तत्कालीन विद्रोही नेता पुष्पकमल दाहाल एवं बाबुराम भट्टराईलाई कृष्णप्रसाद सिटौलाले छापामार शैलीमा नै बालुवाटार पुर्याएका थिए। त्यसपछि संसद्वादी एवं माओवादीहरुबीच 'मेलमिलाप'को प्रक्रियाले गति लिन थाल्यो।मेलमिलाप गहिरिँदै गएपछि 'अन्तरिम संविधान, संविधान सभाको निर्वाचन एवं माओवादी नेतृत्वका सत्ता नै राजनीतिको मुख्य लक्ष्य हो, बाँकी कुरा छलावा मात्र हुन्' भन्ने मान्यताको व्यापकताले गर्दा सत्य निरुपणको मुद्दा गौण बन्न पुग्यो। त्यस्तो प्रक्रियाको आवश्यकता बल्ल महसुस हुन थालेको संकेत देखिँदैछन्। विगतका अनुभवहरुको आलोकमा सत्य निरुपणबारे आश्वस्त भने हुन सकिँदैन।
तत्कालीन राणा शासकहरुसँग सम्झौतामा टुंिगएको २००७ सालको क्रान्तिबारे अनेकौं भ्रान्ति नेपाली समाजमा अझै छन्। कतिपय वामपन्थीहरु राणाहरुको विस्थापन एवं शाह प्रतिष्ठापनमा टुंिगएको सशस्त्र संघर्ष एवं जनविद्रोहको सामञ्जस्यलाई परिणामका आधारमा क्रान्तिसमेत मान्दैनन्। तर, सात सालमा विद्रोहीहरु मारिए। सेनाले दमन पनि गर्यो। त्यसबारे सत्यतथ्य निरुपणको आवश्यकता सायद कसैलाई महसुस भएन।
शाही सैनिक सत्तापलटद्वारा निर्वाचित संसद्को विघटन तथा प्रधानमन्त्री लगायत प्रायशः सबै जनप्रतिनिधिको बन्दीकरण आधुनिक नेपाली इतिहासको सम्भवतः दोस्रो सबभन्दा कलंकित परिघटना थियो। नारायणहिटी हत्याकाण्डलाई त्यसभन्दा ठूलो त्रासदी ठहर्याउने हो भने। तर, सत्र सालका अपराधीहरुले कहिल्यै सार्वजनिक क्षमा याचना गर्नुपर्ने आवश्यकता महसुस गरेनन्। पुनः एकपटक सत्य निरुपण बेगर नै मेलमिलाप भयो। मुलुकको राजनीति चली नै रह्यो आफ्नै गतिमा।
शाही सैनिक शासनको तीन दशकलाई कालरात्री भन्नेहरु धेरै छन्। त्यस अवधिभित्र के कति बेपत्ता पारिएर हत्याकाण्ड भए, सायद सही र अधिकारिक तथ्यांक कतै छैन। तराई मधेसतिर शक्तिशालीहरुद्वारा तारो हान्ने अभ्याससमेत जिउँदो व्यक्ति राखेर गरिने किंवदन्ति सम्भवतः अतिशयोक्ति थियो। तर,कक्षा कोठाबाट विद्यार्थी हराउने तथा चिकित्सालयबाट डाक्टर बेपत्ता पारिने घटना त भएकै हुन्। जनकपुर अहिले पनि जनचिकित्सक लक्ष्मी नारायण झालाई खोज्दैछ।
संसदीय व्यवस्थामा समिति एवं आयोगहरुको ठूलो महत्व हुन्छ। समितिहरु विवादित मुद्दालाई जीवित राख्ने काम गर्छन्। आयोग निर्माण भने विवादस्पद विषयको कर्मकाण्ड तथा अन्त्येष्ठिका लागि हुने गर्छ। मल्लिक आयोग वा रायमाझी आयोग जस्ता वजनदार निकायको गठन जे जस्तो उद्देश्यका लागि भएको थियो, त्यो काम फत्ते भएपछि तिनको उपयोगिता पनि समाप्त भयो।
जनआक्रोश मत्थर भएपछि कुनै पनि सरकारले आफ्ना पूर्ववर्तिसँगको सम्बन्धलाई कटु बनाइराख्न चाहँदैनन्। संसदीय व्यवस्थामा स्थायी सत्ताले निरन्तरता पाउने हुँदा व्यक्ति बदलिए पनि प्रायशः शासकीय प्रवृत्ति वा नोकरशाहको व्यवहार फेरिँदैन। दोस्रो संविधान सभाका सदस्यलाई शपथग्रहण गराउने सूर्यबहादुर थापालाई सोध्ने हो भने सत्य निरुपणको वास्तविकता छर्लङ्ग हुन्छ। उनको प्रधानमन्त्रीत्व कालमा नेपाली कांग्रेस 'अराष्ट्रिय तत्व' मार्क्सवादी–लेनिनवादी 'विध्वंशक' एवं माओवादी 'आतंकवादी' रहिसकेका छन्। व्यक्तिगतरूपमा त्यस्ता सबै राजनीतिकर्मीसँग महापञ्च थापाको अन्तरंग सम्बन्ध छ। मेलमिलापका लागि सत्य निरुपण जरुरी छैन भन्ने राप्रपा नेपालको राजनीतिक सफलताबाट पनि स्पष्ट हुन्छ।
त्यसो भए सत्य निरुपण चाहिएको कसलाई हो? अन्तराष्ट्रिय समुदायलाई विपन्न मुलुकमा कठिन काम फत्ते गरेको कार्य संपादन प्रमाणपत्र चाहिन्छ। तिनले द्वन्द्वको औपचारिक समापनका लागि देखावटी नै भएपनि मेलमिलापको तस्बिर खोज्छन्। अधिकारकर्मीहरुको रोजीरोटी नै निरुपण प्रक्रियासँग जोडिएको हुन्छ। मेलमिलाप तिनको प्राथमिकतामा पर्दैन। कानुनकर्मीका लागि अनुसन्धान, दण्ड, सजाय एवं पयरिपूर्तिजस्ता विधि महत्व हुने गर्छ। त्यो किनभने त्यस्ता प्रक्रियाले एकपछि अर्को कार्यभार जन्मिदै जान्छन् एवं पेसा व्यवसाय फस्टाउँछ।
मूलतः सत्य निरुपणको प्रक्रिया चाहिने त्यसलाई हो जो पीडक पनि हो र पीडित पनि। सिकार त थियो कुनैबेला कसैका लागि तर सिकारी पनि भएकै हो। तर प्रत्याख्यान तथा निराकरण मुख्यतः तिनलाई चाहिएको हुन्छ जो हारेका छन् तर जित्ने भ्रमबाट मुक्त हुन अनिच्छुक छन्। परिस्थितिले गर्दा पछाडिएका जुझारुहरु आफ्नो जीवन खेर नगएको अनुभूतिका लागि इतिहासको आरोपबाट उन्मुक्ति खोज्छन्। त्यो पाउन सजिलो भने हुँदैन। इतिहास जीवन्तहरुको हुन्छ। त्यसैले इतिहासको आकलनमा हार्ने र हराइनेहरु एक समान ठहरिन्छन्। खेल सकिएपछि बाँकी रहने त अन्ततः परिणाम न हो, हार्नेले कस्तो खेलेका थिए भन्ने त अध्येताको रुचिको विषय भएरमात्र बाँकी रहन्छ।
क्ास्कीबाट बालुवाटार पुर्याइँदा दाहाल र भट्टराई न विजेता थिए न त बन्दी नै। स्वत्व समाप्त (सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्ने माओवादी मान्यता) गरेर मात्र अस्तित्व (राज्य संयन्त्रको वैकल्पिक शक्ति भएको मान्यता) स्थापित गर्ने प्रक्रिया स्वभावतः जोखिमपूर्ण हुन्छ। स्वत्वको सान्दर्भिकता सकिएपछि अस्तित्वका स्खलन अवश्यम्भावी हुन पुग्छ। माओवादीले सत्य निरुपण आफ्नो विगतको औचित्य सिद्ध गर्नका लागि चाहेका हुन्। त्यो नगरेसम्म तिनको आगत सुरक्षित रहनसक्ने छैन।
हारेकाको हुँकार
माअेावादीले सशस्त्र संघर्षमा सफलता हासिल नगरेको पक्का हो। दाहाल विजेताका रूपमा काठमाडौं छिरेका भए उनको गन्तव्य बालुवाटार नभएर नारायणहिटी वा भद्रकाली हुने थियो। र, त्यसपछि नेपालको स्थिति के हुन्थ्यो? सायद त्यही कल्पनाबाट अत्तालिएर गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको प्रस्ताव स्वीकार गर्न हतारिका थिए। तर, सशस्त्र द्वन्द्वमा माअेावादीलाई हराउन नसक्नु सुरक्षा नियकाको स्पष्ट असफलता थियो। युद्धमा जित्न न सकेपछि राजनीतिमा भन्ने सुरक्षा बल प्रभावशाली देखिएका छन्।
मेलमिलापपछि गरिने सत्य निरुपण प्रक्रियामा अन्वेषण, अभिलेखन एवं व्याख्या गर्नेहरुको हालीमुहाली रहन्छ। पीडित र पीडक प्रमुख पात्र नभएर अनुसन्धानका विषयका रुपमा मात्र देखा पर्छन्। त्यसपछि परिस्थितिजन्य वाध्यता तथा मानवीय संवेदनाको साटो बलियो पक्षको प्राथमिकता स्थापित हुन्छ। 'हिम्मत भए प्रचण्ड, बाबुराम र मलाई जेल हाल' भन्ने मोहन वैद्यको अभिव्यक्ति एवं 'हिम्मत भए मलाई गिरफ्तार गर' भन्ने बाबुराम भट्टराईको चुनौती हतास मानसिकताका परिचायक हुन्। कार्यकर्ता कार्यवाहीमा परेपछि नेताको सान्दर्भिकता स्वतः समाप्त हुन्छ। त्यसपछि तिनलाई कार्यवाही सत्ताले नभएर बाँकी बचेका कार्यकर्ता र जनताले नै गर्छन्। सरकार तमासे भए पुग्छ।
सत्य निरुपण प्रक्रियाको महत्वपूर्ण पक्ष परिस्थिति विश्लेषणलाई बनाउने हो भने प्रमाणको भार विद्रोही पक्षभन्दा बढी राज्य पक्षमा हुन आउँछ। शक्तिको प्रयोग एवं मात्रा आवश्यक एवं उचित थियो वा थिएन, कानुन व्यवस्था कायम राख्ने क्रममा मानवीय क्षति कम गर्ने अधिकतम सर्तकता अपनाइएको थियो वा थिएन तथा बल प्रयोग अघि अधिकतम चेतावनी दिइएको थियो वा थिएन भन्नेजस्ता वर्णन स्थापित गर्न सहज हुँदैन। तुलनात्मकरुपमा जनताको आक्रोशलाई प्रतिनिधित्व गर्ने विद्रोहीले शंकाको लाभ पाउँछन्। त्यसैले प्रक्रियागत सत्य निरुपण सामान्यतः विद्रोहीको पक्षमा ठहरिन सक्छ। स्वाभाविक हो, राज्यले त्यसको साटो कानुनी बाटो अख्तियार गर्न चाहन्छ जहाँ वर्णनभन्दा अनुसन्धान र व्याख्याको महत्व बढ्छ।
पूर्व विद्रेाही एवं स्थायी सत्ताका बीच मेलमिलाप भइसकेकाले सत्यनिरुपणको मुद्दा कर्मकाण्डमै सीमित हुन पुग्ने सम्भावना धेरै छ। सायद त्यसैले भट्टराई र वैद्य संयमितरूपले नै कुर्लिरहेका छन्। वाचाल दाहालको मौन त्यसभन्दा पनि अर्थपूर्ण छ। नेतालाई सत्यतथ्य थाहा छ। तिनले परिपूर्ति पाइसकेका छन्। त्यसभन्दा बढी त कर्मकाण्ड न हो।
पराजयको पीडा
सशस्त्र द्वन्द्वको अर्थराजनीतिबाट सबभन्दा बढी लाभान्वित हुनेमा स्थायी सत्तासँग निकटता राख्ने व्यापारी, बुद्धिजीवी एवं दलालहरू नै थिए। तिनैमध्ये केही अहिले मुलुकका लागि २० वर्ष खेर गएको असन्तुष्टि पोख्दै छन्। मधेसका दलित महिलालाई गएर सोधे हुन्छ। तिनका लागि त यो मुलुकको पूरै इतिहास नै खेर गएको छ। माओवादी सशश्त्र विद्रोहको प्रसव पीडा गर्भस्रावमा टुंिगएको पक्का हो।
हिंसक क्रान्ति बलात्कारबाट सन्तानोत्पादन गर्ने प्रयन्त्र सरह हुने गर्छ जहाँ समाजको मातृत्वको संलग्नता रहँदैन। तर, गर्भाधानको प्रक्रियासँग विमति भए पनि खेर गएको बच्चा सम्झेर खुसी मनाउने प्रवृत्ति नृशंंश समाजमा मात्र देखिन सक्छ। माओवादीका नेताहरुत स्थापित छन्, पराजयको पीडा त बाँके बर्दियातिरका थारु एवं मध्यपश्चिमका दलित जनजाति पूर्वलडाकुलाई मात्र थाहा छ। चेतनाको बलात्कार असफल विद्रोहका त्रासद परिणितिमध्ये सम्भवतः सबभन्दा कष्टकर हुने गर्छ। जीवनको प्रत्येक पल मृत्यु तुल्य लाग्न थालेपछि मानसिक समस्या सरुवा रोगसरी फैलिन थाल्छ। सत्य निरुपणले कमसेकम हारेकालाई आफ्नो त्याग खेर नगएको अनुभूति दिलाउने छ र गैरकानुनी नै भएपनि अन्यायविरुद्धको संघर्ष अनैतिक होइन भन्ने मान्यता स्थापित गर्नेछ।
सत्य निरुपण प्रक्रियाबाट अलग्याइएका मधेसका सशस्त्र समूहको नियति भने सन् १८५७ को सिपाही विद्रोह ताका इस्ट इन्डिया कम्पनीलाई चुनौती दिने पूर्वीउत्तर प्रदेश तथा विहारका हिन्दु मुसलमान लडाकुको जस्तो ठहरिने देखिँदैछ। सिख, गोरखाली एवं केही पठान तथा मराठा युद्ध सरदारको सहयोगले इस्ट इन्डिया कम्पनीले आफ्नो नियन्त्रण पुनर्स्थापित गरेपछि विद्रोही लडाकालाई डाँका घोषित गरियो। र, तिनको समुदायलाई नै कायर जातिका रुपमा चित्रित गरियो। सिपाही विद्रोहको सत्य निरुपण प्रक्रिया अझै अपूरो छ। किनभने अधिकारिक इतिहासको उत्पादन बेलायतद्वारा स्थापित 'तथ्य'बाट हुनेगरेको छ।
मधेसका विद्रोहीलाई सन् १८५७ जस्तो तोपको मुखमा बाँधेर भौतिक रुपमा समाप्त गर्न अहिलेको विश्व परिस्थितिमा सम्भव छैन। तर परिस्थिति चित्रणबाट अलग्याएर हिंसाको घटनालाई अपराधका रुपमा मात्र चित्रित गरिरहने हो भने असन्तुष्टिको राजनीतिले मलजल पाउँछ। असफल विद्रोहपछि मधेसका कैयौं पूर्वविद्रोही अवसरको खोजीमा 'दाजुहरु' का पछाडि लागेका होलान्। ती बारुद सकिएका खोका हुन्। वृतान्त त मारिएका, बेपत्ता पारिएका एवं अपराधीकरण प्रक्रियामार्फत जेल हालिएकाको अभिलेखित हुनुपर्छ। मधेसमा सामुदायिक पूर्वाग्रह एवं विभेद तथा वञ्चनाका जरा झनै गहिरो भएकाले पनि त्यहाँको सत्य निरुपण बढी महत्वपूर्ण।
सत्य निरुपणलाई कर्मकाण्ड बनाइने हो भने आसन्न द्वन्द्वसँग जु‰ने सामाजिक एवं सांस्कृतिक क्षमता निर्माण हुनसक्ने छैन। जीवन्त समाजमा द्वन्द्व हुन्छ। तिनको शान्तिपूर्ण समाधनको बाटो पहिल्याउने संस्कृतिमा 'हरुवा र जितुवा' होइन कि गलत सुरुवातबाट सही पाठ सिक्ने प्रवृत्तिको विकासतिर ध्यान पुर्याउनुपर्ने हुन्छ।