नेपालमा औषधिको अनुचित प्रयोग बढ्दै गएको छ। यसबाट उपभोक्ताले औषधि सेवनका नाममा थाहै नपाई रोग प्रतिरोधक क्षमता ध्वस्त बनाइरहेकाछन्। कतिपय उपभोक्तामा औषधिको नकारात्मक प्रभाव देखिन थालेको छ। तैपनि, औषधिको अनुचित प्रयोग रोक्न सरकार र औषधि व्यवसायीले किन कुनै प्रयास नगरेका हुन्? औषधिमा उपभोक्ता शिक्षा किन प्रभावकारी हुन सकेकोे छ्रैनरु औषधिजस्तो अनिवार्य आवश्यकता किन व्यापारको वस्तु बनिरहेको छ?
औषधिको अनुचित प्रयोग हुनुमा तीन पक्ष जिम्मेवार देखिन्छन्। पहिलो, उत्पादक, आयात कर्ता, संचयकर्ता, थोक र खुद्रा विक्रेताको औषधिलाई अत्यावश्यक वस्तुको रूपमा नभई व्यापारी वस्तुसरहको व्यवहार, दोस्रो, औषधिका बारेमा उपभोक्तालाई पर्याप्त शिक्षा र सूचना प्रदान नगर्नु र तेस्रो, औषधि नियमन गर्ने निकायबाट प्रभावकारी नियमन हुन नसक्नु। यसैगरी औषधिसम्बन्धी कानुन समायानुकुल परिमार्जन हुनु नसक्नु पनि अर्को मुख्य कारण देखिन्छ।
यी सबै कारणबाट औषधिको कारोबार उपभोक्ता अधिकार र स्वच्छ बजारविपरीत उग्र नाफामुखी व्यवसायमा रूपान्तरित भएको छ। औषधि उत्पादक तथा आयातकर्ता कानुन, नियमन निकाय र उपभोक्ताप्रति अनुत्तरदायी बन्दै कसरी बढी नाफा लिनेे, नीति निर्माता र नियमन निकायलाई कमजोर बनाउने, आफ्ना काम कारबाही अर्थात् बजार निरीक्षण गर्न नसक्ने र औषधिलाई शुद्ध व्यापारको वस्तु बनाइराख्ने भन्ने ध्याउन्नमा लागेको पाइन्छ। उत्पादक र आयात कर्ताले अनुचित दवाव दिई आफुखुसी गरीरहेको देखेका औषधि संचयकर्ता, थोक र खुद्रा व्यापारी पनि बढी बोनस र प्रवर्धन खर्च र कमिसन हात पार्ने ध्याउन्नमा देखिन्छन्। त्यसैगरी औषधि प्रवर्धकहरूपनि औषधिको सिफारिसकर्ता चिकित्सक र स्वाथ्यकर्मीलाई बढी प्रोत्साहन खर्च र उपहार दिएर आफ्नो ब्रान्डको औषधि बढी खपत गराउने दौड हुन्छन्। यी सबै गतिविधिबाट औषधिको अस्वस्थकर प्रयोग, अनुचित व्यापारी कारोबार र उपभोक्तालाई लुट्ने काम भइरहेको छ। कमजोर आर्थिक अवस्था भएको उपभोक्ताको औषधिमा पहँुचको अधिकार समाप्त हुँदैछ। औषधिजस्तो अत्यावश्यक वस्तुमा पनि उपभोक्ताको स्वास्थ्य र सम्पत्तिमाथि भइरहेको बेइमानीप्रति नियमन निकाय मुकदर्शक हुनु गम्भीर चिन्ताको विषय हो।
औषधिको उचित प्रयोग भन्नालेे ठीक समयमा सही मात्राको अनुपाम, कम खर्चमा आवश्यक उपचार, उपयुक्त औषधिको प्रयोग मानिन्छ। तर नेपाली समाजमा औषधिको उचित प्रयोग हुन सकेको छैन। व्यापारको वस्तु बनाइएकाले औषधिमा नाफा कमाउने ध्याउन्ामात्र देखिन्छ। औषधिका उत्पादकदेखि खुद्रा विक्रेतासम्ममा बढी खपत गराउर धेरै नाफा कमाउने होड देखिएको छ। यही कारणले औषधि वजार आफै अस्वस्थ भएको हो।
यसैगरी औषधि उत्पादक, आयातकर्ता र प्रवर्धकले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आफ्नो औषधि सिफारिस गरेबापत प्रोत्साहन खर्च र सुविधा दिने होडले पनि औषधि बजारमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ। फलस्वरूप मर्यादा र सम्मानको प्रतीक मानिने चिकित्सक र स्वास्थ्यकर्मीको पसा जनतालाई ठग्ने र ढाँट्ने वेइमानहरूको चंगुलमा हृस्न पुगेको छ। चिकित्सकलाई औषधि उत्पादक र वित्रे्कताको एजेन्ट बनाउन खोजिदैछ। शिक्षण संस्थामा प्राध्यापन गर्ने केही चिकित्सकले त आफ्ना विद्यार्थी चिकित्सकलाई आफुले भनेको ब्रान्डको औषधि सिफारिस नगरे दुरव्यवहार गर्न,े अंक कम दिनेजस्तो व्यवहार गरेको पनि सुनिएको छ। औषधिमा उत्पादक र आयातकर्ताले दिने सुविधा र प्रवर्धन खर्चले गम्भीर अपराधको रूप लिन खोजेको यसबाट सहजै अनुमान गर्न सकिन्छ।
औषधिमा उत्पादन लागत, आयातकर्ता, संचयकर्ता, थोक तथा खुद्रा वित्रे्कताको नाफा, संचालन खर्च, तिनलाई दिइने बोनस र चिकित्सकलाई दिने सुविधा तथा प्रवर्धन खर्च सबै नै उपभोक्ताले औषधिको मूल्यमार्फत् भुक्तान गर्नुपर्छ। अन्य मुलुकमा जस्तै औषधिको उचित प्रयोग गर्ने उपभोक्ता शिक्षा, कम खर्चमा सही औषधिको प्रयोग, औषधि व्यवसायीको उपभोक्ताप्रतिको जिम्मेवारी पालन र प्रत्येक अस्पताल र स्वास्थ्य संस्थाभित्र आफ्नै औषधि पसल संचालन भएमा उपभोक्ताले शोषणबाट न्मुक्ति पाउने अपेक्षा गर्न सकिन्थ्यो।
नेपाली औषधि बजारमा भने अनुचित व्यापारी क्रियाकलाप अपराधका रूपमा जरा गाड्दै जाने खतरा वढ्दो छ। अहिले विरामी भएर कुनै उपभोक्ता अस्पताल वा स्वाथ्य संस्था जाँदा धेरै रकम खर्चेर झोलाभरी औषधि लिएर आउनु पर्ने वाध्यता छ। ती सबै औषधि उपभोक्तालाई लागेको रोगको निदानका लागि हुन्? वा औषधि बजारको जालमा परेर बढी औषधि लिन वाध्य हुनु परेको हो भन्ने आशंका धेरै उपभोक्तामा रहेको पाइन्छ। उपभोक्ता शिक्षाको अभावले गर्दा चिकित्सक जति औषधि लेख्यो त्यति नै किन्न उपभोक्ता विवश छन्। यसबाट औषधिको अनावश्यक खपतका कारण आर्थिक क्षति त भएको छ नै बिरामी पनि निको हुनुको सट्टा थप रोग बोक्न विवश भएका छन्।
औषधिको अनुचित प्रयोग हुनुमा टोलटोलमा खुलेका औषधि पसलमा बसेर त्यहाँ जुन महंगो र छिटो विक्री गर्नुपर्ने वा कमिसन धेरै आउने औषधि छ त्यही सिफारिस गर्ने बानी चिकित्सकमा लागेको छ। बढी बोनस र कमिसन भएको औषधिमात्र सिफारिस गर्ने चिकित्सक र सिफारिसै नगरेको औषधि भिराउने व्यवसायीका कारण पनि औषधिमा उपभोक्ताको छनोटको अधिकार अतिक्रमित भएको छ। दुःखको कुरा, यस्ता व्यवहार नियन्त्रण गर्ने विषयमा अझै व्यापक छलफल हुन सकेको छैन।
उपभोक्तालाई औषधिको विषयमा चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायीले जस्तै संचार माध्यम, औषधिसम्बन्धी विभिन्न विज्ञापन र आफन्तले पनि जानकारी र सूचना दिने गरेको पाइन्छ। अस्पताल र स्वास्थ्य संस्थामा औषधि र त्यसको प्रयोगबारे जानकारी दिने परामर्श केन्द्रको अभाव, औषधिको बट्टामा प्रयोग विधि, मात्र, निर्माण र उपभोग्य मिति उपभोक्ताले बुझ्ने भाषामा दिनुपर्ने वाध्यकारी कानुन नहुनु र सरकारले औषधिको प्रयोगसम्बन्धी सिूचना प्रवाह गर्ने व्यवस्थित पद्धति नहुनुले उपभोक्तालाई शिक्षा दिने काम शून्य प्रायः छ।
औषधिमा आपूर्ति सहज छैन। यस्तै औषधिको मूल्य बढ्नु र गुणस्तर कायम नहुनुमा औषधि उत्पादकदेखि व्यापारीसम्म जिम्मेवार नहुनु तथा उपभोक्ता सचेत नहुनुलाई जिम्मेवार मानिएको देखिन्छ। यस्तै औषधिको नियमन गर्ने औषधि व्यवस्था विभागमा आवश्यक साधन स्रोत र जनशक्तिको अभाव पनि यसको एउटा कारणले हो भन्ने गरिएको पाइन्छ। यसैगरी नेपालमा औषधि नियमन गर्ने कानुन समयअनुकूल परिमार्जन नहुनु, औषधि उत्पादन र व्यापार गर्नेले नीति निर्माणमा प्रभाव पार्नु तथा नियामक औषधि व्यवस्था विभागको विराटनगर, काठमाडौं, विरगंज र नेपालगंजबाहेक अन्यत्र कार्यालय नहुनु पनि यसको प्रमुख कारण हो। स्वास्थ्य मन्त्रालयले प्रभावकारी औषधि नियमनसम्बन्धमा प्राथमिकता नदिएको कारणले पनि यो समस्या चर्कोरूपमा देखा पर्न थालेको छ। अहिले पनि औषधि उत्पादक र आयातकर्ताले आआफ्ना कारोबारमा विशेष उन्मुक्ति खोजेको पाइन्छ। त्यसैगरी औषधि व्यवसायी आफ्नो क्षेत्र विस्तारको लागि फार्मेसी नै नपढेको व्यक्तिले पनि औषधि पसल चलाउन पाउनुपर्ने दाबी गरिरहेका छन्। व्यावसायिक स्वार्थको खेलमा सरकारले अनुचित प्रभावमा परेर उपभोक्ता अधिकारलाई समाप्त पार्छ कि भन्ने आशंका बढ्दो छ। उपभोक्ताको आशंकालाई मेटाउन सही नीति निर्माण र कार्यान्वयन आजको आवश्यकता हो।
उपभोक्तामा औषधिको उचित प्रयोग गराउने, औषधिको कारणले जिउ ज्यान स्वास्थ्य र सम्पत्तीमा हुने हानी नोक्सानीबाट सुरक्षीत गराउने, उपभोक्ता शिक्षा दिने, नयाँ कानून तर्जुमा गर्ने, नियमन गर्ने निकायलाई क्षेत्र विस्तार गरी पर्याप्त साधन, स्रोत र जनशक्ति उपलव्ध गराउने दायित्व सरकारले पुरा गर्नुपर्छ। उत्पादक, आयातकर्ता र व्यवसायीले पनि औषधिलाई वढि खपत र वढी नाफा लिने वस्तुकोरुपमा वजार प्रवर्धन गर्ने अहिलेको कृयाकलापलाई तत्काल रोक्नु पर्दछ। उपभोक्ताहरुपनि औषधिको अनुचित प्रयोगको खेलबाट जोगिन सचेत हुनु पर्दछ। त्यसपछि मात्र उपभोक्ताहरूऔषधिको प्रयोगशाला वन्न वाट जोगिन सक्छन्।