मानव स्वभाव र सभ्यताको विकासका आधारभूत मान्यता बोकेको सहकारी अहिले विश्वकै सबैभन्दा ठूलो आर्थिक सामाजिक सञ्जाल, रोजगार क्षेत्र र समावेशी विकासको सर्वोत्तम मोडलका रूपमा स्थापित भएको छ। सार्वजनिक तथा निजी क्षेत्रको सकारात्मक विशेषता सम्मिलित एक मौलिक सामाजिक एवम् व्यावसायिक उद्यमका रूपमा सहकारी क्षेत्र परिभाषित छ। सहकारीमा संलग्न सदस्यबीच समान स्वामित्व, लोकतान्त्रिक व्यवस्थापन र आर्थिक गतिविधिको अनिवार्यता रहने गर्छ। यसले आधारभूत तहको स्रोत, श्रम, सिप, पुँजी र प्रविधिलाई सदुपयोग र समुदायको हितमा परिचालित गर्दछ। आर्थिक तथा सामाजिकरूपमा पछि परेका र विभिन्न कारणले वञ्चितीकरणमा परेका नागरिकलाई अधिकार सम्पन्न बनाउने र समाजको मूल प्रवाहमा ल्याउने भएकाले सहकारी एक दिगो दर्शन र संस्कृतिका रूपमा सर्वस्वीकार्य बनेको छ। अधिकांश मुलुकको विकास प्रयाससँग प्रत्यक्षरूपमा जोडिएको र विश्वव्यापी आर्थिक मन्दीमा पनि दिगोरूपमा समुदायमा काम गर्न सफल र आर्थिक मन्दीको प्रभावलाई न्युनीकरण गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेका कारण संयुक्त राष्ट्र संघले करिब पाँच वर्षअघि सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष र यो दशकलाई सहकारी दशक घोषणा गरेको थियो। सन् १८४४ मा बेलायतको रोचडेलबाट औपचारिकबपमा सुरु भएको सहकारी अभियान राजनीतिक, सामाजिक र आर्थिकरूपले विश्वव्यापीरूपमा स्थापित छ जसमा विश्वका एक अर्बभन्दा बढी नागरिक सहकारीमा संलग्न छन्। तेह्र करोडले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन्। ग्रामीण र कृषि अर्थतन्त्रका लागि अत्यन्त उपयोगी मानिएको यो अभियान विशेषतः सीमान्तीकृत समुदायको जीवन पद्धतिका रूपमा परिभाषित छ।
समकालीन विश्वको तुलनामा ढिलै सुरु भएको नेपालको सहकारी अभियानले झण्डै छ दशक पार गरेको छ। अत्यन्त सुषुप्त अवस्थामा रहेको सहकारी क्षेत्र २०४६ मा राजनीतिक परिवर्तन र २०४८ मा तुलनात्मकरूपले आदर्श कानुनपछि तीव्र फड्को मारेको छ। २०६२”०६३ को परिवर्तनपछि रफ्तार अझ बढेको छ। नेपालको अन्तरिम संविधान २०६३ ले सरकार, सहकारी र निजी क्षेत्रको माध्यमबाट मुलुकको अर्थतन्त्र विकास गर्ने त्रिखम्बे नीति स्वीकार गरी तद्नुसारको व्यवहार अघि बढाएपछि यसको महत्व अझै बढेको हो। अहिले मुलुकभर ३० हजारभन्दा बढी सहकारी स्थापित र अधिकांशतः क्रियाशील छन्। कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशत र वित्तीय क्षेत्रमा अठार प्रतिशत योगदान पुर्याशइरहेको सहकारीमा करिब ४५ लाख नागरिक संगठित छन्। झण्डै दुई सय अर्बको वित्तीय परिचालन गरिरहेको सहकारी क्षेत्रले करिब एक लाखलाई प्रत्यक्ष र दश लाखलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको र राज्य तथा निजी क्षेत्र पुग्न नसकेको स्थान र समुदायमा काम गरिरहेको छ। मुलुकको पचहत्तरै जिल्ला र अधिकांश गाउँमा पुगेको सहकारी अभियानमा आदिबासी जनजाति, लोपोन्मुख, दलित र आर्थिकरूपमा विपन्न नागरिकका अलावा महिला तथा युवा समुदायको प्रवेश र क्रियाशीलता उत्साहजनक छ।
खासगरी नेपालमा सहकारी क्षेत्रमा अवसर र उपलब्धिमात्रै होइन, विकृति र चुनौती पनि देखापरेका छन्। विशेषतः काठमाडौंका केही संस्थाले सहकारी सिद्धान्त मुताविक सञ्चालन गर्न र सर्वसाधारणको बचत फिर्ता गर्न नसकेको अवस्था छ। डेढ सय सहकारी समस्याग्रस्त देखापरेको र झण्डै दश अर्ब जोखिममा परेको तथ्यांक सार्वजनिक भएको छ। यी समस्याका सन्दर्भमा अहिले उच्चस्तरीय छानविन आयोग क्रियाशील छ। समुदाय र उद्यमशीलतामा आधारित नहँुदा ती सहकारीमा यस्ताखालका समस्या देखापरेका हुन। समस्याको समाधान र सबैले आफ्नो सम्पत्ति फिर्ता पाउने अधिकारको प्रत्याभूत हुनुपर्ने कुरामा दुई मत रहेन। सहकारी सुशासन, नियमन र अनुगमन प्रभावकारी हुन नसक्दा समस्याले संकटको स्वरूप धारण गरेको हो। यसको उपयुक्त समाधान र यसलाई गम्भीर शिक्षाका रूपमा लिँदै प्रभावकारी नियमन र सहकारी सुशासनयुक्त अभ्यासमा अग्रसर र प्रतिबद्ध हुनुपर्छ।
यिनै तथ्य र महत्वको आलोकमा नेपालमा गत चैत ११ देखि १३ गतेसम्म प्रथम सहकारी महासम्मेलन सम्पन्न भएको छ र आज (चैत २० गते) मुलुकभर ५७ औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ। स्वदेशी तथा विदेशी प्रतिनिधिहरु सम्मिलित महासम्मेलनले विश्व र नेपालको सहकारी आन्दोलनको समिक्षा गर्दै नेपालको दिगो आर्थिक विकास तथा सामाजिक न्यायमा यसको महत्व र विस्तारको आवश्यकता पुष्टि गरेको छ। सहकारिता नेपाली समाजको आर्थिक तथा सामाजिक लोकतान्त्रीकरणको सशक्त माध्यम र संवाहकका रूपमा स्थापित हुने आधार खडा भएका छन्। सबै तह/तप्काका नागरिकलाई बिनाभेदभाव संगठित गर्ने, शिक्षित र उद्यमी बनाउने कार्य सहकारीले गर्छ। आर्थिकरूपले आमनागरिकलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउन नसकेसम्म कुनै पनि मुलुकले समृद्धि हासिल गर्न सक्दैन। राजनीतिक परिवर्तन र लोकतन्त्रलाई पूर्णता दिनका लागि सहकारी क्षेत्र आर्थिक तथा सामाजिक लोकतन्त्रको आधार हो। आधारभूत तहमा क्रियाशील सहकारीहरुले आबद्ध सदस्यहरुको सर्वतोमुखी हित प्रबर्द्धन गरेर लोककल्याणकारी राज्य निर्माणमा योगदान पुर्याकइरहेका छन्।
सहकारीलाई आर्थिक तथा सामाजिक लोकतन्त्रको आधारका रूपमा स्वीकार गर्दै राज्य र सबै तह/तप्काले यसलाई आर्थिक समृद्धिको आधार र पद्धतिका रूपमा लिनु अनिवार्य छ। त्यसैले यसलाई संवैधानिकरूपमा सम्बोधन गर्ने, सहकारी ऐनको परिमार्जन, विषयगत सहकारी ऐनहरुको तर्जुमा र जारी राष्ट्रिय सहकारी नीतिको पूर्ण कार्यान्वयन गरी सहकारीमैत्री वातावरण निर्माण गर्नुपर्छ। सहकारीमार्फत् साना ठूला कृषि परियोजना व्यापकरूपमा गाउँगाउँमा चलाउने हो भने स्वरोजगारी सिर्जना, गरिबी न्युनीकरण र ठूला उद्योग व्यवसायका आधार तयार गर्न सकिन्छ। राज्यले व्यवसाय गर्ने अभ्यास असफल छ र प्रत्यक्ष सहभागिता सम्भव छैन। निजी क्षेत्रले केवल नाफा नोक्सान र पुँजीको विकासमात्रै हेर्ने स्वभावका कारण आमनागरिकलाई स्वामित्व, निर्णय र भूमिकासहित उत्पादन, उद्यमशीलता र समृद्धिमा परिचालन गर्ने क्षमता बोकेको सहकारीको अर्को विकल्प छैन।
सहकारीको अवधारणामा राज्य, निजी र समुदायलाई समेट्न सकिन्छ र ती परस्परमा परिपूरक पनि बन्न सक्छन्। त्यसैले राजनीतिक संक्रमणलाई अन्त्य गर्न, छिटोभन्दा छिटो संविधान र त्यसमा पनि सहकारीमैत्री बनाउने कुरामा संविधान सभा/ व्यवस्थापिका संसद गम्भीर बन्नुपर्छ। नेपालमा अथाहरूपमा रहेको जमिन, जल, जंगल र जनशक्तिको प्रचुर उपयोगका लागि सहकारीको सिद्धान्त, संगठन र पुँजी परिचालन गर्न सकियो भने विकास अभियानलाई तीव्रता दिन सकिन्छ। सहकारी संघ/संस्था र सहकारीकर्मीले सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउने, पुँजीलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने कार्यमा लाग्नुपर्छ। सहकारीको विश्वव्यापी उत्तम मोडेल तथा प्रविधिको अनुशरण, पुँजी र सिपको प्रयोगबाट नेपालको अथाह सम्पदाको सदुपयोग र पूर्वाधार विकासमार्फत आर्थिक विकासलाई दिगो र प्रभावकारी बनाउन ध्यान दिन सक्नुपर्छ।
सञ्चालक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)