भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले यति बेला नेपालका सबैजसो सञ्चार माध्यमलाई तताएको देखिन्छ। दक्षिणतर्फको विशाल छिमेकी राष्ट्रका प्रधानमन्त्रीको चिरप्रतीक्षित भ्रमणसँग धेरै विषय जोडिएका छन्। भनिन्छ, भारतमा लामो समयपछि राजनीतिक स्थिरता तथा आर्थिक विकासको अझ बलियो सम्भावना बोकेर प्रधानमन्त्री बनेका छन् मोदी।अर्कोतिर, उनलाई 'हिन्दूत्व' र 'कर्पोरेट प्रेम'सँग जोडेर अर्कै किसिमका टीकाटिप्पणी पनि भइरहेका छन्। यस्तो व्यक्तित्वको भ्रमणको चर्चा सिंहदरबारदेखि चौतारा र चिया पसलसम्मको गफको विषय बन्नु स्वाभाविकै हो। कोही यस भ्रमणलाई हाम्रो देशको समृद्धिको ढोका खोल्ने अवसरका रूपमा देखिरहेका छन्। कोही भने 'सावधान, फेरि के लिएर जान्छ बाठो छिमेकीले' भनेर कराइरहेका छन्। त्यस्तै, सामाजिक सञ्जालहरूमा 'राष्ट्रवादी'हरू र 'विकास अभियन्ता'का आआफ्नै स्वर घन्किइरहेका छन्।
दक्षिणी छिमेकीको भ्रमणले यसरी मिडियालाई छोपिरहेको बेला, उत्तरतर्फको विकासको एउटा सामान्य लाग्ने समाचार आएको छ। समृद्धिको बाटोमा अत्यन्त द्रूत गतिमा लम्किरहेको हाम्रो अर्को शक्तिशाली छिमेकी देश चीनका निम्ति भित्री तिब्बतसम्मै रेलमार्गको विस्तार हुनु कति पो ठूलो विषय हो र? तर यसले उत्पन्न गर्नसक्ने दूरगामी महत्व देखेरै त होला केही पत्रिकाले यस समाचारलाई प्राथमिकता दिएरै छापेका छन्।
हाम्रो उत्तर र दक्षिणमा दुई विशाल र शक्तिशाली छिमेकी देश छन्। अत्यन्त द्रूत गतिमा विकास गरिरहेका यी दुई छिमेकी कहिले तीव्र प्रतिस्पर्धामा हुन्छन् भने कहिले समान आर्थिक हितका लागि सहकार्य गरिरहेका हुन्छन्। कहिले युद्धमा होमिएका हुन्छन्, कहिले अन्तर्राष्ट्रिय मामलामा कुम जोडिरहेका हुन्छन्। यी दुईको बीचमा चेपिएको नेपाल जहिले पनि 'दुई ढुङ्गाबीचको तरुल' बन्ने कि क्षेत्रीय सम्भावनाको सदुपयोग गरेर समृद्ध स्थिर राष्ट्र बन्ने दोबाटोमा अल्मलिइरहेको हुन्छ।
छिमेकमा के भइरहिरहेको छ भन्ने विषयलाई बिल्कुलै बेवास्ता गरेर बस्नसक्ने स्थिति हाम्रो देशको छैन नै। यसै पनि विश्व 'सानो' हुँदै गइरहेको छ। कोसौं परसम्म छरिएका पातला घरको गाउँजस्तो छैन अहिलेको विश्व। जोडिएका घरहरूको घना बस्तीजस्तो भएको छ संसार। छिमेकीको आँगनमा मात्रै हैन कोठा चोटामै पनि के भइरहेको छ भन्ने थाह हुने स्थिति छ अहिले। छिमेकमा भएको हरेक कुराले प्रभाव पार्छ प्रत्येक देशलाई। यस्तो बेलामा 'देशको हित', 'देशको माया', 'राष्ट्रवाद' जस्ता शब्दावलीलाई वर्तमानको यथार्थसँग नजोडी, क्षेत्रीय यथार्थलाई बेवास्ता गरेर बु‰न सकिन्न।
कुनै पनि देशको राष्ट्रियता, त्यस देशका नागरिकको राष्ट्रवाद तथा देशभक्तिको रूप समय, काल, परिस्थिति, इतिहास अनेक तत्वले निर्धारण गरेको हुन्छ। पञ्चशील, सहअस्तित्वआदिको जतिसुकै गफ गरे पनि ठूला देशले विश्वप्रणालीलाई, अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने तरिका, उनीहरूको बुझाइ र प्राथमिकता साना देशको भन्दा तात्विकरूपमै फरक हुन्छ। आकारका साथै आर्थिक तथा सामरिक शक्तिका कारण कतै न कतै, कुनै न कुनै बेला, कसै न कसैका लागि मिचाहा हुनसक्ने सम्भावना यी ठूला देशमा जहिले पनि हुन्छ नै। विश्वलाई कुनै न कुनै किसिमले आफ्नो प्रभावमा राख्ने र सकेदेखि नियन्त्रण नै गर्ने चाहना राखेका ठूला तथा शक्तिशाली देशको 'देशभक्ति' र साना देशको देशभक्ति समान हुनै सक्दैन। सानै भनिएका देशमा पनि अनेकौं आयाममा भिन्नता छन्। इजरायलीहरूको होस् वा उत्तर कोरियालीको, दक्षिण कोरियालीको होस् वा सिंगापुरको नजिकैको छिमेकी भूटानको होस् वा इष्ट टिमोरको, कुनै पनि देशको 'राष्ट्रवाद' हामीले नक्कल गरेर हुँदैन। विभिन्न आन्तरिक तथा बाह्य कारणले ऐतिहासिक तथा समकालीन परिस्थितिले देश हितको निर्धारण गरेको हुन्छ। त्यो हित के के मा छ भनेर विचार नगरी कहिले आफ्नै हीनताबोधले ग्रस्त भएर, कहिले अरूप्रतिको ईर्ष्याले ग्रस्त भएर अनि कहिले घरभित्रको रिस पोख्न छिमेकी गुहार्ने मानसिकताले डोर्याुइएर निर्णय गर्नेहरू देशको माया गर्न सक्षम हुँदैनन्। तिनले देशलाई झन् झन् खतरनाक भिरमा पुर्या्उँछन्।
सानो, कमजोर देशले आफ्नो हित केमा छ भन्ने नदेख्दा, आफ्नो हिततमा अडान लिन नसक्दा, नजान्दा त हानि हुन्छ नै। छिमेकीसँग अनावश्यक निहुँ खोज्दा पनि उल्टो आफ्नै असुरक्षा उत्पन्न भइरहेको हुन्छ। हामीकहाँ उत्तरी छिमेकीसँगको भन्दा दक्षिणी छिमेकीसँगको सम्बन्धका बारेमा धेरै चर्चा हुनेगरेको छ। सजिलो आवागमन र पुरानो सांस्कृतिक सम्बन्धका कारण भारतसँगको सम्बन्धले औपचारिकताको सीमा नाघेको छ र विभिन्न क्षेत्रमा अन्तरनिर्भर छ। सँगसँगै चर्को अविश्वास पनि छ। अचेल सामाजिक संजालमा मोदी भ्रमणसँग जोडिएर आएका अभिव्यक्ति हेर्ने हो भने पनि सजिलै यो अविश्वासलाई अनुभूत गर्न सकिन्छ।
यो चर्चा गरिरहँदा, हामी राष्ट्रिय हीनताबोधले ग्रस्त छौं भन्न अप्ठेरो मान्नुपर्दैन। खासगरी भारतसँगको सम्बन्धमा यो देखिने गरेको छ। यही हीनताबोधको एउटा अभिव्यक्ति हो – 'छिमेकी बलियो छ, उसले जे भन्छ त्यो नमानी सुख छैन।' ठीक उल्टो लाग्ने अर्को अभिव्यक्ति – 'छिमेकी चतुर छ, जहिले पनि हामीलाई फसाइरहेकै हुन्छ, त्यसैले उसले जे भन्छ त्यसको विरोध गर्नु पर्छ।' यो पनि यथार्थमा हीनताबोधकै अभिव्यक्ति हो। प्रायः राष्ट्रवादको खोलमा हीनताबोधका यी दुवैखाले अभिव्यक्ति देखापर्ने गरेका छन्। हानिकारक छन् यी।
अब पनि यही निम्नस्तरको मानिसकतामा रहेर समकालीन विश्वमा एउटा समृद्ध, स्वस्थ र सुखी राष्ट्रका रूपमा हामी बाँच्न सक्दैनौ। हाम्रा पनि प्रशस्त सम्भावना छन्। छिमेकीलगायत विश्वका अन्य देशका निम्ति पनि हामी आफ्नो महत्व बढाउन सक्छौँ। अन्तरनिर्भरताको युग हो यो – कतिपय विषयमा अरू पनि हामीमाथि निर्भर हुने स्थिति उत्पन्न गर्न सक्छौं। विशाल र समृद्धितर्फ छिटो छिटो लम्किरहेका छिमेकीबीचको प्रतिस्पर्धाले पनि हामीलाई प्रशस्त अवसर दिइरहेको छ।
आआफ्ना स्वार्थमा विभाजित छन् देशहरू। पहिले पनि थिए, अहिले पनि छन् र पछि पनि रहनेछन्। तर अहिले अन्तर्राष्ट्रिय समुदाय भन्ने अवधारणा पनि त छ! त्यस्ता 'समुदाय'को क्रियाशीलता पनि प्रशस्त देखिन्छ। शक्तिशाली राष्ट्रहरूको बीचमा संसारलाई बाँडिचुँडी खाने सैद्धान्तिक जोखिम अझै पनि हराइसकेको छैन। तर पहिले जस्तो सजिलो भने निश्चय नै छैन। संसारभरकै न्यायप्रेमी जनताका पनि आफ्नै राज्यइतर 'अन्तर्राष्ट्रिय समुदाय' बनिरहेका छन्। पहिलेजस्तो एउटा छिमेकीले अर्कोमाथि मनलागेको बेलामा 'चढाइ गर्न' सजिलो छैन। वरपरका अरू छिमेकीको पनि आवाज सुन्नुपर्ने हुन्छ। खबरदारी सुन्नुपर्ने हुन्छ। साना र कमजोर देशले यो अन्तर्राष्ट्रिय परिस्थिति र जनताबीचको ऐक्यबद्धताको अधिकतम प्रयोग गर्नुपर्ने हुन्छ। जहिले पनि कसैले हामीलाई निलिहाल्छ कि, खाइहाल्छ कि, ठगिहाल्छ कि भनेर त्रस्त भई बस्नुको सट्टा आफ्नो कूटनीतिक कौशल बढाउने, प्रविधिमा आधारित उद्योग र आफ्नो यथार्थमा आधारित विकासको युगमा प्रवेश गर्ने बेला हो यो।
बदलिँदै गरेको अन्तर्राष्ट्रिय परिस्थितिमा भारतसँगको भौगोलिक, सांस्कृतिक सम्बन्धबाट हाम्रो आफ्नो विकासका लागि अधिकतम फाइदा लिन हामीले सक्नै पर्छ। तर ऊमाथिको एकोहोरो निर्भरता भने कम नपारी हुँदैन। दक्षिण छिमेकीका मूलीलाई स्वागत गर्ने तयारी भइरहेको बेलामा उनी आएको यस मौकामा देशको भलोका लागि कसरी के गर्ने होला भनी सबैका बीचमा सक्रिय मन्थने हुनैपर्ने राम्रो कुरा हो। संयोगले ठीक यही बेला उत्तरतर्फ हाम्रो सीमाको नजिकै रेल लाइन पुगेको समाचार आएको छ। यो सानो र सामान्य खबरजस्तो लाग्नसक्छ। तर कालान्तरमा यो नै हाम्रो निम्ति निकै ठूलो कुरा ठहरिन सक्छ। केरुङ हुँदै रसुवासम्मै रेलमार्ग खुल्ने हो भने, अझ काठमाडौं हुँदै लुम्बिनीलगायत हाम्रो तराईसम्मै जोडिने हो भने हाम्रा लागि प्रशान्त महासागरको किनारासम्म स्थलमार्गबाटै आवागमनको सम्भावना खुल्छ। झन् 'सिल्करोड'लाई पुनर्जीवित गराउने चिनियाँ सपना पूरा हुने हो भने त युरोपसमेत हाम्रा निम्ति टाढा हुन छोड्नेछ।
सम्भावना प्रशस्त छन्। होसमा रहनसक्नु, आफैँमा लुकेको सामर्थ्य देख्नसक्नु, समयको चाललाई बुझ्न सक्नु, अरूबाट आफ्नो देशको हितमा काम लिन सक्नुजस्ता गुण भने हामीले विकास गर्नैपर्छ।