राताराता विधान परिवर्तन गरियो र मध्यरातमा मतदान गरेर पत्रकार महासंघको अधिवेशन सकिएको छ । अधिवेशनको अव्यवस्थाको नमुनै बन्नगयो । तर महासंघ पत्रकारहरूको आफ्नै संस्था भएकाले समाचार बनेनन् बनाइएन । अन्य संघ, संस्था वा राजनीतिक पार्टीको अधिवेशन हुन्थ्यो भने सायद पत्रकारले वैधानिकतामै प्रश्न उठ्ने थिए । मिडियाले ठूला समाचार बनाउँथे । तर पत्रकारहरू तैँ चुप मै चुप शैलीमा अव्यवस्था जति कार्पेटमुनि लुकाएर अधिवेशन सम्पन्न गर्न हतारिए । आउँदा दिनमा कमजोरी नदोहोरिने प्रतिबद्धता पनि कतैबाट आएन । यस अर्थमा पत्रकारहरू आफैँले आत्मालोचन गर्ने विकल्पमात्र बाँकी छ ।
अधिवेशनमा के के भयो ? फेहरिस्त लामो हुनसक्छ । दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका महेन्द्र विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । समितिमा कतिपय खारिएका पत्रकार छन् । तर सँगसँगै पत्रकारिताको आवरणमा राजनीति गर्नेहरू पनि केन्द्रीय समितिमा घुसेका छन् । पत्रकार महासंघमा यस पटक कम्युनिस्ट विचारधारा हुनेहरूको प्रभुत्व कायम भएको छ । अधिल्लो महाधिवेशनबाट सुरू भएको महासंघको वामपन्थीकरणको यात्रा यसपटक अझ अगाडि बढेको देखियो ।
नेकपा (एमाले)सँग आबद्ध प्रेस चौतारी र एनेकपा (माओवादी) निकट क्रान्तिकारीलगायतका कम्युनिस्ट पार्टी समर्थक पत्रकारहरूको चुनावी गठबन्धनले विजय गर्यो । अघिल्लो चुनावमा प्रेस चौतारीले क्रान्तिकारीलाई केही ठाउँ दिएका थिए । यस पटक चौतारीले अध्यक्ष र कोषाध्यक्षबाहेकका पदाधिकारी सबै क्रान्तिकारीलाई सुम्पियो । एमाले, एमाओवादी , वैद्य माओवादीसमर्थक पत्रकार ठूलो संख्यामा विजयी भए भने अपवादमा एकाध जना नेपाली कांग्रेस समर्थक परेका छन् । अधिवेशनको राजनीतिक परिणति चाहिँ महासंघ माओवादी निकट क्रान्तिकारीको कब्जामा पुग्नु हो । प्रतिस्पर्धामा उत्रिएको नेपाली काग्रेससँग आबद्ध प्रेस युनियनले दोस्रो पटक पराजय भोग्यो ।
अधिवेशनमा पत्रकारहरू राजनीतिक दलसँगको आबद्धता प्रर्दशन गर्ने प्रतिस्पर्धामा थिए । अधिवेशनको तातोमा अहिले दुई प्रकारका चर्चा भएका छन् । एउटा – महासंघ कम्युनिस्ट कब्जामा गएकाले त्यसको समानान्तर व्यावसायिक पत्रकारहरूको अलग्गै संगठन आवश्यक छ भन्ने र अर्को, त्यसको जवाफमा महासंघको इतिहासमा भर्खरमात्र कम्युनिस्ट झुकाव राख्नेहरू नेतृत्वमा आउन थालेकोले विकल्पको बहस औचित्यहीन छ भन्ने ।
नेपाल लामो समयदेखि राजनीतिक संक्रमणमा छ । पटकपटक लोकतान्त्रिक आन्दोलनहरू भए पनि मुलुक लोकतान्त्रिक राज्य बन्नसकेको छैन । विधिको शासन, संवैधानिकता, स्वतन्त्रताजस्ता राजनीतिक विषयमा मुलुकका प्रमुख राजनीतिक दलका मान्यता समान छैनन् । नेपाली समाजमा चरम राजनीतिक विभाजन छ । यसैले पेसागत संघसंगठन पनि राजनीतिक कित्ताकाटबाट मुक्त हुनसकेका छैनन् । त्यसैले पेसागत संगठनमा हुने राजनीतिकरणलाई कतिपयले सामान्य र स्वाभाविकै ठान्छन् । नेपालको पत्रकारितामा राजनीतिक प्रभाव पहिल्यैदेखि थियो । समयक्रममा राजनीतिकरण समाप्त हुँदै जाने र व्यावसायिकता अगाडि आउने विश्वास भने भत्किएका छन् ।
यथार्थ सहतमा देखिएजस्तो सरल भने छैन । महासंघको निर्वाचनमा देखिएका राजनीतिक हस्तक्षेप, कम्युनिस्ट समीकरणको उद्देश्य, महाधिवेशन गर्ने शैली र प्रतिनिधि छनोटका चरण केलाउँदै जाँदा एउटा दृश्य अगाडि आउँछ – त्यो हो महासंघ कब्जा गर्ने ध्येय । पत्रकारको आवरणमा चुनाव ककसका बीचमा भयो ? कसले र कसरी उमेदवार तोक्ने काम गरे ? उमेदवारी पाउन पत्रकारहरू कुन हदसम्म राजनीतिक पार्टी र नेता विशेषको शरणमा पुगे ? ताजा उदाहरण हेर्दा पत्रकारितामा राजनीतिकरण प्रमुख विषय बनेको देखिन्छ ।
व्यावसायिक संचार प्रतिष्ठानमा कार्यरत पत्रकारको ठूलो संख्या राजनीतिक पार्टीसँगको आबद्धताबाट अलग्गै रहन चाहन्छन् । तर महाधिवेशनमा उनीहरू कमजोर हुन्छन् । प्रत्येक वर्ष व्यावसायिकताका विषय उठ्ने तर चुनावका बेला त्यो छाँयामा पर्ने विगतले यसपटक पनि निरन्तरता पायो । यसका लागि पनि पत्रकारनै मुख्य दोषी छौँ । व्यावसायिकताको नारा दिने तर राजनीति हस्तक्षेप निम्त्याउन अग्रसर हुने हाम्रो चरित्र बनेको छ । कम्युनिस्ट गठबन्धन विजयी भएकाले अधिवेशनको आलोचना र महासंघको औचित्यमा प्रश्न उठाएको नठानियोस् ।
सम्पन्न अधिवेशनमा विगतभन्दा ६ सय सभासद कसरी थपिए ? थपिएका अधिकांश व्यक्ति गैरपत्रकार भएको चर्चा छ । माओवादी पूर्व लडाकु र कार्यकर्तालाई पत्रकारको बिल्ला लगाएर महासंघ कब्जा गर्ने प्रयासमा लागेको आरोप छ । अघिल्लो अधिवेशनदेखिको उनीहरू क्रमशः छलाङ्ग मार्दै पनि छन् । यसले पत्रकारिता पेसामा राजनीतिकरण गर्दे लैजाने खतरा निम्त्याएको छ । एमालेआबद्ध चौतारी र काग्रेस निकट युनियन आपसमा प्रतिस्पर्धामा उत्रिएको भए के बिग्रन्थ्यो ? क्रान्तिकारी चौतारी वा युनियन जोसँग भए पनि एलायन्स गर्न उद्यत थियो । किन ? सायद, एउटासँग मिलेर अधिकतम लाभ लिने र अर्कोलाई समाप्त पार्ने खेलमा थियो क्रान्तिकारी । ऊ आफ्नो ध्येयमा सफल भएको छ । जनवादी केन्द्रीयताका नाममा सर्वहारा अधिनायकत्वको दर्शनमा विश्वास गर्ने र लोकतान्त्रिक विचार धारा र पद्धति अनुसरण गर्नेेहरूबीच कुनै पनि विषयलाई बुझ्ने र ग्रहण गर्ने मामिलामा मौलिक भिन्नता हुन्छन् ।
विधिको शासन भएका मुलुकमा प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको मानक मानिन्छ । पे्रेस स्वतन्त्रताको मात्राका आधारमा मुलुकको स्वतन्त्रताको अर्थ लगाइन्छ । तर हामीकहाँ लोकतान्त्रिक अभ्यासप्रति अहिले पनि विश्वास व्यक्त गर्न नसकेका, संवैधानिकता स्वीकार गर्न आनाकानी गरिरहेका र जनवादी केन्द्रीयतामा रमाइरहेका माओवादी समर्थकहरू पत्रकारितामा प्रभावशाली हुँदैगएका छन् । उनीहरूबाट लोकतन्त्रको गलत व्याख्या हुनसक्छ र तिनीहरूबाट लोकतान्त्रिक व्यवहारको अपेक्षा गर्न सकिन्न । पत्रकारिताको आत्मा लोकतन्त्र हो । यही कारणले पत्रकारहरूको छाता संगठनमा कम्युनिस्ट प्रभुत्व चिन्ताको विषय बनेको हो । राजनीतिक उदेश्य बोकेको महासंघलाई व्यवसायिक पत्रकारहरूले कसरी मूल संगठन मान्ने ? त्यस्तो संघबाट पेसागत हक अधिकार संरक्षणका विषयमा कसरी आश्वस्त हुने ?
श्रमजीवी पत्रकारले अहिले पेसागत असुरक्षा, पारिश्रमिक तथा अन्य सेवास“ग जोडिएका अनैकौं समस्याको सामना गर्दैछन् । पत्रकारिता पेसालाई सम्मानित, विश्वसनीय र ग्राह्य बनाउनुपर्ने चुनौती पनि थपिँदै छन् । पत्रकारिता स्वतन्त्र, नीर्भिक र निष्पक्ष पेसा हो । यस पेसामा लाग्ने व्यक्ति, संस्था लोकतन्त्रको मूल्यपद्धतिबाट अलग हुन सक्तैननु, हुन पनि हुँदैन ।
पत्रकारिता समाजलाई बाटो देखाउने पेसा मानिन्छ । तर छाता संगठनका प्रत्येक महाधिवेशनमा अपारदर्शिता, आर्थिक अनियमिताका प्रश्न उठ्ने गर्छन् । महासंघ ‘एनजीओकरण’ हुँदैगएको अनुभव हुन्छ । तर महाधिवेशनमा यस्ता प्रश्नमा बहस हुँदैन । महासंघले विगतका के के ग¥यो, त्यसलाई मसिनोस“ग केलाउने र आउ“दा दिनमा कसरी र कता जाने भन्ने पनि हामी गर्दैनौं । अधिवेशनमा प्रस्तुत हुने आर्थिक प्रस्तावमा जमेर छलफल यस पटक पनि भएन । भ्रष्टाचारका आरोप उछालिए र त्यत्तिकै थन्किए ।
पत्रकारहरू आफैँले पेसामा आएका चुनौतीको उपचार खोज्नुपर्छ । यसका लागि पत्रकार हुन कम्तीमा स्नातक हुनुप¥यो । अहिले कार्यरत पत्रकारका हकमा यो नियम लागु नगरे पनि आउँदा दिनमा कम्तीमा स्नातक भएको व्यक्तिमात्र यस पेसामा आउनसक्ने व्यवस्था आवश्यक छ । यसैगरी, पत्रकार हुन आवश्यक योग्यता जाँच गर्ने र त्यस्ता मानिसमात्र पेसामा लिने व्यवस्था हुनु आवश्यक हुन्छ । प्रेस काउन्सिलजस्ता संस्थाले जाँच लिएर अनुमति पत्र दिने व्यवस्था गर्न सकिन्छ । वकालन गर्न वकालत गर्न बार काउन्सिलको जा“च पास गर्नुपर्छ । लेखापरीक्षक बन्न लेखापरीक्षणको परीक्षा दिएर अनुमति लिनुपर्छ, चिकित्सक हुन मेडिकल काउन्सिलको जा“च पास गर्नुपर्छ भने पत्रकारिता गर्न शैक्षिक स्तर र व्यावसायिक ज्ञान किन नचाहिने ?
बार एसोसियनजस्तै मुलुकभरका पत्रकार मतदाता हुन पाउँनुप¥यो । पछिल्लो संशोधनबाट दश जना सदस्यबाट एक जना पार्षद छानिने व्यवस्था गरिएको छ । अप्रत्यक्ष प्रतिनिधित्वमार्फत नेतृत्व छान्ने अहिलेकोे चलनभन्दा सबै पत्रकार मतदाता हुन पाउने व्यवस्था लोकतान्त्रिक हुन्छ । सबै पत्रकार मतदाता हुनपाएको अवस्थामा अहिलेका कतिपय विकृति स्वतः समाप्त हुन्नेछन् । तर, पत्रकार को को हुन् भन्नेमा पनि निश्चित अवधिभित्र छानबिन हुनुआवश्यक छ । नियमित पत्रकारिता गरिरहेको र नियमित सामाजिक सुरक्षा कर बुझाएको प्रमाणलाई आधार मान्न सकिन्छ । यस्तो व्यवस्था भएमा गैरपत्रकार महासंघमा छिर्ने संभावना कम हुन्छ । बार एसोसिएसन, चिकित्सक संघ, इन्जिनियरिङ्ग संघ पनि व्यावसायिक संगठन हुन् । तिनको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट छानिन्छ भने पत्रकारहरूको निर्वाचन किन अप्रत्यक्ष ?