रौतहटको हैजा
११ जेष्ठ २०७१
•
११ मिनेट पाठ
रौतहटको हैजा
नेपालको मध्यतराईमा पर्नेे रौतहट जिल्लाको एउटा गाउँमा हैजा फैलिएको महिना दिनभन्दा बढी भइसक्यो। न्याय परिषद् र संसदीय सुनुवाइ समितिको जुहारीमा रमाएको राजधानीले खासै चासो राखेको देखिएन।चन्द्रनिगाहपुरको गैंडाटारमा झाडाबान्ता फैलिएको समाचार बैशाखको दोस्रो सातातिर प्रकाशित भएको थियो। त्यति बेलै चिकित्सकले हैजाको शंका गरेका थिए। तीन साता अगाडि गरिएको हैजाको शंका त पुष्टि भयो तर हैजाको संक्रमण थामिएन। यसबीच २ जनाको ज्यान गइसकेको छ भने ७ सय जनाभन्दा बढी संक्रमित भइसकेको समाचार छ। गैडाटारमा २०६४ सालमा पनि हैजा फैलिएको रहेछ। अहिले सरकारले स्वास्थ्य शिविर सञ्चालन गरेर उपचारको व्यवस्था मिलाएको छ। तर, दूषित पानीका कारण हैजा फैलिएकाले नियन्त्रण गर्न कठिन भएको रहेछ। निको भएर फर्केका बिरामी पनि बेथा बल्झेर उपचार गराउन आएको र नयाँ बिरामी आउने क्रम पनि नरोकिएको समाचार आइरहेकै छन्। स्वास्थ्यकर्मीले हैजाका लागि पूरै दोष खानेपानीमाथि थोपरेका छन्। स्वच्छ पानी वितरण गर्दा हैजा नियन्त्रित भएको थियो रे। बजेट पुगेन भनेर पानी वितरण बन्द भयो। पानी नपरेकाले पानीका स्रोत सुके। खोलाको पानी प्रदूषित छ।
चन्द्रनिगाहपुरको गैँडाटार दुर्गम गाउँ हैन। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर त अस्पतालसमेत भएको बजार क्षेत्र हो। गैँडाटारमा महिना दिनभन्दा हैजाको आतंक कायमै रहनु अलिकति आश्चर्यको विषय हो। त्यसो त विकसित संसारका लागि एक्काइसौं शताब्दीमा हैजा फैलेको समाचार पत्याउनै कठिन हुनसक्छ। हाम्रा लागि भने यो तीतो लागे पनि सत्य हो। र, नेपालको शासकीय प्रकृति र प्रवृत्ति हेर्दा अस्वाभाविक पनि होइन। 
रौतहटको हैजाको समाचारले त्यस जिल्लाको मानव विकास सूचक हेर्न मन लाग्यो। राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)को नेपाल ह्युमन डेभेलोपमेन्ट रिपोर्ट, २०१४ मा दिइएका जानकारीमा रौतहटको अवस्था हेर्दा महिना दिनसम्म हैजा फैलिरहनुको कारण केही पत्ता लागेजस्तो लाग्यो। 
प्रतिवेदनमा उल्लेख भएअनुसार मानव विकास सूचकले अवसर र छनोटको विस्तार देखाउँछ भने मानव दरिद्रता सूचकले आय र क्षमता अभिवृद्धिको निषेधलाई प्रतिविम्बित गर्छ। अचम्म, पूर्वपश्चिम राजमार्गमा पर्ने तराईको जिल्ला रौतहट त नेपालका दरिद्रतम ६ जिल्लामा पो पर्दो रहेछ। अरू बढी दरिद्र जिल्लामा कालीकोट, मुगु, बझाङ, अछाम र हुम्ला रहेछन्। रौतहट छिमेकका सबै जिल्लाभन्दा दरिद्र रहेछ। मानव विकास सूचकमा बढी अंक पाउने जिल्लाले सामान्यतः गरिबी सूचक अंक कम पाउने रहेछन्। रौतहट विकासमा छिमेकीभन्दा कम र गरिबीमा बढी अंक पाउने जिल्ला रहेछ। 
मानव विकास अंक कम भएका १० जिल्लामाभित्र पर्छ रौतहट। अरू बाजुरा, बझाङ, कालीकोट, हुम्ला, आछाम, जाजरकोट, रोल्पा र मुगु छन्। सबै मध्य र सुदूर पश्चिमका हिमाली र पहाडी जिल्ला। यसमा तराईको अर्को एउटामात्रै जिल्ला महोत्तरीले रौतहटको साथ दिएको छ। सरदर आयु र प्रौढ निरक्षरतामा निकै कमजोर देखिएको रौतहटमा स्वच्छ खानेपानी नपाउने जनसंख्या भने ४.८७ प्रतिशतमात्र रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। गैँडाटारको हैजाको अवस्था हेर्दा पत्याउन कठिन! 
तर, जिल्ला स्तरको कुल गाहर्स्थ उत्पादन र आय आर्जनमा सक्रिय जनसंख्याका आधारमा भने रौतहट उसका दरिद्र दौँतरी जिल्लाहरूभन्दा माथि छ पश्चिम पहाडका तनहूँ र स्यांजाको बीचमा। श्रमिक उत्पादकत्व त रौतहटको कमजोर रहेनछ। अनि किन अरू सूचकमा यति धेरै पछि पर्यो त रौतहट? 
रौतहट नेपालको सबैभन्दा बाक्लो मुस्लिम बस्ती भएको जिल्ला पनि हो। चुरेको फेदीमा बसाइँ सरेर आउने जनसंख्या बाक्लै भए पनि रौतहट बसाइँ सराइ कम भएका जिल्ला मध्येको हो। 
रौतहट पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला हो। नेपाल २०४६ सालको जनआन्दोलनपछि सधैँजसो सत्तामा छन्। सत्तामा हुन सरकारमै बस्न पर्दैन क्यारे। शासनमा सम्भवतः सबैभन्दा बढी पहुँच र प्रभाव भएका राजनीतिक नेतामा नेपाल पनि पर्छन्। राजा ज्ञानेन्द्रले सत्ता लिएका बेलामा समेत ‘आधा प्रतिगमन सच्चियो’ भनेर सत्तामै थिए। उनले अहिलेसम्म पचासौं कार्यकर्तालाई मन्त्री बनाइसके होलान्। पहिलो संविधान सभाको निर्वाचनमा हराए पनि उनलाई रौतहटका जनताले अरू बेला चुनाव जिताएका पनि छन्। नेपाल राष्ट्रिय नेता हुन्। त्यसैले उनले गृह जिल्लाको विकासमा ध्यानै नदिएका हुन् त? कुल गार्हस्थ उत्पादन र आय आर्जनमा सक्रिय जनसंख्याका दृष्टिले औसतभन्दा राम्रो स्थानमा रहेको रौतहटको मानव विकास सूचक किन कमजोर भयो? गरिबीको सूचक किन बढी भएको होला? 
यसको यथार्थ कारण पत्ता लगाउन सायद समाज शास्त्री, अर्थ शास्त्री र राजनीति शास्त्रीहरूको बहुविषयक संयुक्त टोलीले गहिरो अध्ययन गर्नुपर्ला। तर, अवसरको अभाव र शोषणका कारण रौतहटको अवस्था दयनीय भएको लख काट्न कठिन हुँदैन। जिल्लाको सामाजिक विकासमा त्यस जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनीतिक नेतृत्वको भूमिका कति हुन्छ? यस प्रश्नको उत्तर खोज्ने अध्ययन सायद नेपालमा भएको छैन तर मानव विकास प्रतिवेदनहरूका आधारमा मात्रै हेर्नेे हो भने पनि रोचक तथ्यहरू प्रकट हुनेछन्। प्रभावशाली नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहट विगत दस वर्षमा मानव विकास सूचकमा १४ स्थान तल झरेको छ। यही अवधिमा दाङ २८ स्थानमाथि उठेको छ। अर्थात्, तेब्बर फरक परेको छ। 
रौतहट कम्युनिस्टहरूको विशेष प्रभाव भएको जिल्ला पनि हो। पहिलो संसदीय निर्वाचन (२०१५)मा देशभर ४ स्थानमा विजयी हुँदा कम्युनिस्ट पार्टीले २ स्थान त रौतहटबाटै जितेको हो। त्यसपछि पनि लगातारैजस्तो रौतहटबाट कम्युनिस्ट नेताले चुनाव जित्दै आएका छन्। श्रद्धेय कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको कर्मभूमि रौतहट नै हो। यस्तै, माधवकुमार नेपालले पनि रौतहटलाई नै कर्मक्षेत्र बनाएका छन्। तर, किन रौतहट छिमेकी जिल्लाभन्दा धेरै कमजोर छ? किन यो जिल्ला मानव विकासमा पछाडि र गरिबीमा अगाडि छ? हैजाको कारण गरिबी त हो तर सरसफाइको चेतना भए फैलँदैन। रौतहट किसान आन्दोलनमा नाम चलेको ठाउँ। राजनीतिक आन्दोलनले अझ त्यसमा पनि कम्युनिस्ट आन्दोलनले मानवीय पक्षलाई उपेक्षा गरेकाले नै यस्तो विसंगत अवस्था उत्पन्न भएको हो त? कि बुर्जुवाले आरोप लगाउने गरेजस्तो कम्युनिस्ट नेताहरू जानीजानी आफ्ना प्रभाव क्षेत्रलाई गरिब बनाइराख्न चाहने भएकाले मानन्धर र नेपालजस्ता नेताको कर्मक्षेत्र रौतहट यति पिछडिएको हो? उत्तर मसँग छैन तर सन्देह भने लाग्छ। 
र अन्त्यमा,
जाजरकोटको हैजाले पनि केही पाठ सिकाएनछ। पानी सफा खान सिकाउन ध्यान दिइएको रहेनछ। भन्न त, खाने पानी नै नभएपछि के सफा के फोहोर पनि भन्न सकिएला। त्यति बेलाका स्वास्थ्य मन्त्री पनि विदेश भ्रमणमै रमाएका थिए। अहिले पनि स्वास्थ्य मन्त्री दलबलसहित विदेश भ्रमणमै गए। हैजा प्रभावित क्षेत्रमा दुवै तत्काल गएनन्। अर्थात्, मन्त्रीहरूमा मानव सुलभ संवेदनशीलता पनि नहुने रहेछ। रौतहटको हैजाले लैजानसक्ने भए गैरजिम्मेवार प्रवृत्तिलाई लैजाओस्। शासनमा पुगेकाको संवेदनहीनता, हृदयहीनतालाई लैजाओस्। रौतहटका गरिबलाई नलैजाओस्!


अर्को समाचार
रौतहट र मकवानपुरमा हैजाको खोप
२७ भदौ २०७१
•
४ मिनेट पाठ
रौतहट र मकवानपुरमा हैजाको खोप
रौतहट- नेपालमा पहिलोपटक हैजाविरुद्धको खोप चलाइँदैछ। लामो समयसम्म हैजा प्रभावित रौतहट र मकवानपुरका विभिन्न गाउँमा हैजाविरुद्धको खोप चलाइएको हो। गत जेठदेखि साउनसम्ममा एक हजार सात सयभन्दा बढी हैजा तथा झाडापखालाको बिरामी देखिएको रौतहटको गैंडाटारसहित चिसापानी, महादेवडाँडा, रतौली गाउँमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पहलमा हैजाविरुद्धको थोपा खुवाइँदैछ।शुक्रबार र शनिवार खोप खेन्द्र स्थापना गरी मकवानपुरको धियाँल गाविसका बाघफाल, मोरंगे, धियाँल, महादेवडाँडा, स्वस्ती, इपिलघारी, विजयवस्ती, रजुवा, हाँडी, नागदह र नयाँवस्तीका बासिन्दालाई पनि एकसाथ हैजाविरुद्धको थोपा खुवाइँदैछ।
विश्व स्वास्थ्य संगठनले सन् २०११ मा मान्यता दिएको हैजाविरुद्धको थोपालाई दुई हप्ताको फरकमा दुई पटक खुवाएपछि दुईदेखि पाँच वर्षसम्म हैजा रोगको संक्रमण नहुने विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका नेशनल प्रोफेसनल अफिसर डा. रवि काफ्लेले बताएका छन्। खोप शिविरमा आएका डा. काफ्लेले हैजाविरुद्धको खोप नेपालमै पहिलोपटक चलाइएको दाबी गरेका छन्।
रौतहट र मकवानपुरका साना-ठूला गरी करिब डेढ दर्जन बस्तीका दस हजारभन्दा बढी स्थानीयलाई निःशुल्क औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत रेशम लामिछानेले बताए। दुवै जिल्लालाई लक्षित गरी साढे दस हजार औषधि ल्याएको लामिछानेले जानकारी गराए।
हैजाविरुद्धको थोपा सामान्यतया सबैले खान सकिने भए पनि गर्भवती महिला, एक वर्षभन्दा कम उमेरका बालबालिका र दीर्घ तथा अन्य सिकिस्त बिरामी भएका ब्यक्तिले खान नहुने अधिकृत लामिछानेले बताए। 
गैंडाटारको शिविरमा ४ वर्षीया छोरीसहितलाई हैजाविरुद्धको थोप खुवाइसकेपछि ४१ वर्षीया सीता तिमल्सिनाले खुसी हुँदै 'अब हैजाबाट आमा छोरी बच्न सकिने' विश्वास व्यक्त गरेकी छन्। घरघरै हैजा तथा झाडापखालाबाट बिरामी परेर गाउँ नै आक्रान्त भएपछि गाउँलेहरु भयभीत अवस्था थिए।
हैजा प्रभावित र आसपासका बस्तीमा समेत खोप चलाइएपछि सर्वसाधारणमा हैजाको डर कम हुने र दुईदेखि पाँच वर्षको अवधिमा सरकारले खानेपानीको व्यवस्था गर्न सक्ने हुनाले अल्पकालको लागि खोप प्रभावकारी र भरपर्दो उपाय भएको प्रतिक्रिया स्थानीयले दिएका छन्। गाउँलेहरु खुसी भएर खोपकेन्द्रमा पुगेको र थोपाप्रति स्थानीयको विश्वास रहेको तिमल्सिनाले बताएकी छन्।
भारतमा बनेको खोप पूर्णतया विश्वसनीय रहेको र विश्व स्वास्थ्य संगठनले पनि सिफारिस गरेको हुनाले नेपालमा पहिलोपटक प्रयोग गरिएको औषधिले सकारात्मक परिणाम दिने अधिकृत लामिछानेको भनाइ छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस