नेपालको शान्ति प्रक्रियालाई बुझ्ने प्रश्नमा अनमिन एकपक्षीय देखिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालको शान्ति प्रक्रियाका बारेमा सुरक्षा परिषद्मा पेस गरेको प्रतिवेदनका कारण नेपालमा राष्ट्रसंघीय मिसन (अनमिन) को भूमिका बारेमा बहस सुरु भएको छ। राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्यले त्यसको प्रतिवाद गर्दै सुरक्षा परिषद्मा नेपालको आधिकारिक धारणा पनि राखिसक्नु भएको छ। यसबाट शान्ति प्रक्रियासम्बन्धी अनमिनको प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको स्पष्ट भएको छ।
अनमिनको सूचनामा आधारित भएर महासचिव मुनले अघि सारेको प्रतिवेदनप्रति सत्तारुढ २२ दलको गठबन्धनले असहमति प्रकट गरेको छ। त्यस बैठकको अध्यक्षता प्रधानमन्त्री माधवकुमार नेपाल आफैँले गर्नुभएको थियो। यसबाट अनमिनको भूमिकाप्रति सरकार सन्तुष्ट छैन भन्ने नै साबित हुन्छ।
अनमिनमार्फत महासचिव मुनले उठाएका मुख्यतयाः पाँचवटा कुरा आपत्तिजनक छन् :
पहिलो - नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन, जुन हुनै सक्दैन। हिजो माओवादीको नेतृत्वमा गठित सरकारमा २४ मध्ये ५ दल सहभागी थिए। नेपाली कांग्रेस, तराई-मधेस लोकतान्त्रिक पार्टी, नेकपा (माले), राप्रपाजस्ता दल सत्ताबाहिरै थिए। माधवकुमार नेपालको नेतृत्वमा गठित सरकारमा बरु धेरै दलको सहभागिता छ - १० दल सरकारमा छन्, २२ दलको समर्थन छ। सरकार गठन वा विघटनलाई संविधान निर्माणसँग जोडेर हेर्ने दृष्टिकोण नै गलत छ। फेरि माओवादी सामेल हुँदैमा 'राष्ट्रिय सहमतिको सरकार' बन्छ भन्न सकिँदैन। आन्दोलनबाट अरूलाई गलाएर सहमतिमा ल्याउन सकिन्छ भन्ने माओवादीको धारणा भ्रमपूर्ण छ। माओवादी सहमति चाहन्छ भने सहमतिकै बाटो रोज्नुपर्छ, आन्दोलनको होइन। माधवकुमार नेपाल त्यसैगरी प्रधानमन्त्री निर्वाचित हुनुभएको हो, जसरी पुष्पकमल दाहाल निर्वाचित हुनुभएको थियो। यस्तो अवस्थामा अनमिनजस्तो पर्यवेक्षक संस्थाले 'राष्ट्रिय सहमतिको सरकार' गठनको 'सुझाव' दिनु उसले पाएको कार्यादेश विपरीत हो, हस्तक्षेप हो।
दोस्रो- माओवादीका गलत क्रियाकलापका बारेमा प्रतिवेदन मौन छ। यसबीचमा कपिलवस्तुमा माओवादीका लडाकुहरू अस्थायी शिविरबाट हतियारसहित खुलेआम बाहिर निस्किए, पक्राउ पनि परे। राजधानीमै उनीहरू हतियारसहित पक्राउ परे। कैलालीमा बाहिर निस्केर किसानको धान लुटेर लगे। यस्ता कार्यबाट स्पष्टरूपमा शान्ति सम्झौताको उल्लंघन भएको छ। तर, अनमिनले यी घटनालाई आफ्नो प्रतिवेदनमा उल्लेख गर्नसम्म पनि आवश्यक ठानेन। आन्दोलन घोषणा गरेपछि माओवादीले धनकुटा नगरपालिका 'कब्जा' गरेर पदाधिकारीको घोषणा गर्यो। तर, अनमिनले त्यसलाई 'पूर्वतिरका केही जिल्लामा वाईसीएल र युथ फोर्सबीच झडप भएको' भन्दै सामान्यीकरण गरेको छ। माओवादी नेताहरूले हाकाहाकी 'सत्ता कब्जा गर्ने' भनिरहेका छन्। अझ माओवादीभित्र शान्ति प्रक्रियाका 'भाष्यकार' मानिने बाबुराम भट्टराईले त 'आफ्नो पार्टीले कहिल्यै पनि दीर्घकालीन जनयुद्ध नछोडेको र छोड्न पनि नसक्ने' बताएका छन्। यस्ता कुराले विस्तृत शान्ति सम्झौताको भावनालाई कत्तिको आत्मसात गर्दछ? अनमिनले यति गम्भीर विषयलाई प्रतिवेदनमा छुँदै छोएको छैन। अझ माओवादीले तीन महिनादेखि लगातार संसद् अवरुद्ध गरिरहेको विषयलाई पनि अनमिनले निकै सामान्यरूपमा चित्रण गरेको छ।
तेस्रो- शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सरकारले गरिरहेका प्रयत्नहरूलाई प्रतिवेदनले उचित स्थान दिइएको छैन। माओवादीको तीन महिनासम्मको अवरोध हुँदाहुँदै पनि प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै अध्यक्षतामा विशेष समितिलाई पुनर्गठन गर्नुभएको छ। उहाँले साप्ताहिकरूपमा त्यसको बैठक बस्ने र समायोजनसम्बन्धी कार्यलाई छिटो निष्कर्षमा पुर्याउने तत्परता देखाइरहनुभएको छ। तर, माओवादी त्यसबाट पन्छिन खोजिरहेको छ। विशेष समितिको बैठक पटकपटक माओवादीको अनुपस्थितिकै कारण स्थगित हुने गरेको तथ्य अनमिनलाई थाहै रहेनछ कि? त्यसैगरी, प्राविधिक उपसमितिमा माओवादीले पूर्वसहमतिविपरीत लडाकुहरूका 'डिपुटी कमान्डर' चन्द्रप्रकाश खनाललाई पठाएको छ, जसले समायोजन प्रक्रियालाई सहज होइन, थप जटिल बनाउन खोजेको देखिन्छ। यी प्रसंगहरूलाई पनि अनमिनले आफ्नो प्रतिवेदनमा ठाउँ दिएको छैन।
चौथो- माओवादी सेनाका लडाकुलाई अनमिनले नेपाली सेनाको समकक्षमा राखेको छ, जुन अर्को गम्भीर त्रुटि हो। 'दुई सेना' भन्दै अनमिनले नेपाली सेनाको अवमूल्यन गर्न खोजेको छ। माओवादीको 'सेना' विघटनको तयारीमा छ। जुन दिन उनीहरूको समायोजनमा राजनीतिक तहका समझदारी हुन्छ, त्यस दिनदेखि त्यसको विघटन हुन्छ। यस्तो अवस्थामा 'माओवादी सेनाका लडाकु' भन्ने पूर्वसमझदारीलाई लत्याएर 'दुई सेना' भन्ने शब्दावली प्रयोग गर्नु सरासर गलत हो। नेपाली सेनासँग माओवादी लडाकुको तुलना र समकक्षता हुन सक्दैन।
पाँचौँ- माओवादीले प्रयोग गर्ने भाषाशैलीमा अनमिनले 'नेपालमा शान्ति सम्झौता भंग गर्न केही राजनीतिक खेलाडीहरू लागेको' आरोप लगाएको छ। सम्भवतः यो आरोप रक्षामन्त्री विद्यादेवी भण्डारीको 'विस्तृत शान्ति सम्झौता पुनरावलोकन हुनुपर्छ' भन्ने अभिव्यक्तिप्रति लक्षित छ। तर, साँचो कुरा के हो भने नेपालमा कसैले शान्ति सम्झौताविरुद्ध बोल्न सुरु गरेको छ भने त्यो माओवादी नै हो। शान्ति सम्झौताको आधारस्तम्भका रूपमा रहेको 'बाह्र बुँदे समझदारीको औचित्य सकियो, अब नयाँ बाह्र बुँदे समझदारी गर्नुपर्छ' भनेर पुष्पकमल दाहालले भन्दा कसैको टाउको दुख्दैन। तर, रक्षामन्त्री भण्डारीले राष्ट्रिय सेना तालिम, हतियार, जनशक्ति र गोलाबारुदविहीन हुँदै क्रमशः कमजोर हुन थालेका कारण राजनीतिक दलहरूको सहमतिका आधारमा विस्तृत शान्ति सम्झौता पुनरावलोकन गर्नुपर्छ भन्दा पहाडै खस्छ? यतिबेलै नेपालमा युद्धको घोषणा भयो भने नेपाली सेनाले कसरी सामना गर्छ? एकछिनलाई मानौँ, माओवादीबाट त्यस्तो नहोला। तर, तराईमा सशस्त्र 'संघर्ष' गरिरहेका तत्वहरूसँग लड्नुपर्यो भने नेपाली सेनाले के गर्छ? अनि माओवादीको यस्तै अडान रहिरह्यो र छ महिनामा पूरा हुने अपेक्षा राखिएको शान्ति प्रक्रिया १० वर्षसम्म निष्कर्षमा पुगेन भने नेपाली सेनाको हालत के हुन्छ? हतियार पुराना हुँदै जाने, नयाँ भर्ना गर्न नपाइने तर वर्षेनी ७-८ हजार जनशक्तिले नियमित अवकाश लिने स्थिति बन्यो भने १० वर्षमा त नेपाली सेना पूरै सिद्धिन्छ। यस तथ्यप्रति अनमिनले आँखा चिम्लिएको छ। र, नेपाली बौद्धिक क्षेत्रमा पर्याप्त बहस भएको छैन।
अनमिनको मुख्य काम माओवादीका लडाकु र अस्थायी शिविरहरूमा राखिएको हतियारहरूको अनुमगन हो, जसबाट ऊ बारम्बार चुकेको छ। त्यही भएर खुलेआम माओवादी लडाकुहरू शिविर बाहिर निस्किने गरेका छन्। त्यसबाहेक 'यस्तो सरकार बनाऊ वा यस्तो गर' भन्ने कार्यादेश अनमिनसँग छैन। शान्ति प्रक्रियालाई सहज बनाउन मात्र अनमिनलाई निम्त्याइएको हो, निर्देशन दिन होइन। विगतमा भएका सहमितभन्दा बाहिर गएर माओवादीलाई फाइदा पुग्ने गरी अनमिनले काम गरिरहेको अनुभूति हुनु अवश्य पनि राम्रो कुरा होइन।
राष्ट्रसंघ समस्याको रामवाण होइन। विगतको इतिहास हेर्दा शान्ति प्रक्रियामा उसको उपस्थिति सम्पूर्णरूपमा सफल र फलदायी भएको देखिँदैन। हालै अफगानिस्तानजस्तो पूर्णतः परनिर्भर मुलुकबाट पनि उसले फर्किनुपर्ने अवस्था आएको छ। युगान्डा, सुडान, इथियोपिया, अंगोलाजस्ता मुलुकहरूमा राष्ट्रसंघको उपस्थितिपछि समस्या झन् बल्भि्करहेको छ। मानिसहरूलाई कस्तोसम्म परिरहेको छ भने बरु श्रीलंकाबाट राष्ट्रसंघलाई फिर्ता पठाइएपछि त्यहाँको समस्या समाधान भयो! हामी कामना गरौँ- नेपालमा पनि त्यस्तै नहोस्।
राजनीतिक दलहरूबीचको सहमति र सहकार्यबाट मात्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सकिन्छ भन्नेमा दुई मत छैन। प्रधानमन्त्री नेपालले पनि त्यही भन्दै आउनुभएको छ। तर, सहमतिको अर्थ अमूक दल वा नेताको नेतृत्व भन्ने हुन सक्दैन। शान्ति प्रक्रियालार्ई माओवादीको नेतृत्वमा सरकार बन्ने कुरासँग जोड्न मिल्दैन। के शान्ति सम्झौता गर्दा माओवादीकै नेतृत्वमा सरकार बन्छ भन्ने कल्पना गरेका थियौँ र?
लेखक प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन्।