गुट–चक्रमा एमाले महाधिवेशन
१८ असार २०७१
•
१२ मिनेट पाठ
गुट–चक्रमा एमाले महाधिवेशन
नेकपा (एमाले) को बुटवल (आठौं) महाधिवेशन उद्घाटनसत्रमा तत्कालीन महासचिव एवं अध्यक्षका उम्मेदवार झलनाथ खनालले भनेका थिए– 'महाधिवेशन समापनसँगै सबै आन्तरिक विवाद तिनाउमा बगाएर फर्कन्छौं।' एमालेको नवौं महाधिवेशन वाग्मतीको काखमा यही साता सम्पन्न हुँदैछ। महाधिवेशमा भाग लिन देशभरका प्रतिनिधि काठमाडौंमा जम्मा भएका छन्। आठौं महाधिवेशनका क्रममा उठेका विवाद तिनाउमा बगे वा किरानामा उत्रिएर अहिले फेरि राजनीतिक चलखेल गर्दैछन् भन्ने लामो समयदेखि एमाले राजनीतिमा सक्रिय प्रतिनिधिले राम्ररी आँकलन गरेको हुनुपर्छ, नवौं महाधिवेशन दौरान त्यसको विवेचना पनि गर्ने नै छन्। तिनाउको किरानामा उठेका विवाद साम्य भएका छैनन्, त्यतिबेलाका विवाद जस्ताको त्यस्तै पनि छैनन्। एमालेमा खनाल, वामदेव गौतम अनि माधवकुमार नेपाल र खड्गप्रसाद ओलीका समीकरणले ठूलो प्रभाव राख्यो यसबीच। यही अवधिमा पार्टी गुटगत राजनीतिको दुश्चक्रमा रुमल्लियो। गुट–उपगुट आ–आफ्ना उद्देश्यअनुसार एकापसमा जोडिने र छुट्टिने अभ्यासलाई लोकतान्त्रिक अभ्यास मान्दै आएको एमाले नवौं महाधिवेशनसम्मको यात्रामा गुट–राजनीति नै मूलधारको राजनीति हो भन्ने स्थितिमा पुगेको छ। राजनीतिक प्रस्तावहरू अनुमोदन गर्ने औपचारिकता त अधिवेशनले पूरा गर्ने नै छ। अपितु, नयाँ आवरणमा आएको गुट–राजनीतिलाई महाधिवेशन सिलसिलामा निरुत्साहित गर्न सक्छ/सक्तैन, जुझारु कार्यकर्ताको प्रमुख चुनौती यही हो। बुटवल महाधिवेशनपछि उत्पन्न उपगुटहरू अहिले नयाँ समीकरण बनाउँदै आफूलाई नयाँ आवरणमा प्रस्तुत गर्दैछन्। आठांै महाधिवेशन र त्यसयताका ६ वर्षे यात्रा क्रममा उठेका विवादले अहिले अनेक रुप धारण गरेका छन्। पार्टी आन्तरिक राजनीति र कतिपय अवस्थामा मुलुकको सहमतीय राजनीतिक यात्रामा समेत नेपाल–ओली गुटले राज गर्दै आयो। अहिले त्यही गुट विपरीत धु्रवमा उभिएर एकअर्कालाई सिध्याउने खेलोमा लागिरहेको देखिन्छ। 
बुटवल महाधिवेशनमा खनाल र ओली अध्यक्ष दौडका प्रतिस्पर्धी थिए। अहिले खनाल एमाले राजनीतिबाट अवकाश निकट परिस्थितिबाट गुजि्ररहेका छन्। ओली भने जसरी पनि पार्टी कब्जा गर्ने मनस्थितिसाथ दौडधुपमा देखिन्छन्। पार्टी संसदीय दल नेता निर्वाचित भएपछि प्रतिकूल स्वास्थ्य बाबजुद उनी नेतृत्वको विरासत प्राप्त गर्ने ध्याउन्नमा छन्। अध्यक्ष पदमा नेपालको उम्मेदवारीको औचित्य राजनीतिक रुपले पुष्ठ देखिँदैन। उनी आफू कुर्सीमा पुग्नुभन्दा पनि ओलीलाई त्यहाँ पुग्नबाट रोक्ने उद्देश्यले प्रेरित भएर प्रतिस्पर्धामा उत्रिएको अनुमान गर्न सकिन्छ। औपचारिक भाषण र सार्वजनिक कार्यक्रममा जे–जस्ता दाबी सार्वजनिक गरिए पनि 'ओलीलाई सबैथोक दिन सकिन्छ, तर पार्टी जिम्मा लगाउन मिल्दैन' भन्ने मनोविज्ञानले एमालेका कतिपय नेता ग्रस्त देखिन्छन्। नेपालले खासमा त्यही चिन्तन समूहको नेतृत्व गरिरहेको देखिन्छ।
माले हुँदै एमालेसम्मको लामो वामपन्थी आन्दोलनका साक्षी र अगुवा ओलीमा अहिले एक किसिमको हतारो छ, पार्टी अध्यक्ष बन्ने र त्यसैका बलमा सत्ता–राजनीतिको बागडोर चढ्ने। यो अन्तर्य बुझेका कार्यकर्ताले ओलीलाई मतपत्र हातमा लिइसकेपछि कसरी बुझ्ने हुन्, एमालेको भावी दिशा त्यतैतिर मोडिनेछ। यद्यपि, मामला एमाले नेतृत्व कसले गर्ने भन्ने मात्र होइन, अहिलेको सत्ता–समीकरणको मुख्य उद्देश्य संविधानसभाबाट संविधान जारी गर्नु नै हो। एमालेका प्रतिनिधिले दुई नेतामध्ये कसलाई रोज्ने भन्ने निर्णय गर्दा राष्ट्रिय राजनीतिको यो परिदृश्यसमेत आँकलन गर्ने नै छन्।
हालै नागरिक दैनिक अन्तर्गतको नागरिक रिसर्च ब्युरोले गरेको एक सर्वेक्षणले एमालेका प्रतिनिधि मोटामोटी तीन खाले देखायो। मुलुकभरका ४०५ प्रतिनिधिबीच गरिएको सर्वेक्षणलेे ३७ प्रतिशत नेपाल र ३८ प्रतिशत प्रतिनिधिले ओलीको पक्षधरता खुलेर व्यक्त गरे। एमाले अध्यक्ष पद कसले जित्ला भन्ने प्रश्नमा १४ प्रतिशतले 'थाहा छैन' र ११ प्रतिशतले 'भन्न चाहन्नँ' जवाफ दिएर मौनता मात्र प्रकट गरेनन्, एक किसिमले गुट राजनीतिका विपक्षमा मत जाहेर गरे। मौन रहनेको 
एकचौथाइ संख्या नै महाधिवेशनमा निर्णायक हुने देखिन्छ। सर्वेक्षणले दुई नेताबीच तीव्र प्रतिस्पर्धा हुने र मौनता साध्नेहरू निर्णायक हुने देखाएको छ। को हुन् ती मौन बस्नेहरू? जानकारहरू खुल्न नचाहेका प्रतिनिधिमध्ये कतिपय अध्यक्ष खनालका पक्षधर भएको र उनकै इशाराअनुसार यताउता लाग्ने धुनमा रहेको बताउँछन्। खनालका कतिपय सारथि नेपाल खेमामा सक्रिय भएको पृष्ठभूमिमा मौन बस्नेहरूको साथ र समर्थन घुमाउरो पाराले नेपालले लिनसक्ने देखिन्छ। 
अध्यक्षमा नेपाल र ओलीबीच प्रतिस्पर्धा भए पनि उनीहरूले बनाएको समूहलाई भने भताभुंग पार्ने मनस्थितिमा छन् प्रतिनिधिहरू। सर्वेक्षणमा ८३ प्रतिशत प्रतिनिधि प्यानलविरुद्ध उभिने संकेत गरेका छन्। प्यानलका पक्षमा जम्मा ९ प्रतिशत देखिएका छन्। अन्य पदाधिकारी कसरी छान्ने सोच्नुभएको छ भन्ने प्रश्नमा 'निर्णय गरेको छैन' भन्ने ६ प्रतिशतमात्र देखिए भने 'भन्न नचाहने' १ प्रतिशत हाराहारी। अध्यक्षका प्रत्यासी प्यानलसहित मैदानमा उत्रिएको अवस्थामा प्रतिनिधिमा देखिएको प्यानलविरोधी मनोविज्ञान नेताहरूसामु ठूलो पहरो बन्नसक्ने देखिन्छ। सर्वेक्षणमा भाग लिने ठूलो संख्याका प्रतिनिधिले देखाएको प्यानलविरोधी मानसिकताको सिकार को को हुने हुन्? त्यो हेर्न केही दिन पर्खनै पर्नेछ। तर, प्रतिनिधिहरू मतदाता भएको अवस्थामा प्यानलमै भोट हाल्ने अवस्था पनि छ। राजनीतिक पार्टीका अधिवेशनमा नेता र कार्यकर्ताबीच व्यापार, व्यवसायमा जस्तो लेनदेन हुने गरेका देखिन्छन्। यस रोगले एमाले कति हदसम्म ग्रस्त हुने हो भन्ने महाधिवेशनले तय गर्नेछ। एमाले महाधिवेशन प्रतिनिधिमध्ये ७५ प्रतिशत दुई दशकअघिदेखि एमालेमा आबद्ध छन्। अर्थात् पुराना कार्यकर्ताको बाहुल्य अधिवेशनमा छ। उनीहरूले आफ्नो विवेक प्रयोग गर्न सक्नुपर्छ। त्यस्तो हुनसके मात्र पार्टीलाई प्यानल बनाउने बिर्ता प्रवृत्ति निरुत्साहित हुनेछ। नेतृत्व क्षमताका आधारमा पदाधिकारी छान्ने प्रतिनिधिको मानसिकताको उपज क्षमतावान नेता पदाधिकारीमा छानिन सक्छन्। 
त्यसो त महाधिवेशनमा प्रस्तुत हुने जम्बो पदाधिकारी व्यवस्थाको पनि प्रतिनिधिबाट विरोध हुने देखिन्छ। सर्वेक्षणमा भाग लिनेमध्ये आधाभन्दा कम ४५ प्रतिशतले जम्बो पदाधिकारी व्यवस्था आवश्यक छ भनेका छन् भने आवश्यक छैन भन्ने ३९ प्रतिशत छन्। जस्तो पदाधिकारी भए पनि पार्टीमा कुनै फरक नपार्ने विचार राख्ने ११ प्रतिशत र यस मामलामा बोल्न नचाहने ५ प्रतिशत छन्। एमालेको दुई दशकको यात्रा पार्टी संगठन र पदाधिकारी व्यवस्थाबारे अलमलिएको देखिन्छ। बुटवल महाधिवेशनबाट बहुपदमा गएको एमालेले बहुपदाधिकारीको व्यवस्थाको औचित्य साबित गर्न सक्तैन। दोस्रो वरीयताका नेतालाई पद दिएर व्यवस्थापन गर्ने प्रयोजनको पदाधिकारी व्यवस्थाले पार्टी चुस्त राजनीतिक संगठनभन्दा यान्त्रिक प्रशासनिक अखडा बन्नजान्छ। प्रतिनिधिले नेताहरूका सबै प्रस्ताव पारित नै गर्नुपर्छ भन्ने त छैन। केन्द्रीय समितिले ल्याएका प्रस्ताव असफल बनाउन सक्ने विवेक र हैसियत प्रतिनिधिले राख्न सक्नुपर्छ। 
सर्वेक्षणमा दुई तिहाइ प्रतिनिधि महाधिवेशनपछि पार्टी एक हुनेमा विश्वास राख्दारहेछन्। उनीहरूमध्ये ९ प्रतिशतले मात्र गुटबन्दीको खतरा औंल्याएका छन् भने ९ प्रतिशतले पार्टीमा जसले जिते पनि फरक नपर्ने बताएका छन्। अधिवेशनपछि एमाले कसरी बढ्ला भन्ने प्रश्नमा ९ प्रतिशतले उत्तर दिन चाहेनन्। महाधिवेशनपछि पार्टी एकताबद्ध हुने प्रतिनिधिहरुका आशामा नेताहरूले मलजल गर्ने हुन् वा निर्वाचन परिणामको उत्साह र आवेगमा भताभुंग पार्ने हुन्? अर्थात् तिनाउले बगाउन नसकेका आठौं महाधिवेशनका विवाद तैरिएर गुट राजनीतिको मलजल बने, नवौं महाधिवेशनका विवादलाई वाग्मतीको असारे भेलले बगाउन सक्छ/सक्तैन, एमाले भविष्य त्यसैले निर्देश गर्नेछ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस