एमाले नवौं महाधिवेशनको मत परिणाम लिएर राजनीतिक समीक्षा र विवेचना सुरु भएको छ। एमालेकै एक विचारक टंक कार्कीले यसलाई 'होसियारीपूर्वक र एकतापूर्ण ढंगले पार्टी चलाउनुपर्ने सन्देश' भनी टिप्पणी गरेका छन्।मंगलबार राति अध्यक्षलगायत पदाधिकारीको मत परिणाम सार्वजनिक भएलगत्तै कार्कीको यस्तो टिप्पणीले एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली चुनौती र जिम्मेवारीमाझ उभिएको संकेत गर्छ। एमाले महाधिवेशनको प्रतिनिधि छनोटमा देखिएका राजनीतिक अभ्यासले नै ओली र नेपालबीच तीव्र प्रतिस्पर्धा हुने संकेत गरिसकेका थिए। उनीहरूबीच तीव्र प्रतिस्पर्धा भयो, परिणाम पनि त्यही रुपमा आयो। नेपाल ४४ मतले पराजित भए, उनी पक्षका महासचिव सुरेन्द्र पाण्डे ओली पक्षका महासचिव ईश्वर पोखरेलबाट ६ मतले पराजित भए। एमाले पार्टीमा लामो समय सचिवालय सम्हालेका र पार्टी राजनीतिक व्यवस्थापनमा अब्बल मानिएका नेपाललाई यसपटक कार्यकर्ताले रुचाएनन्। पार्टीको आन्तरिक राजनीतिमा सधैं प्रतिपक्षी भूमिका निर्वाह गर्दै आएका ओलीलाई भने प्रतिनिधिले रोजेका छन्।
एमालेभित्रको आन्तरिक राजनीति केलाउँदा झिनो मतले नेपाल पराजित भए पनि उनले महाधिवेशनसम्मको यात्रामा ठूलो उपलब्धि हासिल गरेको देखिन्छ। भोटको राजनीतिमा विजयी नै भए पनि ओलीले भने पछिल्लो समय आफ्नो बलियो आधार गुमाएका छन्। त्यसो त ओली र नेपाल अध्यक्षका मात्र उम्मेदवार थिएनन्। उनीहरू एक–अर्काविरुद्ध केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको प्यानल बनाएर मैदानमा उत्रिएका थिए। राजनीतिक पार्टीको केन्द्रीय समितिका लागि भएको निर्वाचन दुई फरक–फरक पार्टीको जस्तो देखिन्थ्यो जहाँ मतपत्रमा समेत उम्मेदवारहरूको नामावली गुटका आधारमा राख्नुपर्यो। ओली र नेपाल गुटको लामो फेहरिस्तबाट कार्यकर्ताले छानिछानी केन्द्रीय सदस्य छनोट गरेका छन्। गुटका आधारमा मतदान गर्न प्रतिनिधिहरूसँग नेताहरूले गरेको अनुनय/विनयले त्यहाँ काम गरेको देखिएन। केन्द्रीय नेतृत्वले गुट राजनीतिमा होमेका महाधिवेशन प्रतिनिधिहरूले विवेकको मत हालेर पार्टीमा विकसित गुट राजनीतिलाई पराजित गर्ने प्रयास गरे। खासमा आम कार्यकर्ता नेताहरुका विपरीत प्यानलका विपक्षमा उभिएको मतपरिणामको चरित्रले प्रस्ट्याइदियो। त्यसो त महाधिवेशनको तीन दिनअघि नागरिक दैनिकले सार्वजनिक गरेको सर्वेक्षणमा पनि मतदाता प्यानलविरोधी मनस्थितिमा रहेको प्रक्षेपित थियो। नागरिक दैनिकअन्तर्गतको नागरिक रिसर्च ब्युरोले मुलुकभरका ४ सय ५ एमाले प्रतिनिधिबीच गरेको सर्वेक्षणमा ८३ प्रतिशतले प्यानलमा मत नहाल्ने बताएका थिए। सर्वेक्षणमा अध्यक्षबीच तीव्र प्रतिस्पर्धा हुने र प्रतिनिधिहरू जम्बो प्रतिनिधि व्यवस्थाका विरुद्ध रहेको देखिएको थियो। महाधिवेशनका क्रममा जम्बो पदाधिकारी व्यवस्थाको विरोधमा उर्लिएको आवाज जसोतसो व्यवस्थापन गरेर महाधिवेशन सम्पन्न गर्न सफल भएको यथार्थ नेताहरूले बिर्सनै मिल्दैन। अहिले निर्वाचन परिणाम मात्र आएको छ। आमकार्यकर्ताले दिएको विवेकको मत सम्हालेर पार्टी चलाउने जिम्मेवारी नवनिर्वाचित केन्द्रीय नेतृत्वको काँधमा छ।
प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका ओली र नेपाल अहिले आफ्ना उपलब्धि र कमजोरीको विश्लेषण गर्दै होलान्। पदाधिकारीमा कुन पक्षका कसमाथि कस–कसले अन्तर्घात गरे, त्यसको हिसाबकिताब, आरोप/प्रत्यारोप पनि हुँदै जाला। राजनीतिक गणितमा नारायणीपूर्व नेपाल बलियो र नारायणीपश्चिम ओली सशक्त भएको विश्लेषण गरिँदैछ। महासचिवमा नेपाल प्यानलका उमेदवार सुरेन्द्र पाण्डे ६ भोटले पराजित हुनु र सोही प्यानलका भीम रावल सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुको अन्तर्य एमालेकै दिग्गजहरुले केलाउनेछन्। त्यस्तै उपमहासचिवमा ओली पक्षका उम्मेदवार शंकर पोखरेलको पराजयको कारण खोज्न आफ्नै गुटमाथि औँला उठाउनेहरू नभएका पनि होइनन्।
चुनावी गणितको तात्तातो परिणाममाथि विचार–विमर्श भइरहला। केन्द्रीय सदस्यको मतपरिणामले ओली–नेपाल पक्षबाट हाराहारीजस्तो निर्वाचित भएका छन्। अध्यक्ष केपीका कतिपय हस्तीले भने पराजय सामना गर्नुपरेको छ। १५ सदस्यीय पदाधिकारीमा ओली पक्ष अल्पमतमा छ। पाँच उपाध्यक्ष र पाँचै सचिवमध्ये ३–३ जना नेपाल पक्षका छन्। दुई उपमहासचिवमध्ये एक मात्र ओली पक्षका छन्। निर्वाचित १४ बाहेक विधानअनुसार वरिष्ठ नेता भएर पदाधिकारीमा थपिने निवर्तमान अध्यक्ष झलनाथ खनाल नेपालकै प्यानलमा खुलेकै हुन्। यसरी तथ्यांकमा हेर्दा आउँदा दिनमा एमालेभित्र नयाँ राजनीतिक समीकरण बन्न सकेन भने ओली अल्पमतमा पर्ने देखिन्छ। १५ सदस्यीय पदाधिकारीमा ओली पक्षमा उनी आफूसहित ७ जनामात्र हुनेछन् भने नेपाल पक्षमा ८ जना पुग्न जान्छन्। ओलीको एउटा बलियो आधार महासचिव आफ्नो पक्षबाट चुनिनु हो। एमालेमा आमप्रतिनिधिले चुनेको केन्द्रीय कमिटीबाहेक पोलिटब्युरो र स्थायी कमिटीजस्ता निकाय पनि छन्। १ सय ५९ केन्द्रीय सदस्यबाटै पोलिटब्युरो र स्थायी कमिटी गठन हुने प्रावधान छ। कुल केन्द्रीय सदस्य संख्याको एकतिहाइ पोलिटब्युरो र त्यसको एकतिहाइ सदस्य राखेर स्थायी कमिटी निर्माण हुँदा नै पार्टीमा दुवै पक्षको राजनीतिक हैसियत कायम हुनेछ। कार्यकर्ताले प्यानलविरोधी मतदान गरेर छ्यासमिस पदाधिकारी र केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीको जिम्मेवारी सुम्पिए पनि पदाधिकारी र केन्द्रीय सदस्य गुट राजनीतिको छायाबाट मुक्त रहन सहज छैन। ओली र नेपालका नाममा माथिदेखि तलसम्म विभाजन भएको पार्टीलाई एकताबद्ध बनाउने चुनौती ओलीको काँधमा छ। लामो समयदेखि गुट राजनीतिको अगुवाको परिचय बनेको आफ्नै पृष्ठभूमि र उनकै पक्षबाट उपाध्यक्ष निर्वाचित गुट राजनीतिका अर्का सिद्धहस्त पात्र वामदेव गौतम, महासचिव निर्वाचित मौसमअनुसार चोला बदल्ने चतुर खेलाडी ईश्वर पोखरेलको साथ र समर्थनबाट नेपालका समर्थकको मन जित्न सहज हुनेछैन ओलीलाई। पार्टीलाई नेपाल पक्षसँग पलपलमा सम्झौता गर्दै एकताबद्धको सन्देश दिने कि पार्टीलाई विभाजनको दिशामा उन्मुख गराउने? अहिलेसम्म पार्टीमा प्रतिपक्षीझैं भूमिकामा रहेका ओलीलाई समन्वयात्मक र लचिलो अध्यक्षका रुपमा अघि बढ्नु चुनौतीपूर्ण छ।
विधानतः एमाले केन्द्रीय कमिटी सर्वेसर्वा हो तर पार्टीमा महत्वपूर्ण राजनीतिक निर्णयहरू स्थायी कमिटीमा लगेर टुंगो लगाउने विगतदेखिकै चलन हो। नयाँ केन्द्रीय कमिटी ठूलो भएकाले पनि आउँदा दिनमा स्थायी कमिटीको भूमिका बृहत् हुने देखिन्छ। विधानमा एकजना कोषाध्यक्षसहित १८ जनाको स्थायी कमिटी हुने व्यवस्था छ जसमा अध्यक्षलगायत १५ सदस्यीय पदाधिकारी स्वतः रहनेछन्। यस अर्थमा कोषाध्यक्ष ओली पक्षकै आएको अवस्थामा पनि संस्थापन पक्ष स्थायी कमिटीमा अल्पमतमा रहनेछ । १७ सदस्यीय स्थायी कमिटीमा अहिलेको समीकरणअनुसार ओलीका ८ र नेपाल/खनाल गुटका ९ सदस्य हुनेछन्। त्यसो त स्थायी कमिटीमा अनुशासन आयोग र सल्लाहकार कमिटीका अध्यक्ष पनि सदस्य हुन्छन्, तर उनीहरुलाई मताधिकार भने हुँदैन।
राजनीतिक गणितमा अल्पमतमा रहेका ओलीले पार्टी चलाउन आफ्नो विगत बिर्सन सक्नुपर्छ। उनी जसरी पनि पार्टीमा दबदबा राख्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुन्। बलबाहुको राजनीतिलाई प्रोत्साहित गर्ने उनको पृष्ठभूमि र भारतमुखी आरोपबाट माथि उठ्नुपर्ने आवश्यकतालाई उनले कसरी सम्बोधन गर्ने हुन्? आउँदा दिनमा स्पष्ट हुँदै जानेछ। नेपालको सहयोग नलिई पार्टी चलाउन हम्मे पर्ने अवस्थाको संकेत मत मरिणामले दिइसकेको छ। पार्टी राजनीतिको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका ओलीले सत्ता राजनीतिमा कस्तो भूमिका खेल्ने हुन्? राष्ट्रिय राजनीतिमा चर्चा र शंकाको विषय हो। संसदीय दलको नेता, पार्टी अध्यक्षपछि ओली तत्काल प्रधानमन्त्रीको दौडमा सक्रिय हुने त होइनन्? प्रश्न उठ्छ। ओली सत्ताका निम्ति हतारिएको अवस्थामा एमाले केन्द्रीय कमिटीले कसरी लिन्छ, त्यो उसको मामला हो। तर संविधान जारी नहुँदै सत्ता राजनीतिको खेलमा ओली सक्रिय हुन थाले भने मुलुकको राजनीतिमा संविधान निर्माणभन्दा सत्ता राजनीति हाबी हुने निश्चित छ। त्यसबेला ओलीसामु दुइटा विकल्प रहनेछन्- सत्ताका लागि हतारिने कि संविधान निर्माणमा लागिपर्ने? सत्ता राजनीतिको मुद्दा अगाडि आएको अवस्थामा मुलुकको राजनीतिमा नयाँ समीकरण बन्न जानेछ जहाँ कांग्रेस र एमाओवादी नजिकिने सम्भावना रहन्छ।
एमाओवादीका कट्टर विरोधी, स्पष्टवक्ता र आफ्नो अडान नछाड्ने परिचय बनाएका ओली राजनीतिक मुद्दाहरूमा आवश्यक पर्दा सम्झौता गर्न पछि नपर्ने स्वभावका मानिन्छन्। यस अर्थमा उनी एमाले अध्यक्षको हैसियतमा राष्ट्रिय राजनीतिमा लचिलो भएर प्रस्तुत हुन सकून् र मुलुकले चाँडै संविधान प्राप्त गर्न सकोस्। संविधान जारी भइसकेपछि गरिने सत्ता राजनीतिको खेल मात्र सच्चा राजनीतिक र स्वाभाविक ठहरिनेछ।