सर्वोच्च अदालतको एउटा निर्णयलाई यही असार ५ गतेका धेरै पत्रपत्रिकाले मापदण्डलाई नै अपराधी ठहर गरेर मृत्यु दण्डको सजाय सुनाएझैँ गरी प्रस्तुत गरे। त्यो 'अपराधी’ जन्माउने प्रक्रिया आफैं त समावेश भइएन भन्ने प्रश्नले मलाई विगत तीन वर्षप्रति फर्केर हेर्न मन लाग्यो। कतिपय 'विद्वान्’ भनिएकाहरूको पनि त्यस्तै टिप्पणी सुनियो। संविधानका व्याख्याता, संविधानविद् कसैले पनि गुथाइएको 'पगरी’ राम्ररी सम्हालेको आभास भएन। मापदण्ड आफैँ अपराधी थियो त? मलाई मापदण्ड नै दोषी थियो भन्ने लाग्दैन।
सुसूचित हुने नागरिक हकलाई सम्मान गर्ने मापदण्ड कसरी अपराधी भयो? सहभागिताको अधिकारलाई सम्मान गरेको मापदण्डलाई अपराधी भन्न मिल्ला? न्यायाधीशको नियुक्ति पाउनु पूर्व सार्वभौम नागरिकले कुनै व्यक्ति यति कारणले न्यायाधीश नियुक्त हुनुहुँदैन भनी निर्णय प्रक्रियामा आफ्नो सहभागिता जनाउन पाउने व्यवस्था गरेको मापदण्ड कसरी जनविरोधी वा षडयन्त्रकारी हुन्छ? सबैको योग्यता र दक्षताको परीक्षण हुनुपर्ने प्रावधान भएको मापदण्डबाट कहाँ असमान भयो? व्यक्ति विशेषको तजबिजमा हुने छनोट परम्परालाई त्याग्न खोजेको मापदण्डले कहाँ रोजी छाडी गर्न खोज्यो? मापदण्डका नाममा आलोचना गर्नेहरुले एक पटक फर्केर आफैँलाई हेर्दा भई हाल्छ, चित्र र चरित्र आफ्नै अगाडि उभिनेछ।
सबै योग्यता र दक्षतालाई सानो नकारात्मक चरित्रले ग्रहण लगाउन सक्छ भन्ने तथ्य कसलाई थाहा छैन र? मापदण्डमा राखिएको स्वघोषणा व्यक्तिलाई निष्कलंक बनाउने एउटा महत्वपूर्ण अवसर थियो। यो व्यवस्था आफैँमा कसरी अन्यायपूर्ण हुन्छ? फौज्दारी अभियोगमा सजाय पाएको छु भनी स्वघोषणा गर्नेले न्यायाधीशका लागि योग्य छु भनी दाबी गर्छ भने उसले अरूबाट योग्य छैनस् भन्ने सुन्न चाहेको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ। बैंकको कालो सूचीमा रहदाँरहदै पनि न्यायाधीश बन्छु भन्छ कसैले भने स्वघोषणाको आशय नै बुझेन भने हुन्छ। बाल श्रम, मानव अधिकारका संवेदनशील कानुनी प्रावधान उल्लंघन गर्ने व्यक्तिलाई न्यायाधीश बनाउने हो भने तिनको रक्षा कसरी होला? न्यायाधीश हुने व्यक्तिले राज्यलाई कर बुझाए कि बुझाएनन् भनी हेर्न नपाउने हो भने लोकतन्त्र तिनका लागिमात्र हो भन्ने बुझे भयो।
आचरण र नैतिकताको कसी सबै सार्वजनिक पदका लागि महत्वपूर्ण हुन्छ। त्यस्मा पनि न्यायाधीशका लागि त अनिवार्य रहन्छ। लोकतन्त्र हुर्काउन आवश्यक पर्ने कानुनी राज्यको मूल्य मान्यतालाई आत्मसात गरेको मापदण्ड आफै सहिद बन्नु पर्यो। लोकतन्त्र कति बलियो होला भन्ने यसैलाई हेरेर अनुमान गरे पुग्छ। कसैले यस मापदण्डलाई काँध थाप्न चाहेनन्। यो पनि एउटा विडम्बना नै हो।
आहारिसले निर्देश गरेका बेला असल छिमेकी मर्दा पनि खुच्चिङ भन्ने संस्कार मौलाएको छ। असल व्यक्ति वा पात्रको निधनमा कसैलाई चिन्ता हुँदैन। अरूभन्दा असल र विद्वान् हुने प्रयास गर्नुभन्दा पनि अरू असल र विद्वान् नहोउन् भन्ने विचार र व्यवहार हाम्रो वर्तमान संस्कार हो। कोही पनि विद्वान् नहँुदा आफू सधैँ अग्रणी र जान्ने बु‰ने भइरहने भ्रम धेरैलाई छ। तपस्या गरेर ठूलो फल प्राप्ति गर्नुभन्दा अरुको तपस्या बिथोल्ने परम्पराबाट दीक्षित भएकालाई धेरै भन्नु मूर्खतामात्र हुन्छ।
मापदण्डले सारभूत कुरालाई छोएको थिएन। अनि कसैलाई योग्य र अयोग्य पनि बनाएको थिएन। कार्यविधि र प्रक्रियालाई मात्र पारदर्शी बनाएर नियुक्तिलाई व्यवस्थित गर्न खोज्नु अपराध नुहनुपर्ने थियो। संविधान र कानुनको कुन व्यवस्थासँग मापदण्ड बाझिएको हो? सञ्चारकर्मी र विद्वान्हरूले खोजमूलक सामग्री प्रकाशित गरी दिएको भए न्यायाधीश नियुक्ति प्रक्रियामा महत्वपूर्ण सहयोग पुग्ने थियो। मापदण्डका कारणले न्यायाधीश नियुक्ति गर्न ढिलो गरेकोमा न्याय परिषद्ले जिम्मेवारी लिनुपर्छ भनी एक जना विद्वान्को उद्धरण एउटा समाचारमा देखियो। जिल्ला र पुनरावेदन अदालतको नियुक्तिलाई ढिलो गर्यो भन्नु सार्न्दभिक देखिँदैन। पुनरावेदनको नियुक्ति त झन् ढिलै नभएकोलाई कसरी ढिलो भयो भन्ने? त्यसो भन्नु त दिनलाई रात भनेझैं हुन्छ। सर्वोच्चका हकमा भनिएको हो भने स्वनामधन्य संविधानविद्लाई सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिमा मापदण्डको कति भूमिका थियो भन्ने त पक्कै थाहा नै होला। मापदण्डै नपढी आलोचना गर्नेहरूलाई सम्झाउनुको कुनै अर्थ छैन।
हो, मापदण्डले निर्धारण गरेका प्रक्रिया सबै पूर्ण र शाश्वत छैनन्। कुनै पनि मापदण्ड त्यस्ता हँुदैनन्। निर्माणपछि न पूर्णता प्राप्त गर्ने हो। आफैँमा जन्मजात पूर्णताको दाबा गर्नु मूर्खता हुन्छ। निश्चित् सदस्य संख्या रहेको निकायको पदाधिकारी र सदस्यबीचको छलफल र विचारबाट निर्माण हुने दस्तावेजमा कुनै एक व्यक्तिको चाहनाबाट मात्र बन्छ भन्नु पनि वस्तुपरक हुँदैन। मापदण्डको निर्माणमा सबैको दृष्टिकोणले ठाउँ पाएको थियो। मापदण्डले निर्धारण गरेको प्रक्रिया कहाँ कमजोर रह्यो भन्ने पत्ता लगाई त्यसलाई सुधार गर्नुको साटो समाप्त गर्नेतर्फ लाग्ने संस्कारले कुनै पनि निर्माण प्रक्रिया पूरा हुन दिँदैन कि भन्ने सन्देह उत्पन्न भएको छ।
सर्वोच्च अदालतले खारेज गरेको मापदण्ड आफैँमा नराम्रो दस्तावेज थिएन। अन्तर्राष्ट्रियरूपमा प्रचलित प्रक्रियालाई पनि मापदण्डले आत्मसात् गरेको थियो। न्यायाधीश नियुक्तिमा कौशल देखाएका केही देशको उदाहरणबाट सिक्ने प्रयास पनि गरिएको थियो। अधिकारको प्रयोग पनि वस्तुपरक र पादरर्शीरूपमा गर्दा नै उत्तरदायीपूर्ण होला भन्ने विश्वास थियो। मापदण्ड आफैँ कति प्रयोग भयो? कति कर्ताले प्रयोग गरे? यसको विवेचनै भएन तर मापदण्ड माथि प्रहार गर्न सहज ठानियो। यस व्यथाभित्रका कथाले पनि छुट्टाछुट्टै अर्थ राख्छ।
मापदण्डले कसैलाई रोजेको वा खोजेको थिएन न कसैलाई दण्ड गरेको थियो। सबैलाई सम्मान गरेको मापदण्ड आज आफैँ दण्डित भएको छ। सबैलाई न्याय गर्छु भन्ने मापदण्ड किन अन्यायमा पर्यो? न्याय आफैँ अन्यायमा पर्छ भने किंबदन्ति कतै सुनिएको थियो। अहिले वास्तविकरूपमा त्यही कथन चरितार्थ भएर न्याय माथि नै अन्याय भएको छ। अन्यायमा परेको न्याय कति स्वतन्त्र, निडर र सक्षम छ फर्केर हेर्नुपर्ने देखिन्छ। फैसलाको सम्मान गर्दागर्दै पनि अहिले मापदण्डप्रति अपनत्व व्यक्त गर्नु कर्तव्य ठान्छु। सायद, अब मापदण्डले इज्जत प्राप्त गर्नेछ। बाँचुन्जेल यस्को मूल्य थोरैले चिने होलान्, मृत्युपछि मापदण्डको मूल्य सायद अरू धेरैले बुझ्नेछन्। मापदण्डको रूपमा एउटा चोला सकिएको छ तर ऐन कानुनका रुपमा मापदण्डको पुनर्जन्म हुने आशा भने बाँकी नै छ। यही क्रममा एउटा ब्रह्म ज्ञान पनि प्राप्त भएको छ— अस्त्र र शस्त्र दुवै धारण गरेकासँग शस्त्रमात्रै हुनेले लड्न खोज्नु बुद्धिमानी हुँदैन। पूर्वीय शास्त्रहरूमा पनि त यस्तै भनिएको छ।
सदस्य, न्याय परिषद्