन नहुन्जेल राष्ट्रसंघले छाड्दैन भन्ने नेताहरूले कहिले बुझ्लान्?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस