माओवादी विद्रोहको अन्त्य र राजनीतिक अग्रगमनको प्रस्थानविन्दुका रूपमा स्वीकार गरिएको सहभागितामूलक संविधान लेखन प्रक्रिया असफलताको संघारमा छ। नयाँ संविधान निर्माणको प्रक्रियालाई सफलतामा पर्ुयाउन पनि यसको लेखाजोखा हुनैपर्छ।नेपाल अधिराज्यको संविधान, २०४७ लाई त्यसबखत लोकतान्त्रिक र अग्रगामी मानिएको हो। गणतन्त्र र संघीयताका अहिलेका नाराको कसीमा नजाँच्ने हो भने लोकतान्त्रिक अधिकार र समावेशिताका लागि २०४७ को संविधानमा पर्याप्त सम्भावना नभएको होइन। आज नेपालमा देखिएका कतिपय सकारात्मक परिवर्तनको स्रोतका रूपमा २०४६ को राजनीतिक परिवर्तन र २०४७ को संविधानलाई सम्मान नगर्ने प्रवृित्त पूर्वाग्रहमात्र हो।
तर, मुलुकको मूल कानुनको महत्व यसको अन्तर्वस्तुमात्र होइन निर्माण प्रक्रियामा पनि निर्भर हुन्छ। सम्भ्रान्त वर्गले बन्द कोठामा लेख्ने संविधानका तुलनामा सर्वसाधारणको प्रतिनिधित्वमूलक सहभागितामा निर्माण हुने संविधानमा अपनत्वको मात्रा बढी हुन्छ। सहभागितामूलक संविधान लेखनको मूल मर्म पनि यही हो। यस मान्यताका आधारमा हेर्दा २०४६ मा सुरु भएको संविधान लेखन प्रक्रिया प्रतिनिधित्वमूलक र समावेशी थिएन।
विसं २०६२/६३ को दोस्रो जनआन्दोलनमा राज्यको पुनर्संरचना र लोकतन्त्रीकरणका लागि निर्वाचित संविधान सभामार्फत् सहभागितामूलक प्रक्रियाबाट नयाँ संविधान लेख्ने राजनीतिक मार्गचित्र अनुमोदित भयो। संसारका थोरै मुलुकले अपनाएको सहभागितामूलक संविधान लेखन प्रक्रियामा नेपाल पनि प्रवेश गर्योस। प्रारम्भमा अत्यन्त आशा र उत्साहका साथ अपनाइएको सहभागितामूलक संविधान निर्माणको हाम्रो प्रक्रिया आज गतिहीन छ। यो गतिहीनतामा विगततर्फ फर्केर हेर्नु लाभदायक हुनसक्छ।
संविधान सभाबाट संविधान लेख्ने नेपालको राजनीतिक अभियानको पहिलो तगारो द्वन्द्व रूपान्तरणको प्रक्रियालाई मान्नुपर्छ जसको उचित व्यवस्थापन गर्नमा नेपालका राजनीतिक दलका नेता असफल प्रमाणित भएकै हुन्।
नेपालको शान्ति प्रक्रिया द्वन्द्व रूपान्तरण र शान्ति निर्माणका विश्वव्यापी मान्यताभन्दा पृथक थियो। तर, यसलाई नेपालका नेताले 'मौलिक प्रक्रिया'का रूपमा अतिरञ्जित ढङ्गले व्याख्या गरे। सैद्धान्तिकमात्र होइन व्यवहारिकरूपमा समेत गलत मान्यता र प्रक्रियाबाट निर्देशित नेपालको शान्ति प्रक्रिया हतियार व्यवस्थापन, सेना समायोजन, लडाकुको सामाजिकीकरण र सशस्त्र द्वन्द्वको सम्भावनाको न्यूनीकरणका उद्देश्यमा प्रभावकारी थिएन।
यसको स्पष्ट उदाहरण सेना समायोजसम्बन्धी विवादमा नेपालले खेर फालेको समयलाई मान्न सकिन्छ। संविधान सभाको पहिलो निर्वाचनबाट प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित माओवादीले आफ्नो सैन्य दस्तालाई दिएको महत्व संविधान लेखन प्रक्रियाको अवरोध बन्यो। सरकारको नेतृत्वमा रहेको माओवादीले आफ्ना सेनाका हतियार आफ्नै गृहमन्त्रीलाई बुझाउन मानेन। बढाइचढाइ गरेर प्रस्तुत गरिएका माओवादी सेनाका हतियार र लडाकुको संख्याका विषयमा केन्द्रित विवाद र बहसले नेपालको संविधान लेखन प्रक्रियालाई लगभग दुई वर्ष अवरुद्ध बनाएको बिर्सन मिल्दैन।
संविधान सभाको आजको असफलताको अर्को कारण राजनीतिक दलमा रहेको दम्भलाई मान्नुपर्ने हुन्छ। दोस्रो जनआन्दोलनको नेतृत्व गरेका कांग्रेस, एमाले र माओवादीमा जनआन्दोलनको सफलतापछि पलाएको दम्भ सिद्धान्त र विधिको उपेक्षाका आधार बने। 'हामीले गरेको जे पनि सही हुन्छ' भन्ने दम्भमा संविधान लेखनका स्थापित मान्यतालाई सम्मान नगर्दा विगतमा संविधान सभा आफ्नो उद्देश्यमा सफल हुनसकेन र यो जोखिम हालसम्म कायमै छ।
संविधान सभामार्फत् नयाँ संविधान लेख्न उद्यत मुलुक नेपालमात्र होइन। द्वन्द्व रूपान्तरण र राज्यको पुनर्संरचनाका लागि छिमेकी मुलुक भारतदेखि दक्षिण अफ्रिकासम्मका विश्वका कतिपय मुलुकले संविधान सभाबाटै संविधान लेखेका छन्। ती मुलुकमा संविधानका सैद्धान्तिक मान्यता र संविधान लेखनका क्रममा नागरिक सहभागिताका विषयमा निश्चित प्रबन्ध बनेका थिए। नेपालमा यी दुवै कुरालाई प्राथमिकता दिइएको छैन।
नेपालको संविधान लेखनको प्रक्रियामा ११ विषयगत समितिको निर्माणको आधार, यी समितिभित्र हुने वा भएका छलफलको ढाँचा, विषयगत समितिको जिम्मेवारी, संवैधानिक समितिको क्षेत्राधिकार र संविधानको अन्तिम मस्यौदा पारित हुने विधिका विषयमा अनेकौं अस्पष्टता विद्यमान थिए र छन्। यसका विषयमा आवश्यक चर्चा हुनसकेको छैन। निर्वाचित संविधान सभाले गरेका काम स्वतः सही हुन्छन् भन्ने नेपालको स्थापित मान्यताका कारण संविधान लेखनको प्रक्रियामा रहेका कमजोरी सार्वजनिक चासोको विषय बन्न नसकेको हुनुपर्छ।
पहिलो संविधान सभाको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिमा कति धेरै आत्मविश्वास र उत्साह देखियो भने राज्यका मूलभूत सिद्धान्त र सीमितता तिनका अपेक्षाका अगाडि गौण बन्न पुगे। हरेक नागरिकलाई जन्मदेखि मृत्युसम्मका सबै आवश्यकताका लागि राज्यलाई जिम्मेवार बनाउने र नागरिकलाई हरेक राजनीतिक अधिकारबाट सुसज्जित गर्ने लोभमा संविधान सभाका सदस्यले संविधानका मूल सिद्धान्त र नेपालको वस्तुस्थितिका विषयमा सोचविचार गर्ने आवश्यकता देख्न सकेनन्। विगतको संविधान सभामा मौलिक अधिकारसम्बन्धी विषयगत समितिले बुझाएको प्रतिवेदन हेरे यो तथ्य सहजै प्रस्ट हुन्छ। अव्यवहारिक विधि र प्रक्रियाबाट निर्देशित भएकाले विगतमा संविधान सभाका विषयगत समितिले तयार पारेर संवैधानिक समितिमा बुझाएका अधिकांश मस्यौदा प्रस्ताव कमजोर र अस्पष्ट छन्। विषयगत समितिका प्रस्तावमा रहेका अन्तर्विरोध हटाउँदै तिनलाई संविधानको ढाँचामा रूपान्तरण गर्न संविधान सभाले गर्नुपर्ने तयारी र अभ्यास अत्यन्त ठूलो हुनसक्छ। हाल बुझाइएका विषयगत समितिका प्रतिवेदन काँटछाँट र सुधार नगरी भावि संविधानमा समेटिए नेपालको संविधान संसारभर उपहासको विषय बन्नसक्छ। तर, यस विषयमा संविधान सभाले गरेको तयारी पर्याप्त छैन।
जतिसुकै लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित भए पनि संविधान लेखनको प्रक्रियामा संविधान सभाका सदस्यको सहभागितामात्र पर्याप्त हुँदैन। यसका विभिन्न चरण र प्रक्रियामा सर्वसाधारण नागरिकको समेत प्रत्यक्ष संलग्नता र सहभागिता चाहिन्छ। यसमा पनि नेपालको संविधान लेखन प्रक्रिया चुकेको छ।
सानो संख्याको र समावेशी संरचनाको संविधान सभा बनेको भए नेपालका लागि सायद सबैभन्दा सही हुन्थ्यो। उक्त सभाले संविधान निर्माणका मुख्य चरणमा छलफल र निर्णयका लागि जनतालाई संलग्न गराउन सक्नुपर्थ्यो। भावि संविधानका अन्तर्वस्तुमा सामान्य नागरिकमा सचेतना बढाउन र मूल विषयमा जनतालाई निर्णायक अधिकार प्रदान गर्न आवश्यक विधि र प्रक्रिया तय गरिनुपर्थ्यो।
यसको अभावमा समावेशी र सहभागितामूलक भनेर प्रचार गरिएको नेपालको संविधान लेखन प्रक्रिया अत्यन्त असमावेशी र जनसहभागिताशून्य बन्नपुगेको छ। संविधान सभाका बहस प्रभावहीन र अनुपयोगी भएका छन्। उनैतिनै व्यक्तिले तिनै बन्द कोठामा बसेर संविधानका मूल विषयमा निर्णय लिने चलन फेरिएको छैन।
संविधानमा यसको अन्तर्वस्तुलाई महत्व दिने कि निर्माणको प्रक्रियालाई भन्ने विषय विशुद्ध राजनीतिक हो। आज पनि धेरै समृद्ध र लोकतान्त्रिक मुलुकले बन्द कोठामा बसेका सीमित अनिर्वाचित मानिसले लेखेका संविधानबाट काम चलाइरहेका छन्। नेपालले संभ्रान्त संविधान लेखनको यो प्रक्रियाको विकल्पमा सहभागितामूलक संविधान निर्माण प्रक्रिया रोजेको हो। तर, दुःखका साथ भन्नुपर्छ, सहभागितामूलक प्रक्रियाको अभ्यास नेपालमा व्यावहारिकरूपमा अपनाइएको छैन र त्यसको कारक नेपालका राजनीतिक दलको दम्भ र अज्ञान बनेको छ।
सहभागितामूलक संविधान लेखन प्रक्रियालाई सफल बनाउने हो भने संविधान सभाभित्रका विधि र प्रक्रिया सुधार्न तथा जनसाधारणको सचेतना र संलग्नता बढाउन प्रशस्त तयारी गर्नुपर्ने हुन्छ। अन्यथा, नेपाल असफल संविधान सभाका औचित्यहीन निर्वाचनको दुश्चक्रमा फसिरहने जोखिम रहिरहन्छ।