अमेरिकी हितका रक्षक
०४ वैशाख २०७१
•
१९ मिनेट पाठ
अमेरिकी हितका रक्षक
लाग्छ, छिमेकी भारतमा संसद्को साटो प्रधानमन्त्री पदका लागि प्रत्यक्ष निर्वाचन भइरहेछ। मोदी उन्मादग्रस्त मिडियाले भारतजस्तो विविधतापूर्ण एवं विशाल देशमा व्यक्ति आधारित राजनीतिक धेरै कालसम्म चल्न सक्तैन भन्ने बिर्सेका छन्।मोदीले चमत्कारै गरेर संसद्मा स्पष्ट बहुमत ल्याउन सके बेग्लै हो नभए गठबन्धनका बाध्यताले उनलाई सरकारको नेतृत्व भेट्टाउनैका लागि पनि थुप्रै सम्झौता गर्नुपर्नेछ। क्षेत्रीय आधार भएका दलहरूले स्वभावतः अपेक्षाकृत लचिलो प्रधानमन्त्री नै रुचाउने गर्छन्। 
प्रचारको असर लक्षित समूहमा मात्रै नभई स्वयं प्रचारकमाथि पनि पर्न सक्छ। आफ्नै ‘प्रोपगन्डा’बाट प्रभावित भएर अध्यक्ष ज्ञानेन्द्र नगरपालिका निर्वाचन गराउन तम्सिएका थिए। प्रतिपक्षलाई चिढ्याउने त्यस अनावश्यक कदमले उनको शासनको औचित्य नै समाप्त पारिदियो। विजयोत्सव कुरेर बसेका मोदीको दम्भले सम्भाव्य विपक्षलाई भने तरंगित तुल्याएको छ। हरेस खाएर बसेकी सोनिया गान्धीले आफ्नो दलको जितका लागिभन्दा पनि मोदीको हारका लागि प्रचार प्रचार गर्न थालेकी छिन्।
दलित, मुसलमान एवं जनजाति पनि मोदी उन्मादबाट आतंकित छन्। कडा सरकारको मार जो सबैभन्दा कमजोर छ उसैमाथि सबैभन्दा धेरै पर्ने न हो। तिनले कुन किसिमको नीति अख्तियार गर्ने हुन् हेर्न बाँकी नै छ। तर, भारतीय जनता पार्टीविरुद्ध लड्ने जुनसुकै उमेदवारलाई समर्थन गर्ने मौन सहमति बन्न सक्यो भने निर्वाचन परिणाम प्रायोजित मिडियाले फैलाएको हल्लाभन्दा फरक पनि हुनसक्छ। सन् १९७७ मा मतदाताले त्यस्तै प्रतिक्रियाद्वारा इन्दिरा गान्धीको दम्भ तोडेका थिए। 
चीनमा सत्ता हस्तान्तरण अपेक्षाकृत अनुमानित किसिमले नै हुने हुँदा सम्भाव्य विजेताको सूची तयार गर्न उति गाह्रो हुँदैन। संसदीय व्यवस्थामा भने ठूलै लहर चलेका बेलाबाहेक जो पनि सरकार प्रमुख बन्न सक्छ। उसै पनि संसदीय परम्पराअनुसार प्रधानमन्त्री बराबरमध्येका पहिलामात्र हुन्। प्रभावशाली मन्त्रीहरूको स्वतन्त्र वजन कम हुँदैन। वामदेव गौतमको त के कुरा आफ्नै दलका रामशरण महतलाई समेत प्रधानमन्त्री सुशील कोइरालाले अनुरोधमात्र गर्न सक्छन्, निर्देशन दिन सत्तै्कनन्।
भारतको निर्वाचन एवं त्यसपछिको सरकारको सम्भावना बारे विश्वका राजधानीहरूमा केही विशेषज्ञले पक्कै छलफल गरिरहेको हुनुपर्छ। सके सरकारी पुँजीवादको सिद्धान्तअनुसार चल्ने चिनियाँ व्यापारिक निकायहरूले आफ्ना भारतीय साझेदारमार्फत् सहभागितासमेत देखाइरहेका होलान्। 
इन्दिरा गान्धी विदेशी हातबारे खुब होहल्ला मच्चाउने गर्थिन्। उनकी बुहारी विदेशमा जन्मिएकाले होला त्यस्तो हल्ला मच्चाउने काम अब भाजपाले पाएको छ। अमेरिकीहरूको भारतीय चुनावमा कस्तो रुचि होला? आकलन गर्न सजिलो छैन। तैपनि, मोदी उन्मादको आतंकले विश्वको सबैभन्दा ठूलो शक्ति राष्ट्रलाई पनि असहज भने बनाएको हुनुपर्छ। सैनिक तानाशाहलाई तर्साउने अन्तर्राष्ट्रिय संरचना प्रशस्तै छन्। मतादेशबाट बनेको सरकारलाई हटाउन इजिप्ट वा युत्रे्कनमा जसरी बेपत्ता लगानी गर्नुपर्ने अवस्था आउँछ। संघीय राज्यमा त त्यस्तो हस्तक्षेपको परिणामसमेत सोचेअनुसार नहुन पनि सक्छ।
सन् १९७० ताका भारत—अमेरिका सम्बन्ध कटु भएका बेला सोभियत संघसँगको शीतयुद्धले गर्दा रिचार्ड निक्सन र हेनरी किसिन्जरको जोडीलाई चिनियाँहरूको चाकरी गर्नुपरेको थियो। सहजकर्ताको भूमिका पाकिस्तानका प्रधानमन्त्रीले पाएका थिए। अहिले पश्चिम एसियामा इस्लामको पकड बलियो छ। झुठ, मिथ्यांक एवं कपटखेलका आधारमा इराकलाई ध्वस्त र अफगानिस्तानलाई नष्ट गरेका कारण मुसलमानहरूले अमेरिकीलाई रुचाउने कुनै आधार छैन। प्यालेस्टाइनको मुद्दा त जे छ छँदैछ।
दक्षिण एसियामा त झन् चीनको प्रभावलाई चुनौती दिने चुनौती दिने कोही छैन। पाकिस्तान, माल्दिभ्स, श्रीलंका, बंगलादेश एवं बर्माका बीचमा एकआपसमा जेजस्ता असमझदारी भए पनि बेइजिङ दाहिने रहोस् भन्ने प्रयत्न सबैले गर्ने गर्छन्। भुटानलाई अँठ्याएर न भारतले काबुमा राख्न सकेको हो।
पूर्वी एसियामा उत्तर कोरिया त गोटीमात्रै हो। मूल प्रतिस्पर्धा चीन र जापानकै हो। त्यसको छिटा दक्षिणपूर्वी एसियाका देशको आन्तरिक राजनीतिमा पनि पर्ने गर्छ। अमेरिकाको ‘धुरी एसिया’ नीतिले गर्दा संसारकै सबैभन्दा बढी सैनिकीकरण गरिएको क्षेत्रमा अझ बढी तनावको जोखिम बढ्दै गएको छ।
तुलनात्मकरूपमा तिब्बतको प्रश्न महत्वपूर्ण छ। स्वतन्त्रताको महत्वाकांक्षा परित्याग गरिसकेको पुस्ता सायद चीनसँग वैरभाव घटाउन चाहन्छ। उता बेइजिङलाई भने पूर्ण समर्पणभन्दा कम केही स्वीकार्य देखिँदैन। नेपाल त्यस्तो प्रतिस्पर्धाको मञ्च हो। तर नेपालमा अमेरिकालाई मुख्यरूपमा सायद चीन—भारत अन्तरसम्बन्धले निर्देशित गर्नेगर्छ। भारतमा साँच्चै नै मोदीको ‘ताजपोसी’ भयो भने अमेरिकाले नेपालमा आफ्नो उपस्थिति एवं गतिविधि बढाउँदै लैजानेछ। त्यसको पूर्वाभ्यास र तयारी भइरहेको हुनुपर्छ। 
समानान्तर सरकार
भारतमा चिन्तक गोपालकृष्ण गान्धीले अम्बानीहरूमाथि समानान्तर सरकार चलाएको आरोप लगाएका छन्। नेपालका पुँजीपतिहरूलाई समानान्तर संरचना चाहिँदैन। किनभने जुनसुकै सरकार पनि तिनैको इसारामा चल्न बाध्य हुनेगर्छ। संसदीय व्यवस्थाको गाडी चन्दादाताको तेलबेगर धेरै बेर गुड्न जो सत्तै्कन। आजभोलिका राजनीतिकर्मीले पैदल हिँड्ने बानी बिर्सिसकेका छन्। नेपालमा त समानान्तर सरकार गैरसरकारी संस्थाहरूले चलाउने गर्छन्। 
‘डलरवादी’ सुरुचिपूर्ण चरित्रचित्रण पक्कै पनि होइन। यथार्थ त त्यही नै हो। एकाध अपवाद पनि होलान्। सबैकुरा सार्वजनिक जानकारीमा हुँदैनन्। नेपाल सरकारले चिनियाँ शैलीमा राज्य प्रवर्धित ‘गोन्गो’ (गभर्मेन्ट अपरेटेड नन् गभर्मेन्टल अर्गनाइजेसन! जर्ज अरवेल जहाँ भए पनि न्युस्पिक सुनेर हाँसिरहेका होलान्!) प्रयोग गरिसकेको हुनसक्छ। यथार्थ भने मार्क्सवादी लेखक तारिक अलीले टिप्पणी गरेजस्तै छ। गरिब देशका प्रायः गैसस खासमा पसस (पश्चिमा सरकारी संस्था) हुन्। स्वाभाविक हो तिनका प्राथमिकता एवं कार्यसूची पश्चिमाको हित प्रबर्धन गर्ने प्रकारकै हुनेगर्छ। र अपवादबाहेक ती यथास्थितिका पहरेदार हुनेगर्छन्।
बौद्धिक अभ्यासमा त झन् अमेरिकीहरूको एकाधिकार नै छ भने पनि हुन्छ। सन् १९५४ तिर सेन्ट्रल इन्टिेलिजेन्स एजेन्सीको अग्रसरतामा खोलिएको द एसिया फाउन्डेसनलाई ‘प्रत्यक्षरूपले अमेरिकी सरकारले गर्न नसक्ने सांस्कृतिक एवं शैक्षिक गतिविधि सञ्चालन गर्ने ’ कार्यभार दिइएको थियो। भारतमा प्रतिबनिधत हुँदासमेत एसिया फाउन्डेसनले नेपालमा निर्बाध सञ्चालन हुने सुविधा पाएको थियो।
अमेरिकाकै नेसनल इन्डाउमेन्ट फर डेमोत्रे्कसी ‘महान् ’ प्रजातन्त्रवादी रोनाल्ड रेगनको कार्यकालमा स्थापना भएको हो। त्यस संस्थाबाट सहयोग पाउनेमध्येकाले राजनीतिक दलका नेता कार्यकर्तालाई तालिम दिन्छन्। जंगबहादुरका पालादेखि नै हिन्दुस्तानीलाई होच्याएर पश्चिमालाई रिझाउने संस्कार बिरासतमा पाएका गोर्खाली वीरहरूलाई उसै पनि धेरै व्याख्या चाहिँदैन, आशय देखाइदिए पुग्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक एवं तिनका गतिविधि अमेरिकी हित प्रवर्धनका माध्यम हुन् भन्ने सार्वजनिकरूपमा दाबी गर्ने गरिन्छ। नेपालका अर्थशास्त्री त्यस्ता संस्थासँग नजिक भएकोमा गौरव मान्ने गर्छन्। तिनका सल्लाह एवं सुझाव धेरैजसो बाध्यकारी हुने गर्छन्। विश्व बैंक त कर्मचारीको सरुवा बढुवामा समेत हस्तक्षेप गर्न हच्किँदैन। कार्यकालपछिको परामर्श व्यवसाय सुनिश्चित गर्न वरिष्ठ सरकारी अधिकारीहरूले आशय र इसारा बुझ्ने अभ्यास पदासीन हुँदैदेखि सुरु गरिसकेका हुन्छन्।
सामाजिक, बौद्धिक, राजनीतिक एवं आर्थिक प्रभावका संरचनाजस्तै लगानी सांस्कृतिक वर्चस्व सिर्जनामा पनि भइरहेकै हुन्छ। ट्रान्जिसनल इनिसिएटिभ, ओपन सोसाइटी इन्स्टिच्युट तथा तिनका आमुख संस्थाका गतिविधि रूपमा त प्रजातन्त्र मैत्री नै हुन्छन्। सँगसँगै पश्चिमा मूल्य एवं मान्यताको गुनगान प्रत्येक प्रस्तुतिमा अन्तर्निहित हुन्छ।
व्यक्तिगत स्तरका सम्बन्धहरूले अमेरिकी प्रभावलाई झन् गहिरो बनाएको छ। विदेशको स्थायी बसोवास प्रमाणपत्र (पीआर) एवं नागरिकता प्राप्त गर्ने प्रक्रियाको सुरुआती चरणको ग्रिनकार्ड बारे चर्चा उठाएर मन्त्री लालबाबु पण्डितले बजारको कोहोलोमा मधुरो गनगनमात्र गरेका हुन्। हिन्दीका कवि विष्णु नागरको एउटा कविताको केही पंक्तिको अनुवाद यस्तो हुन्छ : ‘ बिना अमेरिकी लुगा लगाई, बिना अमेरिकी खाना खाई। म यति अमेरिकी भइसकेको छु कि। दुनियाँको जुनसुकै कुनामा पनि अमेरिकी हितलाई हानि पुग्यो भने मलाई साह्रै नराम्रो लाग्छ। जे कुरामा अमेरिकालाई रिस उठ्छ। मलाई पनि रिस उठ्छ। ’ युत्रे्कनका बारेमा विस्तृत कुरा नबुझीकन कुर्लन थालेका राष्ट्रवादीहरू छिमेकी भारत र चीनभन्दा पनि अमेरिकाका नजिक छन्। विष्णु थप्छन् — ‘ मलाई ती सबै दयनीय, समयभन्दा पिछडिएका, गएगुज्रेका लाग्छन्। जो अमेरिकासँग छैनन्।’
आफ्ना सबै शुभेच्छु एवं समान विश्व दृष्टि भएका नेपालको स्थायी संरचनालाई अमेरिकाले क्रियाशील तुल्याउने हो भने भारतमा मोदीको गद्दी आरोहणका असर निस्तेज नै नभए पनि कम गर्न भने सकिनेछ। कमलनयानाचार्यको महायज्ञमा पूरै राज्य समाजका सबै अग्रणी व्यक्ति सामेल भए पनि नेपाललाई पुनः कट्टरपन्थी हिन्दु राज्यमा फर्काउन चीनको मौन सम्मति एवं पश्चिमाको स्वीकृतिबेगर सम्भव छैन।
प्रभाव अन्तर्द्वन्द्व 
पश्चिम, चीन र भारतबीच जारी निरन्तर हित प्रवर्धनको अन्तर्द्वन्द्वको प्रत्येक चरणमा दक्षिणी छिमेकीले अहिलेसम्म अन्तिम निर्णयको अधिकार प्रयोग गर्दैआएको छ। त्यसलाई चुनौती दिने प्रयोग मुद्दा फुजेल प्रकरण, सत्य निरुपण एवं बेपत्ता छानबिन आयोग ठहरिन सक्छ। मधेसीहरूको मानवअधिकारको चर्चा उठाउनासाथ संयुक्त राष्ट्रको मानवाधिकार आयोगलाई नेपालबाट झिटीगुन्टा यहीँ बुझाएर सुइँकुच्चा ठोक्नुपरेको थियो। पछि संयुक्त राष्ट्रसंघसँग सो काम फत्ते गर्न पाएकोमा भारतीय प्रतिनिधिले सार्वजनिकरूपमा प्रशन्नता व्यक्त गरे। अब भने पश्चिमाहरूले सिर्जनात्मक हस्तक्षेपको शैली अपनाउन सक्छन्। 
पुत्र वियोगमा छटपटाइरहेका आमाबाबुको पीडा अरू कसैले व्यक्त गर्न खोज्नु धृष्टताभन्दा बढी केही हुँदैन। जाबो खुट्टा कति दुख्छ भन्ने थाहा पाउनलाई त जुत्ता लगाएकै हुनुपर्छ भने आफन्त मारिएका एवं बेपत्ता पारिएका अधिकांश सशस्त्र द्वन्द्व पीडित तत्काली शाही नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीद्वारा समाप्त पारिएका थिए भन्ने मनन नगरी व्याख्या गर्न सकिँदैन। डकर्मी र सिकर्मीजस्तै मानवाधिकारकर्मी पनि समाजका लागि उपयोगी एवं सम्मानित व्यवसाय गर्न पाउँछन्। चीन, अमेरिका, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भाल्दिभ्स, रुस, पूर्वी एसिया, पश्चिमी एसिया वा अफ्रिकाको जुनसुकै देशका तुलनामा नेपालका मानवअधिकारकर्मीले पेसागत अभ्यास गर्ने बढी स्वतन्त्रता पाएका छन्। नेपालका लागि त्यो गौरवको विषय हो। तर, अन्ततः राष्ट्रिय हितको अन्तिम निर्णय राजनीतिकर्मीले नै लिनेहुन्। 
राजनीतिक प्रतिरोधका रूपमा आत्मदाह, आमरण अनशन एवं मृत्युवरण जस्ता स्वहिंसाका उपाय धम्कीका रूपमा स्वीकार्य भए पनि तिनको कार्यान्वयन अहिंसा हो वा होइन यसै भन्न सकिँदैन। मोहराजस्ता बन्न पुगेका अनशनरत दम्पतीको जीवनरक्षाको जिम्मेवारी भने मानव अधिकार व्यवसायका लगानीकर्ताले लिनुपर्नेछ। स्वाभाविक हो, त्यस्तो समाजोपयोगी व्यवसायलाई प्रवर्धन गर्नेहरूले तिनका गतिविधिबाट नेपालका छिमेकीमाथि पार्न सकिने प्रभाव बारे पनि जोडघटाउ गरी नै रहेका छन्।
सकारात्मक संकेत के हो भने अमेरिकी रुचिको स्तर बढेपछि सारजस्तो भए पनि रूपमा भने प्रजातान्त्रिक संविधान बन्ने सम्भावना बढ्छ। अफगानिस्तान र इराकजस्ता देशमा समेत ‘एक थान संविधान’ उत्पादन गरेर मात्र वैधानिकता खोजेकाहरूले छिमेकीहरूको स्थायी प्रभाव न्यून गर्न नेपालको मूल कानुन निर्माणका तगाराहरू हटाउन अग्रसरता लिन सक्छन्। मन्त्रजस्तै जप भइरहेको ‘एक वर्षभित्र संविधान’ ले विसं २०७१ सालभित्र गति लियो भने बल्ल बाह्र महिनाको उल्टो गन्ती सुरु हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस