एसएलसी दिएपछि के गर्ने?
१६ चैत्र २०७०
•
८ मिनेट पाठ
एसएलसी दिएपछि के गर्ने?
जुनसुकै परीक्षा भए पनि विद्यार्थीको मनोविज्ञानमा एक प्रकारको सामान्य भय र तनाव उत्पन्न हुनु स्वाभाविक कुरा हो। तथापि एसएलसीको हकमा नेपाली समाजले यसलाई चन्द्रमामा पाइला टेकेसरहको अनावश्यक महत्व दिइ हाउगुजी नै बनाइदिएको छ। विद्यालयले शतप्रतिशत पास गराउने नाममा होस् या जिल्ला, क्षेत्र वा देशभरमा नै उत्कृष्ट आउने नाममा नै किन नहोस् विद्यार्थीलाई तनाव र दबाब दिने गरेको पाइन्छ। कक्षा आठदेखि नै एसएलसीलाई दृष्टिगत गरी परीक्षाफलहरुमा कडाइ गरिन्छ। कक्षा नौ र दशमा समेत प्रगति गर्न सक्ने पर्याप्त अवस्था हँुदाहँुदै पनि कतिपय विद्यालयले एसएलसीमा पास हुन नसक्ने भन्दै कतिपय विद्यार्थीलाई आठमै रोक्ने परम्परासमेत व्याप्त छ। अर्कोतर्फ यो परीक्षालाई सामाजिक प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरेको पाइन्छ। अभिभावकहरु पनि हरतरह आफ्नो बच्चालाई अधिक प्रतिशत अङ्कमा पास गराउन मरिहत्ते गरिरहेका भेटिन्छन्। सानो कक्षामा रहँदा ध्यान नदिने अनि एसएलसीमा आएर विविध हतकण्डा अपनाउन विद्यालयलाई बाध्य पार्नेसमेत अभिभावकको व्यवहार पाइन्छ। यस प्रकारको सबै पक्षको आवश्यकताभन्दा बढी र आडम्बरपूर्ण दबाबबाट विद्यार्थी त्रसित भई आफ्नो परीक्षा तयारी गरिरहेको हुन्छ। 
नेपाली कहावत 'खाली दिमाग सैतानको बास' ले व्यक्त गरेको भावजस्तै जब एसएलसी परीक्षामा सामेल विद्यार्थी एकाएक लामो समयको अध्ययनबाट एक प्रकारको पढाइबिहीन अवस्थामा पुग्छ तब ऊ आफू आफैँलाई व्यवस्थापन गर्न धौ धौ हुन जान्छ। एसएलसी दिने विद्यार्थीलाई राम्रो अंक आउने बनाउन सबै पक्ष परीक्षा अवधिसम्म लगभग क्लोज क्याम्पमा झैँ संसारिक घटनाबाट टाढा एक बन्द कोठामा सीमित पारेका हुन्छन्। त्यो अध्ययन क्याम्पबाट एसएलसीको परीक्षा समापनपछि मात्र विद्यार्थीले मुक्ति पाउँछ। सामान्य परीक्षामा समेत विद्यार्थी जब गहिरो अध्ययनमा लाग्छ तब ऊ थकित बनेको हुन्छ भने नेपाली समाजले हाउगुजी बनाएको एसएलसी परीक्षा तयारीमा विद्यार्थी शारीरिक तथा मानसिकरूपमा थकित हुन्छ। फलस्वरूप विद्यार्थीहरु परीक्षापश्चात बँधुवा गाई दाम्लोबाट उम्मुक्ति पाएझैँ फुक्काफाल भएको अनुभूति गर्छन्। कतिपयले यस समयलाई समयसापेक्ष सदुपयोग गर्छन् भने केहीले दुरुपयोग।
एसएलसी परीक्षा सकेको वा परीक्षाफल आइसकेपछि उत्तीर्ण भएको क्षणलाई कुनै उत्सवका रूपमा लिनुहँुदैन। यस परीक्षामा डिस्टिङ्सन ल्याउनेहरु समेत आफ्नो राम्रो प्रतिशतलाई व्यवहारमा ल्याउन नसक्दा असफल जीवन जीउन बाध्य छन् भने कतिपय एसएलसी अनुत्तीर्णसमेत सफल जीवन बिताइरहेका छन्। यहाँ प्रष्ट्याउन खोजिएको विषय एसएलसी नै सबै थोक हैन। यो केवल भोलिको पढाइको आधारमात्र हो। यस परीक्षामा राम्रो अंक ल्याउनु पढाइको जग राम्रो बनाउनु जस्तै भए पनि यसलाई उन्मादका रूपमा लिँदा झन् जीवन नै असफल बन्न सक्छ। यो समयलाई परीक्षाफलप्रति चिन्तित हुने र उन्माद दुवै कुराबाट टाढा राख्नुपर्छ। तसर्थ यो परीक्षापछिको समयलाई आराम तथा नयाँ कुरा सिक्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ।
परीक्षापश्चात रिल्याक्स गर्ने जस्ता कुरा प्रत्येक विद्यार्थीको मानसिकतामा हुन्छ। यो प्राकृतिक विषय पनि हो। अभिभावकहरु समेत उनीहरुको मागप्रति सकारात्मक हुन्छन् र हुनुपर्छ। तथापि जीवनमा एसएलसीपछि पनि लामो शैक्षिक यात्रा तय गर्नुपर्ने भएकाले आरामको साथसाथै केही दैनिकीहरु पनि सँगसँगै लाग्नुपर्ने हुन्छ। त्यस्ता दैनिकी आफ्नो शारीरिक तथा मानसिक तनाव ल्याउनेखालका हुनुहँुदैन। आफ्नो रुचिअनुसारका केही न केही क्रियाकलापमा आफ्नो एसएलसीपश्चातका दिनहरु ब्यस्त राख्नुपर्छ। परीक्षा र रिजल्टको बीचमा विद्यार्थीले गर्न सक्ने केही क्रियाकलाप यहाँ प्रस्तुत गरिएको छ : 
 इन्ट्रान्स प्रिपेरेसन कक्षाहरुमा सहभागी हुने।
 पोस्ट एसएलसी अध्ययनका बारेमा चिन्तन गर्ने।
 आफूलाई मनपर्ने पुस्तक पढ्ने।
 आफूलाई मनपर्ने रचना कोर्ने
 छोटो र रचनात्मक यात्रा, भ्रमण गर्ने।
 आफूलाई मनपर्ने कलाका क्षेत्र नृत्य, गायन, आर्ट आदि प्राक्टिस गर्ने।
 मनपर्ने फिल्म हेर्ने।
 एफएम आदिद्वारा आयोजना हुने क्विज जस्ता कार्यक्रममा सहभागी हुने।
 आइक्युहरु प्राक्टिस गर्ने।
 मिल्ने साथिहरुसँग भेटघाट गर्ने।
 बढी तनावमा नरहने।
 शान्त ठाउँमा मेडिटेसन, योगा गर्ने।
 खेलमा रुचि हुनेले खेल्ने।
 अलिक बढी सुत्ने, आराम गर्ने
 कम्प्युटर, इन्टरनेटमा आवश्यक कुरा सर्च गर्ने।
 धार्मिक, आध्यात्मिक कुराहरु बुझ्ने प्रयास गर्ने।
 घरको काममा सघाउने।
 छोटो अवधिको आधारभूत तालिम लिने (जस्तै– भाषा, कम्प्युटर आदि)
 आवश्यक फोनकल गर्ने
 नातेदार तथा आफन्तसँग भेटघाट गर्ने
यी बुँदाहरुमा उल्लिखित क्रियाकलापका अतिरिक्त विद्यार्थीले अन्य सिर्जनात्मक तथा आयआर्जनका काममा समेत सहभागी हुन सक्छन्। चुरो कुरा यो हो कि समयको अनावश्यक प्रयोग हुनुभएन। आफ्नो भविष्यलाई दाउमा राखेर कुनै पनि नकारात्मक क्रियाकलाप विद्यार्थीबाट हुनुभएन। विद्यालय जीवनमै एक पटक प्राप्त परीक्षापछिको लामो बिदाको समयलाई अभिभावकले समेत प्रेसरका भरमा नभई उत्प्रेरणा दिई कार्यान्वयन गराउन प्रयासरत् हुनुपर्छ। एसएलसी पास भएपश्चात के विषय अध्ययन गर्ने भनेर अरुको मुख ताक्नुपर्ने अवस्था नआउनका लागि परीक्षाफल आउनुभन्दा अगाडिको समय कक्षा ११ का सम्भावित विषयका बारेमा इन्टरनेट, कलेजका प्रोस्पेक्टस आदिमार्फत ज्ञान लिँदा राम्रो हुन्छ।


अर्को समाचार
परीक्षा हलमा ५८ वर्षे
०५ चैत्र २०७१
•
५ मिनेट पाठ
परीक्षा हलमा ५८ वर्षे
काठमाडौं-नाम सुष्मा वैद्य। उमेर ५८। एसएलसी परीक्षाको पहिलो दिन बिहीबार उनी पूरै तयारीसाथ परीक्षा केन्द्र पुगिन्। परीक्षा दिएपछि सा‘झ उनले नागरिकस‘ग भनिन्, ‘एसएलसीलाई सबैले फलामे ढोका भनेर मलाई खुबै तर्साएका थिए, यो त रहरको ढोका रहेछ। मेरो एसएलसीको रहर पनि पूरा भएको छ।'निरक्षर भएकै कारण भोग्नु सहनुपरेका हेपाइ र दुःखले उनले एसएलसी उत्तीर्णको लक्ष्य राखिन्। उत्तरपुस्तिकामा कलम चलाइन्। ‘मैले त भकाभक लेखेँ,' उनले नागरिकसँग अनुभव सुनाइन्। उनलाई गाह्रो लाग्ने विषयको परीक्षा शुक्रबार रहेछ। सुष्मा भन्छिन्, ‘नेपालीमा धेरै लेख्नुपर्छ। बुढो हातले भ्याउँदैन कि भन्ने डर लागेको छ। यो विषयले दिक्क बनाउँछ।'
गोंगबुको चेतना महिला स्कुलमा कक्षा १० मा अध्ययनरत सुष्माको परीक्षा केन्द्र भने सामाखुसीको मनोहर स्कुलमा छ। आफ्नो स्कुलभन्दा बाहिर गएर परीक्षा दिँदा रमाइलो र अप्ठ्यारो अनुभव भएको उनले सुनाइन्। अर्घाखाँचीमा जन्मेकी सुष्माको एसएलसीसम्म पुग्ने रहर अहिलेको होइन। उनलाई सानैदेखि एक दाजु र तीन भाइ स्कुल हातमा किताब बोकेर स्कुल जाँदा उनी पनि सँगै जान खोज्थिन्। उनलाई आमाले स्कुल पठाइनन्। स्कुल जान नपाएर घरीघरी रोएको उनी सम्झन्छिन्।  
बुवा खमीराम आचार्य कम्युनिस्ट नेता भएका कारण उनले छोरीलाई स्कुल नपठाएका होइनन्। उनले छोरीलाई स्कुल पठाए। तर चार दिनपछि छिमेकीले नानाथरी कुरा काट्न थालेपछि आमाले उनलाई स्कुल पठाइनन्।
‘त्यतिखेर छोरी स्कुल गई भने चिठी लेख्न सक्ने हुन्छे, केटालाई चिठी लेखेर भागेर जान्छे भन्थे,' सुष्माले सम्भि्कन्, ‘छोरी पढाए समाजिक प्रतिष्ठा गुम्ने त्रासका कारण आमाले मलाई चार दिनमै स्कुलबाट निकालेर घाँसदाउरा काट्ने काममा लगाउनुभयो।'
२०३१ असोज ७ गते उनको विवाह माओवादी नेता मोहन वैद्यस‘ग भयो। विवाहपछि पढ्न पाइन्छ भन्ने आस थियो। पति नेता भएकाले उनले आफूलाई पढाउँछन् भन्ने सुष्मालाई लागेको थियो। ‘तर उहा‘ले बुहारीले पढ्नुहुन्न भनेर जवाफ दिनुभयो,' उनले भनिन्। बाल्यकालमा आमा, विवाहपश्चात घरपरिवार र गृहस्थीले पढ्ने रहर छेक्यो। तर पनि उनले पढ्ने भित्री इच्छालाई मारिसकेकी थिइनन्। उनले पुनः आफ्नो पढ्ने इच्छा परिवारमा व्यक्त गरिन्।
‘उहा‘ (श्रीमान)ले फेरि एक पटक बुढेसकालको हवाला दिँदै नपढ भो भन्नुभो,' सुष्माले भनिन्। ‘पछि भदैनीले मलाई बोलाएर लौ फुपू तपार्इंहरु जस्तै बूढीहरु पढ्ने प्रौढ कक्षाको स्कुल खुलेछ। भर्ना हुनुस् भनिन्,' सुष्माले नागरिकसँग भनिन्, ‘फेरि पनि वैद्य सरले वृद्धावस्थामा पढ्नुहुन्न, समाजले नराम्रो मान्छ भन्नुभयो।' उनले थपिन्, ‘त्यतिखेर श्रीमानको कुरा राख्न मैले केही भनिनँ।' तर ६ महिनापछि म आफैं गएर गोंगबुको चेतना महिला माध्यमिक विद्यालयमा शिशु कक्षा भर्ना भएँ। यो ६ वर्षअघि को कुरा हो।'  नेतापत्नी भए पनि अनपढलाई सबैले हेप्दो रहेछ।
‘म श्रीमानसँग कतै कार्यक्रममा जाँदा अन्य नेत्रीसँग केही राजनीति कुरा सोधीखोजी गर्दा तिमी बुझ्दैनौ भन्थे,' सुष्माले सम्भि्कन्, ‘पढेलेखेका नेता तथा नेतृहरुले मलाई हेप्नुसम्म हेपेका छन्। अब उनीहरुलाई म पनि बुझ्न र लेखपढ गर्न सक्छु भनी देखाउन पाउँदा खुसी लागेको छ।'


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस