न्याय परिषद्ले सर्वोच्च अदालतमा सिफारिस गरेका ८ जना न्यायाधीशले मुक्ति पाएका छन्। संसदको संसदीय सुनवाइ विशेष समितिबाट क्लिन चिट पाएका न्यायाधीशहरूले सपथ लिएकै दिनदेखि सर्वोच्चका बेन्च सम्हालेका छन्।न्यायिक भाषामा उनीहरूले न्याय सम्पादन गर्न थालेका छन्। विधिको शासन भएका मुलुकमा न्यायपालिका स्वतन्त्र, निर्भिक र निष्पक्ष मानिन्छ। यस अर्थमा न्याय परिषद्बाट सिफारिस भएर कठिन परीक्षा पास गरेका न्यायमूर्तिहरू संवैधानिक दायित्व निर्वाह गर्न थालेका छन्।
नेपालको गणतान्त्रिक यात्रासँगै हामीले विभिन्नखाले राजनीतिक, संवैधानिक व्यवस्था गरेका छौँ। अन्तरिम संविधानको प्रावधानअनुसार संवैधानिक निकायमा नियुक्त हुनेहरूले जनताबाट चुनिएका प्रतिनिधिबाट अनुमोदन हुनुपर्नेछ। त्यसै प्रावधानका कारण करिव एक महिनासम्म न्यायाधीश नियुक्ति प्रकरणले खास गरेर नेपालका मिडियामा घर गर्यो। अहिले एउटा विवादास्पद मुद्दाको पटाक्षेप भएको छ। प्रमुख राजनीतिक दल नेपाली का्रग्रेस, एमाले र एमाओवादीको समर्थन र विरोधको राजनीतिबीच सबै अनुमोदन हुन सके। ७५ सदस्यीय संसदीय सुनवाइ समितिका सदस्यमध्ये एक तिहाई (जसमा एमाले र एमाओवादीका सदस्य छन्) ले दुई जना न्यायाधीशविरुद्ध मत दिए। उनीहरूको त्यस्तो गणितीय विरोधको केही जोड चलेन, कांग्रेसले काँध थापेपछि। हामीले अपनाएको संवैधानिक व्यवस्था नै संवैधानिक पदमा नियुक्तिको हकमा यति धेरै लचिलो छ, जहाँ एक तिहाईले हुन्छ भनेको अवस्थामा पनि अनुमोदन हुन्छ अर्थात दुई तिहाईको विरोध पनि फिक्का हुन जान्छ। यहाँ एमाले र एमाओवादी २ जना न्यायाधीशको हकमा मात्र हँदैन भन्न पुगे।
संसदीय सुनुवाइ समितिमा सदस्यहरूले अख्तियार गरेको गणितीय अभ्यासमा आठ जनामध्ये वैजनाथप्रसाद उपाध्याय र ओमप्रकाश मिश्र सबैका मान्य भए। चोलेन्द्रशमशेर राणा र जगदीश पौडेलको हकमा २४ र २५ जना एमाले र एमाओवादी सभासद्को विरोध रह्यो। एमाओवादीका टोपबहादुर रायमाझी पार्टी नीतिविपरित राणाको पक्षमा उभिए। राणा र पौडेललगायत दीपकराज जोशी, गोविन्द उपाध्याय, गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठलाई न्यायाधीश बनाउन हुन्न भन्नेमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी एक्लो भए। न्यायपालिका राजनीतिबाट मुक्त हुनुपर्छ भन्ने संविधानको कल्पना व्यवहारमा उल्टो अनभुव भयो। विवाद थिए, संसदीय समितिले तिनको गहिराई नाप्न खोजेन। समितिले सत्यतथ्य खोज्ने प्रयास गरेन्, तल्लो स्तरका हलुका र प्रचारबाजी खाले प्रश्न सोध्न पछि परेनन् सभासद। संसदको संसदीय सुनुवाई विशेष समितिका सदस्यको आक्रामक प्रश्नबाट अनुमान लगाउन सकिन्थ्यो– एक दुई जना त अवश्य फेल हुन्छन् तर त्यस्तो भएन।
सर्वोच्च न्यायालयमा अयोग्य, अक्षम, अनैतिक र अनाचारको आरोप लागेकाहरू पुग्न हुँदैन। संविधानको मुख्य ध्येय यही हो। समितिको विशेष नामका पछाडि विशेषाधिकारको अर्थ निहीत छ। समितिभित्र राजनीति भयो। कांग्रेस सुरुदेखि नै सबैलाई अनुमोदन गर्नुपर्छ भन्नेमा थियो। त्यहीअनुसार भयो। कांग्रेसजन आगामी दश वर्षसम्म आफ्नो समर्थकमात्र सर्वोच्चको प्रधान न्यायाधीश हुने गफ गरिरहेका भेटिन्छन्। विधिको शासन र स्वतन्त्र न्यायपालिकको वकालत गर्ने कांग्रेसजनबाट खेलिएको भूमिकाले न्यायपालिकामा राजनीतीकरणलाई प्रोत्साहित गरेको देखिन्छ। एमाओवादी समग्र राजनीतिमै प्रतिपक्षी भूमिका खेल्दैछ। त्यसबाहेक न्यायपालिका कार्यपालिकाअन्तर्गत हुनुपर्छ भन्ने उसको मान्यता हो। त्यसैले उसको विरोधी भूमिकालाई त्यही आधारमा लिन सकिन्छ। एमालेले न्यायाधीश नियुक्ति प्रकरणमा दोहोरो भूमिका खेल्यो। काग्रेससँगको सत्ता साझेदारीमा रमाइरहेको एमालेले आगामी नियुक्तिमा आफ्नो कोटा सुरक्षित गर्ने नीति लियो भने एमाओवादीसँग मिलेर दुई वटा सिफारिसमा राय बझायो। त्यसो त आफ्ना कोटाका न्याय परिषद् सदस्य खेमनारायण ढुंगानालाई पार्टी कार्यालयमा बोलाएर जानकारी माग्ने पछिल्लो काम र यसअघि नियुक्त भएका पुनरावेदन र जिल्ला न्यायाधीशहरूलाई पार्टी कार्यालयमा स्वागत गर्न पछि नपर्ने एमाले राजनीतिमा बेलाबेलामा केटाकेटीपन देखापर्छ। उसले स्वतन्त्र न्यायापालिकाको मर्म र भावना आत्मसात गर्न समय लाग्छ।
खासमा कांग्रेस न्यायाधीश प्रकरणमा चुकेको छ। उसको नीति र व्यवहारमा फरकपन देखियो। कांग्रेसको को को न्यायाधीश भए? आउँदा दिनमा कति जना जान्छन्? प्रश्न त्यो होइन। विधिको शासनमा न्यायपालिका स्वतन्त्र, निर्भिक र निष्पक्ष हुनुपर्छ भन्ने हो। पछिल्लो न्यायाधीश नियुक्ति प्रकरणपछि न्यायापालिकाले त्यस्तौ संवैधानिक हैसियत प्राप्त गर्ला? प्रश्न उठेको छ। कसका कति जना न्यायाधीश नियुक्ति भए? राजनीतिक लाभ र हानिको नाफा–घाटा केलाउँदा साउँसमेत जाने खतरा हुन्छन्। न्यायपालिका कमजोर हुन पुग्यो भने लोकतन्त्र बलियो हुन सक्तैन। कांग्रेसले विवेक गुमाएको छ यस मामलामा।
सिफारिसमा परेका न्यायाधीशबारे विवादका लागि विवाद भएको होइन। विवाद सुनुवाइ समितिमा आएका उजुरीपछि उठेका पनि होइनन्। सिफारिस भएकै दिन वैशाख ९, २०७१ बाट विरोध, विवाद भएका थिए। समाचार माध्यमले धेरै सामग्री उजागर गरेका छन् यसबीच। तर दलहरू ‘काग कराउँदैछ, पिना सुक्दैछ' को शैलीमा रहे। सञ्चार माध्यमका आलोचनात्मक समाचार, लेखलाई नजरअन्दाज गर्नसक्छन् दलहरूले, त्यो उनीहरूको अधिकार हो। तर यो प्रकरणमा मिडियाले खेलेका भूमिका सिफारिस भएका व्यक्तिविशेषको पक्ष र विपक्षको आधारमा भएको थिएन। उनीहरूको विगतकै आधारमा टिकाटिप्पणी भएको हो। यो प्रकरणमा के के भयो? संसदीय सुनवाइ समिति र न्याय परिषद्को लडाइँ कसरी सिर्जना भयो? कहाँ पुगेर टुंगियो त्यो पत्राचारको युद्ध? सञ्चार माध्यम आफँैले सिर्जना गरेको मुद्दा होइन। त्यस्ता प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन सभासदहरूले? सार्वजनिक प्रयोगका निम्ति चर्का व्यक्तव्य दिने र अनि व्यवहारमा दलको ह्विपको नाममा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति सभासदहरुमा देखियो। उनीहरू विवेक प्रयोग गर्न नसक्ने अवस्थाबाट गुजि्रएको अनुभव भएको छ।
जनताका प्रतिनिधि यसरी लाए/अराएअनुसार चल्नु राम्रो होइन। सभासद्हरू दलको नियन्त्रणबाहिर हुनुपर्छ, त्यो पनि भन्न खोजिएको होइन। तर सभासद्को भूमिका निर्वाह गर्नेहरू विवेकहीन हुन मिल्दैन। दलका ‘जिम्मेवार' नेताहरूको सौदाबाजीमा समर्थन गर्ने कि जनताप्रति जवाफदेही हुने? मर्जी आफ्नो आफ्नो। नेपाल बारको वक्तव्य पढ्न बुझ्न सक्थे सभासद्हरूले। त्यो एउटा सशक्त व्यवसायी संगठन हो। खासमा आफ्ना मान्छे न्यायाधीश बन्नुपर्छ भन्ने बार्गेनिङ अन्तर्निहित बारको प्रेस वक्तव्यमा अरु धेरै कुरा थिए। ६ जना अस्थायी न्यायाधीशलाई बिदा गरेर नयाँ नाम किन ल्याएको? विवादास्पद छविका पुनरावेदनका न्यायाधीशलाई किन सिफारिस गरियो? किन एकै पटक सबै न्यायाधीश सिफारिस नगरेको भन्ने जस्ता ज्वलन्त प्रश्न थिए। यसबाहेक पुनरावेदन अदालत, जुम्लाका न्यायाधीश एकराज आचार्यले यही प्रकरणलाई लिएर राजीनामा दिएको पृष्ठभूमि र सर्वोच्चका वरिष्ठ न्यायाधीश एवम् न्याय परिषद्कै सदस्य रामकुमारप्रसाद साहको नोट अफ डिसेन्टलाई सामान्य लिन मिल्दैनथ्यो तर समितिले बहसमा ल्याउनुपर्ने सबै पाटा नजरअन्दाज गर्दै दलीय राजनीतिक मान्यताका आधारमा सिफारिस भएका सबैलाई न्यायाधीश बनाएको छ। विवादहरू पन्छाउँदै राजनीतिक आधारमा संवैधानिक नियुक्ति गर्ने परिपाटीको परिणाम सुखद् हुँदैन। यो प्रकरणपछि संसदीय सुनुवाइ समितिको औचित्यमाथि प्रश्न चिह्न लागेको छ र सर्वोच्च न्यायालयमा दलगत राजनीति प्रवेश गरेको छ। यस्तो अवस्था राजनीतिक दल र न्यायालय दुवैका लागि राम्रो होइन। आशा गरौं, नियुक्त भएका न्यायाधीशले आफ्नो विवादास्पद विगत बिर्सेर न्याय सम्पादन गर्नेछन्। राजनीतिक दलहरूले आउँदा दिनमा गरिने नियुक्तिमा दलीय बन्डा नगर्ने प्रतिबद्धता व्यक्त गर्नेछन्।