पर्खाल नढलेको भए !
२२ कार्तिक २०६६
•
१४ मिनेट पाठ
पर्खाल नढलेको भए !
बर्लिनको पर्खान नढलेको भए अहिलेसम्म सुधारिएको पंचायतै कायम रहने थियो होला। अहिलेका नेतामध्ये धेरै पूर्व महापंचका हैसियतमा ‘पंच भेला'मा भाग लिइरहेका हुन्थे होलान् । राजनीतिमा लागेका कतिपय युवाको राजनीतिक जीवन जोगाइदिन नेताहरुले छात्रवृत्ति मागिमागी विदेश पठाउँथे होलान् । पार्टीबाट विद्रोह गरेर पंचायत प्रवेश गर्नेलाई दरबारले पालैपालो प्रयोग गरेर उखुको छोक्रा बनाउँथ्यो होला ।
पंचायत फाल्न कांग्रेस र कम्युनिस्ट मिल्नुपर्ने रहेछ । शीतयुद्ध नसकिएको भए त्यो सम्भव नै थिएन । पंचायतविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्छ भन्ने गणेशमान िसंहलाई उति बेलाका कांग्रेसी युवा नेताले ‘सेनाएल' भनेका थिए । कम्युनिस्टहरु कांग्रेसीका घाँटीमा सीआईएको टेप जडान भएको ठान्थे । कांग्रेसहरु सबै कम्युनिस्टमा आइडिटको अनुहार देख्थे । माओवादी विद्रोहका नाममा १३ हजार नेपालीको ज्यान जाने थिएन । माओवादीको नियति पनि झापा विद्रोहजस्तै हुने थियो । कारण न त भारतले साथ दिने थियो र न राजाका विरुद्ध माओवादीले पश्चिमको समर्थन पाउने थियो । नियतिले अर्कै बाटो रोज्यो र कम्युनिस्ट साम्राज्यको प्रतीक बर्लिन पर्खाल भत्क्यो । अर्थात् शीतयुद्ध सकियो । संसारकै राजनीतिलाई त्यस घटनाले प्रभावित पार्यो।

उदार लोकतन्त्र समर्थकहरुका निम्ति बीसौँको अन्त्य जति उत्साहप्रद थियो एक्काईसौंको आरम्भ उत्तिकै चुनौतीपूर्ण छ। विशेषगरी व्यक्तिलाई पुँजीवादको क्रुरताबाट जोगाउने र स्वतन्त्रताको स्वाद चखाउने काम सजिलो छैन। उदार लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्नभन्दा पनि पालना गर्न कठिन हुन्छ। बलियाले निर्धालाई दबाउन नपाउने पद्धतिका पक्षमा बलियाहरु हुँदैनन्। अहिलेसम्म धर्तीमा बलियाकै राज चल्ने जो गरेको छ।

बर्लिनको पर्खाल भत्किएको ठीक २० वर्ष पूरा भयो। त्यस घटनाले नेपालका लोकतन्त्रवादीलाई पनि निकै उत्साहित बनाएको थियो पंचायतविरुद्ध संयुक्त आन्दोलन गर्न आवश्यक आपसी विश्वास त्यसैले उब्जाएको जो थियो । नत्र बहुदलको प्रचारमा हिँडेका कांग्रेस गणेशमान सिंहलाई हेटौँडामा मोसो दल्नेहरु उनैको नेतृत्वमा २०४६ को आन्दोलनमा कसरी संलग्न हुन्थे होला र ? दोस्रो विश्व युद्ध सकिँदा नसकिँदै विजेताहरुबीच अमेरिका र रुसको नेतृत्वमा प्रभुत्व फैलाउने होडबाजी सुरु भइसकेको थियो । विशेषगरी पूर्वी र पश्चिमी युरोपलाई कम्युनिस्ट र पुँजीवादी खेमामा बाँडियो । आमने-सामनेको युद्धमा कसैले जित्दैन भन्ने जानिसकेकाले दुवै पक्षले ‘छायायुद्ध' अथवा ‘मायायुद्ध' सुरु गरे। त्यही प्रचारवाजी र जालझेलको लडाइँलाई शीतयुद्ध भनियो।

सन् १९६१ को अगस्ट १३ देखि पूर्वी बर्लिनलाई घेरेर पर्खाल बनाउन थालियो । त्यो १३ फिट अग्लो १ सय ७ किलोमिटर लामो कंकि्रटको पर्खालको नजिक पुग्नेलाई देख्ने बित्तिकै गोली ठोकिन्थ्यो । भत्कने बेलासम्ममा पश्चिमतिर भाग्न खोज्ने कम्तीमा सय जना मारिए। तैपनि मौका पाउनेबित्तिकै भाग्थे पूर्वी जर्मनहरु। बर्लिनलाई घेरेर पर्खाल लगाइए पनि अमेरिकालगायत पश्चिमले खासै टाउको दुखाएन। कारण उनीहरुको भागको बर्लिन तिनैलाई छाडिएको जो थियो। मर्का परेको त आखिर बर्लिनवासी जर्मनहरुलाई न हो। दिनहुँ सहरको पश्चिम भागमा काम गर्न जाने ६० हजारको आवागमन र आजीविकाको अधिकार खोसियो । तैपनि त्यस पर्खाललाई लाजै नमानी गर्वका साथ कम्युनिस्टहरुले ‘फासिस्ट विरोधी रक्षा पर्खालु भन्ने गर्थे। सन् १९८९ को नोभेम्बर ९ साँझ ७ बजे शीतयुद्धको कुख्यात प्रतीक मानिने पर्खाल भत्काउन सुरु भयो। अनि क्रमशः मध्य तथा पूर्वी युरोपबाट सोभियत संघको प्रभुत्व र अधिनायकवादी कम्युनिस्ट शासन समाप्त भयो।

अन्तर्राष्ट्रिय जगत् रुसी र अमेरिकी धुरीमा विभक्त थियो। असंलग्न भनिने मुलुकहरु पनि कतै न कतै लागेकै थिए। युरोपबाहेक अन्त त्यस्तो विभाजनमा राजनीतिक व्यवस्था खासै निर्णायक थिएन। लोकतान्त्रिक पद्धति अपनाएको भारत रुसी खेमामा थियो। कम्युनिस्ट चीनले पछिल्ला दिनमा अमेरिकाको भरपर्दो समर्थन पाएको थियो। सन् १९७० दशकसम्म तनाव चकँदै जाँदा ‘देताँ' भन्ने शब्द निकै सुनिन्थ्यो। विशेषगरी सोभियत कम्युनिस्ट पार्टीका महासचिव लियोनिद ब्रेझनेभले यो शब्द प्रयोग गरेका थिए। सम्भवतः ७० को दशकमा अन्तर्राष्ट्रिय कूटनीतिक शब्दावलीमा सबैभन्दा बढी प्रयोग भएको शब्द हो यो । देताँको अर्थ तनाव शिथिल बनाउने हुन्छ । भियतनामबाट हारेर फर्केको अमेरिका पनि तनाव शिथिल बनाउने पक्षमा देखिएजस्तो लाग्थ्यो । हुनपनि शीतयुद्ध कालमा भएका लडाइँमा अमेरिका र रुस दुवै नराम्ररी हारेका थिए । भियतनाम आक्रमण अमेरिकाका लागि र अफगानिस्तानमा आक्रमण रुसका लागि निकै महंगो भयो। अमेरिका र रुसका नेताहरु शीतयुद्धको चक्रव्यूहबाट मुक्त हुने मौकाको खोजीमा थिए।

यस्तैमा मिखाइल गोर्भाचोव सन् १९८५ मा सोभियत संघमा सत्तामा पुगे । आन्तरिक र बाह्य दबाबका कारण उनले ब्रेझनेभको ‘कम्युनिस्ट शासन जोगाउन सैनिक हस्तक्षेप पनि गर्ने' नीति त्यागेको घोषणा गरे । जागिसकेको पूर्वी युरोपमा परिवर्तन त अपरिहार्य थियो तर त्यसलाई रक्तपातविहीन बनाउने मूलतः गोर्वाचोभको यही नीति हो । त्यसपछि फलामे पर्खाल भत्कन थाल्यो । कम्युनिस्ट प्रणाली बचाउन नै उनले प्रशासनिक र आर्थिक सुधारको नीति लोकतन्त्रीकरणको प्रयास सुरु गरेका थिए । पेरेस्त्रोइका ग्लास्तनोस्तका नाममा थालिएको सुधार र खुलापनको त्यो प्रयोग सोभियत संघलाई बचाउनैका लागि थियो । तर समस्या चर्को भइसकेको थियो । सुधारले गोर्वाचोभलाई पनि खायो । सैनिक विद्रोहको प्रयासपछि उनले बोरिस येल्तिसनलाई सत्ता हस्तान्तरण गर्नुपर् यो । अरु सोभियत गणराज्यहरु स्वतन्त्र भए। पोल्यान्डका सामान्य मजदुरले स्वतन्त्रता माग गर्दै थालेको जनआन्दोलनले ४० वर्षको अधिनायकवादी कम्युनिस्ट साम्राज्य समाप्त पारिदियो । युरोपमा अधिनायकवादी कम्युनिस्ट साम्राज्य जोगाउन लाखौँको ज्यान लिइएको थियो तर बिनारक्तपात नै कम्युनिस्ट शासन तासको महलझैँ ढल्यो । पोल्यान्डको सोलिड्यारिटी आन्दोलन बर्लिनको पर्खालजस्तै अर्को कम्युनिस्ट साम्राज्य पतनको प्रतीक बन्यो ।
कम्युनिस्ट साम्राज्यको पतनमा पश्चिमी संसारले उदार लोकतन्त्रले जितेको धाक लगाउने गरेको छ । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र जर्मन चान्सलर हेल्मुट कोललाई तिनका समर्थकले यसको जस दिने गरेका छन् । यस्तै पूर्वी जर्मनीका एरिक होनेकर रुमानियाका निकोलाई चाउचेस्कुजस्ता कम्युनिस्ट शासकको कठोर नीति पनि पतनको एउटा कारकका रुपमा मानिएको छ । शासकमध्ये मिखाइल गोर्भाचोभको भूमिकामात्र निर्णायक थियो । अरु नियतिका कठपुलतीमात्र हुन् । यी सबैभन्दा महत्वपूर्ण त ज्यानको माया मारेर पनि स्वतन्त्रताको आन्दोलन चर्काउन अलेक्जेन्डर डुप्चेक बाभ्लाक हाभेल लेख वालेसाहरु थिए।

शीतयुद्ध कायमै रहेको भए सन् १९८९ कै तियानआनमेन नरसंहारपछि चीनलाई पश्चिमले एक्ल्याउनै पथ्र्यो । पश्चिमको पुँजी र बजार नपाएको भए चीन माओकै पालाको जस्तो छिमेकीलाई तर्साउने र नागरिकलाई भोकै मार्ने ‘ठूलो उत्तर कोरिया' बनिरहनॆ थियो। ‘ट्विन टावर' पनि ढल्ने थिएन होला । अमेरिका आपैषले रोपेको आतंकको विष वृक्षको गोडमेल त गरिरहने थियो होला नि । पहिलो र दोस्रो विश्वयुद्धको जितले बेलायतलाई सकसमा पारेजस्तै बर्लिनको पर्खाल ढलेको सबैभन्दा बढी मूल्य अमेरिकाले चुक्ता गरेको छ। युरोप अहिले अमेरिकाले जे भन्यो त्यही मान्दैन। आतंककारीहरुको चुनौती उत्तिकै छ। मुलुकभित्रै चर्को आर्थिक संकट देखा परेको छ।

कम्युनिस्ट साम्राज्य कायमै रहेको भए पुँजीवादीहबाट लोकतन्त्रप्रति कम्तीमा ओँठे समर्थन व्यक्त भइरहने थियो । लोकतन्त्रवादी पनि जितेको भ्रममा पर्ने थिएनन् । नेपाली कांग्रेसका नेताहरुले जस्तो पुँजीवाद र उदार लोकतन्त्रलाई पर्याय ठान्ने गल्ती पनि गर्ने थिएनन् ।

कम्युनिस्ट साम्राज्यको पतनमा उदार लोकतन्त्रको विजय हुनुपर्ने हो तर यहाँ त अनुदार पुँजीवादले पो जित्यो । व्यक्ति वर्गबाट वस्तु बन्यो । चीनको जस्तो राष्ट्रिय र अमेरिकी नमुनाको अन्तर्राष्ट्रिय पुँजीवादले व्यक्तिको शोषण र सत्ताको भरणपोषण गर्छ । अहिले उदार लोकतन्त्रका मूल्यमान्यता त प्रतिरोध नगरिएको नारायणाश्त्रजस्ता भएका छन् अर्थात् अर्थहीन । पूर्वी युरोपको शान्तिपूर्ण जनआन्दोलन स्वतन्त्रतापूर्वक सुखी जीवन यापन गर्ने चाहनाको अभिव्यक्ति थियो । न सिंगो कम्युनिस्ट साम्राज्य समाप्त गर्ने तिनको कार्यसूची थियो न संसारमा लोकतन्त्र निर्यात गर्ने नै मनसाय नै थियो । यसैले शीतयुद्ध सकिएपछि लोकतन्त्रको कसैले विरोध गर्दैन पैरबी पनि गर्दैन र मान्दा पनि मान्दैन । बहुलवाद नमान्नेले संघीयताको नारा लगाउँदा पनि अब कसैले केही भन्दैन ।
अर्को समाचार
पर्खाल नढलेको भए!
२२ कार्तिक २०६६
•
१४ मिनेट पाठ
पर्खाल नढलेको भए!
बर्लिनको पर्खान नढलेको भए अहिलेसम्म सुधारिएको पंचायतै कायम रहने थियो होला। अहिलेका नेतामध्ये धेरै पूर्व महापंचका हैसियतमा 'पंच भेला'मा भाग लिइरहेका हुन्थे होलान्। राजनीतिमा लागेका कतिपय युवाको राजनीतिक जीवन जोगाइदिन नेताहरूले छात्रवृत्ति मागिमागी विदेश पठाउँथे होलान्। पार्टीबाट विद्रोह गरेर पंचायत प्रवेश गर्नेलाई दरबारले पालैपालो प्रयोग गरेर उखुको छोक्रा बनाउँथ्यो होला।

पंचायत फाल्न कांग्रेस र कम्युनिस्ट मिल्नुपर्ने रहेछ। शीतयुद्ध नसकिएको भए त्यो सम्भव नै थिएन। पंचायतविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्छ भन्ने गणेशमान सिंहलाई उति बेलाका कांग्रेसी युवा नेताले 'सेनाएल' भनेका थिए। कम्युनिस्टहरू कांग्रेसीका घाँटीमा सीआईएको टेप जडान भएको ठान्थे। कांग्रेसहरू सबै कम्युनिस्टमा आइडिटको अनुहार देख्थे। माओवादी विद्रोहका नाममा १३ हजार नेपालीको ज्यान जाने थिएन। माओवादीको नियति पनि झापा विद्रोहजस्तै हुने थियो। कारण, न त भारतले साथ दिने थियो र न राजाका विरुद्ध माओवादीले पश्चिमको समर्थन पाउने थियो। नियतिले अर्कै बाटो रोज्यो र कम्युनिस्ट साम्राज्यको प्रतीक बर्लिन पर्खाल भत्क्यो। अर्थात्, शीतयुद्ध सकियो। संसारकै राजनीतिलाई त्यस घटनाले प्रभावित पार्‍यो।
बर्लिनको पर्खाल भत्किएको ठीक २० वर्ष पूरा भयो। त्यस घटनाले नेपालका लोकतन्त्रवादीलाई पनि निकै उत्साहित बनाएको थियो। पंचायतविरुद्ध संयुक्त आन्दोलन गर्न आवश्यक आपसी विश्वास त्यसैले उब्जाएको जो थियो। नत्र, बहुदलको प्रचारमा हिँडेका कांग्रेस गणेशमान सिंहलाई हेटौँडामा मोसो दल्नेहरू उनैको नेतृत्वमा २०४६ को आन्दोलनमा कसरी संलग्न हुन्थे होला र?
दोस्रो विश्व युद्ध सकिँदा नसकिँदै विजेताहरूबीच अमेरिका र रुसको नेतृत्वमा प्रभुत्व फैलाउने होडबाजी सुरु भइसकेको थियो। विशेषगरी पूर्वी र पश्चिमी युरोपलाई कम्युनिस्ट र पुँजीवादी खेमामा बाँडियो। आमने-सामनेको युद्धमा कसैले जित्दैन भन्ने जानिसकेकाले दुवै पक्षले 'छायायुद्ध' अथवा 'मायायुद्ध' सुरु गरे। त्यही प्रचारवाजी र जालझेलको लडाइँलाई शीतयुद्ध भनियो।
सन् १९६१ को अगस्ट १३ देखि पूर्वी बर्लिनलाई घेरेर पर्खाल बनाउन थालियो। त्यो १३ फिट अग्लो १ सय ७ किलोमिटर लामो कंक्रिटको पर्खालको नजिक पुग्नेलाई देख्ने बित्तिकै गोली ठोकिन्थ्यो। भत्कने बेलासम्ममा पश्चिमतिर भाग्न खोज्ने कम्तीमा सय जना मारिए। तैपनि मौका पाउनेबित्तिकै भाग्थे पूर्वी जर्मनहरू। बर्लिनलाई घेरेर पर्खाल लगाइए पनि अमेरिकालगायत पश्चिमले खासै टाउको दुखाएन। कारण, उनीहरूको भागको बर्लिन तिनैलाई छाडिएको जो थियो। मर्का परेको त आखिर बर्लिनवासी जर्मनहरूलाई न हो। दिनहुँ सहरको पश्चिम भागमा काम गर्न जाने ६० हजारको आवागमन र आजीविकाको अधिकार खोसियो। तैपनि त्यस पर्खाललाई लाजै नमानी गर्वका साथ कम्युनिस्टहरूले 'फासिस्ट विरोधी रक्षा पर्खाल' भन्ने गर्थे। सन् १९८९ को नोभेम्बर, ९ साँझ ७ बजे शीतयुद्धको कुख्यात प्रतीक मानिने पर्खाल भत्काउन सुरु भयो। अनि क्रमशः मध्य तथा पूर्वी युरोपबाट सोभियत संघको प्रभुत्व र अधिनायकवादी कम्युनिस्ट शासन समाप्त भयो।
अन्तर्राष्ट्रिय जगत् रुसी र अमेरिकी धुरीमा विभक्त थियो। असंलग्न भनिने मुलुकहरू पनि कतै न कतै लागेकै थिए। युरोपबाहेक अन्त त्यस्तो विभाजनमा राजनीतिक व्यवस्था खासै निर्णायक थिएन। लोकतान्त्रिक पद्धति अपनाएको भारत रुसी खेमामा थियो। कम्युनिस्ट चीनले पछिल्ला दिनमा अमेरिकाको भरपर्दो समर्थन पाएको थियो। सन् १९७० दशकसम्म तनाव चकँदै जाँदा 'देताँ' भन्ने शब्द निकै सुनिन्थ्यो। विशेषगरी सोभियत कम्युनिस्ट पार्टीका महासचिव लियोनिद ब्रेझनेभले यो शब्द प्रयोग गरेका थिए। सम्भवतः ७० को दशकमा अन्तर्राष्ट्रिय कूटनीतिक शब्दावलीमा सबैभन्दा बढी प्रयोग भएको शब्द हो यो। देताँको अर्थ तनाव शिथिल बनाउने हुन्छ। भियतनामबाट हारेर फर्केको अमेरिका पनि तनाव शिथिल बनाउने पक्षमा देखिएजस्तो लाग्थ्यो। हुनपनि शीतयुद्ध कालमा भएका लडाइँमा अमेरिका र रुस दुवै नराम्ररी हारेका थिए। भियतनाम आक्रमण अमेरिकाका लागि र अफगानिस्तानमा आक्रमण रुसका लागि निकै महंगो भयो। अमेरिका र रुसका नेताहरू शीतयुद्धको चक्रव्यूहबाट मुक्त हुने मौकाको खोजीमा थिए।
यस्तैमा मिखाइल गोर्भाचोव सन् १९८५ मा सोभियत संघमा सत्तामा पुगे। आन्तरिक र बाह्य दबाबका कारण उनले ब्रेझनेभको 'कम्युनिस्ट शासन जोगाउन सैनिक हस्तक्षेप पनि गर्ने' नीति त्यागेको घोषणा गरे। जागिसकेको पूर्वी युरोपमा परिवर्तन त अपरिहार्य थियो तर त्यसलाई रक्तपातविहीन बनाउने मूलतः गोर्वाचोभको यही नीति हो। त्यसपछि फलामे पर्खाल भत्कन थाल्यो। कम्युनिस्ट प्रणाली बचाउन नै उनले प्रशासनिक र आर्थिक सुधारको नीति, लोकतन्त्रीकरणको प्रयास सुरु गरेका थिए। पेरेस्त्रोइका, ग्लास्तनोस्तका नाममा थालिएको सुधार र खुलापनको त्यो प्रयोग सोभियत संघलाई बचाउनैका लागि थियो। तर, समस्या चर्को भइसकेको थियो। सुधारले गोर्वाचोभलाई पनि खायो। सैनिक विद्रोहको प्रयासपछि उनले बोरिस येल्त्सिनलाई सत्ता हस्तान्तरण गर्नुपर्‍यो। अरू सोभियत गणराज्यहरू स्वतन्त्र भए। पोल्यान्डका सामान्य मजदुरले स्वतन्त्रता माग गर्दै थालेको जनआन्दोलनले ४० वर्षको अधिनायकवादी कम्युनिस्ट साम्राज्य समाप्त पारिदियो। युरोपमा अधिनायकवादी कम्युनिस्ट साम्राज्य जोगाउन लाखौँको ज्यान लिइएको थियो तर बिनारक्तपात नै कम्युनिस्ट शासन तासको महलझैँ ढल्यो। पोल्यान्डको सोलिड्यारिटी आन्दोलन बर्लिनको पर्खालजस्तै अर्को कम्युनिस्ट साम्राज्य पतनको प्रतीक बन्यो।
कम्युनिस्ट साम्राज्यको पतनमा पश्चिमी संसारले उदार लोकतन्त्रले जितेको धाक लगाउने गरेको छ। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन, बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र जर्मन चान्सलर हेल्मुट कोललाई तिनका समर्थकले यसको जस दिने गरेका छन्। यस्तै पूर्वी जर्मनीका एरिक होनेकर, रुमानियाका निकोलाई चाउचेस्कुजस्ता कम्युनिस्ट शासकको कठोर नीति पनि पतनको एउटा कारकका रूपमा मानिएको छ। शासकमध्ये मिखाइल गोर्भाचोभको भूमिकामात्र निर्णायक थियो। अरू नियतिका कठपुलतीमात्र हुन्। यी सबैभन्दा महत्वपूर्ण त ज्यानको माया मारेर पनि स्वतन्त्रताको आन्दोलन चर्काउन अलेक्जेन्डर डुप्चेक, बाभ्लाक हाभेल, लेख वालेसाहरू थिए।
शीतयुद्ध कायमै रहेको भए सन् १९८९ कै तियानआनमेन नरसंहारपछि चीनलाई पश्चिमले एक्ल्याउनै पर्थ्यो। पश्चिमको पुँजी र बजार नपाएको भए चीन माओकै पालाको जस्तो छिमेकीलाई तर्साउने र नागरिकलाई भोकै मार्ने 'ठूलो उत्तर कोरिया' बनिरहनेे थियो। 'टि्वन टावर' पनि ढल्ने थिएन होला। अमेरिका आफैँले रोपेको आतंकको विष वृक्षको गोडमेल त गरिरहने थियो होला नि। पहिलो र दोस्रो विश्वयुद्धको जितले बेलायतलाई सकसमा पारेजस्तै बर्लिनको पर्खाल ढलेको सबैभन्दा बढी मूल्य अमेरिकाले चुक्ता गरेको छ। युरोप अहिले अमेरिकाले जे भन्यो त्यही मान्दैन। आतंककारीहरूको चुनौती उत्तिकै छ। मुलुकभित्रै चर्को आर्थिक संकट देखा परेको छ।
कम्युनिस्ट साम्राज्य कायमै रहेको भए पुँजीवादीहबाट लोकतन्त्रप्रति कम्तीमा ओँठे समर्थन व्यक्त भइरहने थियो। लोकतन्त्रवादी पनि जितेको भ्रममा पर्ने थिएनन्। नेपाली कांग्रेसका नेताहरूले जस्तो पुँजीवाद र उदार लोकतन्त्रलाई पर्याय ठान्ने गल्ती पनि गर्ने थिएनन्।
कम्युनिस्ट साम्राज्यको पतनमा उदार लोकतन्त्रको विजय हुनुपर्ने हो तर यहाँ त अनुदार पुँजीवादले पो जित्यो। व्यक्ति वर्गबाट वस्तु बन्यो। चीनको जस्तो राष्ट्रिय र अमेरिकी नमुनाको अन्तर्राष्ट्रिय पुँजीवादले व्यक्तिको शोषण र सत्ताको भरणपोषण गर्छ। अहिले उदार लोकतन्त्रका मूल्यमान्यता त प्रतिरोध नगरिएको नारायणाश्त्रजस्ता भएका छन् अर्थात् अर्थहीन। पूर्वी युरोपको शान्तिपूर्ण जनआन्दोलन स्वतन्त्रतापूर्वक सुखी जीवन यापन गर्ने चाहनाको अभिव्यक्ति थियो। न सिंगो कम्युनिस्ट साम्राज्य समाप्त गर्ने तिनको कार्यसूची थियो न संसारमा लोकतन्त्र निर्यात गर्ने नै मनसाय नै थियो। यसैले शीतयुद्ध सकिएपछि लोकतन्त्रको कसैले विरोध गर्दैन, पैरबी पनि गर्दैन र मान्दा पनि मान्दैन। बहुलवाद नमान्नेले संघीयताको नारा लगाउँदा पनि अब कसैले केही भन्दैन।
उदार लोकतन्त्र समर्थकहरूका निम्ति बीसौँको अन्त्य जति उत्साहप्रद थियो, एक्काईसौंको आरम्भ उत्तिकै चुनौतीपूर्ण छ। विशेषगरी व्यक्तिलाई पुँजीवादको त्रु्करताबाट जोगाउने र स्वतन्त्रताको स्वाद चखाउने काम सजिलो छैन। उदार लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्नभन्दा पनि पालना गर्न कठिन हुन्छ। बलियाले निर्धालाई दबाउन नपाउने पद्धतिका पक्षमा बलियाहरू हुँदैनन्। अहिलेसम्म धर्तीमा बलियाकै राज चल्ने जो गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस