भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणको तयारीमा जुटेको छ नेपाल। नेपालको राजनीति, आर्थिक, सामाजिक विकासमा गहिरो चासो राख्दै आएको छिमेकी मुलुकका प्रधान मन्त्रीको भ्रणले यहाँ महत्व राख्छ । यहाँको राजनीतिक, आर्थिक, ऊर्जा व्यापारलगायत क्षेत्रका सरोकारवाला मोदी भ्रमणको प्रतीक्षामा छन्।उनको भ्रमणबाट नेपालले के के पाउने? त्यसकै चर्चा/परिचर्चा भइरहेको छ। र, सँगसँगै के के गुमाउने? नेपालीको मनमस्तिष्कमा यो प्रश्न पनि त्यत्तिकै घनिभूत हुने गर्छ। तर अहिले मोदी भ्रमणलाई सार्थक बनाउने उद्यममा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू लागिपरेका छन्। मोदीसँग नेपालले के के माग्ने? नेताहरू फेहरिस्त कोर्देछन्। उनको भ्रमणलाई पशुपतिनाथको दर्शनसँगमात्र सीमित गर्न चाहनेहरू नभएका होइनन्। राजनीतिक, कूटनीतिक पाटोमा यो भ्रमणलाई महत्वका साथ हेरिँदैछ। कारण– १८ वर्षपछि भारतका प्रधान मन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदैछन्। भ्रमणसँगै मोदी सरकार छिमेकीप्रति लचिलो नीति अख्तियार गरिरहेको विश्लेषण पनि भइराखेको छ। प्रधान मन्त्रीको आसन्न भ्रमणअघि भर्खर सम्पन्न विदेश मन्त्री सुषमा स्वराजको भ्रमण र भ्रमणका क्रममा भएका कतिपय नीतिगत निर्णयले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना औल्याएको आंकलन पनि भइरहेको छ। नेपालरूभारत संयुक्त आयोगको बैठक २३ वर्षपछि बस्न सक्यो। नेपाल–भारत सम्बन्धसँग सम्बन्धित करिव तीन दर्जन संयन्त्रको मियो जस्तो आयोगको बैठक बस्न सक्नुलाई नै एउटा उपलब्धि मानिएको छ। स्वराजको भ्रमणकै क्रममा नेपाल–भारत १९५० को सन्धि पुनरावलोकन हुने सहमति बनेको छ।
भारतको राजनीतिक सत्तामा लामो समय पकड जमाएको कांग्रेस आइलाई पन्छाउँदै सत्तासिन भएको भारतीय जनता पार्टीका प्रधान मन्त्रीको यो भ्रमणले नेपाल भारत कूटनीतिक मामलामा नयाँ सम्भावना औल्याउने विश्वास पनि गरिँदैछ। कांग्रेस आइको राजनीतिक सत्तामा उसकै पक्षधर कर्मचारी र सुरक्षा संयन्त्र नेपालसँगको मामलामा हाबी रहने गर्थे। केही वर्षयता राजनीतिक नेतृत्व नेपाल मामलाबारे बढी चासो दिन थालेको र अहिलेको भारतीय सत्ताले राजनीतिक भेटवार्तालाई अझ महत्व दिएको विश्लेषण भइरहेको छ। कूटनीतिक वृतमा भइरहेका विकासक्रम सहतमा सहजै देखिँदैनन। भारत छिमेकीसँगको सम्बन्धलाई नयाँ किसिमले परिभाषित गर्न तयार भएको हो त? अहिल्यै आंकलन गर्न सकिन्न्ा। दक्षिण एशियामा भारत आफूलाई कस्तो ठान्छ? बंगलादेशी लेखक महमुद अहमदले 'साउथ एशिया क्राइसिस अफ डेभलपमेन्ट' पुस्तकमा भनेका छन्– भारतले पाकिस्तानलाई आफँैबाट छुट्टिएको भूभागमात्र ठान्छ, श्रीलंकालाई समुन्द्रपारिको आफ्नै टापुजस्तै ठान्छ, बंगलादेशलाई आफ्नै सेनाले सिर्जित राज्य ठान्छ, नेपालाई भूपरिवेष्ठित हिन्दु राज्य जो भारतजस्तै सामाजिक–सांस्कृतिक हिसावले आबद्ध छ ठान्छ भने भुटानलाई आफ्नै सुरक्षा छाताभित्रको मुलुक ठान्छ।
