अघिल्लो संविधान सभामा सबैभन्दा बढी विवाद भएको र सहमति बन्न नसकेको एउटा महत्वपूर्ण विषय संघीयताको स्वरूप र आधार पनि हो। प्रारम्भबाटै संघीयतालाई देशको भूगोललाई विभाजन गर्ने एजेन्डाका रूपमा लिइयो र कति भागमा देशलाई विभाजन गर्ने भन्नेमा केन्द्रित भएर प्रदेशको संख्या कति हुने जस्ता प्रश्नबाट संघीयताको बहस थालियो। संख्यामा केन्द्रित बहसमा आफ्नो प्रस्तावलाई पुष्टि गर्ने उद्देश्यले जातीय आधारलाई एनेकपा (माओवादी)ले प्रमुख रूपमा उठायो।त्यसले गर्दा जातीय राज्यको पक्षमा बहस केन्द्रित भयो। यसमा जातीय संठनहरूसमेत उत्साहपूर्वक लागे। संघीयता निर्माणका सन्दर्भमा त्यसको सैद्धान्तिक आधारमा गंभीर र सार्थक बहस हुनै पाएन। अघिल्लो संविधान सभामा संघीयताको विषयमा सहमति बन्न नसक्नुको प्रमुख कारण यही नै हो।
प्रदेश निर्माणसम्बन्धी बहसको मूल विषय यसको सैद्धान्तिक आधार हुनुपर्छ। सैद्धान्तिकरूपमा संघीयताको स्वरूप बारेमा समाधान नखोज्ने हो भने त्यस्तो बहसले कुनै निष्कर्ष निकाल्न सक्तो रहेनछ भन्ने दृष्टान्त हाम्रै विगत हो। नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा यसपटक संघीयताको बहस र निर्माण स्पष्ट सैद्धान्तिक आधारमा हुनुपर्नेमा जोड दिएको छ। कांग्रेसले आफ्नो घोषणापत्रमा 'संघीयताको केन्द्रविन्दुमा नेपाली नागरिक नै हुनुपर्छ। स्थानीय सरकार जति स्रोत साधन र अधिकारले सम्पन्न हुन्छ, जति बलियो हुन्छ, नागरिक त्यति नै बलियो हुन्छ। संघीयकरणको नाममा जति संख्या, जे नाम, जस्ता आकार दिएर प्रदेश निर्माण गरे पनि एउटा केन्द्रको ठाउँमा अरू केही थान केन्द्रहरू, केही शासकको ठाउँमा थप केही शासकहरूमात्र जन्मने हो भने त्यस्तो संघीयताको केही अर्थ रहँदैन। तसर्थ, नेपाली कांग्रेस बलियो स्थानीय सरकारको पक्षमा रहेको छ' भनेर सत्ताको अंशबन्डाका लागि मात्र संघीयताको स्वरूप निर्धारण हुनुहुँदैन भन्ने स्पष्ट धारणा प्रस्तुत गरेको छ। नेपालको सार्वभौमिकता, राष्ट्रिय एकताको परिधिभित्र रहेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा सबै क्षेत्र, वर्ग र समुदायका सबै नागरिकका लागि राज्य संरचना र शक्तिको वितरण, सुविधा र अवसरको उपलब्धता, पहुँच र प्रतिनिधित्व समान हुने र सबैको पहिचानको सम्मान एवं सम्बोधन हुने अवस्थाको सुनिश्चितता नै नेपालको सन्दर्भमा राज्य पुनर्संरचना भएको कांग्रेसको दृष्टिकोण छ। यसका लागि उसले 'पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने' भन्ने नाराका साथ आफूलाई प्रस्तुत गरेको छ।
संघीयता लोकतन्त्रीकरणलाई मजबुत गराउने आधारका रूपमा उपयोग गर्नुपर्ने हुन्छ। भौगोलिक बाँडफाँटमा मात्र यसलाई सीमित गर्दा त्यसले दुर्घटना निम्त्याउने जोखिम कायमै रहन्छ। त्यसैले बहुलवाद र लोकतन्त्रबिनाको संघीयता सम्भव छैन र त्यसले वास्तविक अर्थमा जनतालाई अधिकारसम्पन्न पनि बनाउन सक्दैन भन्नेमा कांग्रेसको घोषणापत्र स्पष्ट देखिन्छ।
नेपाली कांग्रेसले पार्टीको १२ औं महाधिवेशनबाट संघीय संरचनामा जानुपर्ने तीनवटा कारण अगाडि सारेको थियो ती हुन्, विविधतायुक्त हाम्रो मुलुकका सबै जाति, समुदाय, भाषा र संस्कृतिको पहिचान प्रकट होस्, सबै जाति, समुदाय, भाषा, संस्कृति र क्षेत्रका जनताले समानरूपमा आर्थिक विकास र समृद्धिको प्रतिफल प्राप्त गरून् तथा राज्यले प्रदान गर्ने सेवा सुविधा न्यायपूर्ण र छिटो छरितो होस् तथा राज्यको शक्ति, साधनस्रोत र अधिकारमा कुनै एक जाति भाषा संस्कृति तथा क्षेत्रको एकाधिकार नहोस्। सबै तह र क्षेत्रमा उक्त अधिकार र साधन स्रोत वितरित होस्। यी कारणलाई सम्बोधन गर्दै राज्यको पुनर्संरचना गर्दा पहिचान र सामथ्र्यका आधारमा संघीयता निर्माण गरिनु पर्नेमा अबको बहस केन्द्रित हुनुपर्छ। यसो गर्दा कांग्रेसले ७ प्रदेश उपयुक्त हुने धारणा अगाडि सारेको छ । तर, यो मुख्य कुरामा बहस हुँदै गर्दा पूर्व सहमति अनुसारको संख्यामा पनि छलफल गर्ने विषयमा कांग्रेसले आपूलाई खुला पनि राखेको छ। यसले के देखाउँछ भने संघीयतालाई अल्पमत बहुमतको आधारमा वा आफ्नो प्रतिष्ठाको विषय ठानेर गरिने निर्णयका आधारमा टुग्याइने विषय हुनुहुँदैन भन्नेमा कांग्रेस सजग छ। यो त मुलुक, यहाँका जनता र राज्य प्रदत्त सेवा सुविधाको वितरण प्रणालीलाई दीर्घकालसम्म असर पार्ने विषय हो । त्यसकारण संघीयता कसैको प्रतिष्ठाको विषय बनाइनु हुँदैन। न त यो बिनासैद्धान्तिक आधार, खाली देशलाई संख्यामा टुक्य्राउने विषय नै हो।
नेपाली कांग्रेसले आफ्नो घोषणापत्रा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान प्रकट गर्ने आर्थिक सामथ्र्य र संवृद्धि सुनिश्चित गर्ने तथा राज्यशक्ति र स्रोतमा एकल जातीय एकाधिकार कायम हुन नदिने राज्यको लोकतान्त्रिक पुनर्संरचनाले मात्र देशको एकता र सामाजिक सद्भाव मजबुत हुनसक्छ भन्नेमा स्पष्ट प्रतिबद्धता जनाएको छ। 'सबै जाति, समुदाय, भाषा, संस्कृतिको पहिचान प्रकट गराउने, सबै जाति, समुदाय, भाषा, संकृति र क्षेत्रका जनताको आर्थिक विकास र संवृद्धि सुनिश्चित गर्ने र राज्यशक्ति, साधनस्रोत र अधिकारमा कुनै पनि जाति, भाषा, संस्कृति र क्षेत्रको एकाधिकार कायम नहुने संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना' लाई कांग्रेसको घोषणापत्रमा घोषित नीति र कार्यव्रmम भनिएको छ। भीमबहादुर तामाङ्को संयोजकत्वमा गठित समितिको प्रतिबेदनका आधारमा 'पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने' नाराका साथ प्रस्तुत कांग्रेसले प्रदेशको समृद्धि र स्वायत्त शासनका लागि आवश्यक आर्थिकभौतिकप्रशासनिक सामथ्र्यसमेतलाई आधार मानेको छ। जातीय÷समुदायगत पहिचान, भाषिक पहिचान, सांस्कृतिक पहिचान, भौगोलिक÷क्षेत्रगत निरन्तरता, ऐतिहासिक निरन्तरताजस्ता विषयलाई कांग्रेसले संघीयता निर्माण गर्दाको पहिचानको आधार भनेको छ। त्यस्तै सामथ्र्यको आधारका रूपमा कांग्रेसले आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता, प्रशासनिक सुगमताजस्ता आधारभूत विषय अगाडि सारेको छ।
नेपाली कांग्रेसले संघीय तह, प्रादेशिक तह र स्थानीय तह गरी तीन तहको मूल संरचना निर्माण गर्ने पक्षमा आफुलाई उभ्याएको छ। आवश्यकता परेको ठाउँमा जातीय, भाषिक, समुदायगत, सघन उपस्थितिको क्षेत्र वा विशेष प्रकृतिको भौगोलिक क्षेत्रलाई सांस्कृतिक विशेषता सहितको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र निर्माण गर्न सकिनेमा पनि कांग्रेस खुला देखिएको छ। स्थानीय सरकारलाई बलियो बनाएमात्र नागरिकहरु बलियो र अधिकारसम्पन्न हुन्छन् तथा त्यतिबेलामात्र राष्ट्रले संमृद्धिको मार्ग अवलम्बन गर्नसक्छ भन्ने सिद्धान्तमा उभिएको छ नेपाली कांग्रेस। कांग्रेसले आफ्नो घोषणा पत्रमा समग्रमा राजतन्त्रात्मक शासन पद्धितिका स्थानमा लोकतान्त्रिक गणतन्त्र, केन्द्रीकृत र एकात्मक संरचनाको स्थानमा विकेन्द्रित र संघात्मक संरचना अपनाउने प्रस्ताव गरेको छ। बहिष्करणका स्थानमा समावेशीकरण, एकल पहिचानका ठाँउमा बहुपहिचान, सामाजिक न्यायसहितको समावेशी लोकतन्त्र, एक भाषा, एक जाति, एक धर्म, एक संस्कृतिको ठाउँमा धार्मिक स्वतन्त्रता, बहुभाषा, बहुजाति, बहुसांस्कृतिक पहिचानसहित सबै वर्ग, क्षेत्र र समुदायको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठा प्रत्याभूत हुने गरी न्यायपूर्ण तरीकाले संघीय लोकतान्त्रिक गणराज्यमा रूपान्तरण गर्नु नै नेपालको सन्दर्भमा राज्य पुनर्संरचना पनि कांग्रेसको घोषणापत्रमा उल्लेख छ।
विसं २०६३ माघमा भएको मधेस आन्दोलनको निकास दिने क्रममा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संघीय संरचनामा आधारित राज्यको पुनर्संरचना गरिने घोषणा गर्नुभएको थियो। सोही घोषणाका आधारमा अन्तरिम संविधानमा भएको तेस्रो संशोधनपश्चात नेपाल विधिवत संघीय लोकतान्त्रिक नेपाल बन्ने सुनिश्चित भएको हो। आफ्नै नेतृत्वमा भएको सम्झौतालाई कार्यान्वयन गर्ने सन्दर्भमा कांग्रेसले आफ्नै विधानमा समेत संशोधन गरी संघीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासनप्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक राजनीतिक तथा आर्थिक विकास गर्ने लक्ष्यप्रतिको आफ्नो प्रतिबद्धतालाई संघीयताको सन्दर्भमा पुनः पुष्टि गरेको स्मरण पनि कांग्रेसले घोषणापत्रबाट गरेको छ।
विसं ०६२÷६३को आन्दोलनपछिको परिवेशमा देशमा जारी हिंसा सकिने, राजनीतिक द्वन्द्व हट्ने र कुनै प्रकारका नयाँ द्वन्द्वको संभावना नरहने विश्वासका साथ कांग्रेसले आपूmलाई संघीयताको पक्षमा उभ्याएको हो। त्यसकारण स्वभावतः संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा कांग्रेसले जारी द्वन्द्व मेटिने र थप द्वन्द्वको संभावना नरहने गरी आपूmलाई प्रस्तुत गर्दै आएको छ। यसपटकको घोषणा पत्रमा पनि कांग्रेसले यस पक्षमा ध्यान दिएरै सैद्धान्तिक आधारलाई जोड दिएको छ भने संख्यामा हकमा खुला रहेको छ।
निर्वाचनबाट दोस्रो संविधान सभा गठन हुँदैमा अहिलेको प्रतिनिधित्व, विचार, पात्र, प्रवृत्ति र कार्यशैलीमा परिवर्तन नभएसम्म विद्यमान समस्या सहजरूपमा सल्टिने विश्वास गर्न सकिँदैन।