पक्षधरता बिनाको पत्रकारिताले यथास्थितिको सेवा गर्ने गर्छ। त्यसैले होला पञ्चायत कालमा निष्पक्ष पत्रकारिताको कुरा धेरै हुन्थ्यो। काम भने पक्षावलम्बी नै हुने गर्थ्यो।बजारको शक्ति सीमित भएकाले महत्वाकांक्षी व्यक्तिहरू सत्ताको नजिक रहेर काम गर्ने गर्थे। परिस्थिति प्रतिकूल भए पनि सपना बाँकी थिए। त्यसैले आदर्श अभिप्रेरित व्यक्तिहरू प्रतिरोधको पत्रकारिता गर्ने गर्थे। व्यावसायिक पत्रकारिता अर्थात् नाफाका लागि व्यापारिक दृष्टिबाट गरिने सूचना र विचारको संकलन, प्रशोधन, उत्पादन एवं वितरण गर्ने कारोबार त सन् १९९० पछिको अर्थराजनीतिले गर्दामात्रै फस्टाएको हो।
नेपालमा स्थायी सत्ताले बारम्बार निरन्तरता पाएको भए पनि शासन गर्ने समूहले सधैँ नै असुरक्षित अनुभव गर्ने रहेछ। त्यसैले यथास्थितिको पृष्टपोषणसमेत आक्रामक पक्षधरताबाट मात्र हुनसक्छ भन्ने भावना प्रबल छ। परिवर्तनका पक्षधरहरूले झन् निरपेक्षता कायम राख्न सक्ने कुरै भएन। त्यसैले अखबार होस् वा रेडियो पाठक एवं श्रोतालाई सम्बन्धित सञ्चार माध्यम देब्रे वा दाहिने कता ढल्केको हो भन्ने ठम्याउन खासै गाह्रो हुँदैन। दृश्य सामग्रीको गहनता केही कम हुने टेलिभिजनमा पक्षधरता त स्पष्टै देखिन्छ। अरूको त के कुरा, महजोडीका प्रहसनहरूले समेत कुनचाहिँ राजनीतिक कार्यसूची प्रवर्धन गरिरहेका छन् भन्ने ठम्याउन आमसञ्चार विज्ञ हुनुपर्दैन।
स्पष्ट भए पनि आचार संहिताका बाध्यता एवं लोकलाजले गर्दा मूलधारका सञ्चारकर्मी सामान्यतः हाकाहाकी प्रचारवाजी गर्दैनन्। समाचारको छनोट, प्रस्तुति, भाषा, स्रोत व्यक्तिको उपयोग एवं उद्धरण संयोजनजस्ता कार्यबाट आशय उसै पनि देखिहालिन्छ। वैकल्पिक पत्रकारिता गर्नेहरू भने सोझै आफ्नो पक्षको हर्षबढाइँ एवं विपक्षको खेदो खन्ने काम गर्न हच्किँदैनन्। अन्तर्जाल पाटीहरू (इन्टरनेट पोर्टल्स) आजभोलि पक्षधर पत्रकारिताका सहज माध्यमका रूपमा देखा पर्दैछन्। पहेँलो, सेतो वा रातोजस्ता रंगहरूको छनोटबाट नै तिनका प्राथमिकता सजिलै ठम्याउन सकिन्छ।
बजार एवं राजनीतिजस्ता शक्तिसँग प्रत्यक्षरूपले जोडिन अझै बाँकी रहेकाले स्थानीय विषयहरूमा नेपालका अन्तर्जाल पाटीहरूको प्रभाव अपेक्षितरूपमा बढ्न सकेको छैन। प्रतिक्रियाका खण्डमा सामान्यतः कुण्ठाहरूको विनिमय एवं नपुंसक आक्रोशले भरिएका हुनछन्। गालीगलौज त हुने नै भयो। त्यो त अन्तर्जाल माध्यमको अन्तर्निहित चरित्र हो। त्यसैले होला अन्तर्जाल पाटीमा राखिएका गम्भीर सामग्रीबारे समेत बृहत् समाजका खासै चर्चा हुँदैन। अन्तर्जालमा पूर्वउपलब्ध सामग्रीकै संयोजनमार्फत् माइसंसारमा सालोक्यले ( सायद, उनको वास्तविक नाम अरू नै हो!) अमेरिकी सहयोग अभियान ‘अफिस फर ट्रान्जिसनल इनिसिएटिभ (ओटीआई) द्वारा नेपालमा सञ्चालित गतिविधिबारे सोच्नुपर्ने विषयहरू प्रस्तुत गरेका छन्।
सामान्य अवस्थामा सार्वजनिकरूपमा उपलब्ध सामग्रीको विवरण केलाउन खोजी पत्रकारिता गर्नेहरू कम्मर कसेर लाग्नुपर्ने थियो। तर ओटीआईबारे उपलब्ध अत्यन्त थोरै सामग्री देख्दा पनि लाग्छ, नाम चलेका धेरै सार्वजनिक व्यक्ति सिसाकै महलमा विराजमान छन्। त्यसैले ढुंगा हिर्काउने त परको कुरा भयो औंलो ठड्याउने आँट जुटाउनसमेत सञ्चारकर्मीहरूलाई अप्ठेरो लागिरहेको हुनुपर्छ। आखिर सबैलाई यही नेपाल खाल्टोभित्र संघर्ष गर्नु छ। पानीका सामान्य जन्तुले गोहीसँग जोरी नखोज्नु नै जाती हुने रहेछ।
सर्सती हेर्दा लाग्छ, पुस्तक प्रकाशन, चित्र प्रदर्शनी, रेडियो कार्यक्रम उत्पादन, वितरण एवं प्रसारण, संगीत कार्यक्रम, टेलिभिजन प्रस्तुति, प्रवचन, अन्तर्त्रि्कया तथा युवा सचेतना अभियानजस्ता कुनै पनि काम अमेरिकीहरूको हित सुरक्षा एवं प्रबर्धन अभियानको प्रभावबाट मुक्त रहेनछ। सार्वजनिक भएकै गतिविधि यति व्यापक रहेछन् भने अन्य ‘कामकाज’ कति भएका होलान्?
अमेरिकी प्रभाव वृद्धिका कार्यक्रम स्वाभाविक लागेकाले पनि तिनका बारेमा सायद उति धेरै चर्चापरिचर्चा नभएको हुनसक्छ। राजा महेन्द्रले अतिविशिष्ट पाहुनाका रूपमा एल्सवर्थ बंकरलाई काठमाडौंमा राखेदेखि नै अमेरिकीहरूको हित प्रवर्धनलाई रुचाउनेको जमात लाभ र लोभले गर्दा दिनानुदिन बढ्दै गएको छ। असीमित क्षेत्राधिकार भएका अमेरिकी राजदूत बंकर काठमाडौं बसेर भियतनाम युद्ध सञ्चालन गर्थे। र, उनको सानिध्य पाएकाहरूको जीवन सफल ठहरिन्थ्यो।
सांस्कृतिक सांग्लो
साम्राज्यवादका लागि सैनिक महत्ता अनिवार्य मानिन्छ। उपनिवेशवादले स्रोत, साधन एवं बजारमाथि एकाधिकार कायम गरेर निरन्तरता पाउँछ। तर, पूर्ण वर्चस्वका लागि भने सांस्कृतिक आधिपत्य कायम गर्नुपर्ने हुन्छ। बेलायतले म्याकाले शिक्षा प्रणाली, अंग्रेजी जीवनशैलीको आकर्षण एवं अंग्रेजी साहित्य तथा कलाको उच्चता दर्शाएर साम्राज्यवाद उवं उपनिवेशवादको औचित्य स्थापित गर्ने गर्थ्यो। द्वितीय विश्वयुद्धपछि पनि अमेरिकीहरूले तत्कालीन सोभियत संघका विरुद्ध उभिएका राष्ट्रहरूमा आफ्नो वर्चस्व त्यस्तै रणनीतिमार्फत् सञ्चालन गर्न सुरु गरेका छन्।
हालै दिवंगत अमेरिकी साहित्यिक जुझारु पिटर म्याटिएसन ( सन् १९२७ — २०१४ ) कुनै बेला युरोपकै प्रमुख प्रकाशन मानिने पेरिस रिभ्यु पत्रिकाका सहसम्पादक थिए। नेपालका अंग्रेजी पाठक म्याटिउसनलाई उच्च हिमाली क्षेत्रको पृष्ठभूमिमा लेखिएको उपन्यास ‘ द स्नो लियोपार्ड ’ का लेखकका रूपमा चिन्छन्। उनको प्राथमिक परिचय भने सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)का एक महत्वपूर्ण गुप्तचरको थियो। सन् १९५० तिर सीआईएको अग्रसरतामा स्थापित एवं सञ्चालित कांग्रेस फर कल्चरल फ्रिडम (सीएफएफसी) का अभियन्तामध्ये एक थिए म्याटिसन। सीएफसीएफ अभियानको मुख्य उद्देश्य बुद्धिजीवीहरूमा मार्क्सवादप्रति देखिने आकर्षण कम गर्नु रहेको थियो।
वर्चस्वका लागि विचारधारा महत्वपूर्ण हुन्छ। समूहभन्दा व्यक्तिको स्वतन्त्रता, मुक्तिभन्दा स्वच्छन्दता एवं स्वावलम्बनको साटो निर्बन्ध व्यापारको पक्षमा बौद्धिक जमात तयार गर्नु सीएफसीएफको मुख्य उद्देश्य रहेको थियो। त्यसका लागि थरीथरीका गुठी (फाउन्डेसन) खडा गरिन्थे। फेलोसिप प्रदान गरिन्थ्यो। गोष्ठी, सभा एवं कार्यशाला सञ्चालन हुने गर्थ्यो। सबैभन्दा महत्वपूर्ण त एक से एक पुस्तक एवं पत्रिका प्रकाशित हुन्थे। भूराजनीतिक लक्ष्य जेसुकै रहेको भए पनि संसारको कम्तीमा ३५ देशमा क्रियाशील रहेको सीएफसीएफले उच्चस्तरीय साहित्य सिर्जनालाई सघाएको यथार्थ भने स्वीकार गर्नुपर्छ।
सीआईए वर्चस्व निर्माणका लागि बौद्धिक एवं सूचनामूलक विमर्शसँगै सिर्जनात्मक हस्तक्षेप पनि गर्ने गर्थ्यो। भनिन्छ, कलाको क्षितिज विस्तार अभियान स्वच्छन्दताको प्रमुखता स्थापना गर्न सीआईएकै सक्रियतामा प्रवर्धन गरिएको थियो। आयोवा विश्वविद्यालयले सिर्जनात्मक लेखन कार्यक्रम सञ्चालनमा गुप्तचरहरूको सहयोग लिने गरेको खुलासा पनि केही समय अगाडि भएको थियो।
छिमेकी भारतमा त सीएफसीएफका गतिविधिबारे खास गरेर वामवृत्तमा अहिले पनि थरीथरीका कथा प्रचलित छन्। प्रकटरूपमा मिनु मसानी सीएफसीएफ भारतका हर्ताकर्ता थिए। तर, सन् १९८० को दशकसम्म पनि प्रमुख लेखकहरूको नाम अमेरिकीहरूसँग जोडेर लिने गरिन्थ्यो।
प्राज्ञिक गतिविधिमा त अमेरिकीहरूको एकाधिकारै थियो भने पनि हुन्छ। सन् १९६० तिर सोभियत संघले लुमुम्वा विश्वविद्यालयमार्फत् नवस्वतन्त्र मुलुकका विद्यार्थी आकर्षित गर्न सुरु गर्ने बेलासम्म पश्चिमा अनुसन्धानकर्ताले ज्ञान निर्माण उद्यममा एकछत्र साम्राज्य कायम गरिसकेका थिए। नेपालको विकास विमर्शमा अग्रणी भूमिका निर्वाह गरेको सेडा एवं स्थानीय तहसम्म पुर्याइएका पञ्चायत प्रशिक्षण केन्द्रहरूले अमेरिकी विचार प्रचारतन्त्रकै औजारका रूपमा काम गर्थे।
अहिले त अमेरिकीहरूलाई झन् सहज भएको छ। अमेरिकी शिक्षा उवं तालिम पाएकाहरूको ठूलै समूह तयार भएसकेको छ। मन्त्री लालबाबु पण्डितले पीआर र ग्रिनकार्डविरुद्ध जतिसुकै होहल्ला गरे पनि यथार्थ के हो भने नेपालको स्थायी सत्तासँग जोडिएकाहरूमध्ये अधिकांशका हाँगाबिँगा पश्चिमा मुलुकहरूमा फैलिएका छन्। र, सोभियत संघको विघटनपछि कुरा बुझ्न थालेको शिक्षित जमात स्वेच्छाले मानसिकरूपमा अमेरिकी भइसकेको छ। प्रश्न उठ्छ, त्यसो भए ओटीआईले आफ्नो पक्षमा जनमत सिर्जना गर्ने अवधारणा नै लाञ्छनामात्र हो कि? आखिरमा नेपालको हित अमेरिकी स्वार्थसँग जोडिएको छ भन्ने मान्यतामा विश्वास गर्ने शिक्षित एवं सम्पन्नहरूको जमात पनि सानो त छैन। परम्परागत अभिजातका साथै उदीयमान सम्भ्रान्तहरूको सोच निर्माणमा अमेरिकालगायत पश्चिमाहरूले सन् १९९० पछि प्रशस्त लगानी गरेका छन्। शंका के हो भने त्यस्तो संलग्नता आउँदा दिनहरूमा अझ बढ्न सक्छ।
गुप्तचर गतिविधिको प्रत्यक्ष लाभान्वित सामान्यतः स्थापित शक्ति नै हुनेगर्छ। सबैभन्दा बढी नोक्सान भने सामाजिक, सांस्कृतिक एवं आर्थिकरूपमा कमजोर रहेकाहरूले बेहोर्नुपर्छ। एक चम्चा पानीले समुद्रको पानीको स्वाद देखाउँछ भन्ने मान्यता स्वीकार गर्ने हो भने ओटीआईबाट सबभन्दा बढी लाभान्वित भएका नामहरूले धेरै कुरा भन्छ। पूर्वी र मध्यतराई केन्द्रित कार्यक्रमको त त्यो अवस्था थियो भने अरू गतिविधिबारे धेरै टिप्पणी गरिराख्नु पर्दैन।
विस्तृत जालो
शीत युद्धको उत्कर्षताका भारतका समाजवादीहरू दुवै महाशक्तिका गतिविधिसम्बन्धमा तीतो टिप्पणी गर्ने गर्थे। भनिन्थ्यो, सोभियत संघले तेस्रो विश्वबाट क्रान्तिकारी लिएर जान्थ्यो र उसलाई सैनिक शासक बनाएर फर्काउँथ्यो। अमेरिकीहरूको रणनीति भने केही परिष्कृत थियो। तिनले सैनिक शासकसँगसँगै पुँजीपतिको जमात एवं दलाल बौद्धिक पनि फैलाउँथे। साथै, विचार उत्पादनमा पश्चिमाहरूको संलग्नता बेजोड थियो। अन्ततः सोभियत संघ अफगानिस्तानमा इस्लामसँग हार्यो भने युरोपमा उसको पतन वैचारिक मोर्चामा टिक्न नसकेर भयो।
असमान समाजमा आक्रोश व्यवस्थापनका विभिन्न उपाय हुन्छन्। हिंसामा राज्यको एकाधिकार कायम राख्न सक्ने व्यवस्थामा दमनमात्रले पनि असन्तोषलाई नियन्त्रण गर्न सकिन्छ। आवधिक निर्वाचनद्वारा उदीयमान सम्भ्रान्तको समायोजन पनि प्रभावकारी उपाय हो। सीमान्तीकृत समुदायहरूबाट क्षमताभन्दा बढी महत्वाकांक्ष भएका व्यक्तिहरूको सहवरण पनि आसन्न चुनौती मत्थर गर्ने पुरानै तरिका हो। अमेरिकीहरूको विशेषता भने असमानतालाई समाजको अनिवार्य तत्वका रूपमा स्वीकार्य बनाउने क्षमतामा देखिन्छ।
आक्रोशको निरापद प्रणालन (हार्मलेस च्यानेलिङ) प्रतिर्स्धात्मक खेलकुदमार्फत् हुनेगर्छ। केही चम्किला तारालाई देखाएर खेलकुदको व्यापारीकरणका लाभ स्थापित गर्न सजिलो छ। कला मूलतः रोषको उदात्तीकरण हो भन्ने मान्यता स्थापित छ। मिडियाले अभिव्यक्ति स्वतन्त्रताको भ्रमजाल त देखाउँछ तर सीमान्तीकृतको आवाज प्रायः प्रायोजित कोकोहोलोभित्रै हराउँछ। राज्य संयन्त्रमा स्थायी सत्ताको नियन्त्रण हुने नै भयो। त्यसो भए के उत्पीडितका लागि विद्रोहबाहेक अरू कुनै विकल्प छैन? राजनीतिको गतिशीलता सम्भवतः शान्तिपूर्ण रूपान्तरणको बाटो हुनसक्छ। तर, गरिब देशका मतदातालाई अमेरिकीहरू पत्याउँदैनन्।
सैनिकको साटो न्यायिक सत्ता पलट एवं सरासर विश्व बैंक वा अन्तर्राष्ट्रिय मुद्राकोयाले छानेका कार्यकारी प्रमुखका ठाउँमा पूर्वप्रशासकहरूको व्यवस्थापन समिति रोजाइमा पर्ने भएपछि अमेरिकीहरूको अनुसन्धानमूलक एवं जागरणमुखी प्रकाशन, प्रसारण तथा प्रदर्शन बढ्दै जानेछन्। त्यस्ता गतिविधि निरस्त गर्न रुस, चीन एवं भारतजस्ता देशले आआफ्ना प्रभाव क्षेत्रमा देखासिकी गरे भने के हुन्छ? साँच्चिकै रचनात्मक हुनसक्ने प्रतिभासमेत प्रतिस्पर्धात्मक प्रचार संयन्त्रमा विलीन हुन्छन्। अंग्रेजी कवि हम्बर्ट वल्फको एउटा उक्ति प्रचलनमा छ — ‘धन्यभाग बेलायती पत्रकार, तिनलाई लोभ्याउन वा लतार्न सकिँदैन। तर, बिनाप्रलोभन ती जे पनि गर्छन्। रिस्वतको आवश्यकतै पर्दैन। ’ अमेरिकी हित प्रवर्धनका मामिलामा आधिकांश नेपाली बुद्धिजीवीका बारेमा सोही कुरा भन्न सकिन्छ।
विकल्प सायद, सामान्यजनको अग्रसरता हो। अन्तर्जाल पार्टी, पट्ट वा भित्तोमा सम्प्रेषित सन्देशहरूले पूर्वाग्रहलाई नै पोषण गर्नेगर्छन्। सडक कविता, टोले नाटक, कोठे बैठक एवं समानान्तर पत्रकारिता मात्र सहीरूपमा जागरणका संवाहक हुनसक्छन्। एक चरणपछि भने तिनको पनि सहवरण नै हुने हो। सन् १९९० पछि मिसन पत्रकारिताको स्खलन कमिसन पत्रकारितामा भयो। त्यस्तो जोखिमले आँट भएका जुझारुहरूको आवश्यकतालाई अझ बढी उजागर गर्छ।
एक अग्रज सञ्चारकर्मीले भनेजस्तै विकल्प अर्को पनि छ : काम गर अमेरिकी पसस वा योजनामा तर सिर्जना गर सीमान्तीकृतका लागि। असम्भव त हैन होला तर त्यस्तो गतिविधि अत्यन्तै कठिन भने छ। प्रत्येक पुस्ता आफ्नो हितका लागि स्वयं सडकमा उत्रनुपर्ने बाध्यताको अन्त्य सहजरूपमा नहुने नै रहेछ।
ओआईटी त नेपालबाट गयो। बरु मिनर्वा रिसर्च इनिसिएटिभले भने दक्षिण एसियातिर खुट्टा फैलाउँदै छ कि? उत्तर सजिलै पाइनेछैन।