छिमेकीहरू भारतप्रति सधैँ शंकालु रहँदै आएको पृष्ठभूमिमा अहमदले साउथ ब्लकको व्यवहारमाथि टिप्पणी गरेका हुन्। भारतको छिमेकीसँगको चिसा सम्बन्धलाई लिएर दिल्लीमै बेलाबेला बहस हुने गर्छ। भनिँदैछ– राजनीतिक नेतृत्व सक्रिय बनेर द्विपक्षीय सम्बन्ध विश्वासिले बनाउन आवश्यक छ। त्यसो त भारत आफैं पनि छिमेकीसँग सौहार्द्ध र पारस्परिक सहयोगात्मक सम्बन्ध राख्नुपर्ने आवश्यकताले निर्देशित भइरहेको छ । विश्व रंगमंचमा भारत दक्षिण एशियाको नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छ। संयुक्त राष्ट्र संघको स्थायी सदस्य बन्ने अभियानमा लागेको छ ऊ। यस अर्थमा उसले छिमेकीमाझ नेतृत्वदायी भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्नु उसको अहिलेको आवश्कता हो। आर्थिक–सामाजिक क्षेत्रमा छलाङ्ग मारेर वा न्युक्लियर बमको सहारामा सामरिक शक्तिले बलियो छु भनेरमात्र पुग्दैन अब। नेतृत्वदायी भूमिका प्राप्त गर्न छिमेकीहरूसँगको साथ र समर्थन आवश्यक हुन्छ। भारत अहिले त्यसकै खोजीमा छ।
विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमण र उनको भ्रमणपछि विभिन्न माध्यमबाट प्रेषित सूचनाहरूले मोदीको काठमाडौं यात्रा सफल बनाउने ध्येयमा छ भारत। यसका लागि हाम्रा नेताहरू सहयोगी भूमिका खेल्दैछन्। जलविद्युत् आयोजनाहरूसँग सम्ब्ान्धित योजना र ऊर्जा व्यापारजस्ता मुद्दालाई नेपालले महत्व दिएको छ। स्वराजको भ्रमणमा नेपालमा राजनीतिक सहमतिको आवश्यकता औल्याइएको थियो। त्यसैले हाम्रा प्रमुख राजनीतिक दल र सरकार मोदीसँग माग्ने योजना र कार्यक्रममा सहमति जनाइरहेका छन्। के देखिन्छ भने राजनीतिक सहमति भए पनि चर्चामा रहेको ऊर्जा व्यापार सम्झौता निचोडमा पुग्ने सम्भावना देखिँदैन। नेपाली पक्ष तत्काललाई पानीको मामला पन्छाएर भारतलाई बिजुली बेच्ने योजनामात्र अघि सार्ने नीति लिँदैछ। भारतले केही साताअघि अघि सारेको ऊर्जा व्यापार सम्झौताको मस्यौदामा नेपालको जलस्रोत विकासमा सम्पूर्ण पक्षमा आफ्नो निर्णायक भूमिका हुनुपर्ने मान्यतामा छ। नेपालका जल र विद्युत्का सरोकारवालाले अहिलेलाई जलस्रोत विकासका यावत् कुरा थाँती राखेर बिजुली बेच्ने कुरामा मात्र सम्झौता गर्न सुझाएका छन्। दुई देशका फरक फरक अडानकै कारण विद्युत् व्यापार सम्झौतामा सहमति बन्ने देखिँदैन। सहमति नबनेपछि कार्यदलको नाममा ऊर्जा सम्झौतालाई पन्छाएर जलविद्युत् योजना निर्माण गरिदिने र आर्थिक सहयोग गर्ने घोषणाका साथ मोदीको नेपाल भ्रमण सफल भएको निचोड निकालिनेछ।
स्वराज भ्रमणकै क्रममा दुई देशबीचका मुद्दा एकअर्काले पेश गरेका हुन् र त्यसमा गरम छलफल भएको हो। यो भ्रमण खासमा केही नभए पनि प्रचारमा ठूलै उपलब्धि ठानिएको छ। त्यस्तै अवस्था मोदी भ्रमण पनि हुनसक्छ। नेपालले विदेश मन्त्री भ्रमणका बेला अघि सारेका राजनीतिक, सुरक्षा, सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार, पारबहन, ऊर्जा तथा जलस्रोत, संस्कृति, शिक्षा र मिडियाका क्षेत्रमा गरेको सहयोग मागको आंशिकमात्र सम्बोधन भएको छ। विदेश मन्त्री भ्रमणकै बेला भारतले अघि सारेका नक्कली भारतीय रुपियाँको कारोबार, सीमा सुरक्षा, सीमामा हुने आपराधिक समूहका गतिविधि, सीमा सुरक्षा संयन्त्र, लागु पदार्थको कारोवार र मानव तस्करी जस्ता मुद्दामा पनि नेपालले विगत जस्त्ौ औपचारिकता निर्वाह गर्योय। नेपाल–भारत वार्तामा दुई देशले आफ्नै ढंगले अघि सार्ने यस्ता मुद्दाको समग्रमा छलफल भएर निर्णय गरिँदैन। मुद्दा थाती रहँदै जान्छन्, यसपटक पनि त्यस्तै भयो। यसो हुनुका पछाडि नेपालले भारतसँग आवश्यकताभन्दा बढी अपेक्षा राख्ने र भारतको नेपालसँग प्रस्तुत गर्ने कतिपय मामला पाकिस्तानसँगको उसको शत्रुवत् सम्बन्धसँग सम्बन्धित भएकाले हो।
वर्षौंदेखिका मुद्दा छलफलमा मात्र ल्याउने तर टुंगोमा नपुग्ने अवस्थाबाट नेपाल मुक्त हुन आवश्यक छ। भारतसँग नेपालले अघि सार्ने जलविद्युत्का ठूला योजना, ऊर्जा व्यापार र भौतिक विकासका आकांक्षामात्र छैनन्। नेपालका डाँडापाखामा बर्खामा उत्पादन गर्न सकिने बन्दा कोबी, कोबी, टमाटर, खोर्सानी, करेला, घिरौला, लौकालगायतका तरकारीको ठूलो बजार भारत हुनसक्छ। नेपालको तराई र भारतका समतल क्षेत्रमा वर्षा याममा पानी जम्ने भएकाले पहाडका पाखामा बेमौसमी तरकारी उत्पादन गरेर बेच्न सकिन्छ। अहिले व्यापारीहरूले आपसमा चाँजोपाँजो मिलाएर सीमित मात्रामा त्यस्तो व्यापार गरिरहेका छन्। धादिङका दामन, पालुङमा वर्षात्मा उत्पादित तरकारी हेटौंडामा जम्मा भएर कलैया, मलंगवासम्म रात्रिबसका छतमा चढेर पुग्छन् र त्यहाँबाट भारतीय बजारमा छिर्छ। पूर्वी नेपालका इलामदेखि धनकुटासम्मका पहाडको उत्पादन पनि व्यापारिक संयन्त्रले नै पश्चिम बंगाल र कलकत्तासम्म पुर्यानउँछन्। काठमाडौं उपत्यकाका टनेलभित्र फलेका टमाटर वीरगञ्ज, भैरहवा हुँदै ठूलो परिमाणमा भारतीय बजार पुगिरहेका छन्। सल्यानको अदुवा होस् वा डँडेलधुराको बन्दाकोबी, व्यापारीको सौदाबाजीकै कारण भारतीय बजार पुगिरहेका छन्। के देखिन्छ भने मेचीदेखि कालीसम्मका पहाडका उत्पादन अनौपचारिकरूपमै भरतीय बजारमा पुगिरहेको अवस्थाको आंकलन नेपालले गरेको छैन। भारतीय बजारका सम्भावना पनि सरकारले खोतलेको छैन। त्यसैले पहिले हाम्रो क्षमता पहिचान गरौं। हामी वर्षातमा प्रशस्त तरकारी उत्पादन गरेर भारतको ठूलो उपभोक्तावादी बजारमा पुर्या उन सक्छौं। आउँदा दिनमा नेपालले सरकारी स्तरबाट भारतसमक्ष राख्ने एजेन्डामा तरकारी, सागसब्जी थपियोस्। कूटनीति, राजनीतिक पेचिला मामलामा हरिया तरकारीले ठूलो अर्थ नराख्ला तर तरकारी कूटनीतिले नेपाली किसानलाई उद्यमी, व्यापारी बनाउन सहयोग पुर्याीउँछ। नेपालीको घर/आगँनमा समृद्धि ल्याउन योगदान गर्ने निश्चित छ।