प्राकृतिक स्रोत साधनले भरिपूर्ण र विविध सम्भावना युक्त भए पनि नेपाल कतिपय क्षेत्रमा विश्वका दरिद्रतम मुलुकभन्दा तल रहेको विभिन्न सूचकले देखाएका छन् ।देशको कूल गार्हस्थ्य उत्पादन त्यस्ता देशहरुको भन्दा निकै कम छ । ती मुलुकहरूले नेपालभन्दा धेरै गुना बढी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने गरेका छन् । कारण, उनीहरूले वैदेशिक लगानी आकर्षण गर्नका लागि उपयुक्त रणनीति अवलम्बन गरिरहेका छन् ।
देश विकासको खाका कोर्ने काम राजनीतिक नेतृत्वको हो र कर्मचारीतन्त्रले त्यसमा आवश्यक विशेषज्ञ सहयोगमात्र पुर्याउने हो भन्ने पुरातन मान्यतालाई आधार मान्ने हो भने हालसम्म त्यसले देशलाई अग्रगति दिन नसकेको सर्वविदितै छ । कर्मचारी पनि ‘सरकारी काम कहिले जाला घाम’ को गैरजिम्मेवार मान्यताबाट माथि उठ्न सकेका छैनन् । अतः संविधान सभाको दोस्रो निर्वाचन पश्चात् देशले नया“ जनादेशबमोजिमको राजनीतिक नेतृत्व पाइसकेको छ । अहिलेको बदलिएको परिस्थितिमा राजनीति र प्रशासनबीच नजिकको साझेदारी गर्दै देश विकासका लागि नौलो संकल्पका साथ अगाडि बढ्नुपर्ने देखिएको छ ।
नेपालको अहिलेको आवश्यकता भनेको जलविद्युत तथा सडकजस्ता पूर्वाधारका क्षेत्रमा ठूला आयोजनाको निर्माण हो । त्यसका लागि ठूलो लगानी आवश्यक हुन्छ । विगतको १० वर्षे सशस्त्र विद्रोह र त्यसबाट उत्पन्न तर अहिलेसम्म कायमै रहेको राजनीतिक अस्थिरता तथा अनिश्चयको वातावरणले देशको अर्थतन्त्र थिलोथिलो भएको छ । यस्तो अवस्थामा देशले ठूला पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्ने स्थिति हुँदैन । वर्तमान द्वन्द्वोत्तर अवस्थामा एकातिर जनताका आकांक्षा र अपेक्षा बढेका छन् भने अर्कोतिर विगतमा ध्वंसात्मक गतिविधिबाट नष्ट गरिएका संरचनाको पुनर्निमाण गर्नसमेत व्यापक लगानी आवश्यक भएको छ । तर सरकारले मात्र नया“ वा ठूला पूर्वाधारका क्षेत्रमा थप लगानी गर्न असम्भवप्रायः छ । त्यसैले सा“च्चिकै देशको विकास गर्ने हो भने, हालको दैनिक १२ घन्टाभन्दा बढीको विद्युत् कटौतीको अन्धकारबाट देशलाई उज्यालोमा लैजाने हो भने र एक्काइसौं शताब्दीको पूर्वाद्र्धको अन्त्यसम्ममा पनि जनतालाई मौसमी सडकको चक्रेटोबाट समेत जोड्न नसकिएको दुःखद अवस्थाको अन्त्य गर्ने हो भने जलविद्युत् तथा सडकजस्ता आधारभूत पूर्वाधारका क्षेत्रमा ठूलो मात्रामा लगानी आवश्यक हुन्छ । त्यसका लागि प्रत्यक्ष वैदेशिक लगानीमात्र विश्वसनीय स्रोत हुन सक्छ ।
नेपालजस्तो गरिब र राष्ट्रिय पुँजीपति वर्गसमेत देशको विकास र पूर्वाधार निर्माणका लागि आवश्यक पुँजी लगानी गर्न सक्षम नभएको देशको विकासका लागि वैदेशिक लगानी अपरिहार्य स्रोत हो । वैदेशिक लगानीका स्रोत मूलतः २ प्रकारका हुन्छन् । तीमध्ये पहिलो ‘ग्रिनफिल्ड इन्भेस्टमेन्ट’ अर्थात् नया“ क्षेत्रमा हुने लगानी हो भने अर्को ‘ब्राउनफिल्ड इन्भेस्टमेन्ट’ वा भइरहेका लगानीमा साझेदारी हो । त्यसलाई समायोजन (मर्जर) र प्राप्ति (एक्विजिसन) भनेर बुृझ्ने गरिन्छ । यसमा कुनै पुराना कम्पनी वा लगानीका क्षेत्र अर्कोमा समायोजन हुने वा गाभिने पनि हुन सक्छन् भने कतिपय लगानीका क्षेत्र खरिदविक्रीका माध्यमद्वारा स्वामित्व हस्तान्तरण हुने पनि हुन्छ ।
वैदेशिक लगानीको सम्बन्धमा चर्चा गरिरह“दा बिर्सिनै नहुने के छ भने कुनै पनि विदेशी लगानीकर्ता कुनै देशको विकास गरिदिने पवित्र उद्देश्य बोकेर आउ“दैनन् । उनीहरु त चाहेको बेलामा आफ्नो लगानी सम्बन्धित देशको प्रचलित कानुनबमोजिम सजिलै फिर्ता लैजान पाइने सर्तमा आउँछन् । त्यस्तै उनीहरू आफ्नो लगानी सुरक्षित राख्ने र गरेको लगानीको उचित नाफा कमाउने उद्देश्यले नै विदेशमा लगानी गर्न आउने हुन् । त्यसैले उनीहरुलाई लगानीका लागि उत्प्रेरित गर्ने लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ । अर्थात्, विदेशी लगानी आकर्षित गर्नका लागि आवश्यक पूर्वाधारको व्यवस्था मिलाउनुपर्ने हुन्छ । लगानीमैत्री पूर्वाधारभित्र लगानीसम्बन्धी कानुनहरुको निर्माण, कर्मचारीतन्त्रीय बाधा अवरोधमा न्यूनीकरण र सबैभन्दा महत्वपूर्ण चाहि“ लगानीको विषयमा उच्च राजनीतिक तहको राष्ट्रिय सहमति निर्माणजस्ता विषय पर्छन् ।
कुनै पनि लगानीकर्ताले आफ्नो पु“जी सम्भावित खतरा (रिस्क) को मूल्यांकन नै नगरीकन विदेशमा त के स्वदेशमै पनि लगानी गर्ने कल्पना गर्न सकि““दैन । लगानी गर्नुपूर्व विभिन्न किसिमका सम्भावित ‘रिस्क’को मूल्यांकन र विश्लेषण गरेर सबै तरहबाट आÏनो लगानी नडुब्नेमा विश्वस्त भएमा र लगानीको प्रतिफलसमेत पर्याप्त वा यथोचित मात्रामा प्राप्त हुने देखेमा मात्र लगानीकर्ता लगानी गर्न अग्रसर हुन्छन् । त्यसैले लगानीकर्तालाई आकर्षण गर्न राजनीतिक नेतृत्वको इच्छाशक्ति, सरकारी निर्णय र तत्परता तथा कर्मचारीतन्त्रको व्यापक दृष्टिकोण अनिवार्य पूर्वसर्तका रुपमा रहेको मान्न सकिन्छ ।
विदेशी लगानीको महत्व र त्यसलाई भित्र्याउन राजनीतिक नेतृत्वको भूमिकाका बारेमा उदाहरण खोज्न हामी धेरै टाढा जानैपर्दैन । आधुनिक चीनका निर्माता भनेर चिनिने र चिनियाँ जनताले सबैभन्दा बढी श्रद्धा गर्ने नेता देङ सियाओ पेङ प्रथम उपप्रधानमन्त्रीका हैसियतमा सन् १९७८ मा जापान भ्रमणमा गएका थिए । उनले देश विकासमा वैदेशिक लगानीको महत्व बुझेर जापान भ्रमणमा रहँदा त्यहा“का राजनीतिक नेतालाई भन्दा ठूला औद्योगिक कम्पनीका मालिकलाई महत्व दिएर भेटी चीनमा लगानी गर्न निमन्त्रणा गरे । त्यसका लागि सरकारले सबै प्रकारको व्यवस्था गरिदिने विश्वास दिलाए । सोहीबमोजिम काम पनि गरेका कारण चीन आजसम्म पनि संसारकै सबैभन्दा बढी वैदेशिक लगानी भित्रिने राष्ट्रका रुपमा रहिआएको छ । त्यतिमात्र अहिले त त्यही जापानलाई नै उछिनेर संयुक्त राज्य अमेरिकापछि विश्वकै दोश्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित भइसकेको छ ।
नेपालमा भने लगानी भित्र्याउन होइन, शक्ति हत्याउनका लागि कानुनबमोजिम स्थापित विभिन्न सरकारी निकायकै बीचमा निरर्थक झगडा र विवाद निकाली दुनियाँ ह“साउने काम भइरहेको छ । लगानीमैत्री वातावरण निर्माण गर्न उच्चस्तरीय राजनीतिक सहमति आवश्यक हुन्छ तर यहाँ त प्रशासकीय निकायहरुबीच नै तालमेल मिलाउन सकिएको देखिँदैन । देशमा लगानीमैत्री वातावरणको निर्माण गर्नुका साथै त्यस कार्यमा संलग्न हुने सबै निकायका बीचमा सहकार्य र समन्वयको वातावरण निर्माण गर्न देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीको अध्यक्षतामा कानुनद्वारा नै लगानी बोर्डको गठन गरिएको छ । बोर्डको बैठकमा विभिन्न निर्णय हुन्छ । बोर्डको बैठकमा मन्त्री आएर निर्णयमा सही गरेर पनि जान्छन् । तर मन्त्रालयमा गएर एउटा फाइल पठाउने विषयमा समेत तलका कर्मचारीले त्यस उच्च निकाय (एपेक्स बडी) को निर्णयको धज्जी उडाएर बस्ने गर्छन् । यसरी त हामीले देशमा खास लगानीको वातावरण निर्माण गर्न कहिले र कसरी सकौंला र ? यो सोच्नुपर्ने विषय भएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डलाई कुनै मन्त्रालय, निकाय वा पदाधिकारीले आÏनो प्रतिस्पर्धी संस्थाका रुपमा हेर्नु उचित होइन । यसलाई त देश विकासको महत्वपूर्ण औजारका रुपमा हेरी संस्था र यसमा कार्यरत विशेषज्ञको ज्ञान तथा विशेषज्ञताको भरपूर उपयोग गर्नेतर्फ अगाडि बढ्नु देशका लागि श्रेयस्कर हुनेछ । देश विकास गर्ने हो भने आगामी दिनमा कुनै पनि नेता, पार्टी, पदाधिकारी वा निकायले आफू वा आÏनो संस्थाको मात्र हित हेर्ने होइन देश र जनताको हितको लागि सोच्ने बानीको विकास गर्नुपर्छ । राष्ट्रनिर्माणको कार्यसूचीमा सबै पक्षहरुबीच एकमत निर्माण गर्ने प्रयत्न गरेमा र राष्ट्रिय स्वार्थका अगाडि व्यक्तिगत, पार्टीगत वा संस्थागत स्वार्थलाई तुच्छ सम्झिने सोचको विकास गरेमा मात्र हाम्रो देशमा विदेशी लगानी भित्र्याउन सफल हुनेछौं । अनिमात्र देशको विकास भएर पछौटेपनबाट मुक्ति मिल्नेछ ।
उपसचिव, लगानी बोर्डको कार्यालय