नीलकण्ठ रामवरण
२६ वैशाख २०६६
•
१० मिनेट पाठ
नीलकण्ठ रामवरण
समानान्तर

देवता र दानव मिलेर समुद्रको गर्भबाट अमृत निकाल्ने प्रयास गर्दै थिए हलाहल विष निस्क्यो । हलाहलको प्रभाव सहन नसकेपछि देवता र दानव महादेवको शरणमा गए र विष खाइदिन आग्रह गरे । समुद्र मन्थनको पूराकथाअनुसार जगत् ध्वस्त हुने डरले महादेवले विष पान गरे । विष घाँटीमा अड्क्यो महादेव मूर्छा परे । उनको घाँटी नीलो भयो । अनि नीलकण्ठ नाम रह्यो । राष्ट्र्रपति रामवरण यादव पनि शान्ति प्रकि्रयाका क्रममा निस्केको हलाहल विष पान गर्न विवश भएकाछन् । महादेवले जसरी नै पचाउन पनि सके मुलुकको भलो हुन्थ्यो।

प्रधान सेनापति बर्खास्त गर्न नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र्रपति रामवरण यादवमाथि 'द्वैध सत्ताको अभ्यास’ गर्न खोजेको आरोप लगाए । माओवादीका विभिन्न भातृ र नागरिक संगठन आन्दोलनमा उतारे । राष्ट्र्रपति यादवले प्रधान सेनापतिलाई यथावत् कामकाज गर्न दिएको आदेश फिर्ता नलिएसम्म संसद् र सडक आन्दोलन गरिरहने घोषणा अहिले पनि सत्तामा नै रहेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेताले गरेका छन् । आफूले भनेको जस्तो नभए अझ चर्को विद्रोह गर्ने धम्की पनि तिनले दिइरहेका छन् । उता माओवादी र नागरिक समाजका स्वनामधन्य अगुवासमेतले लगाएको आरोपबाट मन दुखेका राष्ट्रपति यादवले आफूलाई सत्ताको मोह नभएको र गाउँमा गएर भैँसी चराउन पनि तयार रहेको बताएका छन्।

प्रधान सेनापति रुक्मांगद कटवाललाई हटाउन माओवादी पार्टीले निर्देशन दिएपछि सरकारले प्रकि्रया अगाडि बढायो । कटवाल हटाउने प्रकि्रया पूरा गर्न २४ घन्टे स्पष्टीकरण मागियो । हटाउने नै नियत राखेर स्पष्टीकरण माग्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । कटवालले स्पष्टीकरणमा जे लेखेका भए पनि सरकारले हटाउने निर्णय गर्ने रहेछ भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् । कटवाल प्रकरणले राजनीति ततायो । विपक्षीमात्रै हैन सत्ता साझेदारले पनि विरोध गरे । उनीहरुले पनि सडकमा प्रदर्शन गरे संसद् अवरुद्ध पारे । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र्रपति यादवलाई पटकपटक भेटे । प्रधान सेनापतिलाई सहमति र राष्ट्र्रपतिको स्वीकृतिमा मात्रै हटाउने वचन दिए । तर आपुनो पार्टीको मात्रै निर्देशनमा अवकाश दिने एकल निर्णय गरे । राष्ट्र्रपतिलाई दिएको वचन पालना गरेनन् । यति मात्र हैन प्रधान सेनापति नियुक्त गर्ने संवैधानिक अधिकार भएका राष्ट्र्रपतिलाई छलेर अर्को प्रधान सेनापति नियुक्त पनि गरिदिए । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी एमाले को अगुवाइमा बसेको १८ पार्टीको बैठकले प्रधान सेनापति हटाउने सरकारको निर्णयमा हस्तक्षेप गर्न राष्ट्रपतिलाई आग्रह गर् यो । बैठकमा सहभागी दलहरुको संसद्मा बहुमत थियो । अनि राष्ट्र्रपति यादवले प्रधान सेनापति कटवाललाई यथावत् कामकाज गरिरहन निर्देशन दिए । त्यसपछि प्रधानमन्त्री दाहालले राष्ट्र्रपति यादवले द्वैध सत्ता कायम गर्न खोजेको आरोप लगाएर राजिनामा दिए।

माओवादीलाई कटवाल नहटाई नहुने कारण के रहेछ भन्ने त अब स्पष्ट भएको छ । दुहाइ 'नागरिक सर्वोच्चता’को दिए पनि कारण त शिविरमा राखिएका लडाकुलाई सेनामा सरक्क हुल्ने काममा कटवाल भाँजो भएकाले हटाउन खोजिएको प्रधानमन्त्री दाहालले चितवनमा लडाकुसमक्ष गरेको खुलासाले स्पष्ट भएको छ । अर्थात् विवादको जड ँलडाकुको व्यवस्थापन’ रहेछ । कटवाल त्यसमा भाँजो भएछन् । माओवादी लडाकुको व्यवस्थापन शान्ति प्रकि्रयाको अभिन्न अंग हो । संविधानसभा निर्वाचन नहुँदै समाधान गरिसक्नु पर्ने समस्या बल्झाएर राख्दा अहिले यो हलाहलका रुपमा प्रकट भयो । त्यही हलाहल राष्ट्र्रपति यादवले पान गरे । महादेवले हलाहल पान गर्दा जगतोद्धारक कहलिए भने रामवरण यादवचाहिँ विदेशीको इसारामा मुलुकमा सैनिक शासन लाद्न खोज्ने अधिनायक भनिए।

पक्कै पनि राष्ट्र्रपति यादवबाट प्रधान सेनापति अवकाश प्रकरणमा गल्ती भएको छ । उनले दलहरुको दबावमा हैन राज्यका न्यायिक अंगको संस्थागत सल्लाहमा निर्णय लिनुपथ्र्यो । साथै राष्ट्र्रपति जनताको संस्था भएकाले पहुँच सहज र व्यवहार पारदर्शी बनाउनुपथ्र्यो । नागरिक समाजका ठालुसँगको भेटपछि राष्ट्र्रपतिको सचिवालयले नै साचार माध्यमलाई जानकारी गराएको भए गोएबल्सहरुको प्रहार सहनै पर्ने थिएन । कम्तीमा सोमबारको वक्तव्य आइतबार मात्रै दिएको भए पनि घटना धेरै स्पष्ट हुने थियो । जनतालाई बेलैमा सबै जानकारी दिनुपर्छ भन्ने मान्यता राष्ट्र्रपतिको सचिवालयमा देखिएन । यस्तो व्यवहार लोकतान्त्रिक होइन ।

प्रधानमन्त्रीसँगका भेटघाटमा भएका विवरण पनि दिने गरिएको भए त धेरै कुरा आपैष स्पष्ट हुने थिए । राष्ट्र्रपतिको सचिवालय अहिलेको चुनौती सामना गर्न सक्ने गरी दक्ष संगठित र सक्षम रहेनछ भन्ने प्रमाणित भएको छ । यति सबै भएर पनि यादवमाथिको आक्रमण यथार्थमा भत्स्रना योग्य छ । यादव विवादका पक्ष विपक्ष हैनन् । सेनाका भरमा शासन गर्ने उनको रहर र सम्भावना दुवै देखिँदैन । कम्तीमा रामवरण यादवले त्यस्तो दुस्साहस गर्नै सत्तैुनन् ।

नागरिक समाजका स्वनामधन्य अगुवासँग सरलहृदयी रामवरण यादवलॆ मनको बह कहे । ती माओवादीका सुराकी भएको उनले पत्तै पाएनन् । मन खोलेर कुरा गरे । अनि उनले भनेका मध्ये जुनजुन कुरा माओवादीका पक्षमा हुन्छ ती सबै बाहिर पुगे । रामवरणले भनेका सबै कुरा सार्वजनिक भएन । सन्दर्भहीन उद्धरण अनर्थकारी हुन्छ र भयो ।

द्वैध सत्ता कायम गर्न खोजेको आरोप लागेका बहालवाला राष्ट्र्रपति यादवको खोइरो खन्ने काममा सरकारी साचार माध्यमको पनि प्रयोग भयो । यसो त सरकारी साचार माध्यममा व्यावसायिक मर्यादाको बिरलै पालना हुन्छ । तैपनि रामवरण यादव त मुलुकका राष्ट्र्रपति हुन् जसका विरुद्ध राज्यको संरचना र साधन प्रयोग गरिएको छ । पत्रकारिताको सामान्य धर्म र मर्यादा पनि पालन नगरी यादवको खोइरो खनियो । कस्तो विडम्बना !

जेहोस् नेपाली सेनामा गरिएको हस्तक्षेप र त्यसबाट उत्पन्न तरंग हेर्दा मुलुक भयंकर दुश्चक्रमा फस्ने जोखिम थियो । उनको कदमले त्यो जोखिम टरेको छ । यसैले हलाहल पिउँदा पनि रामवरण यादवको मनमा शान्ति नै हुनेछ ।

र अन्त्यमा
प्रधानमन्त्री पदबाट राजिनामा दिएकै भोलिपल्ट पुष्पकमल दाहालको अर्कोरुप देखा पर् यो । राष्ट्र्रलाई धोका दिने संसारलाई ठाडै ढाँट्ने प्रचण्डको । कुन रुप सक्कली हो प्रचण्डको कि पुष्पकमल दाहालको सार्वजनिक भिडियोमा देखिएका कुरा उनले कार्यकर्तालाई हौस्याउन मात्रै भनेका हुन् रे ७३डठद्दछस त्यसो हो भने त त्यो झन् ठूलो बेइमानी भएन र आपुना लागि ज्यान दिने कार्यकर्तालाई पनि यति ठूलो धोका !
अर्को समाचार
शीतल निवासमा पाँच नाम
०८ चैत्र २०६९
•
६ मिनेट पाठ
शीतल निवासमा पाँच नाम
अर्जुन सुवेदी, काठमाडौं, चैत ९ - संवैधानिक परिषदले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र चार आयुक्त नियुक्तिका लागि राष्ट्रपति रामवरण यादवसमक्ष नाम सिफारिस गरेको छ। बिहीबार साँझ बसेको परिषद बैठकले प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेती र आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव, इला शर्मा र रामभक्त पिबी ठाकुरको नाम नियुक्तिका लागि सिफारिस गरेको हो।

अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले बुधबार संवैधानिक परिषदलाई पूर्णता दिएका थिए। उच्चस्तरिय राजनीतिक समितिले बुधबार नै दुई आयुक्तमा नाम सुझाएको थियो। सोहीअनुसार परिषदले नियुक्तिका लागि नाम शीतल निवास पठाएको हो।
'उच्चस्तरीय राजनीतिक समितिको सिफारिसअनुसार नै आयोगमा पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छौं,' परिषदका सदस्य, सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले नागरिकसँग भने।
पदाधिकारीलाई शपथ गराएपछि प्रक्रियाले पूर्णता पाउने बताए। अन्तरिम संविधानको धारा १ सय २८ बमोजिम नियुक्तिका लागि पाँचजनाको नाम सिफारिस गरिएको परिषद सदस्य पौडेलले जानकारी दिए। तर संविधानको धारा १ सय २८ मा छवर्षे पदावधि पूरा गरेका प्रमुख आयुक्त र आयुक्त कुनै पनि सरकारी पदमा ग्राह्य नहुने उल्लेख छ। उनले अरु निकायमा पनि पदाधिकारी नियुक्तिका लागि छिट्टै नाम सिफारिस गरिने बताए।
परिषदको सिफारिसलाई राष्ट्रपतिले प्रमाणित गरेपछि आयोगले पूर्णता पाउनेछ।संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्दा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था अध्यादेशमार्फत हटाइसकिएको छ। बिहीबार सिफरिस पदाधिकारीमध्ये उप्रेती, यादव र गुरुङ यसअघि नै आयोगमा छवर्षे कार्यकाल पूरा गरिसकेका हुन्। जसमध्ये संविधानसभा निर्वाचनपछि तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजीनामा दिएपछि उप्रेती कार्यबाहक प्रमुख भएका थिए। छ महिनापहिले उप्रेतीको पदावधि सकिएपछि गुरुङ कार्यबाहक बनेका थिए। गुरुङ र अर्का आयुक्त यादवको पनि तीन महिनाअघि पदावधि सकिएपछि आयोग पदाधिकारीविहीन छ।
त्यसैगरी, आयुक्तमा सिफारिस भएका ठाकुर परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल थिए। उनी इजिप्टका लागि पूर्वराजदूतसमेत हुन्। ठाकुर दलित समुदायका भए पनि विभिन्न दलितसम्बन्धी संघसंस्थाले नै आफ्नो समुदायको प्रतिनिधित्व नभएको भन्दै नियुक्ति तयारीप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन्। महिलाको प्रतिनिधित्व गर्दै आयुक्तमा सिफारिस भएकी शर्मा यसअघि 'द राइजिङ नेपाल' मा आबद्ध पत्रकार हुन्। नेपाल प्रहरीमा प्रहरी निरीक्षक रहेका उनका पति द्वन्द्वकालमा माओवादीबाट मारिएका थिए।
उच्चस्तरीय राजनीतिक समितिले यसअघि निर्वाचन आयोगमा उप्रेतीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्की, महालेखापरीक्षक कार्यालयमा भानु आचार्य र लोकसेवा आयोगमा कयोदेवी यमीलाई प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गरेको थियो। तर अख्तियारमा यसअघि नै विवादीत सिंहलाई प्रमुख आयुक्तमा सिफारिस गरेका कारण अरु निकायमा नियुक्तिको काम पछि धकेलिएको हो। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावअनुसार नै कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको थियो।
तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सत्ताकालमा शान्तिपूर्ण जनआन्दोलन ०६२/०६३ मा निहत्थामाथि दमन गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गरेका कार्कीलाई अख्तियार प्रमुख बनाउन लागेपछि सर्वत्र विरोध हुँदै आएको छ। सत्ता, शक्ति र पदको दुरुपयोग गरी दमनमा सक्रिय भन्दै कार्कीलाई पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर्या ई सेवाबाट हटाउन र त्यसको अभिलेख नेपाल सरकारलाई राख्न सिफारिस गरेको थियो। पछि अख्तियारले पनि उनलाई सवै खालका सरकारी सेवामा समेत अयोग्य सिफारिस गरेको थियो।
परिषदमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीसहित कार्यबाहक प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा, सञ्चारमन्त्री पौडेल, गृहमन्त्री माधवप्रसाद घिमिरे र महिला बालबालिका तथा समाजकल्याणमन्त्री ऋद्धिबाबा प्रधान सदस्य छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस