उल्टो सहमति
०१ चैत्र २०७०
•
११ मिनेट पाठ
उल्टो सहमति
नेपालका राजनीतिक दलहरुलाई न्यूनतम सहमतिका आधारमा अगाडि बढ्न र संविधान निर्माण गरी लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित बनाउँदै संक्रमणकालबाट छुटकारा दिलाउन सबैले सुझाव र दबाब दिँदै आएका छन्।राजनीतिक दलहरुबीचमा न्यूनतम सहमति कायम गरेर अगाडि बढ्ने चरित्रको आरम्भ होस् भनेर कामना गरिरहँदा र दबाब दिइरहँदा त्यो देशको अग्रमनका लागि हुनुपर्छ, गतिशीलताका लागि हुनुपर्छ, लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिइरहने गरी हुनुपर्छ, जनचाहनालाई सम्बोधन गर्ने गरी हुनुपर्छ भन्नेमा दुई मत छैन। विडम्ब, सहमतिबाट जस्तो परिणामको अपेक्षा गरिएको हुन्छ, त्यसको उल्टो परिणाम दिने गरी देशका दुई दलबीचमा न्यूनतम सहमति भएको खबर आएको छ। त्यस खबरले देश र जनचाहनाप्रति ती दलहरू कतिका गंभीर छन् भन्ने सबैलाई सोच्न बाध्य बनाएको छ। एक वर्षअगाडि ठूलै ‘नीतिगत र सैद्धान्तिक विवाद' देखाउँदै विभाजित एमाओवादी र वैद्य माओवादीबीचमा भएको दुई बुँदे सहमतिले अरु दलबीचमा समेत न्यूनतम सहमति कायम होस् भन्ने चाहना राख्नेलाई लोप्पा खुवाइदिएको छ। 
राजनीतिक दलहरुबीचमा हुने न्यूनतम सहमति नै मुलुकलाई अगाडि बढाउने महत्वपूर्ण आधार मानिन्छ। राजनीतिलाई गतिशील बनाइराख्न तथा आइपर्ने जोखिमलाई समाधान गर्नका लागि पनि यस्तो सहमति आवश्यक ठानिन्छ। नेपालमा दलहरूबीचमा न्यूनतम सहमति हुँदै समस्या समाधानको दिशातर्फ उन्मुख हुने राजनीतिक परम्परा कमजोर देखिन्छ। त्यसले गर्दा नेपालको राजनीति लगातार एउटै गतिमा हिँड्न सकेको छैन। प्रत्येक दश वर्षमा राजनीतिक संक्रमण बेहोर्दै आएको हाम्रो इतिहास छ। अहिलेकै कुरा गर्ने हो भने पनि संविधान निर्माण गरी अगाडि बढ्न केही कुरा बाधक छ भने त्यो हो, दलहरुबीचको विश्वासको वातावरणको अभाव। यस्तो अवस्थामा न्यूनतम सहमति हुन गाह्रो हुन्छ। त्यसको परिणाम मुलुक संक्रमणकालमै रुमल्लिराख्न विवश हुन्छ। अघिल्लो संविधान सभाबाट संविधान बन्न नसक्नुको कारण पनि यही नै हो। दबाबमा सहमति गरिहाले पनि आफै थुप्रै आशंका गर्दै त्यो सहमतिबाट फिर्ता हुने गर्दा परिस्थिति झनै खराब हुन्छ। अघिल्लो संविधान सभा विघटन हुनुभन्दा १२ दिन अगाडि एउटा त्यस्तै सहमति भयो तर त्यो सहमतिमा हस्ताक्षरकर्ता एमाओवादी त्यसमा अड्न सकेन र संविधान नै बनेन। 
यस्तै उदाहरण र इतिहासले हामीलाई प्रष्ट रुपमा निर्देश गरिराखेको छ अब दलहरुबीचमा न्यूनतम सहमति कायम गरेर अघि बढ्न आवश्यक छ। यस निर्देशलाई नागरिक समाजले बुझेको छ। त्यसैले नागरिक समाजले विभिन्न पेसागत, व्यावसायिक संगठनका नामबाट संगठित तथा असंगठितरूपमा सहमतिका कायम गर्नका लागि दबाब दिने गरेको देखिन्छ। त्यसो त, संविधान सभाको दोस्रो निर्वाचनमा पनि जनताले सहमति कायम गरेर अगाडि जानुपर्ने सन्देशसहित जनादेश दिएका छन्। तर, विडम्बना भन्नुपर्छ दलहरूका बीचमा न्यूनतम सहमति भएर अगाडि बढ्ने चरित्रको आरम्भ हुन अझै सकिरहेको छैन। सरकार गठनमा अनावश्यक विवाद र अडान, संविधानको प्रमाणीकरणको विषयमा पनि त्यस्तै अनावश्यक विवाद झिकेर दलहरूले नै न्यूनतम सहमति भएर अगाडि बढ्ने चरित्रको आरम्भ हुन दिइरहेका छैनन। 
यस्तो परिस्थितिमा न्यूनतम सहमति खोजेर देशलाई अगाडि बढाउने कुरामा गंभीर सुनुवाइ होला भनी अपेक्षा गरिरहँदा एमाओवादी र वैद्य माओवादीले ‘स्थानीय निर्वाचन हुन नदिने' र ‘द्वन्द्वकालीन मुद्दा ब्युझाउन नदिने' कुरामा संयुक्त भएर आन्दोलन गर्ने ‘न्यूनतम सहमति' गरेका छन्। यस्तो सहमति गर्नुका पछाडि विभिन्न कारण हुन सक्छन्। संविधान सभाको निर्वाचनमा पराजय भएका कारण चुनाव सुन्नै नचाहने मानसिकता नेतृत्वमा विकास भएका कारण यस्तो सहमति भएको हुनसक्छ। ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ' भन्ने उखान टुक्का यहाँनेर स्मरण गर्दा उपयुक्त होला। त्यस्तै द्वन्द्वकालीन घटनाका नाममा त्यस अवधिमा भएका अमानवीय, जघन्य र युद्धमा समेत गर्न नहुने प्रकृतिका अपराधका कसुरदारलाई जोगाएर ‘एस म्यान' बनाउने वा अपराधीसँग मोलतोल गर्ने नियतले पनि काम गरिराखेको हुनसक्छ। वा भनौ, बिभाजित दलहरु फेरि एकता प्रयासमा आउन आवश्यक ‘ग्राउन्ड' बनाउन पनि यस्तो सहमति भएको हुनसक्छ। तर, जे सुकै उद्देश्यका साथ भएपनि यस सहमतिले देशको संकट समाधानमा सहयोग पुर्यासउँदैन। बरु मुलकलाई अझ अस्थिरता तर्फ धकेल्न, संक्रमणकाल लम्याउन र कानुनीराजको उल्लंघन गर्न उत्प्रेरितमात्र गर्नेछ। 
एनेकपा (माओवादी) को चुनावी प्रतिबद्धतापत्रमा ‘संविधानसभा निर्वाचन भएको ६ महिनामा भित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गरिनेछ र स्थानीय निकायलाई जनउत्तरदायी र पारदर्शी बनाइनेछ' लेखिएको छ। जनताका सामु गरेको यस्तो वाचाप्रति किन एमाओवादीको अडान रहन सकेन? यो गंभीर सबालले राजनीतिक बेइमानी चरित्र नेपाली राजनीतिमा कसरी झाँगिदै छ भन्नेसमेत समेत गर्छ। यो एउटा पक्ष हो। अर्को पक्ष स्थानीय निकायको अभावमा नेपालीमा बढिरहेको भ्रष्टाचार, हराउँदै गएको सुशासन, र नासिँदै गएको जनउत्तरदायी संस्कृतिप्रति एमाओवादी र वैद्य माओवादीको कुनै चिन्ता र दायित्व छैन? भन्ने प्रश्न हो। जनताका हातमा स्थानीय सरकार सुम्पनमा केको आपत्ति हो यी दललाई? यस्ता प्रश्नको उत्तर सार्वजनिकरूपमा दिनुपर्छ। देशको लोकतान्त्रिक प्रक्रियालाई आफ्नो घरको ‘बही खाता' सम्झेर हिसाबकिताब गरेर रोक्ने अधिकार कसैलाई छैन। राजनीतिक बेइमानी स्वीकार्य हुन सत्तै्कन। सकारात्मक परिणामका लागि दलहरुबीच न्यूनतम सहमति कायम होस् भन्ने नागरिक आवाजलाई लोप्पा खुवाउने दुई बुँदे सहमतिपछि अब सहमतिकर्तालाई नै जनताले लोप्पा खुवाउने अवस्था सिर्जना हुनसक्छ। यसतर्फ दुवै माओवादी नेतृत्वले गंभीरतापूर्वक सोच्नु जरुरी हुन्छ। 
अर्को कुरा, अपराधलाई प्रश्रय दिने कुनै पनि गतिविधि जिम्मेवार राजनीतिक दलले गर्नुहुँदैन। कानुनी शासन राज्य प्राथमिक एजेन्डा हुनुपर्छ। दलहरुले चुनावमा यो कुरामा पनि प्रतिबद्धता व्यक्त गरेका थिए। संविधान सभाको पहिलो निर्वाचनपछि आफ्नो दलको नेतृत्वमा दुई पटक सरकार बन्दा समेत द्वन्द्वका घटनालाई व्यवस्थापन गर्न आयोग बनाउने विषयमा कुनै पहल कदमी नगरेको दलले ती घटनाका नाममा सबै अपराधलाई संरक्षण गर्ने र राज्यका संयन्त्रले कारबाही प्रक्रिया अगाडि बढाउने नैतिक अधिकार रहँदैन। निर्लज्ज भएर देशलाई अझै पनि बन्धक बनाउने, लोकतान्त्रिक अभ्यासलाई प्रभावहीन बनाउने र अपराधलाई संरक्षण गर्ने प्रकृतिका रणनीति वा सहमति कायम गर्ने अधिकार कसैलाई छैन। यस्ता सहमति गरेर देशमा वितण्डा मच्चाउनेतर्फ भन्दा आफ्नो ऊर्जा संविधान निर्माण गरी देशलाई लोकतान्त्रिक अभ्यासमा अगाडि बढाउन उपयोग गर्नेतर्फ दुवै माओवादीले समयमै सोच्नु आवश्यक छ। 
सबै दलहरुबीचमा सहमति र बिश्वासको वातावरण निर्माण गर्दै जानुपर्नेमा चरम राजनीतिक ध्रुवीकरण हुने गरी मोर्चाबन्दी गर्ने संस्कृति पनि अस्वीकार्य हुन्छ। एमाओवादी र वैद्य माओवादीले गरेको सहमतिले मुलुकलाई कुनै पनि फाइदा पुर्यािउने देखिँदैन।


अर्को समाचार
मध्यरातमा फुकेको गाँठो!
०७ माघ २०७१
•
१७ मिनेट पाठ
मध्यरातमा फुकेको गाँठो!
गत सोमबारको मध्यरातमा संविधान सभाभित्र भएको घटनापछि धेरैलाई लागेको छ – अब सहमतिको संभावना समाप्त भयो। यथार्थ भने त्यसको उल्टो हो। अर्थात्, संविधान सभाभित्र भएको मध्यरातको त्यस अराजकतापछि संविधान निर्माणको सहमति नयाँ विधिद्वारा निर्माण गरिएको छ। राजनीतिमा हुने/गरिने दाउपेच प्रतक्ष्यभन्दा बढी घुमाउरा हुन्छन्। र, अहिले संविधान सभाभित्र भएको अराजकताभित्रको राजनीति पनि घुमाउरो र नकारात्मक विधिद्वारा सकारात्मक परिणाम ल्याउने अवसर बनेको छ। विपक्षीसँग राजनीतिक सम्बन्ध स्थापित गर्दा कहिलेकाँही संवादभन्दा संघर्ष ‘सहमति'को सहज प्रक्रिया बन्न पनि सक्छ।राजनीतिका मुख्य तीनवटा अवयवलाई सन्तुलनमा राख्न सकिएन भने त्यसले लामो समयसम्म उपद्रो मच्चाइरहन्छ। स्वतन्त्रता, समानता र सत्ता – राजनीतिका यस्ता अवयव हुन् जहाँ थोरैमात्र सन्तुलन बिग्रियो भने स्थापित सबै सहसंबन्ध पनि बिग्रिन्छन्। त्यसले दलीय प्रणालीको शक्ति सन्तुलनलाई एक वा अर्कोतिर हुत्याइदिन्छ। संविधान निर्माणको अहिलेको प्रक्रियामा हामीले अपनाएको पद्धति समानतामा आधारित पद्धति हो। जसको जति शक्ति भए पनि सहमति कायम गर्ने भन्ने सिद्धान्त समानतामा आधारित सिद्धान्त हो। माथि उल्लेखित अवयवमध्ये ‘समानता'मा मात्र बढी जोड दिँदा दलीय ‘स्वतन्त्रता' र ‘सत्ता'माथि दबाब पर्न थाल्छ। उक्त दबाबले पहिलेको दलीय समन्वयलाई भत्काइदिन्छ। र, दलीय समन्वयको नयाँ बाटो पनि सँगसँगै खोलिदिन्छ। तर कहिलेकाँही ‘समानता'मा आधारित दबाबको भार ज्यादै बढी हुन गयो भने सम्पूर्ण शक्ति ‘सत्ता'तिर ढल्किन्छ र ‘समानता' र ‘स्वतन्त्रता'लाई नष्ट पारिदिन्छ। अहिले हाम्रो राजनीतिमा पनि सहमतिको दबाब क्रमशः स्वतन्त्रता र सत्तातर्फ केन्द्रित बन्दै गइरहेको छ। नष्ट बन्दै गइरहेको समानताको भार स्वतन्त्रतामा केन्द्रित बन्दा मुलुकमा ठूलो अराजकता निम्तिने छ भने सत्तामा केन्द्रित बन्दा सरकार तानाशाही बन्ने र प्रतिक्रान्ति हुने खतरा हुन्छ।
एनेकपा (माओवादी) र मधेसी दलले समानताको आधारलाई आफूतिर खिच्न न्वारानदेखिकैे बल लगाइरहेका छन् भने नेपाली कांग्रेस र नेपक (एमाले)ले स्वतन्त्रतातिर। सहमतिको डोरी चुँडिसकेको त छैन तर दुवै शक्तिले विपरीत दिशातर्फ तान्दातान्दा गलिसकेको छ। यसैले सहमतिको डोरी चँुडिने अन्तिम पर्खाइमा छ। गत मध्यरातको घटना यही पर्खाइको चरमरूप हो। तर अझै पनि सहमतिको डोरी चुँडिइहाल्ने जोखिम भने छैन। किनभने राजनीतिक शक्ति सन्तुलनको वर्तमान अवस्था संविधान सभाभित्र मात्र हेर्दा सहमति समाप्त भएजस्तो देखिए पनि संविधान सभाबाहिर जम्मा हुँदै गएको शक्तिलाई समेत हर्ने हो भने सहमतिलाई पुनः जोड्नुपर्ने बाध्यता दलहरुलाई भएको देखिन्छ। संविधानभित्रको शक्तिलाई पनि बाहिर पठाएर संविधान जारी गर्नुको औचित्य रहँदैन भन्ने सत्तापक्षलाई राम्रैसँग थाहा छ। अर्कोतिर संविधान सभाबाहिर जानेबित्तिकै एमाओवादी र मधेसी दलहरूको वर्तमान नेतृत्व विस्थापित बन्ने पनि निश्चित छ। त्यसैकारणले गर्दा सहमतिको राजनीतिक आधार समाप्त प्रायः हुँदा पनि बाध्यताको आधारले सहमतिको डोरीलाई पूर्णरूपमा चँुडिनदिएको छैन। बरु असन्तुष्ट बन्दै गएको आफ्नै पंक्तिलाई सन्तुष्ट पार्न सत्तापक्ष र प्रतिपक्षले मिलिमतोमा ‘झडप' परेको देखाउनुपर्ने बाध्यता उत्पन्न भएको छ। संविधान सभाभित्रको ‘ताण्डव' यस्तै बाध्यात्मक अवस्थाको समुच्चा खेल हो। 
प्रतिपक्ष 
सहमतिको अन्तिम चरणमा पुगेपछि पनि एमाओवादीलाई यति धेरै आक्रामक बन्न किन आवश्यक पर्योप भन्ने सबालको उत्तर संघीयतामा मात्र हेरेर भेटिन्न। विघटित बन्दैगएको उसको सांगठनिक शक्ति र संविधानबाहिर केन्द्रित बन्दैगएको माओवादीको शक्ति उसको आक्रामकरूपको कारण हो। एमाओवादीको राजनीतिक पृष्ठभूमि कति क्रान्तिकारी थियो भन्ने कुरा बताइरहन पर्दैन। क्रान्तिकारी विरासतलाई जातीय र क्षेत्रीय पहिचानको विवादमा बिसाएपछि माओवादी दलभित्र विवादको बीजारोपण हुँदैगएको थियो। आरम्भमा उसले ‘नेपालको संदर्भमा जातीय उत्पीडन नै वर्गीय उत्पीडनको रूप हो' भन्ने धारणाको सैद्धान्तीकरण गर्योन। पार्टी पंक्तिलाई पनि त्यसैअनुसार दीक्षित गरियो। माओवादीको यस्तो प्रस्थापनासँग पश्चिमा जगत् पनि बिस्तारै उत्साहित हुँदैगयो। यता मुलुकभित्र जातीय उत्पीडन त छँदै थियो। त्यसले सशस्त्र विद्रोहका बेला विभिन्न जाति/जनजातिलाई मुक्तिको सपनामा संगठित गर्न मद्दत पुर्यालयो। तर विडम्बना, शान्ति प्रक्रियामा आएपछि उसलाई जातीय पहिचानको मुद्दा प्रत्युत्पादक भयो र त्यसले ‘ब्याकफायर' गर्न थाल्यो। पार्टीलाई प्रतक्ष्य हानि पुर्यादएको थाहा पाए पनि एमाओवादी नेतृत्वले यसलाई छोड्नुभन्दा अझ दह्रो गरी समात्नुपर्ने बाध्यात्मक अवस्था निर्माण हुँदैगयो। किनभने पार्टीबाट विजाजित समूहले उसका क्रान्तिकारी र वर्गीय नारा अपहरित गरेपछि उसलाई झन् झन् दक्षिणपन्थी र जातिवादी बन्न बाध्य हुनुपर्योर।
एमाओवादीमा मात्र होइन, विभाजनबाट जन्मेको वैद्य माओवादीसमेत विभाजित भएपछि उसका लागि संविधान सभाभित्रको रणनीतिलाई केही संशोधन गर्नुपर्ने अर्को बाध्यता आइलाग्यो। संविधान सभाको निर्वाचनमा कमजोर बनेको एमाओवादी र भर्खरै विभाजन भएको माओवादीको बीचमा पार्टी एकताको प्रयास हुँदैआइरहेको छ। तर पार्टीको तत्कालीन कार्यनीति भने विपरीत दिशातर्फ फर्केको छ। दुवैथरीका सर्त पनि विपरीत छन्। अर्थात् पुष्पकमल दाहाल मोहन वैद्यलाई संविधान सभामा सहमत गराउन चाहन्छन् भने वैद्य दाहाललाई संविधानसभा बाहिर निकाल्न खोज्छन्। तर दाहाल कुनै पनि हालतमा संविधानसभाबाहिर जान सक्तैनन्। त्यसैले वैद्यलाई संविधान सभाभित्र ल्याउन दहाललाई संविधान सभाभित्र पनि क्रान्तिकारी संघर्षको पर्याप्त सम्भावना छ भन्ने देखाउनु छ। मध्यरातमा कुर्सी तोड्ने खेल राजनीतिक मागका लागिभन्दा बढी वैद्यलाई आकर्षित गर्ने रणनीतिमा केन्द्रित छ। एमाओवादी अझै कति क्रान्तिकारी छ भनेर देखाइएको एमाओवादी संस्कृतिबाट वैद्य कति प्रभावित भए भन्ने चाहिँ समयले देखाउँनेछ। 
गौरमा घटेको विभत्स माओवादी संहारको इतिहास त्यति पुरानो भइसकेको छैन। एमाओवादी नेताले बिर्से पनि कार्यकर्ताले बिर्सन सकेका छैनन्। एमाओवादीभित्र मधेसी दलहरूसँगको मोर्चावन्दीलाई अग्रगामी मान्न दाहाल र बाबुरामबाहेक कोही पनि तयार छैन। तर मधेसी दलका लागि एमाओवादीजस्तो राष्ट्रिय पार्टीले आफ्नो स्वार्थको क्षेत्रीय मुद्दामा समर्थन जनाइ दिएपछि मोर्चाबन्दी नगर्ने कुरै भएन। किनभने क्षेत्रीय राजनीति गर्ने पार्टीहरुलाई एमाओवादीसँगको गठबन्धनबाट कुनै घाटा छैन। यसबाट हुने संपूर्ण घाटा बेहोर्नुपर्ने त एमाओवादीले हुन्छ। अझ पछिल्लो चरणमा संघीयतासंबन्धी एमाओवादीको दृष्टिकोण ‘हिमाल र पहाडमा सत्तापक्षले जे सुकै गरोस् तर मधेसमा भने मधेसी दलले भनेजस्तै गर्नुपर्छ' भन्ने रहनगएको छ। यसबाट एमाओवादी संघीयताको विषयमा पनि उदासीन बन्दैगएको प्रमाणित हुन्छ। उसलाई मधेसी दलले आफ्नो मुद्दामा सक्रियमात्र बनाइरहेका छन्। र, मधेसी दलका लागि केही जिल्लाका सीमित भूभागको दाबीबाहेक करिबकरिब सबै माग पूरा भइसकेका छन्। किनभने, शासकीय स्वरूपमा अधिकांश मधेसी दल संसदीय पद्धतिकै पक्षमा छन्। संविधान सभाभित्रको कुर्सी तोडाईमा मधेसी संलग्नता आफ्ना मागहरूका लागिभन्दा दाहाललाई गुन लगाउनमात्र हो। जुन गुनलाई देखाएर दाहालले वैद्यलाई भित्याउनुछ।
सत्तापक्ष
पहिलो संविधान सभाको विघटनपछि बिस्तारै बिस्तारै नेपाली कांग्रेस र नेकपा (एमाले)को राजनीतिक दिशा दक्षिणपन्थी बन्दै गइरहेको थियो। एमाओवादीमा विभाजन, मधेसी दलहरूको विखण्डन तथो संविधान सभाको दोस्रो निर्वाचने परिणामले उनीहरूको दक्षिणपन्थी दिशालाई अझै उग्र बनाइदिएको छ। संविधान सभाको निर्वाचनमा पहिलो र दोस्रो दल बनेपछि उनीहरूबीचमा प्रतिस्पर्धा होइन, सत्ता साझेदारी निर्माण भयो। यसले एकातिर सरकारको स्वरूपलाई त सापेक्षिक स्थायित्व प्रदान गर्योो तर राज्यको पुनर्संरचनालाई यथास्थितिमा कैद पनि गर्योल। कांग्रेससँग सत्ता साझेदारी मात्र होइन संपूर्ण राजनीतिक विषयमा समेत साझेदारी गरेपछि एमालेको आफ्नै कुनै स्वतन्त्र राजनीतिक अडान देखिएन। बरु कांग्रेसका अडानहरूलाई बलियो बनाउनमात्रै उसको भूमिका देखियो। जसले एमाले आफँै पनि दक्षिणपन्थी देखियो र कांग्रेसलाई उग्रदक्षिणपन्थी बनाउन मद्दत गर्यो।। यसको राजनीतिक परिणाम पनि राम्रो देखिएन। किनभने यस्तो दक्षिणपन्थी गठबन्धनले विपरीत वैचारिक मान्यता बोक्ने एमाओवादी र मधेसी दलहरूलाई ध्रुवीकृत गरिदियो। 
कांग्रेस र एमालेलाई दक्षिण दिशातर्फ धकेलिदिने राजनीतिक वातावरणको निर्माण पनि एमाओवादीले गरिदिएको हो। जतिजति एमाओवादी कम्युनिस्ट क्रान्तिकारी रहेन त्यति त्यति कांग्रेस–एमाले गठबन्धन दक्षिणपन्थी बन्दै गयो। कम्युनिस्ट नरहेपछि ऊसँग वर्गीय मुद्दा पनि बाँकी रहेन। वर्गीय मुद्दाको क्षतिपूर्तिका लागि जातीय मुद्दा उठाउनु पर्नेभयो। कम्युनिस्ट पार्टीबाट जातिवादी पार्टी बनिसकेपछि मधेसी दलसँग मोर्चाबन्दी सम्भव भयो। जति बेलासम्म एमाओवादी कम्युनिस्ट क्रान्तिकारी थियो त्यति बेलासम्म कांग्रेस र एमाले पनि अग्रगामी राजनीतिक विषयप्रति सकारात्मक थिए। शनैः शनैः एमाओवादीको जातिवादी यात्राले उनीहरूलाई दक्षिणपंथी बनाउँदै लग्यो। यसको घातक परिणाम आज राज्यको पुनर्संरचना र शासकीय स्वरूपमा प्रतक्ष्य परिरहेको अनुभूत गर्न सकिन्छ। यसको बाध्यात्मक परिणाम यही नै हुन्थ्यो भन्ने दुवै पक्षलाई थाहा छ। त्यसैले प्रक्रियामा जानुभन्दा अगाडि सत्तापक्षले एमाओवादी र मधेसी दललाई भद्र तरिकाले क्रान्तिकारी देखिनुपर्ने बाध्यताको जगेर्ना गरिदिएको छ। र, उता प्रतिपक्षले पनि आफ्नो क्रान्तिकारी पंक्तिलाई अन्तिमसम्म लडेको देखाएर प्रक्रियालाई आलोचनात्मक समर्थनको धर्म निर्वाह गर्ने बाटो खोलेको छ। तर दुवै प्रवृत्तिले परिवर्तनको सकारात्मक प्रवाहलाई अवरुद्ध त गरे नै संपूर्ण राजनीतिक गतिविधिप्रति नै जनताको वितृष्णा ह्वात्तै बढाइ दिए। 
सल्लाह हो वा संयोग, मध्यरातको त्यस अराजक घटनाले संविधानको गाँठो फुकाउने मार्ग भने खोलेेको छ। दाहालको पूर्व इच्छाबमोजिम बाबुराम भट्टराई सभापति रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको विधिवत विघटन हुनेछ। त्यसको विघटनसँगै सत्तापक्षले दाहालकैे चाहनाअनुसार उच्चस्तरीय राजनीतिक समितिलाई सक्रिय पार्नेछ। त्यसले नयाँ संविधान निर्माणमा दाहालको भूमिकालाई पनि उजिल्याउनेछ। सत्तापक्ष र प्रतिपक्षको यो मिलेमतोमा केही कुर्सी र माइक भने अवश्य भाँचिए तर पर्याप्त राजनीतिको खेलसहित। बाँकी रह्यो– संस्कृतिको प्रश्न। यसै पनि हाम्रो राजनीतिले संस्कृति नदेखेको त वर्षौं भइ नै सक्यो। अहिलेलाई त्यता पटि्टको चिन्तै छोडौँ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस